Monday, August 10News That Matters

Month: ६ वर्ष अगाडि

अवको केही दिन मौसम सफा रहने

अवको केही दिन मौसम सफा रहने

समाचार
पूर्णपुष्टि, कात्तिक २६  अहिले देशको पहाडी भेगमा सामान्य लागेको बादल हटेर दिउँसो घाम लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका धेरैजसो ठाउँको मौसम सामान्यतया सफा नै रहनेछ । पानी पार्ने कुनै पनि मौसमी प्रणाली नभएकाले अबको केही दिन देशभरको मौसम सामान्यतया सफा नै हुने जनाईएको छ । यसैबीच काठमाण्डौ उपत्यकाको आज बिहान ६ बजेको तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको छ ।...
बिहारमा एनडीए गठबन्धनलाई बहुमत

बिहारमा एनडीए गठबन्धनलाई बहुमत

समाचार, संसार
पूर्णपुष्टि, कात्तिक २६  भारतको बिहार राज्यमा जनता दल युनाइटेड (एनडीए) लाई बहुमत प्राप्त भएको छ । २ सय ४३ विधानसभाको लागि भएको चुनावमा एनडीएले १ सय २५ सिट जितिसकेको छ । बहुमतका लागि चाहिने १ सय २२ सिटको आँकडा पार लगाउँदै भाजपा र जनता दल युनाइटेडको गठबन्धन (एनडीए) को सरकार बन्ने पक्का भएको हो । एनडीएको टक्कर दिने महागठबन्धनले १ सय १० सिटमा जित निकालेको छ भने जेडीयूले ४३ सिटमा जितेको छ । अहिले पनि मतगणना चलिरहेको छ ।  बिहार विधानसभाको ३ चरणमा चुनाव सम्पन्न भएको थियो । कोरोना महामारीले चुनावको नतिजा प्रकाशनमा यस पटक केही ढिलाइ भएको निर्वाचन आयोगले जनाएको छ । कोरोना संक्रमणले गर्दा सामाजिक दूरी कायम गर्नुपर्ने जनाउँदै यस पटक मतदान केन्द्रको सङ्ख्या ७२ हजार ७ सय २३ वटा थप गरिएका कारण पनि चुनावी मतगणनामा ढिलाइ भएको अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ । यस चुनावमा ३ हजार ७ सय ५५ जना उम्म...
३ जलविद्युत् आयोजनामा ३९ अर्ब वैदेशिक लगानी स्वीकृत

३ जलविद्युत् आयोजनामा ३९ अर्ब वैदेशिक लगानी स्वीकृत

समाचार
पूर्णपुष्टि, कात्तिक २६  जलविद्युत् आयोजनाको लागी लगानी बोर्ड नेपालले करिब ३९ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको ४५ औँ बैठकले ३८ अर्ब ६८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत गरेको हो । बोर्डले ७७.५ मेगावाटको घुन्साखोला जलविद्युत् आयोजनाको लागि १७ अर्ब ६२ करोड ४० लाख रुपैयाँ, ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत् आयोजनाको लागि १० अर्ब ६१ करोड ९१ लाख र ६५ मेगावाटको दूधखोला जलविद्युत् आयोजनाको लागि १० अर्ब ४३ करोड ६० लाख रुपैयाँको वैदेशिक लगानी स्वीकृत गरेको हो । बोर्डको कार्यालयको क्षमता वृद्धि, एकल विन्दु सेवा केन्द्र प्रभावकारी बनाउने लगायतका विषयमा निर्णय बैठकले गरेको छ । बोर्डको बैठक हरेक दुई महिनामा बस्नुपर्ने भए पनि गत असारयता बस्न सकेको थिएन ।...
धादिङ केन्द्र बनाएर ३.८ रेक्टर स्केलको भूकम्प

धादिङ केन्द्र बनाएर ३.८ रेक्टर स्केलको भूकम्प

समाचार
पूर्णपुष्टि, कात्तिक २५  धादिङको छत्रे देउराली केन्द्रबिन्दु बनाएर आज भुकम्प गएको छ । दिउँसो ४ः२९ मिनेटमा देउराली केन्द्रबिन्दु बनाएर ३.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि सोमबार पनि ताप्लेजुङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो । ताप्लेजुङ केन्द्रबिन्दु भएको भुकम्प ४.९ रेक्टर स्केलको रहेको केन्द्रले जनाएको छ ।...
नेपालमा थप २७३६ कोरोना संक्रमण पुष्टि

नेपालमा थप २७३६ कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक २५ नेपालमा आज थप दुई हजार सात सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ९९ हजार सात सय ६० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १२ हजार नौ सय ६० जनाको नमुना परीक्षण भएको हो । त्यस्तै गत २४ घण्टामा आठ सय ५३ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ६० हजार पाँच सय ७७ पुगेको छ । अब नेपालमा ३८ हजार ३५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै एक हजार ५८ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै गत २४ घण्टामा २२ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक हजार एक सय ४८ पुगेको छ ।...
शेयर बजार २६ अङ्कले बढ्यो

शेयर बजार २६ अङ्कले बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, कात्तिक २५  आज शेयर बजार परिसूचक नेप्से करिब २६ अङ्कले बढेको छ । जलविद्युत र म्युचल फण्डबाहेक सबै समूहको शेयर उकालो लागेपछि नेप्से २५.९८ अङ्कले बढेर १६ सय ७८.७९ विन्दुमा पुगेको हो । जीवन बीमा समूहको शेयर ४ सय ७६ अङ्कले बढेको छ । यस्तै निर्जीवन बीमा समूहको १ सय ६० अङ्कले, व्यापार समूहको शेयर १ सय ९ अङ्कले, होटलको ८७ अङ्कले, अन्य समूहको ४८ अङ्कले, उत्पादनको ४० अङ्कले र बैंक समूहको शेयर ७ अङ्कले बढेको छ । १ सय ९६ कम्पनीका ९६ लाख ५७ हजार कित्ता शेयर ४ अर्ब ९ करोड ६१ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको २८ करोड ५३ लाख रुपैयाँको शेयर किनबेच भएको छ । साल्ट ट्रेडिङ र कर्पोरेट विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् । समग्र बजार बढे पनि विशाल बजार कम्पनीका लगानीकर्ताले साढे ४ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।...
उदयपुरका १ जना कोरोना संक्रमितको धरानमा मृत्यु

उदयपुरका १ जना कोरोना संक्रमितको धरानमा मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक २५ उदयपुरका एक जना कोरोना संक्रमितको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिका–२ का ४२ वर्षीय पुरूषको मंगलबार दिउँसो १२ः३० बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको कोभिड अस्पतालमा यहि कात्तिक १४ गते भर्ना भएका उनीमा १६ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।...
सवारी दुर्घटनामा २ जनाको मृत्यु

सवारी दुर्घटनामा २ जनाको मृत्यु

समाचार
सुनसरी, कार्तिक २५ सुनसरीको छुट्टाछुट्टै दुई ठाउँमा सवारी दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिका–१ करमखोला पुलमा आज बिहान सवा ८ बजे प्रदेश १–०२–०४० प ५२९६ नम्बरको मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिंदा घाईते भएका स्थानीय ५५ बर्षीय धन बहादुर कार्कीको उपचारको क्रममा बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपामा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाईकल ईलाका प्रहरी कार्यालय चतराले नियन्त्रणमा लिएको छ भने घाईते मोटरसाईकल चालकको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपामा उपचार भईरहेको प्रहरीले जनाएको छ । त्यसैगरी हरिनगररा गाउँपालिका–३ मा आज बिहान साँढे ९ बजे को २ त ९५८९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका सह–चालक रामधुनी–१ का मनोज श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । गौतमपुरमा निर्माणाधिन सडकको लागी पानी बोकेर जाँदै गरेको उक्त ट...
सङ्घीय सरकारले बजेट नल्याउने स्थानीय तहलाई स्पष्टीकरण माग्यो

सङ्घीय सरकारले बजेट नल्याउने स्थानीय तहलाई स्पष्टीकरण माग्यो

समाचार
पूर्णपुष्टि, कात्तिक २५  चालु आर्थिक वर्षको बजेट अझै नल्याएका स्थानीय तहहरूलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्पष्टीकरण मागेको छ । कानुन अनुसार असार १० गतेभित्रै बजेट ल्याइसक्नुपर्ने भए कात्तिक महिना बित्न लाग्दासमेत बजेट नल्याएका पालिकाहरूलाई बजेट नल्याउनुको कारण खुलाएर पठाउन स्पष्टीकरण मागीएको मन्त्रालयले जनाएको छ । बजेट नल्याएका १९ वटा गाउँपालिका र १६ वटा नगरपालिकालाई पत्र पठाएर १५ दिनभित्र जवाफ पठाउन मन्त्रालयले भनेको छ । पालिकालाई स्पष्टीकरण माग्नु अगाडि कात्तिक २० गते गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपाल नगरपालिका सङ्घ तथा जिल्ला समन्वय समिति महासङ्घसँग बैठक गरेको पनि पत्रमा उल्लेख छ । मन्त्रालयले तोकेको समयमा बजेट नल्याउने र सङ्घमा विवरण नपठाउने पालिकालाई नेपाल सरकारले प्रदान गर्ने अनुदान रोक्न सक्ने व्यवस्था रहेको समेत स्मरण गराएको छ । स्थानीय सरकार सञ्चाल...
कोरोनाबाट एकै दिन मोरङमा उदयपुरको १ युवकसहित ९ को मृत्यु

कोरोनाबाट एकै दिन मोरङमा उदयपुरको १ युवकसहित ९ को मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,कार्तिक २५ कोरोना संक्रमणबाट मोरङमा एकै दिन उदयपुरको १ युवकसहित ९ जनाको मृत्यु भएको छ । जिल्लामै पहिलो पटक एकै दिन यतिधेरै संक्रमितको मृत्यु भएको हो । आठ जनाको विराटनगरस्थित विभिन्न कोभिड अस्पतालमा उपचारका क्रममा र एक जनाको होम आइसोलेसन आज मृत्यु हो । मृत्यु हुनेमा ७ पुरुष र २ महिला छन् । विराटनगरको नोबेल शिक्षण अस्पतालमा आज बिहान मात्रै पाँच जना संक्रमितको मृत्यु भएको छ । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा २ न्युरो अस्पतालमा १ र होम आइसोलेसनमा १ जनाको मृत्यु भएको छ । उदयपुरको मृत्यु हुनेमा त्रियुगा नगरपालिका–३ का २१ वर्षीय युवक रहेको छ । उनको विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा मृत्यु भएएको हो । युवकको कोरोना रिपोर्ट पोजिटिभ आएपछि कात्तिक २२ गते अस्पताल भर्ना गरिएको थियो । उनको बिहान ५ः३० बजे मृत्यु भएको नोबेल अस्पतालले जनाएको छ । मोरङको रतुवामाई नगरपालिक...