Monday, August 10News That Matters

Month: ६ वर्ष अगाडि

रुस, अर्मेनिया र अजरबैजानबीच शान्ति सम्झौता

रुस, अर्मेनिया र अजरबैजानबीच शान्ति सम्झौता

समाचार, संसार
पूर्णपुष्टि, कात्तिक २५  लामो समयदेखि भइरहेको युद्ध रोक्न रुस, अर्मेनिया र अजरबैजानबीच सहमति भएको छ ।  अजरबैजान र आर्मीनीयाबीच ६ हप्तादेखि चलेको युद्धपछि सहमति भएको हो । नगोर्नो काराबाख क्षेत्रलाई लिएर लामो समयदेखि यी दुई देशबीच विवाद छ । विवादित यो भूमि अन्तर्राष्ट्रिय रूपमा अजरबैजानको मानिन्छ । तर त्यो क्षेत्र सन् १९९४ देखि अर्मेनियाको जातीय समूहको नियन्त्रणमा छ । नयाँ सम्झौताअनुसार युद्धका क्रममा नगोर्नो काराबाख क्षेत्रमा आफ्नो नियन्त्रणमा लिन सफल स्थान अजरबैजानले प्राप्त गर्नेछ । त्यसबाहेक अन्य केही क्षेत्रबाट समेत आफू हट्न अर्मेनियाले सहमति जनाएको अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ । युद्धका क्रममा अजरबैजानले रुसको सैन्य हेलिकप्टर खसालेको पनि स्वीकार गरेको छ । यो आक्रमणमा चालक दलका दुई सदस्यको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए । यो क्षेत्रमा रुसी शान्ति सेनाको उपस्थि...
आगलागीबाट ७ घर जले नष्ट

आगलागीबाट ७ घर जले नष्ट

समाचार
पूर्णपुष्टि, कात्तिक २५ बारामा आगलागीबाट ७ वटा घर जलेर नष्ट भएको छ । कलैया उपमानगरपालिका–२४ सखुई निबासी शोभालाल चौधरीको घरमा अचानक आगलागी हुँदा छिमेकीहरुको ७ वटा घर जलेर नष्ट भएको हो । आगलागीबाट ८ लाख ८५ हजार रुपैयाँ मूल्य बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । आगलागीमा परी स्थानीय शोभा लाल चौधरी, टुकल महतोको २/२ लाख, राम अवतार चौधरीको १ लाख, शिशुपाल चौधरी, राम किशोर चौधरी र करी खाँ थारुको ५०/५० हजार तथा राम लाल चौधरीको १ लाख ८५ हजार मूल्य बराबरको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ । दमकल, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
डोटीमा मोटरसाइकलको ठक्करले एक महिलाको मृत्यु

डोटीमा मोटरसाइकलको ठक्करले एक महिलाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,कार्तिक २५ डोटीमा मोटरसाइकलको ठक्करले एक महिलाको मृत्यु भएको छ । दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाकी ७० वर्षीया वृद्धा टिकेश्वरी विकको मृत्यु भएको हो । पिपल्ला बजारमा हिँडिरहेको अवस्थामा से ५ प ९४६९ नंको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी वृद्धालाई दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचारको क्रममा मंगलबार मृत्यु भएको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ । मोटरसाइकल घटनास्थलमै छाडी चालक  भागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकल नियन्त्रणमा लिएको र फरार चालकको खोजी भइरहेकोे छ ।...
सुन तोलाको साढे ३ हजार रुपैयाँले घट्यो

सुन तोलाको साढे ३ हजार रुपैयाँले घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, कात्तिक २५  आज सुनको भाउ तोलामा साढे ३ हजार रुपैयाँले घटेको छ । तोलामा सुन ३ हजार ४ सय रुपैयाँले घटेर ९४ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा सुन  ९८ हजार २ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदी तोलामा ६० रुपैयाँले घटेको छ । चाँदी तोलामा १२ सय १५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । हिजो तोलामा १२ सय ७५ रुपैयाँ थियो ।...
कोरोना विरुद्ध लड्न बाइडेनद्वारा टास्क फोर्स घोषणा

कोरोना विरुद्ध लड्न बाइडेनद्वारा टास्क फोर्स घोषणा

समाचार, संसार
पूर्णपुष्टि, कात्तिक २५  अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोना भाइरस नियन्त्रणको प्रयासका लागि टास्क फोर्स घोषणा गर्नु भएको छ । १३ सदस्यीय टास्क फोर्स गठनको घोषणासँगै बाईडेनले महामारीलाई नियन्त्रण गर्न विज्ञान र विशेषज्ञको कुरालाई मान्ने बताएको अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ । कोरोना महामारीलाई नियन्त्रण गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बाईडेनले बताउँदै आउनु भएको छ । त्यस्तै, बाइडेनले आफ्नो जीवन रक्षाका लागि मास्क लगाउन पनि आग्रह गर्नु भएको छ । तीव्र गतिमा कोरोना भाइरसको महामारी फैलिरहेकाले मास्कको प्रयोग गर्न उहाँले अनुरोध गर्नु भएको हो । बाइडेनले अझै खराब अवस्था आउन सक्ने सम्भावना रहेकाले सचेत हुन आग्रह गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ । कोरोना महामारीसँग जुध्न र कोरोना विरुद्धको खोप खोजीका ठूलो चुनौती रहेको जनाईएको छ । अमेरिका कोरोना भाइरसको महामारीब...
अमेरिकी रक्षामन्त्री मार्क बर्खास्त

अमेरिकी रक्षामन्त्री मार्क बर्खास्त

समाचार, संसार
पूर्णपुष्टि, कात्तिक २५  अमेरिकी रक्षामन्त्रि मार्क एस्पर पदबाट हटेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षामन्त्री मार्क एस्परलाई पदबाट हटाउनुभएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत् एक जना उच्च अधिकारीलाई पदबाट बर्खास्त गरिएको घोषणा गर्नुभएको हो । नेशनल काउन्टर टेरोरिजम सेन्टरका प्रमुख क्रिस्टोफर मीलरले रक्षा मन्त्रीको भूमिका निर्वाह गर्ने अन्तराष्ट्रिय संचारमाध्यले जनाएको छ । एस्परलाई निष्कासित गरिएकोबारे कारण भने खुलाइएको छैन । पछिल्ला केही हप्ता ट्रम्प र एस्परबीच सार्वजनिक रुपमै फरक मत देखिन थालेको थियो । केही समयअघि जातीय विभेदका विषयमा भएको प्रदर्शन मत्थर पार्नका लागि ह्वाइट हाउसले सेना प्रयोग गर्ने विषयमा एस्पर ट्रम्पको विपक्षमा उभिनुभएको थियो । अमेरिकामा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भइसकेको भए पनि ट्रम्पले हार स्वीकार गर...
महिलाविरुद्ध हुने भेदभाव अन्त्यसम्बन्धी समितिमा बन्दना निर्वाचित

महिलाविरुद्ध हुने भेदभाव अन्त्यसम्बन्धी समितिमा बन्दना निर्वाचित

समाचार
पूर्णपुष्टि, कात्तिक २५  संयुक्त राष्ट्रसंघीय महिलाविरुद्ध हुने भेदभाव अन्त्यसम्बन्धी समितिको सदस्यमा बन्दना राणा निर्वाचित हुनुभएको छ । राति भएको चुनावमा उहाँ दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । १ सय ८९ मध्ये राणाले १ सय ३७ मत प्राप्त गर्नुभयो । ११ सदस्यीय समितिका लागि २० जनाको उम्मेदवारी थियो । दोस्रो कार्यकालमा पनि मानवअधिकारका विषयमा सजिलोसँग काम गर्न पाउने राणाले बताउनुभएको छ । संयुक्त राष्ट्रसंघीय परिषद्मा मानव अधिकार उच्च आयोग मातहतमा रहने महिलाविरुद्ध हुने विभेद उन्मूलनको समिति सिडको चालु कार्यसमितिमा पनि राणा सदस्य हुनुहुन्छ । नेपालको छाउपडी प्रथा, महिला हिंसा जस्ता घटनाले ‘सिड’ मार्फत् राष्ट्रसंघीय मञ्चमा बहसका लागि स्थान पाउने गरेको छ ।...
विदेशबाट १ लाख ३७ हजार नेपाली स्वदेश  फर्किए

विदेशबाट १ लाख ३७ हजार नेपाली स्वदेश फर्किए

समाचार
पूर्णपुष्टि, कात्तिक २५ विदेशमा कोरोना महामारीबाट समस्यामा परेको र फर्कनै पर्ने अवस्थामा रहेका एक लाख ३७ हजारभन्दा धेरै नेपालीको सरकारले उद्धार गरेको छ । पछिल्लो तथ्याङ्क अनुसार एक लाख ३७ हजार ४ सय ४२ जना नेपालीको उद्धार भएको हो । उनीहरुलाई विभिन्न ६० देशबाट उद्धार गरिएको छ । तीमध्ये सबैभन्दा बढी यूएईबाट ४० हजार ६ सय १२ जना स्वदेश फर्किएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को तथ्याङ्कमा उल्लेख छ । त्यस्तै कतारबाट २६ हजार ७ सय ६० जना स्वदेश फर्किएका छन् । मलेसियाबाट १८ हजार ९ सय ३३ जना र साउदीबाट १८ हजार ८ सय ९५ जना स्वदेश फर्किएका छन् । कोरोनाले विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार सकिएकाले उद्धार उडान बन्द गर्न सीसीएमसीले सरकारलाई सिफारिस गरेको छ । कुनै देशबाट पुनः उद्धार गरी ल्याउनुपर्ने अवस्थामा नियमित उडानबाट नै ल्याउने व्यवस्था मिलाउनुपर्ने सीसीएमसीको निर्णय छ । ...
सरकारले कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने

सरकारले कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक २५ चौतर्फी दबाब र आलोचना बढेपछि सरकारले कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारी अस्पतालमा कोरोनाको उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतले कोरोनाको परीक्षण तथा उपचार निःशुल्क गर्न सरकारको नाममा आदेश दिएपछि स्वास्थ्य मन्त्रालयले निःशुल्क परीक्षण गर्नेबारे मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो । मन्त्रालयको प्रस्तावअनुसार नै सरकारले परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । यसअघि सर्वोच्चले निःशुल्क परीक्षण र उपचार गर्न आदेश दिए पनि सरकारले सबै नागरिकको निःशुल्क परीक्षण र उपचार गर्न नसक्ने भन्दै सर्वोच्चको फैसलामाथि पुनरावलोकन निवेदन दिएको थियो । सर्वोच्चले पुनरावलोकन नहुने आदेश सुनाएपछि परीक्षण र उपचार निःशुल्क गर्न सरकार बाध्य भएको हो । मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस विरुद्धको ख...
तस्करले गैँडा मार्न थालेपछि नयाँ रणनीति अपनाउँदै निकुञ्ज

तस्करले गैँडा मार्न थालेपछि नयाँ रणनीति अपनाउँदै निकुञ्ज

समाचार
पूर्णपुष्टि, कात्तिक २५  चितवन राष्ट्रिय निकुञ्जमा चार वर्षपछि तस्करले गैँडा मार्न थालेपछि निकुञ्जले नयाँ रणनीति अपनाउदै संरक्षणमा जुटेको छ । गत साउनयता चोरी सिकारीबाट चार वटा गैँडा मारिएका छन् भने यहि अवधिमा प्राकृतिक कारण १० वटा गैँडा मरेका छन् । तस्करले गैँडा मार्न थालेपछि नयाँ रणनीति अपनाउन थालिएको निकुञ्जले जनाएको छ । निकुञ्जले चोरी शिकार नियन्त्रणका लागि तिहारअघि नै तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर निकुञ्ज विभाग हुँदै वन तथा वातावरण मन्त्रालयमा पठाउँदै छ । वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीको निर्देशनमा तत्काल योजना निर्माण गर्न लागिएको हो । हामी योजना बनाएर संरक्षणमा जुटेको जनाईएको छ । बीचको समयमा चोरी शिकार बन्द भएसँगै कतिपय संरचना भत्किएकाले पुनः पूर्ववत् अवस्थामा फर्काएर चोरी शिकार नियन्त्रणमा निकुञ्ज जुटेको छ । निकुञ्जभित्र कडाइसाथ गस्ती, बाहिर स...