Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

फ्रान्समा डिसेम्बरसम्म लकडाउन

फ्रान्समा डिसेम्बरसम्म लकडाउन

समाचार, संसार
पूर्णपुष्टि, कात्तिक २९ फ्रान्समा कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणको लागी गरिएको लकडाउन आगामी डिसेम्बर महिनासम्म जारी रहने भएको छ । लकडाउनको अवधिमा तोकिएको समय भन्दा बाहेक मानिसहरु घरबाट बाहिर निस्कन पाउने छैनन् भने कतिपय प्रतिबन्ध गरिएका सेवाहरु पनि सञ्चालन गर्न नपाइने फ्रन्स सरकारले जनाएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । केही समयअघि फ्रान्सको सरकारले सङ्क्रमितहरु पहिलेको तुलनामा निकैनै बढ्न थालेपछि लकडाउन गरेको हो । पछिल्लो चरणमा देखा परेको कोरोना भाइरसको प्रभाव निकैनै रहेको देखिएको छ । फ्रान्समा पछिल्लो हप्ताको तथ्याङ्क हेर्दा हरेक दिन कम्तीमा पनि पाँच सय जनाको मृत्यु हुने गरेको छ भने दैनिक हजारौँ जना सङ्क्रमितहरु थपिने गरेको जनाईएको छ ।...
आज लक्ष्मी पूजा गरिँदैै

आज लक्ष्मी पूजा गरिँदैै

समाचार
पूर्णपुष्टि, कात्तिक २९ आज यमपञ्चकको तेस्रो दिन धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी मनाइँदैछ । विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भ¥याङलगायत सरसफाइ गरिन्छ । लिपपोत गरी घर घरमा दीपावली गर्ने चलन छ । बेलुकीपख आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म लक्ष्मीको पाइला बनाएर बाटो समेत देखाइन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाएर विधिपूर्वक लक्ष्मीको पूजाराधना गरिने  नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आजै घरको सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर कुकुर तिहार पनि मनाइँदैछ । कार्तिक कृष्ण चतुर्दशीको बिहान आज नदी, तलाउ वा धारामा गएर स्नान गरेर नरक स्नान समेत गर्ने गरिन्छ । कुकुर तिहार र नरक चतुर्दशी यमपञ्चकको दोस्र...
१६ नं. वडाको ३२ उपलब्धीमुलक काम सार्बजनिक, वडाविकासमा याेगदान गर्नेहरूलाइ अभिनन्दन

१६ नं. वडाको ३२ उपलब्धीमुलक काम सार्बजनिक, वडाविकासमा याेगदान गर्नेहरूलाइ अभिनन्दन

आर्थिक, समाचार
पूर्णपुष्टि, कार्तिक २८ । त्रियुगा नगरपालिकाको १६ नं. वडा सरकारको तीनवर्षे कार्यकालमा ३२ वटा महत्वपूर्ण काम भएको छ । वडाभित्र भएका महत्वपूर्ण कामहरुलाई वडा सरकार र वडाबासीको उपलब्धीको रुपमा लिदै वडाले हिजो प्रगति प्रतिवेदन सार्बजनिक गरेको छ । नगरप्रमुख बलदेव चौधरीको उपस्थितिमा तीनवर्षे प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०७७/०७८ को योजना तथा वजेट सार्बजनिकरण कार्यक्रमको आयोजना भयो । वडाध्यक्ष मानबहादुर राईले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वडाको कार्यसम्पादन, सडक पूर्वाधार विकास, उज्यालो विद्युत वर्ष, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, संचार विकास, सुरक्षित आवाजस, उत्पादनवर्ष, व्यवसायिक कृषि तथा पशुपालन, युवा तथा खेलकुद, स्वच्छ खानेपानी, सिँचाईको क्षेत्रमा उल्लेख्य काम भएको जानकारी दिनुभयो । धार्मिक तथा पर्यटन, संस्कृति विकास, कोरोना नियन्त्रण अभियान, मेलमिलापको क्षेत्रमा पनि उल्लेख्य काम...
उदयपुरको १ अगुवा कृषक पुरस्कृत

उदयपुरको १ अगुवा कृषक पुरस्कृत

समाचार
पूर्णपुष्टि, कात्तिक २८ सरकारी जागिरपछि तरकारी खेतीमा लागेका उदयपुरको एक अगुवा कृषक मुख्यमन्त्रि उत्कृष्ट कृषक पुरस्कारले सम्मानित भएको छ । त्रियुगा नगरपालिका–४ का अगुवा कृषक शिवजी निरौला (किसान)लाई कृषि ज्ञान केन्द्र उदयपुरले कृषि क्षेत्रमा योगदान पुर्याए वापत जिल्ला स्तरीय मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारले सम्मान गरेको हो । कृषि क्षेत्रमा प्रोत्साहन गर्न कार्यालयले स्वीकृत गरेको बार्षिक कार्यक्रम अनुसार आर्थिक बर्ष २०७६/०७७ बाट निरौलालाई नगद बीस हजारले सम्मान गरिएको कार्यालय प्रमुख प्रकाश विश्वकर्माले बताए । उनले अघिल्लो आर्थिक बर्षमा नै सम्मान गर्ने कार्यक्रम भएपनि कोभिड–१९ का कारण जमघट गर्न सक्ने अवश्था नरहेकाले ढिला गरी सम्मान गरिएको बताए । उनले आगामी दिनमा पनि कृषकहरुलाई प्रोत्साहन, क्षमता अभिबृद्धी, कृषिमा आधुनिकिकरण जस्ता कार्यक्रम ल्याईने बताए । नेपाल प्रहरीको सिपाही पद...
खसी भनेर बाख्राको मासु बेच्नेलाई कारबाही

खसी भनेर बाख्राको मासु बेच्नेलाई कारबाही

समाचार
पूर्णपुष्टि, कात्तिक २८ बाँकेमा खसीको मासु भनेर बाख्राको मासु बेच्ने फ्रेस हाउसलाई जरिवाना गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले नगर भित्र रहेका मासु पसलको अनुगमन गर्ने क्रममा खसी भनेर बाख्राको मासु बेच्ने थ्री स्टार फ्रेस हाउसलाई जरिवाना गरेको हो । उपमहानगरपालिका अन्तर्गतको उपभोक्ता हित संरक्षण समितिले गरेको अनुगमनका क्रममा टोलीले नेपालगञ्जको बागेश्वरी हलरोडमा रहेको थ्री स्टार फ्रेस हाउसलाई ५० हजार रुपैयाँ जरिबानासहित बन्द गराएको छ । बाख्राको मासुलाई खसीको भन्दै बिक्री गरेको तथा खान अयोग्य, सडेको मासु बिक्रीका लागि राखिएको पाइएको अनुगमन टोलीले जनाएको छ । पसलबाट खाना अयोग्य ३५ किलो मासु नष्ट गरिएको छ । त्यसैगरी फुल्टेक्रामा रहेको आवेश दाना सप्लायर्समा बिना दर्ता मासु बिक्री भएको पाइएकाले दर्ता नहुँदासम्म ब्यवसाय बन्द गर्न टोलीले निर्देशन दिएको छ ।...
रारा तालमा पर्यटकको चहलपहल सुरु

रारा तालमा पर्यटकको चहलपहल सुरु

पर्यटन, समाचार
पूर्णपुष्टि, कात्तिक २८  मुगुको पर्यटकीय स्थल रारा ताल हेर्न आउने पर्यटकहरुको चहलपहल बढ्न थालेको छ । लकडाउनले सुनसान बनेको रारा तालमा लकडाउन हटेसँगै चहलपहल सुरु भएको हो । अहिले बिदाको मौका पारेर घुम्न आउनेहरु बढेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । करिब सात महिना सुनसान बनेको रारा तालमा अहिले दैनिक एक सय ५० जनासम्म आन्तरिक पर्यटक सडक र हवाइमार्गबाट आउने गरेको जनाएको छ । रारा आसपासका होटेल र गाउँ पनि पर्यटकले भरिन थालेको छ । यसवर्षको असोज र कात्तिकमा रारामा झण्डै तीन हजार आन्तरिक पर्यटक भित्रिएका छन् । रारामा घुम्न जाने पर्यटक बढेकोले रारा विमानस्थलमा तारा, सीता र गोमा एयरलाइन्सले दैनिक पाँचदेखि सात वटासम्म सुर्खेत र नेपालगञ्जबाट उडान भर्ने गरेका छन् । रारामा जानेको सङ्ख्या बढेपछि कर्णाली राजमार्गमा रहेका होटेलमा पनि चहलपहल बढेको सिञ्जा गोठिज्युलाका होटेल व्यवसायीहरुले ...
नेपाललाई अमेरिकाले १ सय थान भेन्टिलेटर दियो

नेपाललाई अमेरिकाले १ सय थान भेन्टिलेटर दियो

समाचार
पूर्णपुष्टि, कात्तिक २८ अमेरिकाले कोरोना भाईरस (कोभिड–१९)को विरुद्ध लडाईका लागी नेपाललाई एक सय थान भेन्टिलेटर सहयोग गरेको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआईडी)मार्फत दिइएको भेन्टिलेटर अमेरिकी राजदूत ¥याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तानतरण गरेको हो । दुर्गम क्षेत्रका समुदायको उपचारमा सहयोग पुगोस् भनेर भेन्टिलेटर सहयोग गरेको जनाईएको छ । अमेरिकाले दिएको भेन्टिलेटरमध्ये सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई ७/७ वटाका दरले वितरण गरिने छ । बाँकी हरेक सरकारी अस्पताललाई दुई–दुईवटाका दरले दिइने जनाईएको छ ।...
बहिनीबाट भाइटीका लगाउन नहुने हल्ला बारे पञ्चाङ्ग निर्णायक समितिले सार्वजनीक गर्यौ यस्तो वास्तविक्ता

बहिनीबाट भाइटीका लगाउन नहुने हल्ला बारे पञ्चाङ्ग निर्णायक समितिले सार्वजनीक गर्यौ यस्तो वास्तविक्ता

समाचार
पूर्णपुष्टि,कार्तिक २८ यो बर्षको भाइटीका मंसिर १ गते परेको हुनाले बहिनीको हातबाट टिका लाउन नहुने अफवाहको पछि नलाग्न पञ्चाङ्ग निर्णायक समितिले आग्रह गरेको छ । विभिन्न कारणले अशुभ योग परेको भनेर फैलाइएको सूचनामा कुनै सत्यता नरहेको समितिले स्पष्ट पारेको हो । नेपालीहरुको दोसा्रे महान पर्व तिहारलाई मानिरन्छ । यो वर्ष मलमासका कारण केही समय पछि सरेको तिहारको मुख्य दिन भाइटीका मंसिर १ गते परेको छ । सामाजिक सञ्जाल तथा बजारमा अधिकांश मानिसहरुको चर्चाको विषय मंसिरमा दिदीबहिनीबाट दाजुभाइलाई टीका लगाउन नहुने भन्ने हल्लाका कारण धेरैमा अन्योल सिर्जना भएको छ तर यस हल्लामा कुनै वास्तविक्ता  नरहेको समितिले जनाएको छ । शुभ योग नरहेको भनेर चलेको हल्लामा पनि वास्तविक्ता नरहेको समितिले जनाएको छ । मध्याह्नमा द्वितीया तिथी परेको दिन यमद्वितीया या भाइटीका मनाउने चलन छ । समितिका अनुसार यसमा कुनै शुभ र अशुभ ...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, कात्तिक २८ आज सुनको भाउ बढेको छ । सुन तोलामा ५ सय रुपैयाँ बढेर तोलाको ९५ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९४ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको थियो । चाँदी भने आज पनि हिजो जस्तै तोलामा १२ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
ट्याक्टरमा झुण्डिन खोज्दा १ जनाको मृत्यु

ट्याक्टरमा झुण्डिन खोज्दा १ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, कात्तिक २८ उदयपुरको लिम्चुङ्बुङमा ट्याक्टरमा झुण्डिनु खोज्दा लडेर एक जनाको मृत्यु भएको छ । लिम्चुङ्बुङ गाउँपालिका–३ सिवार्नीमा स्थानीय ३४ वर्षीय पदमबहादुर राना मगरको मृत्यु भएको हो । ना ६ त १९०८ नम्बरको ट्याक्टरको पछाडीको डालामा झुण्डिनु खोज्दा लडेर मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र ट्याक्टर चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...