Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

धान झार्ने क्रममा थ्रेसरमा च्यापिदा एक महिलाको मृत्यु

धान झार्ने क्रममा थ्रेसरमा च्यापिदा एक महिलाको मृत्यु

समाचार
पूर्णपुष्टि,कार्तिक २९ झापामा एक महिलाको धान झार्ने क्रममा थ्रेसरमा च्यापिएर शनिबार बिहान मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका–६ बालुवानीका ४७ वर्षीया लीलादेवी चापागाईँ थ्रेसरमा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोही वडाका भूपाल प्रसाईको मे १ त ६६०१ नम्बरको ट्याक्टरमा थ्रेसर जडान गरी धान झारिरहेको बेला भूईमा झरेको धानको बाला टिप्ने क्रममा फितामा सारी बेरिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार शुरुमा महिलाको कपडा र कपाल तानेपछि थ्रेसरले उनको शरीरलाई पनि भित्रै तानेको थियो । मृतक महिलाको शव पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।...
आफ्नै श्रिमती र छोरीमाथि एसिड प्रहार गर्ने साह पक्राउ

आफ्नै श्रिमती र छोरीमाथि एसिड प्रहार गर्ने साह पक्राउ

समाचार
पूर्णपुष्टि,कार्तिक २९  धनुषामा आफ्नै श्रिमती र छोरीमाथि एसिड प्रहार गर्ने साह पक्राउ पक्राउ परेको छ । जनकपुर उप–महानगरपालिका–२० का २४ वर्षीय सञ्जिव साह पक्राउ परेको हो । श्रिमती र छोरीमाथि एसिड प्रहार गरी भागेका सञ्जिबलाई जनकपुर–४ संकटमोचन मावि नजिकबाट प्रहरीले पक्राउ गरेको हो । सोही उप–महानगरपालिका–७ जानकीनगरमा डेरा गरी बस्ने २१ बर्षीया आरती साह र उनकी छोरी ३ बर्षीया रिया साहमाथि सञ्जिव साहले शनिबार बिहान एसिड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले  जनाएको छ ।  आरतीको अनुहारसहित पेट र छाती लगायत शरीरको बिभिन्न ठाउँमा एसिड परेको छ । एसिडले उनको २० प्रतिशत शरीर जलेको र अवस्था गम्भीर रहेकोे छ । छोरी रियाको टाउको र बायाँ हातमा एसिड परेको छ । आमाछोरीको जानकी हेल्थ केयर एण्ड टिचिङ अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरु आपसि विवादका कारण पछिल्लो समय छुट्टाछुट्ट...
डा. गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि, आफ्नो उपचार खर्च आफै बेहोर्ने

डा. गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि, आफ्नो उपचार खर्च आफै बेहोर्ने

समाचार, स्वास्थ्य
पूणर्पुष्टि, कार्तिक, २९ डा. गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । केही लक्षण देखिएपछि बिहीबार गरिएको पीसीआर परीक्षणमा डा. केसीलाई कोरोना संक्रमण पुष्टि भएको हो । डा. केसीका सहयोगी प्रितम सुवेदीका अनुसार उनलाई रुघाखोकी लाग्नुका साथै ज्वरोसमेत आएको छ । सुवेदीका अनुसार केसीलाई श्वासप्रश्वासमा समेत समस्या देखिएको छ । डा. केसी अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको गणेशमान सिंह भवनमा उपचाररत छन् । डा. केसीले कोरोना संक्रमण उपचारमा लाग्ने खर्च आफै बेहोर्ने बताएकाछन् । उनले सरकारले उपचार गर्ने निणर्यमा आफ्नो उपचार खर्च आफै बेहोर्ने र बरु नागरिकहरुको लागि सरकारले आफ्नो कर्तव्य पालना गर्दै कोरोना उपचारमा ध्यान पुराउन आग्रह समेत गरे । शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट संक्रमित डा. केसीलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सम्पूणर् उपचार खर्च बेहोर्ने बत...
कोरोना कहरबिच बेलकामा स्वास्थ्य सिविर सम्पन्न,४ सय ७६ जनाले सेवा लिए

कोरोना कहरबिच बेलकामा स्वास्थ्य सिविर सम्पन्न,४ सय ७६ जनाले सेवा लिए

समाचार, स्वास्थ्य
बेलका उदयपुर ,कार्तिक २९ बेलका नगरपालिका स्वास्थ्य शाखाको आयोजना र ओरेक नेपालको सहयोगमा संचालित महिला स्वास्थ्य सेवा निःशुल्क सिविर बेलका नगरको वडा नं ६ र ७ मा सम्पन्न भएको छ । कार्तिक २५ गतेबाट संचालन भएको स्वास्थ्य सिविरबाट चारसय ७६ जना सेवाग्राहीले स्वास्थ्य सेवा लिएको बेलका नगरपालिकाको मनोपरामर्सदाता जानुका दंगाल कार्कीले बताईन् । कार्तिक २५ गते बेलका वडा नं ७ स्थित मैनामैनी मुलगाउ र २६ गते शारदा आधारभुत बिद्यालय बिलिम्लामा २ सय ६६ जनाले स्वास्थ्य सेवा लिएकोे दंगालले बताईन् । त्यसैगरि २७ र २८ गते वडा नं ६ को बवला र घारे माझी वस्तीमा २ सय १० जनाले स्वास्थ्य सेवा लिएको उनिले बताईन् । बेलका अस्पतालका जनरल फिजिसियन डाक्टर बिसाल राई र नोबेल अस्पताल बिराटनगरका स्त्री रोग बिशेषज्ञ डाक्टर रकिना भान्साकार्यको संयुक्त टोलीले सेवाग्राहीहरुको स्वास्थ्य जा‘च गरेको थियो । शिबीरमा मह...
बेलकाको ७ नं वडा मैनामैनीमा बिजुली पुग्यो, सबै वडामा बिजुलीको पहँच

बेलकाको ७ नं वडा मैनामैनीमा बिजुली पुग्यो, सबै वडामा बिजुलीको पहँच

समाचार
पूर्णपुष्टि,कार्तिक २९ उदयपुरको बेलका नगरपालिकाको सबै वडामा विजुलीको पहँच पुगेको छ । बेलकाको विकट वडाको रुपमा पर्ने ७ नं वडा मैनामैनीमा पनि यो बर्ष देखि विजुली बत्ति बलेपछि नगरको सबै वडामा बत्तिको पहुँच पुगेको हो । यो वर्षको दिपावली बत्तिको झिलिमिलीमा हुने भएपछि स्थानीयहरु हर्षित बनेका छन् । वडामा नेपाल सरकारको ९० प्रतिसत रकम रहेको १२ करोड ६० लाख र स्थानिय बेलका नगरपालिकाको १० प्रतिसत बरावरको रकम रहेका १ करोड ४० लाख गरी कुल १४ करोड रुपैयाँको लागतमा बत्ती बालिएको हो । बत्तिको उद्घाटन बेलका नगरपालिकाका मेयर दुर्गा कुमार थापा, उपमेयर राजकुमारी चौधरी लगाएतले गर्नुभयो । उद्घाटन सँगै थापाले दिपावलीको कोसेली स्वरुप मैनामैनीवासीका लागि एम्बुलेस पनि प्रदान गरिने जानकारी गराउनुभयो । थापाले एम्बुलेस पनि १५ दिन भित्र आईपुग्ने समेत स्थानीयहरुलाई बताउनुभएको छ । मेयर थापका अनुसार एम्बुलेस सुत्...
सुनसरीमा थप १ महिलाको कोरोनाबाट मृत्यु

सुनसरीमा थप १ महिलाको कोरोनाबाट मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,कार्तिक २९ सुनसरीको बराह–५ की १९ वर्षीया महिलाको आज बिहान साढे ४ बजे मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा उनको मृत्यु भएको हो । उनमा यही कात्तिक २८ गते शुक्रबार कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । कोरोना पुष्टि भएपछी सोही दिन उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना गरिएको अस्पतालले जनाएको छ ।...
स्मार्ट लाइसेन्सका लागि १४ लाख कार्ड खरिद गर्ने

स्मार्ट लाइसेन्सका लागि १४ लाख कार्ड खरिद गर्ने

समाचार
पूर्णपुष्टि, कात्तिक २९ यातायात व्यवस्था विभागले स्मार्ट लाइसेन्सका लागि १४ लाख कार्ड खरिद गर्ने भएको छ  । स्मार्ट लाइसेन्स छपाइका लागि १४ लाख कार्ड खरिद गर्न भएको ठेक्का आह्वानमा प्राप्त आवेदनको मूल्याङ्कन भइरहेको विभागले जनाएको छ । विभागले दुई वर्ष पहिले झण्डै १० लाख कार्ड खरिद गरेको थियो । त्यसपछि अहिले खरिद प्रक्रिया अघि बढाएको हो । अहिले विभागसँग झण्डै ६० हजार कार्ड मात्रै बाँकी छ । ठेक्का सम्झौता भएपछि तीन महिना भित्रमा कार्ड ल्याउने र अहिले खरिद भएको कार्ड डेढ वर्षलाई पुग्ने अनुमान गरिएको छ । विभागले गत चैतदेखि असोज मसान्तसम्ममा झण्डै १० लाख चालक अनुमतिपत्र छपाइ गरेको थियो । अब सेवाग्राहीले कार्ड पाउन सहज हुने अपेक्षा गरिएको छ । सरकारले गत चैतमा लकडाउन गरेपछि यातायात कार्यालयले नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिएको छैन ।...
आजदेखि तीन दिनसम्म सबै बैंकका शाखाहरु बन्द

आजदेखि तीन दिनसम्म सबै बैंकका शाखाहरु बन्द

समाचार
पूर्णपुष्टि, कात्तिक २९  आजदेखि तीन दिनसम्म बैंकहरु बन्द हुने भएका छन् । तिहारको बिदा अवधि आज, भोलि र पर्सि सबै बैंकहरु बन्द हुने नेपाल बैंकर्स संघले जनाएको छ । गत वर्षको दशैँ तथा तिहारको बिदामा समेत सीमित बैंकका काउन्टरमार्फत सेवा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाले यस वर्ष कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ । सबै बैंकका शाखाहरु बन्द भए पनि डिजिटल बैंकिङ्ग र एटीएम सेवाहरु भने सञ्चालन हुने बैंकहरुले जनाएको छ । संघले कोरोना भाइरस सङ्क्रमणबाट बच्न तथा जोखिम न्यूनीकरणका लागि डिजिटल बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग र एटीएम सेवाको अधिकतम प्रयोग गर्न आग्रह गर्दै आएको छ ।...
विश्वमा एकैदिन ६ लाख भन्दाबढीमा कोरोना संक्रमण पुष्टि

विश्वमा एकैदिन ६ लाख भन्दाबढीमा कोरोना संक्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, कात्तिक २९  विश्वमा एकैदिन ६ लाख २८ हजार १ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड ३२ लाख ६८ हजार १३ जना पुगेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ । अहिलेसम्म विश्वमा उक्त संक्रमितमध्ये ३ करोड ४३ लाख ९३ हजार ४ सय ४८ जना उपचारपछि निको भएका छन् भने १३ लाख ९ सय ५ जनाको मृत्यु भएको जनाईएको छ । अमेरिका कोरोनाबाट सबैभन्दा बढी प्रभावित देश हो । अमेरिकामा १ करोड १० लाखभन्दा धेरै व्यक्ति सङ्क्रमित भएका छन् ।...
महाकवि देवकोटाको जयन्ती मनाइँदै

महाकवि देवकोटाको जयन्ती मनाइँदै

समाचार, साहित्य
पूर्णपुष्टि, कात्तिक २९  महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १२ औँ जन्मजयन्ती आज मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाण्डौको डिल्लीबजारमा भएको थियो । दश वर्षका उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गर्नुभएका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित अहिलेसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । नेपाली साहित्यमा देवकोटा स्वच्छन्दतावादी(प्रगतिवादी धाराका प्रवर्तक मानिनुहुन्छ । देवकोटाका रचनामा मानवतावाद र प्रकृतिप्रेम समेत झल्कन्छ । विसं २०१६ मा उहाँ शिक्षामन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रुपमा लागू गराउनु भएको थियो । तीन महिनामा ‘शाकुन्तल’ ...