पूर्णपुष्टि, बैशाख २६
नेपाल पत्रकार महासंघ उदयपुर शाखाले ५ बेडको आईसोलेसन निर्माण गर्ने भएको छ । कोरोनाको संक्रमण जिल्लामा पनि अति जोखिम बन्दै गएपछि यसको नियन्त्रण तथा रोकथाममा सहयोग पुगाउने हिसावले आईसोलेसन तयार गर्न लागिएको हो ।
कोभिड १९ को संक्रमण दिनदिनै बढ्दै गएकाले संभावित जोखिमा पर्न सक्ने पत्रकारहरुलाई सुरक्षित ढंगले राख्नको लागि ५ वेड क्षमताको आईसुलेशन तयारी गर्ने निर्णय गरिएको छ । यता कोरोना संक्रमण दिनदिनै बढ्दै गएकाले पत्रकारहरुलाई स्वास्थय सुरक्षा सामाग्री उपलब्ध गराउने तयारी समेत गरिने निर्णय गरिएको नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले जानकारी दिनु भयो ।
आईसुलेसन तथा स्वास्थ्य सुरक्षा सामाग्री सहितको व्यवस्थापन तथाका लागि महासंघले उपाध्यक्ष पर्शुराम थापा उपाध्यक्ष गंगा राई र कोषाध्यक्ष गणेश उप्रेती संयोजक रहेको छुट्टा छुट्टै तीन उप समिति गठन गरेको छ ।
...
पूर्णपुष्टि,वैशाख २६
सुनसरी धरान–१५ पुर्वेली पथबाट धारिलो हतियारले प्रहार गरी गम्भीर घाईते बनाई नगद र गरगहना लुट्ने समुह पक्राउ परेका छन् । मोरङ पथरी–३ घर भई हाल धरान–१५ सुनगाभा मार्गमा बस्ने ३८ वर्षीय सन्तोष भन्ने वीरबहादुर परियार, पथरी शनिश्चरे–५ पिपलडाँडा घर भई हाल धरान–१० पुतली लाईन बस्ने ३५ बर्षीय सोनी राई र धरान–१३ अमरहाट बस्ने २९ वर्षीया लक्ष्मी लिम्बु पक्राउ परेका हुन् ।
बैशाख ११ गते बिहान सँवा ९ बजे सोही स्थानका झरना बिश्वकर्मा र उनैका छोरा जोहन बिश्वकर्मा पुजा गर्न घर बाहिर गएको अवस्थामा अपरिचित मानिस प्रवेश गरी झरनाकि आमा गोबिन्द माया विश्वकर्मालाई टाउको लगायत शरिरका बिभिन्न भागमा धारिलो हतियारले प्रहार गरी गम्भीर घाईते बनाएको थियो ।
गोबिन्द माँयालाई नगद रु. २ लाख र घरमा रहेका सुनका गरगहना गरी जम्मा ११ लाख ४० हजार ९ सय ५० रुपैयाँ बराबरको धनमाल डाँका गरी लगेका थिए ।
उ...
पूर्णपुष्टि,वैशाख २६
सुनसरीका रुखले किचेर एकजनाको ज्यान गएको छ । ईटहरी–१७ टिकुलिया का ५५ वर्षीय लक्ष्मण चौधरीको रुखले किचेर मृत्यु भएको छ ।
आफ्नो घर नजिकै गोरु चराउने क्रममा हावाहुरीको कारण कदमको रुख ढलेर किची चौधरी गम्भिर घाईते भएका थिए । घाइते चौधरीको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा ज्यान गएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।...
पूर्णपुष्टि,वैशाख २६
सस्तो औषधीलाई महंगो औषधीको स्टिकर टाँस गरी बिक्री बितरण गर्ने औषधी पसल सञ्चालकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–४ स्थितमा रहेको साथी मेडिकल औषधी पसलका सञ्चालक विराटनगर–१० अशोक चोक का २६ वर्षीय सोनु आलम र सोही कार्यमा संलग्न विराटनगर–१६ रानी का २३ वर्षीय श्रवण कुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आलमले सञ्चालन गरेको साथी मेडिकल औषधी पसलमा खानतलासी गर्दा स्टासेफ नामक औषधी ४ बट्टा (सिसी) र रेमडेसिभर नामक औषधी १ बट्टा (सिसी) फेला पारेको हो । आलमले स्टासेफ औषधी रू ९० मा खरीद गरि रेमडेसिभर औषधीको नक्कली स्टिकर टाँस गरी ८ हजार सम्ममा बिक्री बितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानमबाट खुलेको छ ।
उनले उक्त औषधीमा टाँस्ने स्टिकर भारतको पटनाबाट आयात गरी ल्याएको खुल्न आएको हो । स...
पूर्णपुष्टि,वैशाख २६
उदयपुरको कटारीमा भिरबाट लडेर एक युवाको ज्यान गएको छ । कटारी नगरपालिका–११ चिलाउने का ४२ वर्षीय हर्क बहादुर तामाङको भिरबाट लडेर ज्यान गएको हो ।
शुक्रबार दिनको साढे ११ बजे बेतेनीबाट घर फर्किने क्रममा सोही स्थानको आफ्नै घर भन्दा माथीको भिरबाट अन्दाजी ५०० मिटर तल खसि मृत्यु भएको जानकारी पाए लगतै प्रहरी चौकी बेतेनीबाट प्रहरी टोली घटना स्थल पुगेको थियो ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।...
पुर्णपुष्टि, बैशाख २६ आज बिहान पानी सहितको चट्याङले लागेर मोरङको छुट्टा छुट्टै स्थानमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । बिहान पौने ९ बजे रंगेली नगरपालिका–१ हाटखोला का ३० वर्षीय प्रबिन माझीको चट्याङले लागेर मृत्यु भएको हो । बारीमा काम गरिरहेको बेलामा चट्याङ्मले लागेर गम्भिर घाईते भएका प्रविनलाई उपचारको लागि रंगेली अस्पताल पुग्ने बितिक्कै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । त्यस्तै बिहान साढे ९ बजे मोरङकै जहदा गाउँपालिका–६ पोखरियामा बस्ने ४५ वर्षीय मुक्तर मिया अन्सारी र उनकै श्रीमती २६ वर्षीया जाननारा खातुनलाई आफ्नै घरमा रहेको बेला चट्याङको झट्का लागी घाईते भएका हुन् । श्रीमान श्रीमतिको कोशी अस्पताल बिराटनगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
पूर्णपुष्टि, वैशाख २६
उदयपुरमा कोरोना संक्रमितको संख्या १७५ पुगेको छ । पछिल्लो समय उदयपुरमा पनि संक्रमितको संख्या बढ्न थालेको छ । शनिबार थप भएको चारजना सहित कुल संक्रमितको संख्या १७५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
कुल संक्रमित मध्ये ६८ महिला रहेका छन् भने, एक सय सात पुरुष रहेको स्वास्थ्य कार्यालयले उदयपुरले जनाएको छ । शनिबार संक्रमण पुष्टि भएको मध्ये बेलका नगरपालिकाका एक र त्रियुगा नगरपालिकाका तीनजना रहेका छन् । त्रियुगा नगरपालिका वडा नं.११ को ६० वर्षीय एक पुरुष, वडा नं. १३ को ६० वर्षीय एक पूरुष, त्रियुगाकै वडा नखुलेको २९ वर्षीया एक महिला र बेलका–४ का २९ वर्षीय पुरुषसहित चारजनामा संक्रमण पुष्टि भएको हो ।
उदयपुरमा कोरोना मुक्त हुनेको संख्या दुई महिला र एक पुरुष गरी तीनजना रहेका छन् भने कोरोना संक्रमणबाट दई महिला र दुई पुरुष गरी चारजनाको मुृत्यु भएको छ ।...