उदयपुरको चौदण्डीगढी बिरेन्द्र बजारमा भिषण आगलागी, १ करोड बढीको नोक्सान
पूर्णपुष्टि, बैशाख २६
उदयपुरको चौदण्डीगढी नगरपालिका बिरेन्द्र बजारमा आईतबार बिहान आगलागी हुँदा १ करोड २० लाख बराबरको नोक्सान भएको छ । आगलागीमा ५ घर जलेर खरानी भएको छ ।
आगलागीमा परी उदयपुर चौदण्डिगढी न.पा.८ बिरेन्द्रबजारका भरत राई, सोहि ठाउँका शिसिर कुमार राई, बादल बिक्रम राई, पदम कुमारी मगर, कृष्ण मगरको घर पूर्ण रुपले जलेर क्षती पुगेको छ । घर सहित पार्किङमा राखिएको सवारी साधनहरु पनि जलेको छ ।
सोही स्थानका केशव बयलकोटीको पार्किङ गरि राखेको स ८ प २७२५ नं को मोटरसाईकल, को २ त ८२३० नं को ट्याक्टर र लाल बहादुर राईको बा १३ प ८४८० नं को मोटरसाईकल समेत जलेर क्षती पुगेको छ ।भरत राईको काठले बनेको टिनको छाना भएको १ तले घर, घर भित्र रहेको अन्नपात, भाडावर्तन र लता कपडा जल्दा अन्दाजी मुल्य रु.३५ लाख बराबरको क्षति, शिसिर कुमार राईको काठले बनेको टिनको छाना भएको १ तले घर, घर भित्र रहेको अन्नपात, ...









