Saturday, May 16News That Matters

Month: ५ वर्ष अगाडि

नेपालको उडान हङकङद्धारा प्रतिवन्ध

नेपालको उडान हङकङद्धारा प्रतिवन्ध

समाचार
पूर्णपुष्टि, बैशाख १८ हङकङले नेपालसँगको उडानमा प्रतिबन्ध लगाएको छ । नेपालमा पनि कोरोना भाइरस संक्रमण तीव्र भएसँगै हङकङ सरकारले सतर्कता अपनाएको हो ।अन्य देशबाट आएकाहरूमा कोरोना संक्रमण देखिएसँगै प्रतिबन्धको नियमलाई कडाइ गरिएको हो । कोरोना संक्रमणको उच्च जोखिममा रहेका भारत, पाकिस्तान, फिलिपिन्सलगायत देशबाट हङकङ आउने उडानलाई यसअघि नै प्रतिबन्ध गरिएको छ । हरेक उडानमा पाँचजनाभन्दा बढीमा कोरोना संक्रमण देखिए उडान प्रतिबन्ध हुने भनिएको छ । यसअघि नेपालबाट हङकङ आउने यात्रु ४८ घण्टे पीसीआर जाँचको प्रमाणपत्र बोकेर हङकङ आउँथे ।  ...
एक संक्रमितले गरे अस्पतालमै झुण्डिएर आत्माहत्या

एक संक्रमितले गरे अस्पतालमै झुण्डिएर आत्माहत्या

समाचार
पूर्णपुष्टि, बैशाख १८ कोरोना संक्रमित एकजनाले हस्पिटलको शौचालयमा झुण्डिएर आत्महत्या गरेको छ । वैशाख १६ गते कोरोना पोजेटिभ देखिएको रुपन्देहीका ४० बर्षिय पुरुषले  शनिवार बिहान शौचालय जाने बाहानामा आत्माहत्या गरेको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेकामा शनिबार बिहान ४ बजे शौचालय जाने बहानामा झुण्डिएर आत्महत्या गरेका अस्पतालका स्वास्थ्यकर्मी दीपक पाण्डेले जानकारी दिए । ‘स्वास्थ्य अवस्था सामान्य थियो, कुनै समस्या र गुनासो पनि थिएन,’ पाण्डेले भने, ‘एक्कासी आत्महत्या गरेको भेटिएपछि बुझ्दा उहाँमा ‘साइको’ को समस्या रहेको थाहा भयो ।’ स्वास्थ्य अवस्था सामान्य हुँदाहुँदै पनि परिवारको आग्रहमा भर्ना गरिएको पाण्डेले बताए । तीन दिन अघिदेखि सञ्चालनमा आएको कोरोना विशेष अस्थायी अस्पतालमा यसअघि बुटवलमा बेड नपाएर भर्ना भएका एकजना जटिल अवस्थाका संक्रमितको मृत्यु भएको थियो ।  ...
मोटरसाईकल दुर्घटना एकको मृत्यु

मोटरसाईकल दुर्घटना एकको मृत्यु

समाचार
पूर्णपुष्टि, बैशाख १८ पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ गुम्बाडाँडामा भएको मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । शुक्रवार दिउँसो साँढे ३ बजेको समयमा पाँचथरको पौवाभञ्याङबाट ईलाम तर्फ जाँदै गरेको बा ८५ प २२८० नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई सडकबाट करिव ५० मिटर तल खसेर दुर्घटना हुँदा चालक फाकफोकथुम गाउँपालिका–३ का १८ बर्षीय किरण राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  ...
शन्तुराजको कुटाई बाट बिर बहादुरको ज्यान गयो

शन्तुराजको कुटाई बाट बिर बहादुरको ज्यान गयो

समाचार
पूर्णपुष्टि, बैशाख १८ सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–७ का ६३ बर्षीय बिर बहादुर राईको कुटपीटबाट मृत्यु भएको छ । बैशाख १० गते राती १० बजेको समयमा स्थानीय ४६ बर्षीय शन्तुराज राई र बिर बहादुर राई बिच सामान्य घरायशी बिषयमा बादबिबाद भई झगडा हुँदा शन्तुराजले बिर बहादुरलाई कुटपिट गरी घाईते बनाएका थिए । घाईतेलाई उपचारको लागी बाँसवारी न्युरो अस्पताल काठमाण्डौ लगिएकोमा उपचारको क्रममा १६ गते बेलुका मृत्यु भएको थियो । घटना बारे जानकारी पाए लगत्तै प्रहरी टोली खटि गई कुटपिटमा संग्लग्न रहेका शन्तुराजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।  ...
उदयपुरमा छुट पुर्जि नभएको काठ प्रहरी नियन्त्रणमा

उदयपुरमा छुट पुर्जि नभएको काठ प्रहरी नियन्त्रणमा

समाचार
पूर्णपुष्टि, बैशाख १८ छुट पुर्जि बिनाको अबैधानिक काठ प्रहरीले नियन्त्रणमा लिएको छ । बेलका नगरपालिका कोठुको प्रहरीले चेकजाँज गर्ने क्रममा करमको चिरान काठ १७० थान ५५ किबि बराबरको छुट पुर्जि नभएपछि प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरले प्राकृति स्रोध साधनको अबैध कारोवारको नियन्त्रण गर्ने अभियान अन्तर्गत रामपुर तर्फ आईरहेको मे १ ज १५२८ नं को पिकअप लाई चेक गरी उक्त काठ बरामद गरेको कोठु प्रहरी रापुरलले जनाएको छ । आवश्यक कार्वाहीको लागि कोठु प्रहरीले इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा बुझाई सव डिभिजन बन कार्यालय मैनामैनी पठाइएको रामपुर  प्रहरीले जनाएको छ ।   ...
आइसियुमा उपचार नपाउँदा छट्पटिँदै बिरामीको मृत्यु

आइसियुमा उपचार नपाउँदा छट्पटिँदै बिरामीको मृत्यु

समाचार
पूर्णपुष्टि, बैशाख १८ कोरोनाको केन्द्र बन्दै गएको बाँके, दाङ, रुपन्देहीमा बिरामीहरु छट्पटियर मर्नुको कुनै बिकल्प छैन् । आवश्यकता अनुसारको उपचार र प्राविधिक सामान नभएको अवस्थामा गरिएको असहज उपचारका कारण बिरामीहरु बिजोगका साथ ज्यान गुमाई रहेको छ । अर्घाखाँचीको मालारानी गाउँपालिका–७ बामरुकका ६० वर्षीय पुरुषको बेड अभाबकै कारण आईसियुमा उपचार गर्न नसक्दा ज्यान गयो । भारतको नयाँदिल्लीबाट घर आएको १६ औं दिनमा बिरामी परेको उनिलाई निरन्तर ज्वरो आएपछि जेठा छोराले वैशाख ९ गते बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पुरायो । अस्पतालमा उनको कोरोना पुष्टि भयो । कोरोना पुष्टि भएको उनले अस्पतालमा बेड अभावका कारण उपचार पाउन सकेन । अन्य अस्पतलाहरु काठमाण्डौँ, चितवन भैरवा लगायतका अस्पतलाहरुमा पनि बेड पाउन सकेन् । बेड अभावमा कोरोना जस्तो विरामीलाई घरमै लगेर जसोतसो उपचार गरे । तर समस्या बल्झियो र ...
बाँकेमा कोरोना परिक्षण र  उपचार निशुल्क गर्न उच्च अदालतको आदेश

बाँकेमा कोरोना परिक्षण र उपचार निशुल्क गर्न उच्च अदालतको आदेश

समाचार
पूर्णपुष्टि, बैशाख १८ उच्च अदालत तुलसीपुर नेपालगन्जले बाँकेमा कोरोना संक्रमणको उपचार र परिक्षण निशुल्क गर्न आदेश दिएको छ । आदेशमा नेपालगन्जको जमुनाहा नाकामा एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माण गर्न तथा भारतबाट आउने प्रत्येक व्यक्तिलाई निःशुल्क मास्क उपलब्ध गराउन पनि आदेश जारी गरेको छ । अदालतका वरिष्ठ न्यायाधीश डा.रत्नबहादुर बागचन्द र न्यायाधीश गोकर्ण डाँगीको संयुक्त इजालसले त्यस्तो आदेश जारी गरेको हो । स्वास्थ्य मन्त्रालयले तोकेबमोजिम प्रयोगशाला र अस्पतालले कोभिड– १९ सम्बन्धी परीक्षण निर्देशिका र उपचार प्रोटोकल अनुसार गर्ने व्यबस्था मिलाउन आदेश जारी भएको न्यायाधीश डाँगीले जानकारी दिनुभयो । शुक्रबार अबेर अदालतले जारी गरेको आदेशमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोके बमोजिम कोभिड–१९ को परीक्षण तथा उपचार निःशुल्क रुपमा गर्न गराउनका लागि आवश्यक व्यवस्था मिलाउन आदेश जारी भ...