पूर्णपुष्टि, बैशाख १९
सुनसरी गढी–२ औरावनी बस्ने ६० बर्षीय रघुनाथ यादवको च्ट्याङले लागेर मृत्यु भएको छ । आज बिहान ०८ बजे खेतमा भैसी चराउन गएका यादबलाइ बर्षा सँगै आएको च्ट्याङले लाग्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरी टोली अनुसन्धान गरिरहेको सुनसरी प्रहरीले जनाएको छ ।...
पूर्णपुष्टि, बैशाख १९
मोरङ ग्रामथान–५ बस्ने ३५ बर्षीय नरेश माझीको दुर्घटनाबाट मृत्यु भएको छ । शनिवार दिउँसो पौने १ बजे ग्रामथान–२ मा को १ क ३३४५ नम्बरको टिपरले को २९ प ४१७० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक माझी गम्भीर घाईते भएको थियो । माझीकोे न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । टिपर र चालक सुनसरी बर्जु–५ का जय नारायण चौधरी नियन्त्रणमा रहेका छन ।
यसै गरी झापा बिर्तामोड–४ का २० बर्षीय सन्दिप अधिकारीको दुर्घटनाबाट मृत्यु भएको छ । शनिवार दिउँसो साढे २ बजे बिर्तामोड पारिजात टोल स्थित मे १ त ७००५ नम्बरको ट्रयाक्टर बालुवा अनलोड गर्नको लागी ब्याक गर्ने क्रममा ट्रयाक्टरको डाला पल्टिदा ट्रयाक्टरमा रहेका सह चालक अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रयाक्टर र चालक सोही स्थानका अनिल ...
पूर्णपुष्टि, बैशाख
ओखलढुङगामा गएको पहिरोमा परि पशु चौपायमा ठुलो क्षती पुगेको छ । बर्षाका कारण आएको पहिरोमा परी चप्पादेवी गाउँपालिका ३ सिल्खुबेसीमा गएको पहिरो बाट स्थानीयहरुको चौपायाहरु बगाएर क्षती पुराएको हो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुङगाका अनुसार शनिवार दिउँसो पाउने ४ बजेको समयमा गएको पहिरोले हरि प्रसाद सुवेदीको ३ ओटा गाई, मोहन मगरको १ हल गोरु, मुनामाया बोगटीको २ ओटा गाई पुरिएर मरेको छ ।
पहिरोले ठुलो मात्रामा स्थानीयको पशुचौपायामा क्षती पुराउनुका साथै ७ घर भने उच्च जोखिममा परेको ओखलढुङगा प्रहरीले जनाएको छ ।
...
पूर्णपुष्टि, बैशाख १८
उदयपुरमा लागुऔषाध सहित १ जना शनिवार पक्राउ परेको छ । त्रियुगा नगरपालिका ६ जलजले स्थित लाहान बाट गाईघाट तर्फ आउँदै गरेको को १ ज ३६३० नं को विङगरमा सवार १ जनालाई शसस्त्र प्रहरी बल नं ५ गण उदयपुरले पक्राउ गरेको हो ।
त्रियुगा नगरपालिका १२ का १४ बर्षिय पप्पु मलिक भनिने व्यक्तिलाई शसस्त्र प्रहरीको शक्रियतामा खटिएको टोलीले जलजलेमा चेँकजाँचको क्रममा पक्राउ गरेको हो । पक्राउ परेको मलिकको साथबाट लागुऔषाध फेनारगन ६०, लुपिजेसिक ६० र डाइजेल्याव ६० गरी १८० थान लागुऔध बरामद गरिएको छ ।
लागुऔषाध सहित पक्राउ परेको मलिकलाई आवश्यक कार्वाहिका लागि जिल्ला प्रहरी कार्यालय पठाएको शसस्त्र प्रहरी बल ५ नं गण उदयपुरले जनाएको छ ।
...
पूर्णपुष्टि, वैशाख १८ ।
बढ्दो कोरोना संक्रमणलाई मध्येनजर गर्दै भोलीदेखि एकसाता उदयपुरमा यातायात बन्द हुने भएको छ । भोली आइतबार बेलुका ८ बजे देखि २५ गते बेलुका ८ बजेसम्मका लािग चार पांग्रे र तीन पांग्रे सबै किसिमका सवारी साधन बन्द हुने जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ । सरकारी कर्मचारीहरुको सवारी साधन भने परिचय पत्रसहित हिड्न पाउनेछ भने मोटरसाईकल एकजना मात्र सवार भई हिड्न पाउनेछ । खाद्यन्न तथा अत्यावश्यक बस्तु, ढुवानी सेवा गर्ने सवारी साधनहरु निर्वाद रुपले सञ्चालन हुन पाउनेछन् ।
उदयपुर जिल्ला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन समिति (डीसीसीएमसी) को आज प्रशासनमा बसेको बैंठकले यातायात सम्बन्धी यस्तो निर्णय गरेको हो ।
साथै बैंठकले बजार सञ्चालन, नियन्त्रण तथा नियमनका लागि जिल्ला भित्र लाग्ने हटियाहरु बन्द गर्ने र जिल्ला भित्रका मुख्य बजारहरु गाईघाट, बेल्टार, कटारी, रामपुर, मुर्क...
पूर्णपुष्टि, बैशाख १७
अत्यादिक भिँड हुने सरकारी सेवाको रुपमा रहेको मालपोत कार्यलयलाई व्यवस्थीतका साथ संञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय उदयपुरले बार व्यवस्थापन गरेको छ ।
एक हप्तामा कुन पालिकाले कति दिन सेवा दिने र कुन कुन बार सेवा दिने भन्ने बारे जिल्ला प्रशासन कार्यलय उदयपुरले बार छुट्टाएर सेवा प्रवाह गर्न अनुरोध गरेको छ ।
त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका र बेलका नगरपालिकालाई हप्ताको २÷२ दिन छुट्याइएको छ । त्रियुगा नगरपालिकामा बिहिबार र शुक्रबार, चौदण्डीगढीमा मंगलबार र बुधबार र बेलका नगरपालिकामा आईतबार र सोमबार मालपोत संञ्चालन हुने भएको छ ।
यता गाउँपालिकाहरुमा भने दैनिक संञ्चालन हुने भएको छ । रौताई गाउँपालिका, लिम्चुङबुङ गाउँपालिका, ताप्ली गाउँपाकिा र उदयपुरगढी गाउँपालिकामा भने दैनिकी सेवा संञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ ।
...
पूर्णपुष्टि, बैशाख १८
भोली बाट सार्वजानिक वा निजि सवारी साधनहरु पूर्ण रुपले ठप्प हुने भएको छ ।
कोरोना संक्रमणको जोखिम बढे सँगै उदयपुरमा पनि यातायात ठप्प पार्न लागिएको हो । उदयपुर जिल्ला स्तरीय कोभिड १९ व्यवस्थापन समितिको बैठकले जिल्लाको लागि २५ गते सम्मलाई यस्तो निर्णय गरेको हो । निर्णयमा ३ पाँङ्ग्रे र ४ पाङ्ग्रे गाडीलाई ठप्प पार्ने र मोटर साईकलको हकमा भने १ जना मात्र सवार गर्न पाईने भएको छ ।
बजार व्यवसायलाई १० बजे देखि ३ बजे सम्म मात्र समय दिइएको छ । गाईघाट, कटारी, बेल्टार, रामपुर र मुर्कुची लगायतका बजारहरुलाई ३ बजे सम्म मात्र संञ्चालन गर्न पाइने निर्णयमा उल्लेख छ । गते बार तोकी संञ्चालन गरिने सबै प्रकारको हाट बजार भने पूर्ण रुपमा बन्द गरिने निर्णयमा उल्लेख छ ।
कोरोना भाईरसलाई मध्यनजर गर्दै गरिएको यस निर्णयले भोलिबाट गरिने बन्दमा सम्पूर्ण, उद्योग, कार्यालय, प्रतिष्ठान, बज...
पूर्णपुष्टि, वैशाख १८ ।
१ नं. प्रदेशमा दाेस्राे चरणकाे काेराेना लहरमा ११ जना पत्रकारमा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
नेपाल पत्रकार महासंघ, १ नं. प्रदेशका सचिव विवेक गाैतमका अनुसार पाँच जिल्लाका ११ पत्रकारमा काेराेना संक्रमण पुष्टि भएकाे हाे । झापामा ४ जना, मोरङमा ३ जना, ओखलढुंगामा २ जना, खोटाङमा १ जना र सुनसरीमा १ जना गरि ११ जना पत्रकारहरु संक्रमित भएका हुन् । महासंघले सबैकाे सिघ्र स्वास्थ्य लाभकाे कामना गरेकाे छ । साथै सम्पूर्ण पत्रकारहरुलाई सचेत र सतर्कतापूर्वक काम गर्न अपिल गरिएकाे छ । ...
पूर्णपुष्टि, बैशाख १८
उदयपुरमा कारको ठक्कर बाट एक जनाको मृत्यु भएको छ । नम्वर नखुलेको रातो रङको कारले शुक्रबार त्रियुगा नगरपालिका ९ गैरुन बस्ने २५ बर्षिय हरि माझीलाई राती ठक्कर दिएर फरार रहेको थियो ।
त्रियुगा नगरपालिका ९ मदन भण्डारी राजमार्ग स्थित गैरुनमा गाईघाट बाट चुहाडे गैरहेको कारले माझीलाई ठक्कर दिएको थियो ।
कारको ठक्कर बाट घाईते माझिको उपचारको क्रममा करिब साडे १० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
तिब्र गतिको कारण माझिलाई ठक्कर दिएको प्रहरीको भनाई छ । फरार रहेको सवारी र चालकलाई प्रहरीले खोजी कार्य गरिरहेको छ ।
...
पूर्णपुष्टि, बैशाख १८
माओवादी मजदुर पार्टीले एमसीसी संयूक्त राज्य अमेरिकाको सरकारी संस्था रहेको बताएको छ । हालै नेपालमा ल्याउन लागिएको एमसीसी नेपाल र नेपाली जनताका हितमा नरहेको भन्दै यसलाई ख्यारेज गर्न पार्टीले माग गरेको हो ।एमसिसिमा नेपालमा भएको हिंसा र अत्याचारको कुनै कानुन नलाग्ने प्रमाणहरु रहेको बताउँदै यसले भोली धेरै नेपाली जनताहरुलाई दुख दिने र अन्यायमा पार्ने प्रेस बिज्ञाप्तीमा उल्लेख गरेको छ ।
एमसीसी सम्झौतामा भएको बुद्धाहरु अनुसार नेपालमा भएका कुनै पनि नकरात्मक गतिविधि भए अमेरिकालाई कानुन नलाग्ने, हानी नोक्सानी, मृत्यु, बलत्कार, हत्या भएमा सरकारले अमेरीकालाई कानुन नलाग्ने सहमत भएको बिज्ञाप्तीमा उल्लेख छ ।
...