Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

तिन सांसदले राजीनामा दिएपछि पोखरेलको पुन : नियुक्ती विवादमा फस्यो

तिन सांसदले राजीनामा दिएपछि पोखरेलको पुन : नियुक्ती विवादमा फस्यो

समाचार
पूर्णपुष्टि, बैशाख १९ लुम्वीनी प्रदेशमा ३ सांसले राजाजिनामा दिएको छ । लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुन ः मुख्यमन्त्री नियुक्त भएपछि नेकपा एमालेका तीन जना सांसदले राजीनामा दिएका छन् । नीहरूले असन्तुष्टि जनाउँदै आज पदबाट राजीनामा दिएका हुन् । ३ सांसदको राजीनामा पछि तत्कालै पुन नियुक्ति पाएका लुम्वीनी प्रदेशका मुख्यमन्त्री संकर पोखरेलको पद फेरी विवादमा फसेको छ । आजै बिहान पद राजिनामा दिएका पोखरेल पुन तत्काल पदमा नियुक्ति पाएका थिए । पद राजीनामा गरेको बेला पोखरेलको चतुर्याई गरेको भनेर समेत बुझिएको थियो । यसअघि मुख्यमन्त्री पोखरेलले प्रदेश सभामा सदस्य संख्या घटेर ८१ पुगेपछि एमाले एक्लैसँग ४१ सांसद रहेको भन्दै एक दलको बहुमतको सरकार बनाउने भन्दै राजीनामा दिएका थिए । कपिलवस्तु क्षेत्र नम्बर १ ९क० बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ ९ख० बाट निर्वाचित धर्मबहादुरला...
भरुवा बन्दुक सहित १ जना पक्राउ

भरुवा बन्दुक सहित १ जना पक्राउ

समाचार
पूर्णपुष्टि, बैशाख, १९ सोलुखुम्बुको सोताङ गाउँपालिका–१ बाट ३ थान भरुवा बन्दुक सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार बेलुका ७ बजेको समयमा पावै सामुदायिक जंगलबाट ३ थान भरुवा बन्दुक सहित स्थानीय ३४ बर्षीय दिल बहादुर भनिने गंगा बहादुर गिरी पक्राउ परेका हुन् । जंगलमा शिकार खेल्न गएको भन्ने सूचना प्राप्त भएसंगै प्रहरी चौकी वाकुबाट खटिएको प्रहरी टोलीले ३ थान भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने बारुद अन्दाजी ८०० ग्राम, फलामको टुक्रा १ केजि, टर्च लाईटमा प्रयोग हुने ब्याट्रि ७ थान, लाईटर १ थान , केप १ थान, मोबाईल २ थान र १० मिटर तार सहित पक्राउ गरेको हो । उक्त घटनामा अन्य ४ जनाको समेत संग्लग्नता रहेको बुझिन आएको हुदा खोजतलास कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  ...
अरुण नदिमा डुबेर बेपत्ता

अरुण नदिमा डुबेर बेपत्ता

समाचार
पूर्णपुष्टि, बैशाख १९ भोजपुरको षडानन्द नगरपालिका–७ का २९ बर्षीय रुद्र बहादुर न्यौपाने अरुण नदिमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका छन् । शनिवार दिउँसो सवा १ बजेको समयमा षडानन्द नगरपालिका–६ अरुण नदिको लम्सुवाघाटमा पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएको न्यौपानेको प्रहरीले खोजी कार्य गरिरहेको छ । अरुणमा बिपत्ता भएको भन्ने सूचना पाउन साथ प्रहरी टोली सहितको सहभागीतामा स्थानीयवासी सँग खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।  ...
मोटरसाईकल दुर्घटनाबाट एकको मृत्यु, दुई घाईते

मोटरसाईकल दुर्घटनाबाट एकको मृत्यु, दुई घाईते

समाचार
पूर्णपुष्टि, बैशाख १९ मोरङ रतुवामाई नगरपालिका ९ स्थित आमबारी–उर्लाबारी सडक खण्डमा २ वटा मोटरसाईकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा १ जना मृत्यु भएको छ भने अन्य २ जना घाईते भएका छन् । आइतबार बिहान साढे १० बजे उत्तर तर्फ जाँदै गरेको प्र.१–०२–०४१ प. २६६४ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको प्र.१–०२–०४४ प.२६०९ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खादा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भिर घाईते भएका २६६४ नम्बरको मोटरसाईकल चालक रतुवामाई नगरपालिका ७ गडिझार का २७ बर्षीय ललित कट्वालको अरनिको अस्पताल उर्लाबारीमा बिहान पौने ११ बजे  उपचारको क्रममा मृत्यु भएको हो । अन्य दुई घाईतेहरुको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । २६०९ नम्बरको मोटरसाईकल चालक रंगेली नगरपालिका ५ का घाईते २१ बर्षीय मनजय ठाकुर र सोही मोटरसाईकलमा पछाडी सवार बेलबारी नगरपालिका ३ का ३० बर्षीय नबिन ठाकुरको पनि सोही अस्...
संकास्पद अवस्थामा महिलाको शव मकैवारीमा फेला

संकास्पद अवस्थामा महिलाको शव मकैवारीमा फेला

समाचार
पूर्णपुष्टि, बैशाख १९ मोरङमा एक महिलाको शव मकैबारीमा फेला परेको छ । आइतबार रतुवामाई नगरपालिका– ६ सिंहगिरी भन्ने स्थानको मकैबारीमा महिलाको शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले घटना संकास्पद भएकाले प्राविधिक टोलीले अनुसन्धान सुरु गरेको बताए । ‘घटना शंकास्पद छ, प्राविधिक टोली र तालिमप्राप्त कुकुरसहितको टोलीले अनुसन्धान गर्दैछ’ उनले भने, ‘ कालो वर्णकी महिलाको उमेर अन्दाजी ३० वर्ष जति छ, पहिचान गर्ने प्रयास भइरहेको छ ।’ महिलाले लगाएको कपडा च्यातिएका कारण घटना शंकास्पद रहेको प्रहरीको दाबी छ । घटना संकाश्पद भएको भन्दै यसबारे प्रहरीले अनुसन्धान गर्ने जनाएको छ ।  ...
रौतामाईमा किशोरकिशोरीहरुको समग्र संरक्षण एवं घट्ना व्यवस्थापनका लागि नीति बन्दै

रौतामाईमा किशोरकिशोरीहरुको समग्र संरक्षण एवं घट्ना व्यवस्थापनका लागि नीति बन्दै

समाचार
पूर्णपुष्टि, बैशाख १९ रौतामाई गाउँपालिकामा १० देखि १९ बर्ष सम्मका किशोर किशोरीहरुको समग्र संरक्षण र उनिहरु सँग सम्बन्धीत घटनाहरुको व्यवस्थापनका निति बन्ने भएको छ । रौतमाई गाउँपालिका उदयपुरले गत मंगलबार देखि आयोजना गरेको दुई दिवसीय नीति निर्माण कार्यशाला बुधबार सम्पन्न हुनुका साथै निति मस्यौदाको काम अगाडी बढेकोछ । गाउँपालिकाले वल्र्ड भिजन इन्टरनेसनल नेपाल र जाल्पा एकिकृत विकास समाज उदयपुरको सहयोग र सहकार्यमा सामना रुपान्तरण परियोजनाको आर्थिक सहयोगमा नितिनिर्माण कार्यशालाको आयोजना बनाएको हो । “रौतामाई गाउँपालिकाको किशोर किशोरीहरुको संरक्षण एवं घटना व्यवस्थापनका लागिनीति”२०७८”नामबाट नीतित यार गर्न लागेको हो ।पालिकाको भौतिक पूर्वाधारहरुको क्षेत्रमा केहि कामहरु भईरहेको र नितिगत रुपमा समेत ५४ वटा भन्दा बढी कानुन हरुको विकास अगाडी बढाइएको गाउँपालिका प्रमुख गजेन्द्र बहादुर खड्काले बताउनुभ...
१३२ औ श्रमिक दिवसमा विश्वभरीका नेपाली श्रमीकहरुलाई इन्सद्धारा शुभकाना आदान प्रदान

१३२ औ श्रमिक दिवसमा विश्वभरीका नेपाली श्रमीकहरुलाई इन्सद्धारा शुभकाना आदान प्रदान

समाचार
पूर्णपुष्टि, बैशाख १९ हिजो मे १ तारिक विश्व मजदुर दिवस, १३२ औँ विश्व मजदुर दिवस अन्तराष्ट्रि नेपाली समाज (इन्स) ले पनि भव्यताका साथ मनाएको छ । सोको अवसर विश्वभरी छरियर रहेका नेपाली मजदुरहरुलाई अन्तराष्ट्रिय नेपाली समाज (इन्स) ले भर्चुअल माध्यम प्रयोग गर्दै शुभकामना आदान प्रदान गर्दै १३२ औँ विश्व श्रमिक दिवस सफलताका साथ मनाएको हो । “जहिले पनि नेपालको लागि, जहाँ पनि नेपालीको लागी” भन्ने मुल नाराका अन्तराष्ट्रिय नेपाली समाज (इन्स) मलेसियाको आयोजनामा मे १ तारिक “१३२ औ अन्तर्राष्ट्रिय श्रमिक दिवस“ मलेसियामा कृयाशिल रहेका नेपाली संघसंस्थाको प्रतिनिधिहरुको उल्लेखनीय उपस्थितिमा मनाइएको अन्तराष्ट्रि नेपाली समाज (इन्स) का उपाध्यक्ष इश्वर राईले बताउनुभयो । शुभकामना आदान प्रदान सँगै श्रमिकहरुको समस्या र पछिल्लो समय केहि सहजबारे बिभिन्न कुराहरुमा समेत छलफल भएको छ । श्रमिकहरुले लामो समयकालको आन...
चौदण्डीगढीको खैराझोडामा एक युवा मोटरसाईकल सहित अचेत अवस्थामा फेला

चौदण्डीगढीको खैराझोडामा एक युवा मोटरसाईकल सहित अचेत अवस्थामा फेला

समाचार
पूर्णपुष्टि, बैशाख १९ चौदण्डीगढी नगरपालिका १० खैराझोडामा एक युवा मोटर साईकल सहित अचेत अवस्थाम फेला परेको छ । नाम पहिचान नखुलेको अन्दाजी २६–२७ बर्ष उमेरका युवा मदन भण्डारी राजमार्गको गाईघाट तर्फको लोकेशनमा अचेत अवस्थाम रहेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । मध्यान्न १२ बजेको समयमा अचेत अवस्थामा रहेको युवा हाल धरानको घोपामा उपचार भइरहेको कुरा बेल्टार प्रहरीको आधिकारीक फेसबुकमा उल्लेख गरिएको छ । पहिचान नखुलेकाले ब्यक्तिको नाम ठेगाना पत्ता नलाग्दा अनुसन्धान गर्न समस्या भएको छ । प्रहरीले यस पोष्टको आधारमा आफन्तहरुले बेल्टार प्रहरीलाई खबर गर्दिन पनि स्टाटसमा लेखिएको छ । प्रदेश २–०१–००१– प २९५६ नं को मिलिटरी ग्रिन रङका ँश्–क् ख्भचकष्यल को मोटरसाईकल सहित अचेत अवस्थामा रहेको प्रहरीले जनाएको छ । निज मोटर साईकल चालक हाल सम्म पनि अचेत अवस्थामै रहेको  हुदाँ निजको यकिन वतन र आफ...
मुख्यमन्त्री  पोखरेलद्धारा पद राजीनामा

मुख्यमन्त्री पोखरेलद्धारा पद राजीनामा

समाचार
पूर्णपुष्टि, बैशाख १९ लुम्वीने प्रदेशका सरकार प्रमुख संकर पोखरेलले मुख्यमन्त्री पद राजीनामा दिएको छ । दाङ २ (क) बाट चुनाव जितेका पोखरेल २०७४ फागुन ३ गते मुख्यमन्त्री बनेका थिए । २०७४ मा प्रदेश सरकार बनेपछि पहिलो पटक मुख्यमन्त्री पोखरेलको सरकार ढलेको हो । पोखरेल एमाले अध्यक्ष एंव प्रधानमन्त्री  केपी शर्मा ओलीका विश्वासपात्र पनि हुन् । मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले पेश गरेको अविश्वास प्रस्तावमा प्रदेश सभामा आजबाट छलफल सुरू हुँदै थियो । पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष आइतबार राजीनामा पेश गरेको प्रदेश प्रमुख कार्यालय स्रोतले बताएको छ । प्रदेश सरकार गठन हुँदाको अहिलेको कानूनी परिस्थिती फरक भएकोले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने उद्देश्यले पोखरेलले राजीनामा दिएको बताइएको छ । मुख्यमन्त्री पोखरेलले...
देशको यी भु–भागहरुमा मंगलबार सम्म बर्षाको सम्भावना

देशको यी भु–भागहरुमा मंगलबार सम्म बर्षाको सम्भावना

समाचार
पूर्णपुष्टि, बैशाख १९ नेपालको पूर्वी एंव पहाडी भु–भागमा मंगलबार सम्म बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार बिहानै काठमाण्डौँ उपत्यका तथा प्रदेश नं १ का पहाडी भुभागहरुमा बर्षा परेको थियो । मौसम विज्ञान विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहार र बंगालमा विकास भएको निम्न चापीय क्षेत्रका कारण प्रदेश नं १ र २ मा मंगलबारसम्म मौसम बदली रही बेलाबेलामा वर्षा समेत हुने अनुमान गरिएको छ । महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार काठमाडौं उपत्यकामा अहिले देखिएको प्रि–मनसुनको अवस्था मंगलबारसम्म लम्बिने अनुमान गरिएको छ । देशभर पहाडी भूभागहरुमा सामान्य बदली र अन्य भूभागहरुमा आंशिक बदली रहने विभागले जनाएको छ । विभागका अनुसार सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, २ र वागमती प्रदेश लगायतका पहाडी भू–भागमा मेघगर्जन÷चट्याङ्ग÷हावाहुरी सहित क्ष...