Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

संक्रमितको बढ्दो मृत्युदरले शव व्यवस्थापनामा समस्या, बाग्मती किनारमै जलाउन थालियो

संक्रमितको बढ्दो मृत्युदरले शव व्यवस्थापनामा समस्या, बाग्मती किनारमै जलाउन थालियो

समाचार
पूर्णपुष्टि, बैशाख २० कोरोना संक्रमितहरुको दिन प्रतिदिन बढ्दो मृत्युदरका कारण शव व्यवस्थापनमा समस्या भएको छ । उपत्यकामा शव व्यवस्थापनको समस्या भएपछि बाग्मती किनारमा शव जलाउन थालिएको छ । विद्युतीय शव दाहगृहमा एउटा शव व्यवस्थापन गर्न डेढ घण्टा लाग्छ । व्यवस्थापन गर्नुपर्ने शव बढ्दै गएपछि विद्युतीय शवदाह गृहबाट मात्र सम्भव नहुने भन्दै सेनाले बाग्मती किनारमा नै शव जलाउन थालेको हो । संक्रमितको शव व्यवस्थापनका लागि सेनाले शवदाह गृह नजिकै वाग्मती नदी किनारमा ८ वटा चिता बनाउने तयारी गरेको छ । संक्रमितहरुको शव व्यवस्थापन गर्दै आएको नेपाली सेनाका अनुसार पछिल्ला दिनमा २० देखि ३० जनासम्मको शव व्यवस्थापन गर्नुपरेको छ । आइतबार नेपाली सेनाले ३१ वटा शव व्यवस्थापन गरेको थियो । सोमबार दिउँसो २ बजेसम्म २७ वटा शव व्यवस्थापनका लागि अनुरोध आएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ...
उपचारको क्रममा कोरोना संक्रमित वृध्दाको मृत्यु

उपचारको क्रममा कोरोना संक्रमित वृध्दाको मृत्यु

समाचार
पुर्णपुष्टि, बैशाख २०  झापाको दमकमा एक वृध्दाको कोरोनाले ज्यान गएको छ । एक हप्ता देखी धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड अस्पतालमा वृध्दाको उपचार भईरहेको थियो । नगरपालिका स्वास्थ्य शाखाका अनुसार दमक नपा– २ मा बस्ने ६५ वर्षीया  वृद्धाको सोमबार बिहान ज्यान गएको हो । कोरोना सङ्क्रमणको नयाँ भेरियन्टले गर्दा पहिला पनि एक वृध्दले ज्यान गुमाएको थियो । दमकमा सोमबार बिहान मात्रै नयाँ भेरियन्टका ७० जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य शाखाका कुवेर भट्टराईले जनाएको छ ।...
झापाको बायोग्यास कोइला फ्याक्ट्रीमा आगोलागी

झापाको बायोग्यास कोइला फ्याक्ट्रीमा आगोलागी

समाचार
पूर्णपुष्टि, बैशाख २० झापा मेचीनगर नगरपालिका १५ मिलकोटी स्थितमा रहेको बायोग्यास कोईला फ्याक्ट्रीमा बिद्युत सर्ट भई आगोलागी हुँदा ठुलो क्षेती भएको छ । आज बिहान ३ बजेबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । उक्त आगो नियन्त्रणमा ७ वटा दम्कल सहित सेना, प्रहरी, स्थानियबासी परिचालित भएका छन् । सो आगोबाट अहिले सम्म अन्दाजी १५ करोड बराबरको क्षेती भएको फ्याक्ट्री संचालकले बताएको ईलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।  उक्त आगोबाट हाल सम्म मानबिय क्षेती नभएको सो कार्यालयले जनाएको छ ।  ...
डेड किलो सुन सहित विमान स्थलबाट ५ जना पक्राउ

डेड किलो सुन सहित विमान स्थलबाट ५ जना पक्राउ

समाचार
पूर्णपुष्टि, बैशाख २० त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आज ५ जनालाई डेड किलो सुन सहित पक्राउ गरेको छ । स्पिकर भित्र लुकाई छिपाई तस्करीको प्रयासमा रहेको ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा गुल्मीका जनक खड्का, प्युठानका यमलाल खनाल, नुवाकोटका धनबहादुर तामाङ, सुमित तामाङ र कास्कीका राजु विक छन् । विमानस्थल भन्सार कार्यालयका अधिकृत ठाकुर गौतमका अनुसार स्पीकरको पंखामा लुकाएर सुन ल्याएको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । ‘खड्का र खनाल एयर अरेविया, तामाङद्वय हिमालय र विक नेपाल एयरलाइन्समार्फत नेपाल गौतमले जानकारी दिनुभयो, ‘एउटामा डेढ सयदेखि दुुई सय ग्रामसम्म सुन राखेको पाइएको छ ।’  ...
उदयपुरमा चट्याङले घर जल्यो, २ जना घाईते, ७ पशुचौपाय मर्यो

उदयपुरमा चट्याङले घर जल्यो, २ जना घाईते, ७ पशुचौपाय मर्यो

समाचार
पूर्णपुष्टि, बैशाख २० उदयपुरको बेलका नगरपालिका मितेरी गाउँ स्थित शनिवार परेको हावाहुरी र चट्याङ सहितको पानीले घर गोठ जलेर नष्ट भएको छ । चट्याङले घर गोठ मात्र जलायन मानवीय क्षती समेत पुराउनुका साथै पशुचौपाय समेत जलेर मरेको छ । चट्याङका कारण आठमाया राईको घर गोठ आगलागी हुँदा जलेर नष्ट भएको छ । सोही आगलागीमा परी आठमाया राईकी ६ बर्षिया नातिनी निर्मिता राई र प्रतिक्षा राई घाइते भएकीछिन् । निर्मिताको ढाँडमा आगोले पोलेको छ । उनिहरुको घरमै सामान्य उपचार भईरहे परिवारले जनाएको छ । आगोले घर जलेपछि घरमा कृयापुत्रि बस्नेको बिजोग भएको छ । ३ दिन अघि मात्रै आठमाया राईका ८८ बर्षिय आमा जसिमाया राईको मृत्यु भएको थियो । यस्तै आगलागीबाट धान, मकै, चामल, सुनचाँदीको गहना सहित ७ वटा बाख्रा, कुखुरा, बंगुर समेत मरेको बेलका नगरपालिका ५ का वडाध्यक्ष गोविन्दकुमार खड्काले जानकारी दिनुभयो । अध्यक्षका अनुसार अन...
मास्क बिना हिड्नेलाई सय रुपयाँ जरिवाना

मास्क बिना हिड्नेलाई सय रुपयाँ जरिवाना

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख २० स्थानीय प्रशासनले बढ्दो कोरोना संक्रमणलाई मध्येनजर गर्दै हिजो बेलुकी ८ बजेदेखि लागु हुने गरी उदयपुरमा यातायात ठप्प पारेपछि आज यातायात सेवा ठप्प भएको छ । तीनपांग्रेदेखि माथिका सवारी साधन ठप्प छन् । मोटरसाईकलमा भने एक्लै हिड्न दिइएको छ । खाद्यन्न, ढुवानीको सवारी साधन भने चल्न पाएका छन् । मास्क प्रयोग गरेर मानिस हिड्डुल गर्न पाएका छन् । बजार पसल विहान १० बजेदेखि दिउसो ३ बजेसम्मका लागि मात्र खुल्न पाउने सूचना प्रशासनको भएपछि आजविहान सबै बजार पसल बन्द भएका छन् । बजारमा क्रमशः भिडभाड कमी हुदै गएका छन् । प्रशासनले नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी सुरक्षा ब्यवस्था कडा पारेको छ । मास्क विना हिड्नेलाई १०० रुपैया जरिवाना तोकिएको छ । पछिल्लो समय जिल्लामा हिजोमात्र ९ जना संक्रमित पुष्टि भएसंगै ३७ जना संक्रमित पुष्टि भएका छन् ।  ...
माेटरसाइकलमा सिंगल : फाेटाे फिचर

माेटरसाइकलमा सिंगल : फाेटाे फिचर

समाचार, स्वास्थ्य
जिल्ला प्रशासन कार्यालय उदयपुरले हिजाे बेलुका ८ बजेदेखि अगामी २५ गते बेलुका ८ बजेसम्मका लागि जारी गरेकाे सूचना अनुरूप माेटरसाइकलमा सिंगल यात्रा गरिरहेकाे यी दृष्यहरू ।  प्रशासनले तीन पांग्रेभन्दा माथिका सवारी साधन एकसाताका लागि बन्द गराएकाे छ । बजार, पसलहरू आज विहान १०: ०० देखि दिउसाे ३ : ०० बजेसम्म मात्र खुल्न दिएकाे छ ।...
उदयपुरमा सवारी यातायात ठप्प पारियो, व्यापार व्यवसाय १० देखि ३ बजे सम्म मात्र, तस्विरहरु

उदयपुरमा सवारी यातायात ठप्प पारियो, व्यापार व्यवसाय १० देखि ३ बजे सम्म मात्र, तस्विरहरु

समाचार
पूर्णपुष्टि, बैशाख २० आईतबार ८ बजेदेखी लागुहुने गरी बन्द गरिएको सवारी उदयपुरमा आज बाट ठप्प पारिएको छ । अत्यावश्यक सेवा र सवारी वाहेक सम्पूर्ण निजी तथा सार्वजानिक यातायात ठप्प पारिएको हो । सवारी तथा व्यपार व्यवसाय नियम अनुसार खोल्न र संञ्चालन गर्न प्रशासनले लगाएको नियम अनुसार आज बाट पूर्ण रुपमा लागु भएको छ । नियम कडाईका साथ लागु गर्न नेपाल प्रहरी शसस्त्र प्रहरीले आप्mनो डिउटी कडाईका साथ बजार तथा चोकहरुमा गरिरहेको छ । जिल्लामा पनि कोरोना भाईरसको जोखिम बढेपछि प्रशासनले यातायात पूर्ण रुपमा ठप्प पार्ने र व्यापारलाई केहि हद सम्म मात्र खोल्न दिने गरी १० बजे देखि ३ बजे सम्म मात्र संञ्चालनको लागि निर्णय भएका थिए ।  ...
उदयपुरमा थप ९ जना संक्रमित थपिए

उदयपुरमा थप ९ जना संक्रमित थपिए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख १९ उदयपुरमा आज पनि थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका रिपोर्ट अनुसार ६ पुरुष र ३ महिला गरी ९ जना संक्रमण पुष्टि भएको हो । पुष्टि हुनेहरुमा त्रियुगा नगरपालिकाको ४ जना, रौतामाईको ४ र चौदण्डीगढीको १ जना रहेको छ । त्रिनपा ६ का २५ बर्षिय पुरुष, त्रिनपा ६ कै ५४ बर्षिय पुरुष, त्रिनपाकी ३० बर्षिया महिला र त्रिनपा १० कै ३७ बर्षिय महिला रहेको छ । रौतामाई ५ को ५१ बर्षिया महिला, ५ कै ३५, ६१, २८ बर्षिय पुरुष, रहेको छ भने चौदण्डीगढीको ४२ बर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय उदपुरले जनाएको छ । हाल उदयपुरमा यो सँगै जिल्लामा संक्रमितको संख्या ३७ पुगेको छ । त्यसमा १२ जना महिला र २५ जना पुरुष रहेको छ । त्रियुगा नगरपालिकामा सबै भन्दा बढी २२ जना संक्रमित देखिएको छ भने ३ ओटा गाउँपालिका ताप्ली, लिम्चुङबुङ र उदयपुरगढीमा संक्रमितको संख्या सु...
लुम्वीनी प्रदेशको मुख्यमन्त्रीमा केसीको दावी

लुम्वीनी प्रदेशको मुख्यमन्त्रीमा केसीको दावी

समाचार
पूर्णपुष्टि, बैशाख १९ संकर पोखरलेलको पून ः नियुक्ति पद विवादीत बने सँगै नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले बहुमदको हस्ताक्षर सहित मुख्यमन्त्री पदमा दावी गरेको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेलगत्तै ४२ सांसदको हस्ताक्षरले केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि दावी पेश गरेका हुन् । केसीले ४२ सांसदको हस्ताक्षरसहित आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसामू दाबी पेश गरेका छन् ।  ...