Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

भारतको केहि राज्यमा संक्रमण घट्दै

भारतको केहि राज्यमा संक्रमण घट्दै

समाचार
पुर्णपुष्टि, बैशाख २१  भारतको बिभिन्न राज्यमा कोरोना संक्रमणको दर घटेको पाइएको छ । कोरोनाभाइरसको दोस्रो लहरले भयवह देखिएको भारतमा मे महिना लागे पछि केही राज्यहरूमा दैनिक संक्रमितको संख्या घट्दै आएको देखियो । भारतको महाराष्ट्र, पञ्जाब, दिल्ली, उत्तर प्रदेश, तेलंगना, मध्य प्रदेश र उत्तराखण्डमा संक्रमितको संख्या दैनिक घट्दै गएको टाइम्स अफ इन्डियाले जनाएको छ । भारतमा अप्रिल ३० मा ४ लाख बढि मानिसहरु कोरोना संक्रमित भएको थियो । मे महिना देखि संक्रमितको संख्या घट्न थालेको हो । मे १ मा ३ लाख ९२ हजार, मे २ मा ३ लाख ६८ हजार हुँदै मे ३ मा ३ लाख ५५ हजार संक्रमित थपिएको भारतीय स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरेको छ । भारतमा सोमबार मात्रै ३ हजार ४ सय ३४ जना संक्रमितको मृत्यु भएको छ । संक्रमण घटे पनि ज्यान गुमाउनेको संख्या भने घटेको छैन । दैनिक रुपमै ३ हजार बढी संक्रमितको भने मृत्यु भ...
३  महिना सम्म कैदको व्यवस्था छ, नियम उलंघन गर्नेलाई कडा कार्वाही गर्छौ ः एसपी दाहाल

३ महिना सम्म कैदको व्यवस्था छ, नियम उलंघन गर्नेलाई कडा कार्वाही गर्छौ ः एसपी दाहाल

समाचार
पूर्णपुष्टि, बैशाख २१ जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमवहादुर दाहालले हाल कोरोनाको जोखिममा लगाइएको बन्देजमाथी अटेर गर्नेलाई कडा कर्वाही हुने बताउनु भएको छ । देशव्यापी रुपमो संकट आईराख्दा जिल्लामा पनि यसको कुनै ठेगान नभएको हुँदा पूर्व सतर्कता र कम जोखिम बहन गर्नका लागि (डिसीसीएमसी) निर्णयमा कोरोना व्यवस्थापन र नियन्त्रणको लागि यातायात बन्द गर्ने निर्णय गरिएको छ भने बजार व्यवस्थितका साथ चाउने निर्णय भएको छ । यसै निर्णयलाई आधारमानि आईतबार राति ८ बजेदेखि २५ गते ८ बजे सम्म लागु हुने गरी यातायात पूर्ण रुपमा ठप्प पारिएको छ भने ब्यापार व्यवसायलाई कम समयमा स्वास्थ्य मापदण्ड अनुरुप १० देखि ३ बजे सम्म संञ्चालन गर्न भनिएको छ । दाहालका अनुसार जिल्लामा नागरिकहरु निकै अनुशासन देखिएको बताउनुभयो । प्रहरीले बिगतका दिनहरुमा माहामारी सम्बन्धि बिभिन्न जनचेतनाका कार्यक्रमहरु समेत गरिसकेको...
४ संक्रमितको उपचारको क्रममा मृत्यु

४ संक्रमितको उपचारको क्रममा मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २१ धनगढीमा आज ४ कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले धनगढी उपमहानगरपालिका ७ की ७७ वर्षीया संक्रमित महिलाको मंगलबार बिहान मृत्यु भएको जानकारी दिए । वैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको उपचारकै क्रममा मृत्यु भएको जोशीले बताए । धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत चारजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत कैलाली, कञ्चनपुर, बझाङ र बर्दियाका एक÷एक जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । कोभिड अस्थायी अस्पतालमै उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका १२ का ७१ वर्षीय पुरुष, बझाङका २६ वर्षीय पुरुष र बर्दियाको उतानपुर गाउँपालिका २ का ३० वर्षीय पुरुषको पनि उपचारको क्रममै मृत्यु भएको उनले उक्त कार्यालयले बताएको छ ।  ...
सांसद सुरेश कुमार राईको उपचार आईसियुमा हुँदै

सांसद सुरेश कुमार राईको उपचार आईसियुमा हुँदै

समाचार
पूर्णपुष्टि, बैशाख २१ संघिय सांसद सुरेश कुमार राईको उपचार आइसियुमा राखेर भईरहेको छ । उदयपुर जिल्ला संघिय निर्वाचन क्षेत्र न.२ का माननीय सुरेश कुमार राई (हिमाल)कोरोना का कारण स्वास श्वासप्रश्वासमा  समस्या आएपछि ललितपुरस्थित सुमेरु अस्पताल आईसियुमा  भर्ना गरी उपचार भईरहेको छ । राईले आफु कोरोना संक्रमण पुष्टि भएको सामाजिक संञ्जाल फेसबुक बाट जनाएका थिए । केही दिन आगाडी कोरोना जाँच गर्दा पोजेटिभ  आएपछि होम आइसोलेसनमा बसेका राईले तीन दिन अगाडि आफ्नो फेसबुक वालमा आफुलाई  कोरोना(कोभिड १९)भएको र सघन उपचारमा रहने साथै सम्पर्कको लागि असमर्थ भए क्षमा चाहन्छु भनेर पोस्ट गरेका थिए । दुई दिन अगाडि मात्र आफुलाइ फोनमा दोहोरो कुरा गर्न नसकिरहेको सामाजिक सन्जालमा पोस्ट गर्दै कोरोनालाइ मजाक नगर्न समेत आग्रह गरेका छन् ।  छन ।  ...
उदयपुरमा एक काठ व्यवसायीमाथी हातपात

उदयपुरमा एक काठ व्यवसायीमाथी हातपात

समाचार
पूर्णपुष्टि, बैशाख २० उदयपुरका एक जना काठ व्यवसायी माथी कुटपिट भएको छ । कुटपिट गरेको आरोपमा एक जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको छ । त्रियुगा नगरपालिका १२ पुरानो गाईघाट बस्दै आएका काठ व्यवसायी बछारमाथी आईतबार कुटपिट भएको हो ।  बछारको स्थायी घर हेटौँडा हो । उनि हाल गाईघाट बस्दै आएको छ । बछार कुटपिटको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका १४ बस्ने पवन राईलाई पक्राउ गरेको छ । यसै बिषयलाई लिएर राई बिरुद्ध बछारले प्रहरीमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) भिम दाहालले बताउनुभयो । एसपी दाहालका अनुसार बछारले सोमबार प्रहरीमा जाहेरी दिएको थियो ।बन पैदावर महासंघका केन्द्रीय सदस्य राजेश कार्कीका अनुसार कुटपिट बाट बछारको देब्रे हातको दुई ओटा औँला भाँचिएको बताउनु भएको छ । बछार र राईबिच ठेक्कापट्टाको बिषयलाई लिएर बिवाद भई झडाको स्थिति सम्...
कबर्डहल, बाेक्से बन्द

कबर्डहल, बाेक्से बन्द

खेलकुद, समाचार
पूर्णपुष्टि, वैशाख २० । बढ्दाे काेराेना संक्रमणलाई मध्येनजर गर्दै बाेक्से स्थित कबर्डहल आजबाट बन्द भएकाे छ । कबर्डहलभित्र हुने खेलहरु स्थगित गर्ने उद्देश्यले कबर्डहल बन्द गरिएकाे हाे । जिल्ला खेलकुद विकास समितिले हिजाे सुचना टाँस गरि कबर्डहलभित्र हुने खेलकुद तालिम तथा खेल गतिविधि स्थगित गर्न, गराउन सुचित गरेकाे थियाे । स्थानीय प्रशासनले भिडभाड हुने कार्यक्रम तथा गतिविधि राेक्न गरेकाे सुचना अनुरुप कबर्डहललाई अर्काे सुचना जारि नगरेसम्म बन्द गरिएकाे खेलकुद कार्यालय प्रमुख प्रकाशराम राईले जनाउनुभयाे ।...
उदयपुरमा आज ३ जना संक्रमित थपियो

उदयपुरमा आज ३ जना संक्रमित थपियो

समाचार
पूर्णपुष्टि, बैशाख २० उदयपुरमा आज थप ३ जना संक्रमित थपिएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिका भित्रका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज गरिएको एन्टिजिन परिक्षणले उनिहरुमा कोरोना पुष्टि देखाएको हो । ३ जना थपिए सँगै जिल्लामा संक्रमितको संख्या ४० पुगेको छ । संक्रमित थपिँदै जाँदा जिल्लामा पनि सुरक्षाको मापदण्ड थप कडाई गरिएको छ । आईतबार ८ बजे देखि लागु हुनेगरी गरिएको यातायात आज बाट प्रभावकारीका साथ लागुगरिएको छ ।        ...
मास्क प्रयाेग – फाेटाेफिचर

मास्क प्रयाेग – फाेटाेफिचर

Breaking News 1, समाचार, स्वास्थ्य
प्रशासनले काेराेनाप्रतिकाे सचेतना जगाउदै हिड्डुलमा मास्क अनिवार्य प्रयाेग भनेकाे छ । यतिबेला काेराेना सतर्कता अपनाउदै उदयपुरकाे सदरमुकाम गाइघाटमा सर्वसाधारणले मास्क प्रयाेग गरेकाे देखिएकाे छ ।  
भारतबाट नेपाल प्रवेशका लागि १३ नाका तोकियो,  अनिवार्य १० दिन क्वारेन्टाईन बस्नु पर्ने

भारतबाट नेपाल प्रवेशका लागि १३ नाका तोकियो, अनिवार्य १० दिन क्वारेन्टाईन बस्नु पर्ने

समाचार
पूर्णपुष्टि, बैशाख २० कोरोना संक्रमणको जोखिममा भारतमा रहेको नेपाली नागरिकहरुलाई स्वदेश फर्कन सरकारले ३ नाकाको व्यवस्था गरेको छ । नेपाल आएका नेपाली नागरिकहरुले अनिवार्य रुपमा १० दिन क्वारेन्टीनमा बस्नु पर्ने पनि निर्णय भएको छ । मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार नेपाल–भारतको पशुपतिनगर, काँकरभिट्टा, मोरङको रानी, महोत्तरी भिट्टामोड, रौतहटको गौर, पर्साको वीरगञ्ज, रुपन्देहीको बेलहिया, कलिवस्तुको कृष्णनगर, बाँकेको जमुनाह, कैलालीको गौरीफन्टा, दार्चुलाको पुलघरा, बैतडीको झोलाघाटा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट मात्रै नेपालीलाई प्रवेश गर्न दिइनेछ । गृह मन्त्रालयका एक अधिकारीका अनुसार भारतबाट आउने सबैको एन्टिजेन परीक्षण गर्नुपर्ने नेगेटिभ आए मात्रै सम्बन्धित स्थानीय तहमा पठाउने भनिएको छ । नेगेटिभ आए पनि उनीहरु १० दिन अनिवार्य होम क्वारेन्टिनमा बस्नुपर्नेछ । र, त्यसको अनुगमनको जिम्मेवारी प...
सरकारले बैशाख २३ गतेबाट हवाई उडानमा रोक लगाउने

सरकारले बैशाख २३ गतेबाट हवाई उडानमा रोक लगाउने

समाचार
पुर्णपुष्टि, बैशाख २० सरकारले वैशाख २३ गतेदेखि अन्तराष्टिय हवाई उडानमा रोक लगाउने भएको छ । २३ गतेबाट हवाई उडानमा रोक लागेपछी भिसा लागीसकेको श्रमिर्कहरु स्वदेशमै बस्न बाध्य भएका छन् । मापदण्ड अनरुप हवाई उडानलाई संञ्चालन गर्ने भन्दै निरन्तर उडान गरिरहेको अन्तराष्ट्रिय उडानहरु २३ गते बाट रोक्ने भएको हो । कोरोना माहामारी बढेसँगै सरकारले तत्कालको लागि यस्तो निर्णय लिएको हो । भिसा लागिसकेका श्रमिकहरु बैशाख अन्तिमसम्म स्वदेशमै बस्न पर्ने सरकारले निर्णय लिएको छ । यसअघि सरकारले गरेको लकडाउनमा पनि श्रमिकहरु स्वदेशमै बस्न बाध्य भएको थियो । लकडाउन खुलेपछि मात्रै सरकारले बिदेश जाने अनुमति दिएको थियो ।...