कटारी बैशाख २९ सम्म बन्द, हिड्डुलमा समेत कडाइ गरिने
पूर्णपुष्टि, वैशाख २२ ।
उदयपुरमा बढ्दो कोरोना संक्रमणलाई मध्येनजर गर्दै जिल्ला अन्तर्गतका स्थानीय सरकारहरुले आप्mनो क्षेत्रमा सतर्कताका उपायहरु कडाईका साथ अवलम्बन गर्न थालेका छन् ।
उदयपुरको कटारी नगरपालिकाले आज राती १० बजेदेखि आगामी २९ गते राती १२ बजेसम्म अत्यावश्यक सेवा वाहेकका सम्पूर्ण पसल, व्यवसाय, यातायातका सम्पूर्ण साधनहरु पूर्णरुपले बन्द गर्ने घोषणा गरेको छ ।
नगरपालिकाको हिजो भएको कोभिड १९ रोकथाम तथा नियन्त्रण सम्बन्धी बैंठकको निर्णय अनुसार बन्द गरेको हो । स्थानीय सरोकारवालाहरुसंगको सर्बपक्षीय छलफलका साथ गरिएको बन्दमा अनावश्यक हिड्डुल तथा आवत–जावतमा समेत कडाइ गर्ने भएको छ ।
कटारी नगरका मेयर ज्ञानेन्द्र श्रेष्ठका अनुसार कटारी नगर क्षेत्रमा ७ जनामा कोरोना संक्रमण देखिएको छ । कारोना संक्रमणबाट नगर र नगरबासीलाई जोगाउने प्रयास स्वरुप बन्द गरिएको र कडाईका साथ लागि पर्ने मेयर श्...







