Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

आफ्नै विद्यार्थीलाई होटलमा लगेर करणी गरेको आरोपमा शिक्षक पक्राउ

आफ्नै विद्यार्थीलाई होटलमा लगेर करणी गरेको आरोपमा शिक्षक पक्राउ

समाचार
पूर्णपुष्टि, बैशाख २२ आफैले पढाउने विद्यार्थीलाई होटलमा लगेर करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेको छ । काठमाडौं महानगरपालिका पुतलीसडक बस्ने दोलखा भीमेश्वर नगरपालिका–९ घर भएका २९ वर्षीय शम्भु लामालाई विद्यार्थी करणीको आरोपमा प्रहरीले पक्राउ गरेको हो । चौध वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा माहानगरीय प्रहरी परिसरले तामाङलाई मंगलबार पक्राउ गरेको हो । उनले बालिकालाई होटलमा दुई दिनसम्म राखेर पटक–पटक जबरजस्ती करणी गरेको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । लामालाई हिरासतमा राखेर जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको परिसरले जनाएको छ । काठमाडौं महानगरपालिका–११ सुन्धारास्थित एक होटलमा ललाइफकाइ ती बालिकालाई लगेर उनले जबरजस्ती करणी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।  ...
त्रियुगाको २ नम्बर वडा १० दिनको लागी बन्द

त्रियुगाको २ नम्बर वडा १० दिनको लागी बन्द

समाचार
पूर्णपुष्टि,वैशाख २२ विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को संक्रमणदर पछिल्लोे केही समय यता उदयपुरमा पनि बढ्न थालेको छ । त्रियुगा नगरपालिका वडा २ मा पनि कोरोना संक्रमित भेटिएपछि समुदायस्तरमा थप फैलिन नदिन वडा कार्यालय १० दिन सम्म बन्द गरिने निर्णय भएको हो । वडाबाट सञ्चालन हुने अत्यावश्यक सेवाबाहेकका अन्य कुनैपनि सेवा प्रदान नगरिने वडा अध्यक्ष घमान सिङ खत्रीले जनाकारी दिनुभयो । वडा अध्यक्ष खत्रीकाअनुसार वैशाख २२ देखि ३१ गतेसम्म वडा कार्यालयका कामकाज बन्द गरिएको बताउनुभयो ।...
एक महिलाले एकै पटक जन्माईन् ९ बच्चा

एक महिलाले एकै पटक जन्माईन् ९ बच्चा

समाचार
पूर्णपुष्टि, बैशाख २१ अफ्रिकि मुलुककी एक २५ बर्षिय महिलाले नौ जना बच्चा एकै पटकमा जन्माएकी छिन् । अफ्रिकी मुलुक मालीको स्वास्थ्य मन्त्रालयले आफ्नो देशकी एक जना २५ वर्षीया महिलाले एकै पटकमा नौ जना बच्चालाई जन्म दिएको बताएको छ । मालीको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म सबै नवजात शिशु र आमाको स्वास्थ्य अवस्था राम्रो रहेको छ । तर उनीहरू तत्काल घर फर्कन नसक्ने केही सातापछि मात्रै घर फर्किन हस्पिटलले जनाएको छ । मोरोक्कोको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले भने आफ्नो देशको अस्पतालमा एकै आमाले त्यति धेरै बच्चा जन्माएको आफूलाई जानकारी नभएको बताएका छन् । डाक्टरहरूले एकै पटक नौ बच्चा जन्मिनु दुर्लभ घटना भएको भन्दै आमा र सबै बच्चाहरूलाई बचाउनु चुनौतीपूर्ण हुने बताएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै मालीकी स्वास्थ्य तथा सामाजिक विकास मन्त्री डाक्टर फान्ता सिबेले मोरोक्कोको एक अस...
आज सुनको मुल्य घट्यो

आज सुनको मुल्य घट्यो

समाचार
पूर्णपुष्टि, बैशाख २२ मंगलबार सुनको मुल्य घटेको छ । तोलाको ३ सय रुपयाँले मुल्य घटेर आज सुनको कारोबार मंगलबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ९० हजार तीन सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबारका लागि महासंघले तेजावी सुनको प्रतितोला मूल्य ८९ हजार ८ सय रुपैयाँ तोकेको छ । मंगलबार भने तेजाबी सुन प्रतितोला ९० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको प्रतितोल मूल्यमा पनि पाँच रुपैयाँले गिरावट आएको छ । मंगलबार प्रतितोला १ हजार तीन सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार एक हजार तीन सय २० रुपैयाँ तोकेको छ । देशका प्रमुख शहरहरुमा सुरु भएको निषेधाज्ञाका कारण सुनको कारोबार भने शून्य जस्तै रहेको महासंघले जनाएको छ ।  ...
नारायणी अस्पतालमा एक संक्रमित पुरुषको ज्यान गयो

नारायणी अस्पतालमा एक संक्रमित पुरुषको ज्यान गयो

समाचार
पूर्णपुष्टि, वैशाख २२ वीरगञ्जमा एकजना कोरोना संक्रमित पुरुषको ज्यान गएको छ । वीरगञ्ज– १० आदर्शनगर बस्ने ४० वर्षीय पुरुषको ज्यान गएको हो । नारायणी अस्पतालको कोभिड संयोजक डाक्टर सरोज रोशन दासकाअनुसार श्वास प्रश्वासमा निकै समस्या देखिएपछि उनलाई मंगलबार दिउँसो ३ बजे देखि भेन्टिलेटरमा राख्दा राति साढे ९ बजे उनको ज्यान गएको हो । कोरोनाका लक्षणसँग मिल्ने स्वास्थ्य समस्या देखिएपछि उनको पीसीआर गर्दा १३ गते रिपोर्ट पोजेटिभ देखाएपछि उनलाई बैशाख १६ गते झन गाह्रो भएपछि नारायणी अस्पतालमा भर्ना गरेको थियो ।...
खोटाङमा करेन्टलागेर एक बालकको ज्यान गयो

खोटाङमा करेन्टलागेर एक बालकको ज्यान गयो

समाचार
पूर्णपुष्टि, वैशाख २२ खोटाङमा करेन्टलागेर एक जना बालकको ज्यान गएको छ । हलेसी तुवाचुङ नगरपालिका–५ का लोकेन्द्र राईको १० वर्षीय छोरा टिहाङ राईको करेन्ट लागेर ज्यान गएको हो । आज बिहान पौने ८ बजेको समयमा घरबाट दिदिको घर तर्फ जाँदै गरेका बालकले बाटोमा रहेको बिजुलीको पोल छुँदा अचानक करेन्ट लागेर घटनास्थलमा नै ज्यान गएकोे जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
काठमाण्डौँमा निषेधाज्ञा थपियो

काठमाण्डौँमा निषेधाज्ञा थपियो

समाचार
पूर्णपुष्टि, बैशाख २१ कोरोना नियन्त्रणमा सुधार नदेखिएपछि उपत्यकामा थप एक साता निषेधाज्ञा लम्वाइएको छ । १६ वैशाखदेखि एक साताका लागि जारी गरिएको निषेधाज्ञा आजबाट थप एक साता लम्बाइएको हो । यस अघिको भन्दा पनि थप कडाइका साथ निषेधाज्ञा थप गरिएको काठमाण्डौँका जिल्ला प्रशासन कार्यालयहरुले गरेको निर्णयमा उल्लेख गरिएको छ । थपिएको निषेधाज्ञालाई अघिल्ला दिनहरुको भन्दा कडा बनाउनुपर्ने निष्कर्षमा सरकारी अधिकारीहरु पुगेका छन् । त्यसैले आजबाट बिहान ९ बजेसम्म मात्र खाद्य वस्तुका पसलहरु खोल्न दिने निर्णय जिल्ला प्रशासन कार्यालयहरुले गरेका छन् । यसअघि साँझपख पनि पसल खोल्न पाउने व्यवस्था हटाइएको छ । यसैगरी यसअघि जारी गरिएका सबै सवारी पास खारेज गरिएको छ । अब जिल्ला प्रशासन कार्यालयहरुले नयाँ पास जारी गर्नेछन् । पत्रकारहरुका लागि सूचना विभागको पास अनिवार्य गरिएको छ । सूचना विभागको पास नभएकाहरु आफ...
मकैबारीमा मृत फेला परेकी महिलाको पहिचान खुल्यो, घटनाको रहस्य चाँडै पत्ता लाग्ने

मकैबारीमा मृत फेला परेकी महिलाको पहिचान खुल्यो, घटनाको रहस्य चाँडै पत्ता लाग्ने

समाचार
पूर्णपुष्टि, बैशाख २२ आईतबार मोरङको रतुवामाई नगरपालिका ६ स्थित मकैबारीमा मृत फेला परेकी एक महिलाको पहिचान खुलेको छ । मृत महिलाको शब बारे प्रहरीले अनुसन्धान तथा खोजतलास गर्ने क्रममा बुबा धनुस सोरेनले आफ्नो छोरी रहेको बताएको छ । मृत महिलाको शव बुवा धनुस सोरेनले छोरीको सनाखत गर्दै शव बुझेर लगेपछि मृत  महिलाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी नायव उपरिक्षक मानवहादुर राईले बताउनुभयो । मृतक महिला मोरङ कानेपोखरी–१ होक्लाबारी घर भएकी ३२ वर्षीय सरिता सोरेन रहेको डिएसपी राईले जानकारी दिनुभयो । डिएसपी राईका अनुसार पहेँलो कुर्ता र कालो ट्राउजर लगाएकी महिलाको घाँटी र अनुहारमा निलडाम छ । उनले लगाएको कपडा च्यातिएको र सुरुवाल पनि सुर्किएको अवस्थामा शव भेटिएको थियो । घटनास्थलमा स्क्रयाच नभएको रिचार्ज कार्ड पनि भेटिएको थियो । मृतक महिला सरिताका श्रीमानको दुई वर्षअघि निधन भएक...
अमेरिकामा नेपाली विद्यार्थीको निधन

अमेरिकामा नेपाली विद्यार्थीको निधन

समाचार
पूर्णपुष्टि, बैशाख २२ अमेरिकाको क्यालिफोर्निया राज्यको सेक्रमेन्टो सिटीमा बस्दै आएकी २८ वर्षिया रोजी रानाको मृत्यु भएको छ । अध्यानको शिलशिलामा संयुक्त राज्य अमेरिकामा रहेकी रानाको गत अप्रिल १७ मा मृत्यु भएको हो । उनि बिद्यार्थी भिषामा अमेरिका गएकी थिईन् । एक अनौठो रोगको कारण सेक्रमेन्टोस्थित सटर जनरल अस्पतालमा उपचारको क्रममा उनको निधन भएको छ । नेपालस्थित कास्की जिल्ला घर भएकी रानाको शवलाई कतार एयरलाइन्स मार्फत आजै नेपाल पठाइएको मेरिल्याण्ड राज्यका राज्यसभा सदस्य ह्यारी भण्डारीले जानकारी दिएका छन् । जटिल प्रशासनिक प्रकृयाका बाबजुद स्वर्गीय रानाको पार्थिव शरीरलाई क्यालिफोर्नियाबाट मेरिल्याण्ड ल्याएर अन्तरराज्य शव सम्बन्धीका मापदण्ड पुरा गरी नेपाल पठाइएको राज्यसभा सदस्य भण्डारीले उल्लेख गरेका छन् । रानाको केकस्तो रोगको संक्रमणबाट मृत्यु भएको हो भन्ने कुरा खुलेको छैन । मृतक युवतीको...
उपचारकाे अभावले दुबै मृगाैला फेल भएका मगरकाे ज्यान गयाे

उपचारकाे अभावले दुबै मृगाैला फेल भएका मगरकाे ज्यान गयाे

समाचार
पूर्णपुष्टि, वैशाख २२ । उपचारकाे अभावमा उदयपुरमा एकजनाकाे  आज ज्यान गएकाे छ । त्रियुगा नगरपालिकाल १२ सुनगाभाटाेलका ४४ वर्षिय कृष्णबहादुर केप्छाकी मगरकाे ज्यान गएकाे हाे । विमारले च्यापेपछि राती जिल्ला अस्पताल लगिएकाेमा अस्पतालले तत्काल ठूलाे अस्पताल लान भन्दै रेफर गरेकाे थियाे । मगर दुबै मृगाैला फेल भएर विरामी थिए । दुबै मृगाैला काम नलाग्ने अबस्थाका उनकाे आर्थिक कमजाेरिले समयमा राम्राे उपचार नपाएकाे परिवारले जनाएकाे छ । विपि काेईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नाेवेल हस्पिटल विराटनगरमा डायलासिस लगायतका उपचार र ओैषधिसेवन गर्दै आएपनि आर्थिक नाजुकताले मृगाैला फेर्न नसक्दा उनकाे अल्पायुमै ज्यान गुमेकाे आफन्तजनले बताएका छन् । पछिल्लाे समय उनकाे स्वास्थ्य स्थिति नाजुक बनेकाे थियाे ।  बेलैमा आर्थिक संकलन अभियानका साथ उपचार गरेकाे खण्डमा बाँच्ने सम्भावना रहेकाे मगर, समयमा उपचार ...