Sunday, May 17News That Matters

Month: ५ वर्ष अगाडि

फेरी एक कोरोना संक्रमित पुरुषले गरे आत्महत्या

फेरी एक कोरोना संक्रमित पुरुषले गरे आत्महत्या

Breaking News 1, समाचार
  पूर्णपुष्टि, बैशाख २३ पछिल्लो समय संक्रमितहरुले आत्माहत्याको घटनाहरु घटाईरहेको छ । बुटवलमा पनि एक संक्रमित पुरुषले झुण्डिएर आत्महत्या गरेको छ । चितवनको माडीमा एकजना कोरोना संक्रमित युवकले गएराति घरपछाडी झुण्एिर आत्महत्या गरेको हो । इलाका प्रहरी कार्यालय माडीका प्रमुख झलक पौडेलले दिएको जानकारी अनुसार माडी नगरपालिका वडा नं. ३ बगैचा टोलका ३५ वरषीय युवकले गएराति घर पछाडिको गोठमा झुण्डिएर आत्महत्या गरेका हुन् । उनी गोठमा आइसोलेनसमा बसेका थिए । यही वैशाख १२ गते भारतमा भएको भान्जीको बिहेमा सहभागी भएर १३ गते माडी फर्किएका उनमा तीन दिन अगाडि मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई झाडापखलासमेत लागेको जनाइएको छ ।  ...
फेरी प्रतिनिधिसभा बिगटन गर्ने दाउमा ओलीको

फेरी प्रतिनिधिसभा बिगटन गर्ने दाउमा ओलीको

समाचार
पूर्णपुष्टि, बैशाख २३ प्रधानमन्त्री केपिशर्मा ओलीले आफुले विश्वासको मत नपाए फेरी संसद विगटन गरी चुनावमा उत्रिने संकेत गरेको छ ।  आफुले संसद्बाट विश्वासको मत नपाए निर्वाचनका प्रक्रियाको लागि प्रतिनिधिसभा विगटन गर्ने दाउमा ओली रहेको छ । ओलीले विश्वासको मत पाउन्न सकिन्न भने निर्वाचनका लागि मिलेर जान काँग्रेसलाई आग्रह समेत गरेको छ । आफ्नो विकल्पमा बहुमतको सरकार बन्ने अवस्था नभएको दाबी गर्दै ओलीले कांग्रेस सँग यस्तो आग्रह गरेका हुन् । कांग्रेसले विश्वासको प्रस्ताव असफल बनाउने निर्णय गरेकै भोलिपल्ट बुधबार ओली सहयोगीहरूका साथ देउवा निवास बूढानीलकण्ठ पुगेका थिए । उनले लामो पृष्ठभूमिका साथ आफूले संसद्बाट विश्वासको मत नपाए निर्वाचनमा जाने परिस्थिति बन्ने उल्लेख गरेको कांग्रेसका एक नेताले बताए । प्रधानमन्त्री ओलीले केही समयअघि देउवासँग आगामी असोज वा मंसिरभित्र निर्वाचन हुने गरी अघि बढ्ने बता...
युवा संघको रक्तदान कार्यक्रममा ५३ प्रिन्ट रगत संकलन

युवा संघको रक्तदान कार्यक्रममा ५३ प्रिन्ट रगत संकलन

समाचार
पूर्णपुष्टि, बैशाख २३ विराटनगरःनेकपा एमालेको  खनाल नेपाल पक्ष युवा संघ नेपाल विराटनगर महानगर कमिटीले आज विराटनगरमा रक्तदान कार्यक्रम आयोजना गरी ५३ प्रिन्ट रगत संकलन गरेको छ । रक्त संचार केन्द्रमा समेत रगतको चरम अभाव भईरहेको समयमा युवा संघले रेडक्रसको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरी रगत  संकलन गरेको हो । संकलित रगत नेपाल रेडक्रस सोसाइटीको रक्तसंचार केन्द्र विराटनगरलाई  बिहिबार उपलब्ध गराएको युवा संंघ नेपाल महानगर कमिटीका अध्यक्ष शुरेन शाक्याले बताए । अध्यक्ष शाक्यले  महामारीका कारण रक्तदान कार्यक्रम नहुदा बिरामीलाई आवश्यक पर्ने रगत पाउँन समेत कठिनको अहिलेको अबस्थामा थोरै भएपनि यसले सहजता थपिने बताए । नेपाल रेडक्रस सोसाइटीले संचालन गरेको रक्त संचार केन्द्र विराटनगरका प्राविधिक इन्चार्ज शिवनन्द यादवले केही दिनयताबाट केन्द्र समेत रगतको चरम अभावका कारण माग अनुसार रगत उपलब...
सडक मानवमुक्त भएको ठाउँमै ३ दिन छट्पटिएर  एक व्यक्तिले ज्यान गुमायो

सडक मानवमुक्त भएको ठाउँमै ३ दिन छट्पटिएर एक व्यक्तिले ज्यान गुमायो

समाचार
पूर्णपुष्टि, बैशाख २३ वुटवलमा एक व्यक्तिले सडकमै ३ दिन छटपटिएर ज्यान गुमायो ।  बुटवल उपमहानगरपालिका–९ इँटाभट्टीस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कम्पाउन्ड वालबाहिर सडकछेउमा तीन दिनसम्म ती व्यक्तिले छटपटाएर प्राण त्यागेका हुन् । हस्पिटलकै बाहिर ति पुरुष छटपटि रहेको अवस्थामा हस्पिटलले पनि कुनै चासो राखेना । जब ति व्यक्तिको सास गयो तब हस्पिटलले गेट खोल्यो । मंगलबार बिहान र रातभरि बुटवलमा पानी परिरहेको थियो । उनी पानी पर्दा पनि सडकमै पल्टिरहेका थिए । २०७६ पुस ५ गते तामझामका साथ बुटवल उपमहानगरपालिकालाई सडक मानवमुक्त उपमहानगर घोषणा गरियो । ’सबैका लागि खाना, सबैका लागि नाना र सबैका लागि छाना’ भन्ने नाराका साथ सडक मानवमुक्त उपमहानगर घोषणा गरिएको  बुटवलको सडकमा तीन दिनसम्म छट्पटाउँदै एक व्यक्तिले ज्यान गुमाएका छन् । यो घटनालाई हेर्दा मानवता गुमाएका ठाउँमा उनको मृत्यु भएको हो भनेर बुझ्न...
उदयपुरमा आज थप २७ जना संक्रमित थपियो, १ जनाको मृत्यु

उदयपुरमा आज थप २७ जना संक्रमित थपियो, १ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, बैशाख २२ उदयपुरमा थप २७ जना संक्रमित थपिएको छ । त्रियुगा, कटारी, बेलका र चौदण्डीगढी मा १४ महिला र १३ पुरुष गरी २७ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । स्वास्थ्य कार्यालयको तथ्याङक अनुसार जिल्लामा आज थप एक संक्रमितको पनि मृत्यु भएको छ । आज एक पुरुषको कोरोना संक्रमण बाट मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्याङकले देखाएको छ । आज संक्रमण हुनेमा त्रियुगाको सबैभन्दा बढी १८ चौदण्डीगढीमा ४, कटारीमा ४ र बेलकामा १ जना रहेको छ । त्रियुगामा ३५ बर्षिय पुरुष, २८ बर्षिय पुरुष, २९ बर्षिया महिला, ३० बर्षिय पुरुष, ३५ बर्षिया महिला, ४४ बर्षिया महिला, २२ बर्षिय पुरुष, ५२ बर्षिया महिला, २७ बर्षिया महिला, १५ बर्षिय पुरुष, १८ बर्षिय पुरुष, ६० बर्षिय पुरुष, ३४ बर्षिय महिला २५ बर्षिय पुरुष, बर्ष नखुलेकी महिला, ३१ बर्षिय पुरुष ३० बर्षिय पुरुष र ५७ बर्षिय पुरुष गरी १८ जना र...
नेपालमा एकै दिन कोरोना संक्रमणबाट ५८ जनाको ज्यान गयो, ८६५९ संक्रमित थपिए

नेपालमा एकै दिन कोरोना संक्रमणबाट ५८ जनाको ज्यान गयो, ८६५९ संक्रमित थपिए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,वैशाख २२ नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ५९ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । काठमाण्डौ उपत्यकामा मात्रै ३ हजार ८ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ । २० हजार ७ सय ५६ जनाको पीसीआर र एन्टिजेन विधिबाट ६ सय १६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ८ हजार ६ सय ५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३ सय ५२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट देशभर थप ५८ जनाले ज्यान गुमाएका छन् भने १ हजार ९ सय ९३ जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । योसंगै कोरोना संक्रमणमुक्त हुनेको दर ८० दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।...
उदयपुरमा आफ्नै दाईको कुटाई बाट भाईको मृत्यु, कुटपिट गर्ने दाई पक्राउ

उदयपुरमा आफ्नै दाईको कुटाई बाट भाईको मृत्यु, कुटपिट गर्ने दाई पक्राउ

समाचार
पूर्णपुष्टि,  बैशाख २२ उदयपुरमा कुटपिट बाट एक जनाको ज्यान गएको छ । त्रियुगा नगरपालिका ९ चौकीबारीका ५० बर्षिय पुलकित चौधरीले सामान्य बिवादमा ३६ बर्षिय भाई सुखिलाल चौधरीलाई कुटपिट गर्दा उपचारको क्रममा मृत्यु भएको हो । कुटपिट बाट घाईते चौधरीको जिल्ला हस्पिटल उदयपुरमा सामान्य उपचार पछि गोल्डेन हस्पिटलमा उपचारको लागि लगिएको थियो । उनको उपचारकै क्रममा हस्पिटलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मंगलबार करिब ८ बजेको समयतिर सामान्य विबादमा दाजुभाईको झगडा परेको थियो । घाईते चौधरीको बुधबार करिब १२ बजेको समयमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिट गर्ने पुलकित चौधरीलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जानकारी दिनुभयो ।    ...
सुनसरीमा दुर्घटना हुँदा एक प्रहरी जवानको ज्यान गयो

सुनसरीमा दुर्घटना हुँदा एक प्रहरी जवानको ज्यान गयो

समाचार
पूर्णपुष्टि,वैशाख २२ सुनसरीको इटहरीमा हिजो राति भएको सवारी दुर्घटनामा परेर एक जना प्रहरी जवानको ज्यान गएको छ । झापाको कचनकवल गाउँपालिका–६ घर भएका ३३ वर्षीय  प्रहरी जवान कमलबहादुर खड्काको दुर्घटनामा ज्यान गएको हो । पूर्व–पश्चिम लोकमार्गमा पश्चिमतर्फ आउँदै गरेको पिकअप गाडीले विपरीत दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर खड्काको ज्यान गएको थियो । इटहरी उपमहानगरपालिका–६ मा को १ च ७८१६ नम्बरको पिकअपले को २० प ४६८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रहरी जवान खड्कालाई उपचारका लागि पुर्याउनसाथ राति ९ बजेतिर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले मृत घोषित गरेको प्रहरीले जनाएको छ । खड्का सुनसरीको इलाका प्रहरी कार्यालय चिमडीमा कार्यरत थिए । दुवै सवारी साधन र पिकअप चालक तेह्रथुमको लालीगुरा...
उदयपुरमा एक महिला र दुई पुरुषमा कोरोना संक्रमण पुष्टि

उदयपुरमा एक महिला र दुई पुरुषमा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,वैशाख २२ उदयपुरमा एक जना महिला र दुई पुरुषसहित तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चौदण्डीगढी नगरपालिकामा कार्यरत ४२ वर्षीय एक महिला कर्मचारी त्यसैगरी २४ र ३८ वर्षीय दुई पुरुषमा आज (बुधबार) संक्रमण पुष्टि भएको हो । उनीहरुको गत १९ गते पिसिआर परीक्षण गरिएकोमा रिर्पोट पोजेटिभ आएको छ, भने एक बालिकाको रिपोर्ट नेगेटिभ आएको छ । नेगेटिभ रिपोर्ट आउने बालिका भने संक्रमण भएर अहिले विराटनगरमा उपचाररत एक संक्रमति पुरुषको १० वर्षीया छोरी हुन् । त्यसैगरी ६ नं. वडाको सातधारे स्थित आईसोलेशनमा उपचाररत ९ जना मध्ये एक महिला र एक पुरुषको गम्भिर अवस्था आएकोले विराटनगर आजै रेफर गरिएको नगर स्वास्थ्य शाखाका उप संयोजक तेजबहादुर पोखरेलले जानकारी दिनुभयो । पोजेटिभ हुने महिला कर्मचारीले कोरोना भ्याक्सिनको दुवै मात्राको खोप लगाइसकेको बताईएको छ ।...
कोरोना संक्रमणबाट दुई बेहुलीसहित तीन युवतीको ज्यान गयो

कोरोना संक्रमणबाट दुई बेहुलीसहित तीन युवतीको ज्यान गयो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,वैशाख २२ विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ नेपालमा पनि दिन प्रतिदिन बढ्दै गएको छ । सरकारले कोरोना महामारीकाबीच पनि बिहेको अनुमति दिइरहेकै बेला बिहे र जात्राामा सरिक दुई बेहुलीसहित तीन युवतीको संक्रमणले ज्यान गएको छ । राजधानीका कोभिड उपचारमा सलग्न अस्पतालका अनुसार उनीहरूको कोरोनाका कारण निमोनिया भएपछि ज्यान गएको हो । अस्पतालका अनुसार वैशाख १० मा विवाह मण्डमा बसिरहेकी तारकेश्वर–७ की २६ वर्षीय बेहुलीलाई मण्डमै श्वास फेर्न गाह्रो भएपछि बिपी स्मृति अस्पतालमा उपचारको लागि लगिएको थियो । अस्पतालमा डेढ घण्टा अक्सिजन दिएर उपचार गरेपछि पुनः मण्डमै पु¥याएर विवाह सम्पन्न गरियो । श्वास–प्रश्वासमा झनै कठिनाइ भएपछि विवाहको भोलिपल्ट ११ गते पुनः सोही अस्पतालमा उपचारको लागि लगिएको थियो । उक्त बेहुलीको दुई दिन वार्डमा उपचार गरे पनि स्वास्थ्य अवस्थामा थप समस्या देखि...