Saturday, August 8News That Matters

Month: ५ वर्ष अगाडि

पाँच दिनअघि कारमा मृत भेटिएका बालकको शव अभिभावकले अझै बुझेनन्

पाँच दिनअघि कारमा मृत भेटिएका बालकको शव अभिभावकले अझै बुझेनन्

समाचार
पूर्णपुष्टि,वैशाख २३  दाङमा पाँच दिनअघि कारमा तीन बालकको शव फेला परेको थियो । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउलीबजारमा रोकिराखेको कारमा मृत भेटिएका बालकका अभिभावकले अझै शव बुझेका छैनन् । घटनामा संलग्नलाई पक्राउ गरी सार्वजनिक नगरेसम्म शव नबुझ्ने अभिभावकले बताएका छन् । मृत बालकको अभिभावकले बुधबार उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई भेट गरी ध्यानाकर्षणसमेत गराएका छन् । सो अवसरमा नगरप्रमुख पाण्डेले अनुसन्धानमा सहयोग गर्न पीडित परिवारलाई आग्रह गरेका छन् । नगरप्रमुख पाण्डेले अपराधपूर्ण कार्य भए कारवाही गर्नुपर्ने जनाउँदै त्यसका लागि पीडित परिवारले अनुसन्धानका लागि थप प्रमाण जुटाउनका लागि सहयोग गर्नुपर्ने बताए । घटनालाई निष्पक्ष रुपमा छानविन गर्न तुलसीपुर प्रहरीलाई निर्देशन दिइएको नगरप्रमुख पाण्डेले बताए । छानविन पश्चात मात्र घटनाको वास्तविकता खुल्ने जनाए । घटनाको अनुसन्धान गर्न ...
कोरोना रोकथाम तथा नियन्त्रणका लागि लिम्चुङबुङको यस्तो निर्णय

कोरोना रोकथाम तथा नियन्त्रणका लागि लिम्चुङबुङको यस्तो निर्णय

लिम्चुङबुङ डायरी, समाचार
पूर्णपुष्टि, बैशाख २३ लिम्चुङबुङ गाउँपालिका उदयपुरले कोरोनाको नयाँ भेरियन्ट प्रकोपलाई रोकथाम तथा नियन्त्रण गर्न बिभिन्न बिषयमा पालिका अध्यक्ष स्तिरीय छलफल बसेको छ । बुधबार बसेको छलफलमा कोरोना रोकथाम सम्बन्धि बिभिन्न शिर्षकमा महत्वपूर्ण निर्णय गरिएको छ । कोरोना रहित पालिकाका लागि अग्रिम आवश्यक भौतिक बस्तुहरुको निर्माण, भौतिक स्रोत साधनहरुको व्यवस्था र सचेतनाका लागि बिभिन्न मापदण्ड सहितका कार्यहरुका लागि  पालिकाले ८ बुदामा निर्णय तय गरेको छ । निर्णयमा पालिकामा सुरक्षित व्यक्तिहरुको प्रवेशका लागि पालिका प्रवेशको ३ नाकामा हेल्प डेस्कको व्यवस्था गरेको छ । माझखर्क, बतासे घाट र चनौटे गरी ३ स्थानमा हेल्प डेस्कको व्यवस्था गरिएको हो । यसै गरी पालिकाले आईसोलेसनको विषयमा गाउँपालिकाको केन्द्रमा पर्ने श्री महेन्द्र मावि सिरवानी बाराहका विद्यालयमा १० बेडको आईसोलेसन बनाउने, र उक्त आईसोलेसनमा २...
विराटनगरमा सात संक्रमितले ज्यान गुमाए

विराटनगरमा सात संक्रमितले ज्यान गुमाए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,वैशाख २३ विराटनगरमा एकैदिन कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट सातजनाले ज्यान गुमाएका छन् । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा चार, नोबेल शिक्षण अस्पतालमा दुई र न्युरो अस्पतालमा एकजना गरी सातजना संक्रमितले ज्यान गुमाएका हुन् । कोसी अस्पतालमा विराटनगर महानगरपालिका–१० का ५७ वर्षीय पुरुष, मोरङको जहदा गाउँपालिका–५ का २५ वर्षीय युवक, सुनसरीको कोसी गाउँपालिका–४ का ६५ वर्षीय पुरुष र विराटनगर महानगरपालिका–१३ का ५० वर्षीय पुरुषको आज ज्यान गएको हो । संक्रमण देखिएपछि २५ वर्षीय युवकलाई वैशाख १९ गते अस्पताल भर्ना गरिएको थियो, भने ६५ वर्षीय पुरुषलाई वैशाख २२ गते भर्ना गरिएको थियो । ५० वर्षीय पुरुषको कोसीमै बिहीबार बिहान ११ बजेतिर ज्यान गएको हो । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख २० गते भर्ना गरिएको अस्पतालले जनाएको छ । विराटनगरको नोबेल शिक्षण अस्पतालमा पनि कोरोना सं...
पोखरामा उपचाररत ४ कोरोना संक्रमितको ज्यान गयो

पोखरामा उपचाररत ४ कोरोना संक्रमितको ज्यान गयो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,वैशाख २३  कास्कीको पोखरामा उपचाररत चारजना कोरोना संक्रमितको ज्यान गएको छ । बुधबार राति र बिहीबार बिहान गरी कुल चारजनाको ज्यान गएको हो । मृत्यु हुनेमा पोखरा महानगरपालिकाका तीन जना र म्याग्दीको धौलागिरि गाउँपालिकाका एकजना रहेका छन् । चरक अस्पतालमा पोखरा महानगरपालिका–३ का ८७ वर्षीय पुरुषको वैशाख २२ गते बुधबार ज्यान गएको हो । उक्त पुरुषमा वैशाख २१ गते संक्रमण पुष्टि भएको थियो । मणिपाल शिक्षण अस्पतालमा पोखरा महानगरपालिका–२९ का ४१ वर्षीय पुरुष, वडा नम्बर १७ की ७३ वर्षीय पुरुष र म्याग्दीको धौलागिरि गाउँपालिका–२ की ७२ वर्षीया महिलाको कोरोनाका कारण ज्यान गएको हो । अस्पतालकाअनुसार ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार बिहान ६ः५५ बजे ज्यान गएको हो । उनमा वैशाख २२ गते बुधबार संक्रमण पुष्टि भएको थियो । पोखराकै ७३ वर्षीय पुरुषको बुधबार राति ज्यान गएको हो । उनमा वैशाख १८ गते...
उदयपुरमा पनि निषेधाज्ञा जारी, भोली रातको १२ बजे देखि लागु गरिने

उदयपुरमा पनि निषेधाज्ञा जारी, भोली रातको १२ बजे देखि लागु गरिने

समाचार
पूर्णपुष्टि, बैशाख २३ जिल्ला प्रशासन कार्यालय उदयपुरले भोली बाट उदयपुरमा पनि निषेधाज्ञा जारी गरेको छ । कोरोना भाईरसको माहामारी तिव्र गतिमा बढी रहेको भन्दै निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञामा अत्यावश्यक भन्दा बाहेक हिड्डुलमा रोक लगाईने छ । बढ्दो संक्रमणलाई रोकथाम नियन्त्रणका लागि नेपाल सरकार मन्त्रीपरिषद प्रत्यायोजित अधिकार बमोजिम संक्रामक रोग एने २०२० दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले प्रमुख जिल्ला अधिकारीलाई दिईएको अधिकारलाई प्रयोग गर्दै प्रमुख जिल्ला अधिकारी तुलसी राम सेडाईले निषेधाज्ञा जारी आदेश गर्नुभएको हो । निषेधज्ञा जारी गरे सँगै २४ गते राति १२ बजे देखि  ३१ गते सम्म सबै खाले सवारीहरुमा रोक लगाउनुका साथै बजार पसलहरुको समयलाई पनि छोटाएर ६ देखि १० बजे सम्म सारिएको छ । १८ गते बसेको समितिको बैठकले २५ गते सम्मको लागि तिनपाँग्रे माथिको सवारीमा रोक लागइए...
उदयपुरमा ६ वर्षीया बालिका करणी अभियोगमा एकजना पक्राउ

उदयपुरमा ६ वर्षीया बालिका करणी अभियोगमा एकजना पक्राउ

समाचार
पूर्णपुष्टि,वैशाख २३ उदयपुरमा ६ वर्षीया बालिका जबर्जस्ती करणी अभियोगमा प्रहरीले एकजना किशोरलाई पक्राउ गरेको छ । बेलका नगरपालिका–३ विराज टोल बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो । किशोरले ती बालिकालाई वैशाख १६ गते ललाइ फकाइ करणी गरेको अभियोगमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा थप अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
आज सुनको भाउमा बढ्यो

आज सुनको भाउमा बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि,वैशाख २३ आज सुनको भाउमा वृद्धि भएको छ । आज सुनको मुल्य तोलामा ३ सय रुपैयाँले बढेर ९० हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउमा वृद्धि भएता पनि चाँदीको भाउमा भने गिरावट भएको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर तोलामा १ हजार ३ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...
झापामा आजबाट पूर्णरुपमा निषेधाज्ञा जारी

झापामा आजबाट पूर्णरुपमा निषेधाज्ञा जारी

समाचार
पूर्णपुष्टि, वैशाख २३ झापामा आजबाट पूर्णरुपमा निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरस कोभिड–१९को संक्रमण तीब्र रुपले फैलिएपछि वैशाख मसान्तसम्मका लागि पूर्ण निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताउनुभयो । यसअघि बैशाख १९ गतेबाट जारी गरिएको निषेधाज्ञामा सम्पूर्ण पसलहरु बिहान ११ सम्म खोल्न पाउनुका साथै निजी तथा सार्वजनिक सवारीसाधन जोर बिजोर प्रणालीका आधारमा सञ्चालन गर्न दिइएको थियो । तर, अब खाद्यवस्तु, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूध डेरी, निर्माण सामाग्री पसल लगायत अत्यावश्यक पसल मात्र बिहान ६ देखि १० बजेसम्म सञ्चालन गर्न पाइनेछ । त्यस्तै अत्यावश्यक बाहेकका सम्पूर्ण सवारीसाधन चलाउन रोक लगाइएको छ । एम्बुलेन्स, खानेपानी, इन्धन तथा लुब्रीकेन्ट, स्वास्थ्य, तरकारी, खाद्यान्न, इन्टरनेट, दूध तथा दुग्धजन्य, पशुपंछी तथा पशुपंछी जन्य पदार्थ बोकेको स...
माहामारीको फाईदा उदठाउँदै चर्को भारा अशुल्ने एक जना पक्राउ

माहामारीको फाईदा उदठाउँदै चर्को भारा अशुल्ने एक जना पक्राउ

समाचार
पूर्णपुष्टि, बैशाख २३ माहामारीको फाईदा लुड्दै चर्को भारा असुल्ने एक व्यक्ति काठमाण्डौँ बाट पक्राउ पुरेको छ । यो बेला एक आपसमा सहयोग र सुरक्षाको भावनाले आफ्नो कर्तव्यर जिम्मेवारी पुरा गर्नु पर्ने अवस्थामा चर्को भारा असुली अपराध गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । स्याङ्जा चापकोट घर भई काठमाडौं मित्रनगर बस्ने ३० वर्षीय मिलन सारूलाई चर्को भारा असुलीको आरोपमा गोंगबु बसपार्क बाट पक्राउ गरेको  माहाशाखा प्रमुख प्रहरी बरिष्ट उपरिक्षक जनक भट्टराईले बताउनुभयो । भट्राईका अनुसार उनि बाग्लुङ भगवती काउन्टरका कर्मचारी समेत हुन् । उनलाई महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले पक्राउ गरेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले जानकारी दिए । महाशाखाले कोरोना भाइरसको महामारीलाई नियन्त्रण गर्न लगाइएको निषेधाज्ञाको समयमा मौकाको फाइदा उठाएर ठगी गर्न सक्ने भन्दै सादा पोशाकको ट...
३ साता बाँकी एसईई परिक्षा अझै अन्योलमा

३ साता बाँकी एसईई परिक्षा अझै अन्योलमा

शिक्षा, समाचार
पूर्णपुष्टि, बैशाख २३ कोरोना संक्रमणको उच्च जोखिमका कारण एसईई परिक्षा अन्योलमा परेको छ । कोभिड–१९ को दोस्रो लहरको लहरो झाँगिदै गर्दा माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षाको अन्योल थपिएको छ । २०७७ सालको एसईई सञ्चालन हुन अब मुस्किलले तीन साता बाँकी छ । कोरोना संक्रमण दोस्रो सिजन बिचमा आए सँगै कक्षा १० को सबै पाठहरु पनि नसकिएको शिक्षाविद् नारायण गौतमकले बताउनुभयो । शिक्षाविद्हरुले एसईई तथा कक्षा १२ बाहेकका अन्य कक्षाको परीक्षा नलिइकनै कक्षा चढाउनुपर्ने सुझाव दिएका छन् र शिक्षा निकाय पनि त्यही दिशातर्फ अगाडि बढेको बुझिएको छ । गौतमका अनुसार विद्यार्थीहरु निकै मारमा परेको बताउँदै सम्बन्धित निकायको मौनताका कारण परीक्षालाई लिएर यतिबेला विद्यार्थी, अभिभावक तथा शिक्षक निकै तनावमा रहेको बताउनुभयो । गत २०७७ साल वैशाख २ गतेबाट कक्षा १० को पठनपाठन सुरु हुनुपर्नेमा बन्दाबन्द...