Saturday, August 8News That Matters

Month: ५ वर्ष अगाडि

बेड अभावमा एम्बुलेन्समै ज्यान गयो एक संक्रमितको

बेड अभावमा एम्बुलेन्समै ज्यान गयो एक संक्रमितको

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,वैशाख २४ कोरोना भाइरस कोभिड–१९ संक्रमित एक वडा सदस्यको अस्पतालमा बेड खोज्दाखोज्दै एम्बुलेन्समै ज्यान गएको छ । बुटवल उपमहानगरपालिका–७ का ४४ वर्षीय वडा सदस्य नवीन थापामगरको अस्पतालमा बेड खोज्दाखोज्दै एम्बुलेन्समै ज्यान गएको हो । नगरप्रमुख शिवराज सुवेदीका स्वकीय सचिव मेघराज भट्टराईका अनुसार थापालाई एम्बुलेन्समा राखेर अस्पताल चहार्दाचहार्दै बेड नपाएर एम्बुलेन्समै उनको मृत्यु भएको हो । थापालाई एक हप्ता अघि कोरोना संक्रमण पुष्टि भएपनि अस्पतालमा बेड नपाउँदा होम आइसोलेसनमा बस्दै आएका थिए । बिहीबार स्वास्थ्यमा थप समस्या आएपछि उनलाई क्रिमसन अस्पताल मणिग्राम पु¥याइएको थियो । तर अस्पतालले आईसीयू र भेन्टिलेटर खाली नभएको बताएपछि एम्बुलेन्समा राखेर थापालाई भैरहवास्थित भीम अस्पताल र मेडिकल कलेज पु¥याइएको थियो । भट्टराईकाअनुसार तीन वटै अस्पताल पु¥याए पनि बेड कतै खाली नभएपछि वडा सदस्...
हस्पिटलमा बेड नपाएर एक जनप्रतिनिधिको एम्वुलेन्समै ज्यान गयो

हस्पिटलमा बेड नपाएर एक जनप्रतिनिधिको एम्वुलेन्समै ज्यान गयो

समाचार
पूर्णपुष्टि, बैशाख २४ कोरोना संक्रमित एक जनप्रतनिधिको हस्पिटलमा बेड अभावका कारण एम्वुलेन्समै ज्यान गएको छ । बुटवल उपमहानगरपालिका– ७ का वडा सदस्य नवीन थापामगरको अस्पतालमा बेड खोज्दाखोज्दै एम्बुलेन्समा नै गएराति मृत्यु भएको हो । ४४ बर्षिय थापा नेकपा एमालेका वडा अध्यक्ष समेत हुन् । उनलाई ७ दिन पहिले कोरोना संक्रमण भएको थियो । उनि हस्पिटलमा बेड अभावकै कारण घरमै आईसोलेसनमा बसेका थिए । घरमै आईसोलेसनमा रहेको उनिलाई एकाएक समस्या बल्झिएपछि हस्पिटल नै भर्ना गर्नु पर्ने समस्या आयो तर बेड नपाएपछि एम्वुलेन्समै उनको मृत्यु भएको वडाध्यक्ष कमल प्रताप थापाले  बताउनुभयो । यस भन्दा पहिले पनि वडा सचिले यसरीनै ज्यान गुमाएको थियो ।  ...
आज सुनको भाउ ह्वात्तै बढ्यो

आज सुनको भाउ ह्वात्तै बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, वैशाख २४ साताको अन्तिम दिन शुक्रबार सुनको भाउ ह्वात्तै बढेको छ । आज सुन तोेलामा एक हजार एक सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार ९० हजार छ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९१ हजार सात सय रुपैयाँ पुगेको छ । अन्तराष्ट्रिय बजारमा बढेको मूल्यका कारण नेपाली बजार पनि प्रभावित हुनु मूल्य बढ्नुको एक मात्र कारण रहेको महासंघले जनाएको छ । त्यसैगरी चाँदीको भाउ पनि आज बढेको छ । चाँदी आज तोलामा १५ रुपैयाँले बढेर एक हजार तीन सय ३० पुगेको छ । हिजो चाँदी तोलामा एक हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको थियो ।...

हस्पिटलमा बेड नपाएर एक जनप्रतिनिधिको एम्वुलेन्समै ज्यान गयो

Breaking News 1
पूर्णपुष्टि, बैशाख २४ बुटवल / कोरोना संक्रमित एक जनप्रतनिधिको हस्पिटलमा बेड अभावका कारण एम्वुलेन्समै ज्यान गएको छ । बुटवल उपमहानगरपालिका– ७ का वडा सदस्य नवीन थापामगरको अस्पतालमा बेड खोज्दाखोज्दै एम्बुलेन्समा नै गएराति मृत्यु भएको हो । ४४ बर्षिय थापा नेकपा एमालेका वडा अध्यक्ष समेत हुन् । उनलाई ७ दिन पहिले कोरोना संक्रमण भएको थियो । उनि हस्पिटलमा बेड अभावकै कारण घरमै आईसोलेसनमा बसेका थिए । घरमै आईसोलेसनमा रहेको उनिलाई एकाएक समस्या बल्झिएपछि हस्पिटल नै भर्ना गर्नु पर्ने समस्या आयो तर बेड नपाएपछि एम्वुलेन्समै उनको मृत्यु भएको वडाध्यक्ष कमल प्रताप थापाले  बताउनुभयो । यस भन्दा पहिले पनि वडा सचिले यसरीनै ज्यान गुमाएको थियो ।  ...
यात्रुहरु सित ६ गुणा भारा असुल्दै सवारी साधन, काठमाण्डौँ देखि धनुषा १ जनाको १५ हजार

यात्रुहरु सित ६ गुणा भारा असुल्दै सवारी साधन, काठमाण्डौँ देखि धनुषा १ जनाको १५ हजार

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख २४ काठमाण्डौँ बाट आफ्नो बिभिन्न गृह जिल्ला जाने यात्रुहरु अहिले धेरैमात्रामा पाईन्छ । यो बेला यात्रुहरुले अनावश्यकीय भार तिर्न बाध्य भएको छ । कोरोनाको डर सवारीको मनपरी भाडादर, यी समस्याको बिच पनि यात्रुहरुले आफ्नो गृह जिल्ला फर्कनुनै पर्ने छ । यो बेला सवारीले जति भने पनि भारा तिर्न यात्रुहरु पछि पर्दैन यही मौका छोपेर सवारीहरुले मनपरी भाडा असुल्दै मानवताको अस्तित्वनै गुमाई सकेको छ । यो बेला एकले अर्कालाई मानवताको हिसावले हेर्ने बेला हो । मानवले मानवलाईनै माहामारीको हत्यार बनाई चुस्ने र लुट्ने होईन् । यसै शिलशिलामा आवश्यक भन्दा ६ गुणा बढी भाडा असुन्ले सवारीलाई ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकले कारबाही गरेको छ । काठमाडौँबाट धनुषाको जनकपुरसम्म जाँदा करिब छ गुणा बढी भाडा लिने सवारी साधनलाई जिल्ला ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकले कारबाही गरेको हो । काठमाडौँबाट ...
खोलामा चौधरी मृत भेटिए

खोलामा चौधरी मृत भेटिए

समाचार
पूर्णपुष्टि,वैशाख २४ झापाको खोलामा चौधरी मृत अवस्थामा फेला परेको छ । हल्दिवारी गाउँपालिका–४ का ३३ वर्षीय राम बहादुर थारु चौधरी पानीमा डुबिरहेको अवस्थामा मृत फेला परेको हो । स्थानीय कैलाश आचार्यको घरमा घरेलु कामदारको रुपमा काम गर्दे आएका चौधरी आज बिहान सवा ७ बजेको समयमा स्थानीय काजली खोलामा मृत फेला परेका हुन् । घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोलीले खटि गई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।...
नेपाली चेली खोटाङकी रेबेका राई बेलायतको वकिल बनिन्

नेपाली चेली खोटाङकी रेबेका राई बेलायतको वकिल बनिन्

समाचार
पूर्णपुष्टि, बैशाख २४ पूर्व ब्रिटिस गोर्खा सैनिक परिवारकी नेपालकी चेली रेबेका राई बेलायतका सोलिसिटर्स (वकिल) बन्न सफल भएकीछिन् । पुर्खौली थलो खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा घर  भइ हाल अक्सफोर्डसायरको बानबुरी गाउँमा बस्दै आएकी रेबेका गत हप्ता मात्र एसआरएबाट सोलिसिटर्स बनेकी हुन् । रेबेका गोर्खा ट्रान्स्पोर्ट रेजिमेन्ट (जिटिआर)मा २० बर्ष सैनिक सेवा पार गरेर अवकाश प्राप्त भीम राई र तारा राईकी एकल छोरी हुन् । रेबेका बेलायती सोलिसिटर्स रेगुलेसन अर्थिरिटि (एसआरए) बाट सोलिसिटर्स (वकिल) बनेकी हुन् । रेबेकाको परिवारमा बुवा भिम राई आमा तारा राई र दाई डा.जेनेश राई छन् । रेबेकाको दाई पनि डा. जेशन लिभरपुल युनिभर्सिटिबाट सन् २०१३ मा चिकित्सक बनेका हुन् । डा. जेसन अहिले अक्सफोर्ड युनिभर्सिटी अस्पतालमा ६ बर्षे (कोलोरेक्टल सर्जन)को तालिममा छन् । रेबेकाले बहुचर्चित क्विनमेरी यु...
लागुऔषधसहित २ जना पक्राउ

लागुऔषधसहित २ जना पक्राउ

समाचार
पूर्णपुष्टि,वैशाख २४ मोरङमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । बिराटनगर महानगरपालिका–१६ बाट लागुऔषध ट्याब्लेट सहित २ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ईटहरी उप–मानगरपालिका–४ का २४ वर्षीय असिम बस्नेत र ईटहरी उप–मानगरपालिका–५ का ३२ वर्षीय कुमार बिश्वकर्मा रहेको प्रहरीले जनाएको छ । बिहिवार राती १० बजेको समयमा भारतिय क्षेत्रबाट नेपाल तर्फ आउँदै गरेको को २५ प २५५५ नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गर्ने क्रममा स्कुटर चालक बस्नेत र स्कुटरमा पछाडी सवार रहेका बिश्वकर्मा लागुऔषध सहित पक्राउ परेका थिए । उनीहरुको साथबाट प्रहरीले लागुऔषध डाईजेल्याब ३० एम्पुल, लुपिजेसिक ३० एम्पुल, फेरागन ३० एम्पुल, डाईलेक्स डिसी १ बोतल, नाईट्रोजन ट्याब्लेट १० चक्की र सामसुङ कम्पनिको २ थान मोवायल बरामद गरेको छ । लागुऔषधसहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानी...
झापाको कपास उद्योगमा आगलागी १० लाखको क्षति

झापाको कपास उद्योगमा आगलागी १० लाखको क्षति

समाचार
पूर्णपुष्टि,वैशाख २४ झापाको एक कपास उद्योगमा आगलागी भएको छ । मेचीनगर नगरपालिका–१० मा रहेको कपास उद्योगमा आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको हो । बिहिवार साँझ साँढे ६ बजेको समयमा उद्योगको कपास पेल्ने मेशिनबाट अचानक आगलागी शुरु भई मेशिन, कच्चा पदार्थ तथा अन्य समान समेत जलेर नष्ट जिल्ला प्रहरी कार्यायले झापाले जनाएको छ । आगलागीबाट मानविय क्षति नभएको प्रहरीले जनाएको छ । सो आगलागी प्रहरी तथा स्थानीयवासीको सहयोगमा बेलुका ७ बजे नियन्त्रणमा आएको र अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
उदयपुरमा निषेधाज्ञा, बैंक तथा वित्तीय संस्थामा जोडबिजोड प्रणाली

उदयपुरमा निषेधाज्ञा, बैंक तथा वित्तीय संस्थामा जोडबिजोड प्रणाली

आर्थिक, समाचार
पूर्णपुष्टि,वैशाख २३ उदयपुरमा पनि पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । जिल्ला प्रशासन कार्यालय उदयपुरले वैशाख २४ गते शुक्रबार राति १२ बजेबाट ३१ गते सम्म अत्यावश्क कामबाहेका अन्य सवै कामकाजमा रोक लगाएको छ । कोरोनाको रोकथाम तथा समुदायस्तरमा कोरोना फैलन नदिन नगरमा कार्यरत बैंक तथा वित्तीय संस्थाहरु जोडबिजोड प्रणालीबाट सञ्चालन गर्न कार्यालयले सुचना जारी गरेको हो । बैंक तथा वित्तीय संस्थाहरु २६ गते आईतबारबाट जोडबिजोड प्रणालीबाट सञ्चालन गरिने छ । सिटिजन्स बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनसिसि बैंक, एनआइसी एशिया बैंक, इन्भेष्टमेन्ट बैंक २, ग्लोवल आइएमइ बैंक,माछापुछ्रे बैंक, नबिल बैंक, एनएमवि बैंक, नेपाल बैंक र मुक्तिनाथ विकास बैक आइतबार,मंलबार र बिहिबार बिहान १० बजेदेखि २ बजे सम्म खुल्ने छ । त्यसैगरी सिभिल बैंक, कृषि विकास बैंक, लक्ष्मी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक,...