Sunday, August 9News That Matters

Month: ५ वर्ष अगाडि

उदयपुरमा आज थप २५ जना संक्रमित थपिए

उदयपुरमा आज थप २५ जना संक्रमित थपिए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,वैशाख २७ उदयपुरमा आज (सोमबार) थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा कुल संक्रमितको संख्या २ सय ३९ पुगेको हो । आज थपिएका संक्रमितहरु १५ पुरुष र १० महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । स्वास्थ्य कार्यालयकाअनुसार त्रियुगा नगरपालिकामा १२ पुरुष र ६ महिलासहित जम्मा १८ जनामा संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ । त्यसैगरी बेलका नगरपालिकामा ४ जना थपिएको छ । जस मध्ये २ पुरुष र २ महिला रहेको कार्यालयको तथ्याङकले देखाएको छ भने कटारी नगरपालिकामा १ पुरुष र १ महिलासहित २ जनामा संक्रमण पुष्टि भएको छ । यता चौदण्डीगढी नगरपालिकामा १ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।...
झापामा लुकाएर राखेको १३३ वटा अक्सिजन सिलिन्डर बरामद

झापामा लुकाएर राखेको १३३ वटा अक्सिजन सिलिन्डर बरामद

समाचार
पूर्णपुष्टि,वैशाख २७ कोरोना भाइरस कोभिड–१९ को संक्रमणदर उच्च भए संगै उपचारका लागी अक्सिजन अभाव हुन थालेपछि झापा प्रहरीले जिल्लाका विभिन्न स्थानमा लुकाइछिपाइ राखिएका अक्सिजन सिलिन्डरहरु बरामद गरेको छ । प्रहरी टोलीले विभिन्न स्थानबाट १३३ वटा अक्सिजन सिलिन्डर बरामद गरेको हो । सबैभन्दा धेरै इलाका प्रहरी कार्यालय अनारमनी क्षेत्रबाट ९० वटा सिलिन्डर, धुलाबारी क्षेत्रबाट १९, दमक र काँकरभिट्टा क्षेत्रबाट १२–१२ ओटा सिलिन्डर ल्याइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक  राकेश थापाका अनुसार कोरोना भाइरसका कारण संक्रमितको संख्या बढेसँगै अक्सिजन सिलिन्डरको माग बढिरहेकाले विभिन्न उद्योग, कलकारखाना तथा ग्यारेजमा रहेका अक्सिजनका सिलिन्डरहरू प्रहरीले संकलन गरेको हो । प्रवक्ता थापाका अनुसार संकलन गरिएका सिलिन्डरहरु दमकको मातृका ट्रेडर्स, बिर्तामोड...
पानीमा डुबेर बालकको मृत्यु

पानीमा डुबेर बालकको मृत्यु

समाचार
पूर्णपुष्टि, बैशाख २७ मोरङ रंगेली नगरपालिका ९ बेदमारी  स्थितमा इट्टा बनाउन खनेको माटोको खाल्डोमा जमेको पानीमा डुबी बालकको मृत्यु भएको छ । आज बिहान पौने १० बजे भारत बिहार घर भई सोही स्थानमा रहेको देवि इट्टा उद्योगमा काम गर्ने मजदुर भुसननिया मियाँको छोरा १० बर्षीय अलिअर मिया खेल्ने क्रममा उक्त पानीको खाल्डोमा डुबी गम्भिर घाईते भएका थिए । घाईते बालकको उपचारको लागी रंगेली अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।  ...
मोरङमा एकै दिन कोरोनाबाट थप ६ जनाको ज्यान गयो

मोरङमा एकै दिन कोरोनाबाट थप ६ जनाको ज्यान गयो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,वैशाख २७ मोरङका विभिन्न अस्पतालमा उपचार गराइरहेका संक्रमण मध्ये ६ जनाको आज एकै ज्यान गएको छ । कोरोना संक्रमण पुष्टि भएको बिरामी मध्ये ६ जनाको उपचारको क्रममा आज बिहान ज्यान गएको हो । मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा तीन, विराटनगरको नोबेल शिक्षणमा दुई र न्युरो अस्पतालमा एक संक्रमितले ज्यान गुमाएका हुन् । मृत्यु हुनेमध्ये दुई वृद्धासहित तीन महिला र तीन पुरुष रहेका थिए । विराटनगर महानगरपालिका–११ की ६७ वर्षीया वृद्धा महिलाको न्युरो अस्पतालमा ज्यान गएको छ । बिहान ५ ः ५० बजेतिर उपचारकै क्रममा उनको ज्यान गएको अस्पतालले जनाएको छ । कोरोना रिपोर्ट पोजिटिभ आउनुका साथै श्वासप्रश्वासमा पनि समस्या भएपछि उनलाई उपचारका लागि आइतबार अस्पताल भर्ना गरिएको थियो । त्यसैगरी विराटमा उपचाररत विराटनगर–११ का ४६ वर्षीय पुरुषको ज्यान गएको छ । कोरोना पुष्टि भएपछि उनलाई उपचार...
एसईई र कक्षा १२ को परीक्षा स्थगित

एसईई र कक्षा १२ को परीक्षा स्थगित

शिक्षा, समाचार
पूर्णपुष्टि,वैशाख २७ विश्व व्यापीरुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९को कारणले एसईई र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय भएको छ । महामारीको बेला परीक्षा सञ्चालन गर्न नसकिने भएकाले अर्को सूचना जारी नहुँदासम्म परीक्षा स्थगित गर्ने निर्णय भएको राष्ट्रिय परीक्षा बोर्डकाले जनाएको छ । परीक्षा कसरी सञ्चालन गर्ने भन्नेबारे निर्णय हुन बाँकी रहेको परीक्षा बोर्डले जनाएको छ । बोर्डले जेठ १३ गतदेखि एसईई र जेठ २६ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको थियो ।...
सिलौटो प्रहार गरी श्रीमतीको हत्या

सिलौटो प्रहार गरी श्रीमतीको हत्या

समाचार
पूर्णपुष्टि,वैशाख २७ सिलौटौ प्रहार गरी एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् । र्सलाहीको लालबन्दी नगरपालिका–२ नवलपुर पुनर्वास घर भई हरिवन नगरपालिका–११ स्थित रामबली साहको घरमा डेरा लिई बस्दै आएका ३५ वर्षीय विजयलाल कर्णले ३२ वर्षीया श्रीमती उषा देवी कर्णको हत्या गरेका हुन् । हिजो राती घरायसी विवादका कारण मसला पिस्ने सिलौटोले टाउकोमा प्रहार गरी विजयलालले श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सिलौटो प्रहारबाट उषाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । श्रीमतीको हत्या गर्ने कर्णलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।...
मोरङमा तामाङको गोठमा आग्लागी, ३ लाख क्षति

मोरङमा तामाङको गोठमा आग्लागी, ३ लाख क्षति

समाचार
पूर्णपुष्टि,वैशाख  २७ मोरङक बुढिगंगा गाउँपालिका–६ कोयलपुरका जंग बहादुर तामाङको गाई गोठमा आग्लागी हुँदा ३ लाख बराबरको क्षति भएको छ । गोठ सहित ७ वटा बाख्रा, १ वटा गाई जली मरेको छ भने २ वटा बाख्रा र १ वटा गाई घाईते भएका छन् । गत राती २ बजे तामाङको गाईगोठमा आगोलागी हुन साथ प्रहरी र स्थानियको सहयोगमा बिहानको राती ३ बजे आगो पुर्ण रुपमा नियन्त्रणमा आएको हो । उक्त आगो गाईगोठमा लामखुट्टे भगाउन बालेको घुरबाट सल्केको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सो आगोबाट अन्दाजी ३ लाख बराबरको क्षेती भएको र अन्य मानबीय क्षेती नभएको प्रहरीले जनाएको छ ।...
होम आईसोलेसनमा रहँदा अपनाउनु पर्ने यी १६ उपायहरु

होम आईसोलेसनमा रहँदा अपनाउनु पर्ने यी १६ उपायहरु

स्वास्थ्य
पूणर्पुष्टि, बैशाख २७ यो समय हामि कोरोना माहामारीमा गुज्रिरहेका छौँ । नेपाल जस्तो गरिबि मुलुक सिस्टम नभएको मुलुक र दक्ष जनशक्ति र स्रोत साधनहरु समेत प्रसस्त नभएको अवस्थामा विश्वका ठुला अनि सबै थोकले भरिपूणर् भएको देशहरु कोरोना सँग हारिरहेका छन् । हामि कोरोना बाट बच्नु पर्ने छ । यदि हो भने कोरोनाको हाल सम्म पनि कुनै औषाधी छैन् । र सबैलाई खोप पनि परिपुर्ति भईसकेको अवस्था छैन् । औषधी छैन तर उपायहरु छ । कोरोनाको पहिलो औषधी भनेकै आफु सुरक्षित हुनुनै हो । यदि तपाई संक्रमित भएमा अवको पछिल्लो समय हस्पिटलहरु सबै भरिभराउ छ । सुरक्षित हुँदै गर्दा यदि तपाईलाई संक्रमण भईहालेमा अव तपाईलाई हस्पिटलको बेड, आईसोलेसन, आईसियु, भेन्डिलेटर जस्ता सुविधा सम्पन्न उपचार हस्पिटलले उपलब्ध गराउन सक्नु छाडेक छ । अब हामिले होम आईसोलेसन बाटै कोरोना संग लड्नु पर्ने छ । सक्दा हामिलाई हस्पिटल जानै नपरोस् हस्पिटल सम...
ओलीले ६ बुदे पत्र नमाने सामुहिक राजीनामा दिने नेपालको चेतावनी

ओलीले ६ बुदे पत्र नमाने सामुहिक राजीनामा दिने नेपालको चेतावनी

समाचार
पूणर्पुष्टि, बैशाख २७ बरिष्ठ नेता माधव कुमार नेपालले ६ बुदे आफ्नो माग सहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएको छ । विश्वसको मतका लागि समय नजिकदै गर्दा नेता नेपालले यस्तो पत्र पठाएको हो । पत्रमा उल्लेखखित बुदाहरुमा ओलीले चासो नदिए अर्थात ती सर्त पूरा नभए सांसद पदबाट सामूहिक राजीनामा दिनेसम्मको चेतावनी सहित पत्र पठाएको छ । नेता नेपालले भनेका छन् ‘हाम्रा जायज आवाजलाई बेवास्ता गरियो भने तपाईँ पार्टी विभाजन गर्दै देश, जनता र लोकतन्त्रलाई अन्योल र दिशाहीन तुल्याउन उद्दत रहनुभएको भन्ने अर्थ लाग्ने स्पष्ट छ,। ‘त्यस्तो स्थितिमा हामी देश र जनताको सर्वोपरी हित तथा पार्टी र लोकतन्त्रको रक्षाका लागि प्रतिनिधि सभाको सदस्य नै त्याग गर्ने लगायतका जस्तोसुकै पाइला चाल्न पनि बाध्य हुने स्थिति उत्पन्न हुनेछ । यसका लागि पनि जिम्मेवार तपाईँ नै हुनुहुनेछ ।’ नेता नेपालले भनेका छन् । ६ बुदे मागहर...
विश्वासको मतका लागि आज मतदान हुँदै, अल्पमतको सम्भावनामा ओली

विश्वासको मतका लागि आज मतदान हुँदै, अल्पमतको सम्भावनामा ओली

समाचार
पूणर्पुष्टि, बैशाख २७ प्रधानमन्त्री केपि शर्मा ओलीले लिने विश्वासको मतका लागि मतदान आज हुँदै छ । आज हुँदै गरेको विश्वासको मतदानमा ओली संकटमा देखिएको छ । विश्वासको मतका लागि आह्वान गरिएको संसदको विशेष अधिवेशनको बैठक आज दिउँसो १ बजे बस्दै छ । शिर्ष नेताहरुलाई सम्बोधन गर्दै विश्वासको मतका लागि आजै मतदान हुने संसद सचिवालयले जनाएको छ । अहिलेको दलहरुको गठबन्धन हेर्दा प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न सक्दैनन् । प्रधानमन्त्री ओलीको दल नेकपा एमालेका १२१ सांसद छन् । विश्वासको मत पाउन १३६ मत चाहिन्छ । ६१ सांसद भएको प्रमुख विपक्षी नेपाली कांग्रेसले विपक्षमा मत दिने निणर्य गरेको छ । ४९ सांसद भएको माओवादी केन्द्रले पनि हालै मात्र समर्थन फिर्ता लिएकाले प्रधानमन्त्रीलाई मत दिने छैन । संसदको अंकगणितमा निणर्ायक ३२ सांसद भएको जसपा थियो । जसपाको बाबुराम भट्टराई-उपेन्द्र यादव पक्षले...