Sunday, August 9News That Matters

Month: ५ वर्ष अगाडि

मोरङमा लागूऔषधसहित १ जना पक्राउ

मोरङमा लागूऔषधसहित १ जना पक्राउ

समाचार
पूर्णपुष्टि,वैशाख २८ मोरङमा लागुऔषधसहित एकजना पक्राउ परेको छ । बिराटगर–१३ का २८ वर्षीय बिर नारायण यादव लागुऔषधसहित पक्राउ परेको हो । सोमबार बेलुका ८ बजे लागुऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर–१६ दरैया बस्तीबाट उनलाई लागूऔषध स्पास्कोर–भोन प्लस–४८ चक्की , नाईट्रोसन ६२ चक्की, डाईएस डीएक्स–१० बोतलसहित पक्राउ गरेका थिए । पक्राउ परेका यादव उपर थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।  ...
उदयपुरका कोरोना संक्रमित थप ३ जनाको मृत्यु

उदयपुरका कोरोना संक्रमित थप ३ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, बैशाख २८ कोरोना संक्रमण बाट उदयपुरमा थप ३ जनाको मृत्यु भएको छ । सरकारी कार्यायका एक प्रमुख सहित हिजो र आज गरी ३ जनाको मृत्यु भएको हो । संक्रमण बाट थप ३ जनाले ज्यान गुमाए सँगै उदयपुरमा कुल मृतकको संख्या ७ पुगेको छ । मृत्यु हुनेमा  ५४, ३४ बर्षिय पुरुष र ५० बर्षिया एक महिला रहेको छ । उनिहरुको सोमबार बेलुका र मंगलबार बिहान मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइका अनुसार कोरोना भाइरसको संक्रमणपछि काठमाडौंको टिचिङ्ग अस्पतालमा उपचारको क्रममा कार्यालय प्रमुखको सोमबार मृत्यु भएको हो । सिरहा निवासी उनी कार्यालयबाटै संक्रमित भएपछि उपचारका लागि काठमाडौं पुगेका थिए । अन्य मृत्यु हुनेहरुमा त्रियुगा नगरपालिका–८ का ५४ वर्षीय पुरुष र त्रिनपा– ५ की ५० वर्षिया महिलाको उपचारको क्रममा मृत्यु भएको छ । ४५ बर्षिय पुरुषको विराटनगरस्थित नोवेल अस्पतालमा मृत्यु भएको हो । ...
धनकुटामा करेन्ट लागेर एक बालकको ज्यान गयो

धनकुटामा करेन्ट लागेर एक बालकको ज्यान गयो

समाचार
पूर्णपुष्टि,वैशाख २८ धनकुटामा करेन्टलागेर एक बालकको अकालमै ज्यान गएको छ । धनकुटा नगरपालिका–५ बाल मन्दिर स्थितमा बस्ने राजु श्रेष्ठको छोरा १० वर्षीय संजोग श्रेष्ठको करेन्ट लागी ज्यान गएको हो । सोमबार बेलुका ६ बजे आफ्नै घरमा बिजुलीको होल्डरमा बल्ब लगाउने क्रममा बालकलाई करेन्ट लाग्दा गम्भिर  घाइते भएका  थिए । घाइते बालकको जिल्ला अस्पताल धनकुटमा उपचारको क्रममा बेलुका सँवा ८ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।...
बढ्याे महंगी : जथाभावी ढुवानीका सामान बजारमा -फाेटाेफिचर

बढ्याे महंगी : जथाभावी ढुवानीका सामान बजारमा -फाेटाेफिचर

समाचार
पूर्णपुष्टि, वैशाख २८ । गाइघाट बजारमा ब्यापारीहरूले अनावश्यकरूपमा सामानकाे भाउ बढाएकाे गुनासाे उपभाेक्ताहरूकाे छ । मुल्यबृद्धिमा जथाभावी ढुवानीका सामान ल्याउने सवारी साधनहरूले मनपरी सामानकाे मुल्य राखेर अस्वस्थ्य प्रतिष्पर्धामा सामान विक्री गर्ने गरेकाे कारण रहेकाे उनीहरूकाे भनाइ छ । सम्बन्धीत नियमन गर्ने निकायकाे ध्यान पुगाेस् ।  यी तस्विरहरू सामान ढुवानी गर्ने सवारी साधनहरूकाे गाइघाट बजारमा विहान लिइएका हुन् ।...
नेपालमा संक्रमितको मृत्युदर काहालि लाग्दो, हरेक १० मिनेटमा १ जनाको ज्यान जादै

नेपालमा संक्रमितको मृत्युदर काहालि लाग्दो, हरेक १० मिनेटमा १ जनाको ज्यान जादै

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २८ नेपालमा पनि कोरोना संक्रमितको मृत्युदर काहाली लाग्दो अवस्थामा पुगेको छ । दिनप्रतिदिन बढ्दो मृत्युदरले नेपालमा यसको रोकथाम तथा नियन्त्रणमा थप चुनौती दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा १ सय ३९ जनाको मृत्यु भएको छ । यो संख्या अहिलेसम्मकै  बढी हो । दिनमै १ सय ३९ जनाको ज्यान गइरहेको अवस्थामा प्रत्येक दिन यसको संख्या बढ्न सक्ने देखिएको छ । अहिले संक्रमितको संख्या पनि प्रत्येक चेकमा पुष्टि भईरहेको छ । यता निको हुनेको संख्या कम छ भने संक्रिय र घम्भिर बिरामीहरु बढेको मन्त्रालयको ग्राफले प्रष्ट पार्छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जति संक्रमित थपिँदै जान्छन्, मृत्यु हुनेको संख्या पनि उत्तिकै बढेको पाइएको बताउनुभएको छ । मृत्यु हुनेको संख्या दुई सातामा अझ बढ्न सक्ने पनि...
गाउँमै फैलिएको ज्वरोले दश जनाको मृत्यु, ४ जनामा संक्रमण पुष्टि

गाउँमै फैलिएको ज्वरोले दश जनाको मृत्यु, ४ जनामा संक्रमण पुष्टि

समाचार
पूर्णपुष्टि, बैशाख २८ गाउँभरी फैलिएको ज्वरोले पर्शामा १० जनाको मृत्यु भएको छ । गाउँमा कोरोना सँग मिल्दो जुल्दो लक्षणका विरामीहरु धमाधम मर्न थालेका छन् । पालिकाका स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्र प्रसाद साहका अनुसार वडा नं ५ तिलझप्टी टोलमा ज्वरो विरामी बढेका छन् । गाउँपालिकाले स्वाब संकलनका लागि समेत व्यवस्था गर्न नसकेकोले निरीह भएर बस्नु परेको उनी बताउँछन् । पर्साको जगरनाथपुर गाउँपालिका– ५ की २३ वर्षीया महिला टाइफाइडको उपचार गराइरहेकी थिइन् । आइतबार साँझ एक्कासी दम फुल्न शुरु भयो र उनको मृत्यु भयो । जगरनाथपुर गाउँपालिका वडा नं ५ यो घटना नौलो होइन, वैशाख १७ गतेदेखि २७ गतेसम्म गाउँपालिकामा यसरी ९ जनाको मृत्यु भइसकेको छ । जसमध्ये ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक मध्ये ८ जना एकै टोलका बासिन्दा हुन् । जगरनाथपुर–५ तिलझप्टी र धर्मपुरमा एक सातामा स्वास प्रश्वासको समस्य...
प्रहरी प्रमुख एसपी दाहालले हातै जाेडेर आग्रह गरे- ”खेलाची गर्ने अवस्था विलकुलै छैन” -भिडियाे संवाद

प्रहरी प्रमुख एसपी दाहालले हातै जाेडेर आग्रह गरे- ”खेलाची गर्ने अवस्था विलकुलै छैन” -भिडियाे संवाद

समाचार, स्वास्थ्य
https://youtu.be/p2sQ7dbUB64 २०७८ वैशाख २७ गतेकाे काेराेना उदयपुर अपडेटका साथ जिल्ला प्रहरी प्रमुख एसपी भीम दाहालसंगकाे विशेष संवाद ।
नेपालमा कोरोना संक्रमण बाट आज १३९ जनाको मृत्यु, हाल सम्मकै उच्च

नेपालमा कोरोना संक्रमण बाट आज १३९ जनाको मृत्यु, हाल सम्मकै उच्च

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २७ कोरोना संक्रमण बाट नेपालमा आज १३९ जनाले ज्यान गुमाएको छ । देशैभर संक्रमण भयावह हुदै गएपछि मृत्युको संख्या उच्च रहेको छ । मृत्युको संख्या हाल सम्मकै उच्च विन्दुमा पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ९२७१ जना आज संक्रमित थपिएका छन् ।  
ओलीलाई विश्वासको मत पुगेन, सरकार ढल्यो

ओलीलाई विश्वासको मत पुगेन, सरकार ढल्यो

समाचार
पूर्णपुष्टि, बैशाख २७ ओली सरकारले प्रतिनिधि सभाबाट विश्वासको मत गुमाएको छ । आज भएको प्रतिनिधि सभाको विश्वासको मतदानमा मत नपुगेपछि ओली सरकार ढलेको हो । २३२ मत मध्ये ९३ मत मात्र ओलीले पाएका छन् भने उनको विपक्षमा १ सय २४ जनाले मतदान गरेका थिए ।  यता १५ जना तटस्थ बसेका थिए । ओलीले संसदबाट विश्वासको मत नपाएसँगै मुलुक नयाँ सरकार निर्माणको बाटोमा लागेको छ । अब संविधानको धारा ७६ अन्तर्गत उपधारा २ अनुसारको सरकार बनाउनुपर्ने माग विपक्षी दलहरुले राखिरहेका छन् । प्रधानमन्त्री ओलीको विपक्षमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका सांसदहरूले मत दिएका थिए । प्रधानमन्त्री ओलीलाई उनकै पार्टी एमालेको उनी पक्षीय सांसदले मात्रै मत दिएका थिए । १२१ जना सांसद रहेको एमालेले यसअघि विश्वासको पक्षम...
ताप्लेजुङमा ढुंगाले किचेर बालकको ज्यान गयो

ताप्लेजुङमा ढुंगाले किचेर बालकको ज्यान गयो

समाचार
पूर्णपुष्टि,वैशाख २७ ताप्लेजुङमा ढुंगाले किचेर एक १३ वर्षीय बालकको ज्यान गएको छ । मेरिङदेन गाउँपालिका–२ शान्थाक्राका फुर्वा शेर्पाको ढुंगाले किचेर ज्यान गएको हो । आज दिउसो साढे २ बजे फूङलिङ नगरपालिका–७ स्थित सव–बेश निर्माणको लागी मुवेन मिक्लाजुङ जेबि कन्ट्रक्सनद्वारा भिर चट्टान फोर्ने कार्य भई रहेकोमा सोही बाटोको साईडमा गिटी कुट्न ढुङ्गा ओसार्ने काम गर्ने उनका बाबु पासाङ छिरिङ शेर्पासँग गई ढुङगा ओसार्ने क्रममा माथीबाट ढुङ्गा झरी किचेर बालकको घट्नास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।...