Sunday, August 9News That Matters

Month: ५ वर्ष अगाडि

कोरोना संक्रमण बाट नेपालमा आज २२५ जनाको मृत्यु

कोरोना संक्रमण बाट नेपालमा आज २२५ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूणर्पुष्टि, बैशाख २८ पछिल्लो दिनहरुमा दिन प्रतिदिन कोरोना संक्रमितहरुको मृत्यु भईरहेको छ । हिजो मात्रै १३९ जना मृत्यु भई नयाँ रेकर्ड राखेको मृत्युको संख्याले आज फेरी नयाँ रेकर्ड राखेको छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा १२५ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज सहित नेपालमा मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा २१ हजार ३१६ नमुना परीक्षणमा ९४८३ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ । जसमध्ये होम आइसोलेसनमा ८९ हजार ९१४ र संस्थागत आइसोलेसनमा ७ हजार ९४ जना रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये १ हजार ८४ जना आईसीयूमा र २९० जना भेन्टिलेटरमा रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ५२२५ जना संक्रमणमुक्त भएका छन् ।...
केन्द्रिय सांसद सुरेश कुमार राई कोरोना मुक्त, हस्पिटल बाट डिस्चार्ज

केन्द्रिय सांसद सुरेश कुमार राई कोरोना मुक्त, हस्पिटल बाट डिस्चार्ज

समाचार, स्वास्थ्य
पूणर्पुष्टि, बैशाख २८ कोरोना संक्रमण भई हस्पिटलमा उपचाररत रहनुभएका केन्द्रिय सांसद सुरेश कुमार राई हस्पिटल बाट डिस्चार्ज हुनु भएको छ । सुमेरु हस्पिटलमा सघन उपचार गराईरहनु भएका राईले करिब १० दिन पछि कोरोनालाई पराजित गर्दै डिस्चार्ज हुनु भएको हो । बैशाख १७ गते आफुलाई कोरोना संक्रमण पुष्टि भएको आम जनताहरुलाई फेसबुक मार्फत जानकारी गराउनु भएको थियो । संक्रमण दखिए लगत्तै उपचारमा रहनु भएको उहाँलाई केहि दिन पछि आइसियुमा राखेर उपचार गरियो । हाल भने कोरोन मुक्त भई हस्पिटल बाट डिर्चाज भएको सुरेश कुमार राईको अफिसियल फेसबुक पेजमा जानकारी गराइएको छ ।...
प्रदेश १ मा कोरोना कहर, २८ दिनमा १०६ जनाले ज्यान गुमाए

प्रदेश १ मा कोरोना कहर, २८ दिनमा १०६ जनाले ज्यान गुमाए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि,वैशाख २८ विश्व व्यापीरुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को दोस्रो लहर नेपालमा सुरु भएसंगै प्रदेश १ मा २८ दिनमा १ सय ६ जनाले ज्यान गुमाई सकेका छन् । नयाँ वर्ष वैशाख १ देखि २८ गतेसम्म प्रदेश १ मा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ६ पुगेको हो । वैशाख महिनाको अन्तिम साता मृत्युदर अत्याधिक बढेको सामाजिक विकास मन्त्रालयकले जनाएको छ । यो साता दैनिक आठजनाका दरले संक्रमितको मृत्यु भइरहेको छ । वैशाख २२ गते एकैदिन १३ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । त्यस्तै हिजो मात्रै ११ जना संक्रमितको विभिन्न अस्पतालमा उपचारका क्रममा ज्यान गएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । संक्रमणको दोस्रो लहरपछि सोमबारसम्म ९७ जनाको ज्यान गएको छ । हिजो बेलुकादेखि आज बिहानमात्रै प्रदेश १ का विभिन्न अस्पतालमा थप ९ जनाले ज्यान गुमाइसकेका छन् । प्रदेश १ मा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या भ...
रगत अभावमा सुत्केरी महिलाको ज्यान गयो

रगत अभावमा सुत्केरी महिलाको ज्यान गयो

समाचार
पूणर्पुष्टि, बैशाख २८ सोलुखुम्वुमा एक सुत्केरी महिलाले अत्यादिक रत्तश्रावका कारण ज्यान गुमाएको छ । अत्यादिक रक्तश्राव भएपछि रगतको आवश्यक परेको ति महिलालाई समयमै रतग उपलब्ध नहुँदा ज्यान गएको ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. भारती पण्डितले जानकारी दिनुभयो । डा. पण्डितका अनुसार दुर्गम सिलिचोङ गाउँपालिका -३ की सुत्केरी महिला २६ वर्षीया सिर्जना कुलुङको रक्तश्राव र साल अड्किएपछि  थप उपचारको लागि जिल्ला अस्पताल खाँदवारी पठाइएको थियो । सदरमुकाम खाँदबारी लैजाने त्रलममा यनको सोमबार राति ७ बजे मृत्यु भएको सिलिचोङ ३ का वडाध्यक्ष प्रतापसिंह तामाङले जानकारी दिनुभयो । अस्पताल लैजाँदै गर्दा कुलुङको खाँदबारी -१० चन्दनपुर आइपुगेपछि मृत्यु भएको वडाध्यक्ष तामाङले बताउनुभयो । ताम्कु स्वास्थ्य केन्द्रमा भर्ना भएको केही घण्टामै कुलुङले साधारण रुपमै शिशु त जन्माइन् तर जन्मिएको केही समयपछ...
वडा नं १६ ले स्वास्थ्य सामाग्री वितरण गर्यो

वडा नं १६ ले स्वास्थ्य सामाग्री वितरण गर्यो

समाचार, स्वास्थ्य
पूणर्पुष्टि, बैशाख २८ त्रियुगा नगरपालिका वडा न. १६ ले मजदुर, सुरक्षाकर्मी, कर्मचारी र स्थानीय नागरिकहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । मंगलबार वडा अध्यक्ष मान वहादुर राई सहितको जनप्रतिनिधिहरुले बिभिन्न क्षेत्रमा काम गर्ने मजदुर तथा स्थानीय नागरिकहरु लगायत सुरक्षाकर्मी र कर्मचारीहरुलाई स्वास्थ्य सामागी्र वितरण गरेको हो । कोरोना संक्रमणका बिच पनि दैनिक रुपमा अवश्यक कामकार्वाही र निर्माण व्यवसायीको काममा खटिरेहका मजदुर, स्थानीय नागरिक र अग्रपंक्तिमा खटिएका सुरक्षाकमर्मी र कर्मचारीहरुलाई प्राथामिकतामा राखी स्वास्थ्य सामाग्री वितरण गरेको वडअध्यक्ष मानवहादुर राईले बताउनुभयो ।  स्वास्थ्य समाग्री वडा स्तरीय समितिको आयोजनामा वितरण गरिएको हो ।...
अस्पतालबाट डिस्चार्ज भएकै रात एक संक्रमितको मृत्यु

अस्पतालबाट डिस्चार्ज भएकै रात एक संक्रमितको मृत्यु

समाचार
पूर्णपुष्टि,वैशाख २८ अस्पतालबाट डिस्चार्ज भएकै रात बर्दियामा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दियाका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार राजापुर–४ का ५५ वर्षीय पुरुषको अस्पतालबाट डिस्चार्ज भएकै राति मृत्यु भएको हो । वैशाख २० गते गरिएको एन्टिजेन परीक्षणमा उनीमा संक्रमण देखिएको थियो । संक्रमण पुष्टि भएसँगै बाँकेको भेरी अस्पतालमा वैशाख २१ गते उनलाई भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार आएपछि भेरी अस्पतालले वैशाख २७ गतेमात्रै होम आइसोलेसनमा बस्ने गरी उनलाई डिस्चार्ज गरेको थियो ।...
भोजपुरमा करेन्ट लागी एकजनाको घटनास्थलमै ज्यान गयो

भोजपुरमा करेन्ट लागी एकजनाको घटनास्थलमै ज्यान गयो

समाचार
पूर्णपुष्टि,वैशाख २८ भोजपुरमा करेन्ट लागेर एकजनाकोे घटनास्थलमै ज्यान गएको छ । पौवादुम्मा गाउँपालिका–१ अरुणडाडाका ३० बर्षीय निमा दावा शेर्पाको करेन्ट लागेर ज्यान गएको हो । आज बिहान साढे १० बजे बिजुलीको लाईन बिग्रीएकोले उनी साथीहरुसंग आफ्नै घर छेउमा रहेको ट्रान्समिटरमा भ¥याङ लगाई चड्ने क्रममा करेन्ट लागी अन्दाजी २५ फिट माथीबाट खस्दा घटनास्थलमानै ज्यान गएको छ । घटनाको बारेमा जानकारी पाएलगतै ईलाका प्रहरी कार्यालय तिवारीभंज्याङबाट टोली खटि गई थप अनुसन्धान आगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।...
सिटी सफारी दुर्घटनामा बालिकाको ज्यान गयो

सिटी सफारी दुर्घटनामा बालिकाको ज्यान गयो

समाचार
पूर्णपुष्टि,वैशाख २८ मोरङमा सिटी सफारी दुर्घटना हुँदा एक बालिकाको ज्यान गएको छ । सुन्दरहरैचा नगरपालिका–५ तीनपैनी स्थित भित्री सडक खण्डमा सिटी सफारी दुर्घटना हुँदा सिटीमा सवार सोही स्थान बस्ने ५ वर्षीया बालिका रबिना खड्को ज्यान गएको हो । आज बिहान साढे ९ बजे को १ ह ७५५८ नम्बरको सिटी सफारी आफै अनियन्त्रित भई दुर्घटना हुँदा रुद्र खड्काको छोरी रबिना गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घाईते बालिकाको धरान घोपामा उपचारको क्रममा दिउसो ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ  । सिटी सफारी र चालक सोही स्थानका हरि नारायण चौधरी प्रहरी चौकी गछियाको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।...
सवारी र्दुघटनामा एक दम्पितीको ज्यान गयो

सवारी र्दुघटनामा एक दम्पितीको ज्यान गयो

समाचार
पूर्णपुष्टि,वैशाख २८ सप्तरीमा सवारी दुर्घटनामा परी एक दम्पितीको ज्यान गएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–३ पोर्ताहास्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान दुर्घटना भएको थियो । दुर्घटनामा सोही ठाउँ बस्ने ४५ वर्षीय सत्यनारायण मण्डल र उनकी श्रीमती ४० वर्षीया सुनीतादेवी मण्डलको ज्यान गएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ३८६१ नंको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलमा सवार मण्डल दम्पतीको ज्यान गएको जिल्ला प्रहरी कार्यायल सप्तरीले जनाएको छ । उनका अनुसार साइकलमा सवार मण्डल दम्पती घाइते भई दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल भारदह लैजाने क्रममा दुवै जनाको बाटोमा ज्यान गएको प्रहरीले जनाएको छ । शवपरीक्षण लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ल्याइएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अगडी बढाएको प्रहरीले जन...
झुन्डिएको अवस्थामा फेला परे प्रहरी जवान

झुन्डिएको अवस्थामा फेला परे प्रहरी जवान

समाचार
पूर्णपुष्टि,वैशाख २८ आँपको रुखमा झुन्डिएको अवस्थामा एक प्रहरी जवानको शव भेटियो छ । महोत्तरी मासोमबार राती प्रहरी चौकी सम्सीबाट करिब सातसय मिटर उत्तर पश्चिमस्थित चौरमा रहेको आँपको रुखमा पासो लागेर झुन्डिएको अवस्थामा प्रहरी जवान a५ वर्षीय जितेन्द्र साहको शव भेटिएको हो । पर्साको बौरामाई नगरपालिका–१ घर भई ढल्केवरमा रहेको प्रहरी गणमा दरबन्दी रहेका उनी विगत ७ महिनादेखि सम्सी प्रहरी चौकीमा कार्यरत थिए । ड्युटी सकेर राति सुतेका प्रहरी जवान साहको बिहान शव भेटिएको थियो । जवान साहले आत्महत्या गरेको हुन सक्ने महोत्तरीका एसपी दिनेश आचार्यले बताए । यद्यपि प्रहरीले विस्तृत अनुसन्धान थालेको उनले बताए । प्रहरी जवान साहको विवाह आगामी जेठ ७ गते हुने तय भएको थियो । बिहेकै लागि बिदा लिएर घर जाने तयारीमा रहेका उनी मृत फेला परेका हुन् । मृतक प्रहरी जवान साहको शव अन्त्येष्टिका लागि परिवारलाई खबर गरिसक...