Sunday, August 9News That Matters

Month: ५ वर्ष अगाडि

घाँस काट्न गएका युवराजको लडेर ज्यान गयो

घाँस काट्न गएका युवराजको लडेर ज्यान गयो

समाचार
पूर्णपुष्टि, बैशाख २९ ओखलढुङगा मोलुङ गाऊपालिका ५ लिस्पु का ६५ बर्षीय युवराज नेपालको घाँस काट्न गएको अवस्थामा लडेर मृत्यु भएको छ । मंगलबार बिहान ६ बजे उनि घरबाट गढी जंगलमा घास काट्न गएकोमा अबेर  सम्म पनि घर फर्कि नआए पछी परिवारले खोजतालस गर्दै जाँदा बाटो देखी अन्दाजी २५ मिटर तर लडी घाईते अबस्थामा फेला नेपालको उपचारका लागि लैजाँदै तयारीमै दिनको ३ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोलीबाट बुझ्ने कार्य भईरहेको छ । पानी खान जाँदा लडेर बृद्धको मृत्यु ईलाम नगरपालिका ११ बस्ने ८० बर्षीय बृद्ध गन्जमान खातीको पानी खान जाने क्रममा लडेर मृत्यु भएको छ । मंगलबार दिनको २ बजे उनि घर नजिकै रहेको पानीको मुहानमा पानी खान जाने क्रममा लडेर मृत्यु भएको जानकारी प्रहरीलाई गराउन साथ प्रहरी टोली खटि गई अनुसन्धान भईरहेको छ ।...
पानी जमेको खाल्डोमा डुवेर एक महिलाको मृत्यु

पानी जमेको खाल्डोमा डुवेर एक महिलाको मृत्यु

समाचार
पूर्णपुष्टि, बैशाख २९ मोरङ रंगेली ५ आँपगाछीमा पानी जमेको खाल्डोमा डुवेर एक महिलाको मृत्यु भएको छ । रमेश मण्डलको धान खेतमा बोडिङको पानी जमेको खाल्डोमा डुबेको अबस्थामा १ जना महिला मृत अबस्थामा फेला परेको हो । मंगलबार बेलुका साढे ४ बजे ईलाका प्रहरी कार्यालय रंगेलीमा खबर प्राप्त भए पश्चात प्रहरी टोलीले बुझ्दा सोही स्थान बस्ने ५५ बर्षीय पारु देवी रिसिदेव रहेको खुलेको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।  ...
खोटाङमा अटो भरिबाट खस्दा १ जना बालकको मृत्यु, ४ जना घाईते

खोटाङमा अटो भरिबाट खस्दा १ जना बालकको मृत्यु, ४ जना घाईते

समाचार
पूणर्पुष्टि, बैशाख २९ खोटाङ जन्तेढुंगा गाउपालकिा ५ घोर्ले स्थति तारेभरिबाट अटो टेम्पु खस्दा अटोमा सवार सोही स्थानका १३ बर्षीय गोकुल परयिारको मृत्यु भएको छ । उनको उपचारको लागी घोपा धरान ल्याउने क्रममा बेलुका ५ बजे बाटोमानै मृत्यु भएको हो । उक्त दुर्घटनाबाट घाईते हुनेमा टेम्पु चालक जेन्तेढुंगा ४ का ३३ बर्षीय जविन राई, चालककै छोरा ७ महनिाको जर्मन राई, जेन्तेढुंगा ५ का १६  बर्षीय मणरिाम राई, सोही स्थानका ६५ बर्षीय रत्न बहादुर राई रहेका छन् । घाईते मध्ये मणरिाम राईको अबस्था सामान्य रहेकोले स्थानयि स्वास्थ्य केन्द्रमानै उपचार भईरहेको र बाकीलाई घोपा धरान तर्फ पठाईएको हो । मंगलबार बहिान १० बजे घोर्लेबाट बरिामी बोकी चसिापानी आउने क्रममा  लु १ स ०३५० नम्बरको अटोटेम्पु तारेभरिबाट अन्दाजी ५०० मटिर तल खसेको हो । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय चसिापानीबाट प्रहरी टोली खट िगई घा...
बिपद्का बेला  निजी हस्पिटलको कमाउ धन्दा, सेवा भन्दा शुल्क बढी

बिपद्का बेला निजी हस्पिटलको कमाउ धन्दा, सेवा भन्दा शुल्क बढी

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २९ देशमा विपद् छाईरहेको छ । नेपालका अधिकांश कोभिड हस्पिटलहरुमा आवश्यक सामाग्रीहरुको चरम अभाव छ । यही बेला नेपालका निजी हस्पिटलहरुले भने मनपरी गरिरहेका छन् । उनिहरु बचाउन अभियान र सहयोग अभियान भन्दा पनि कमाउ अभियान तर्फ केन्द्रित भएको देखिन्छ । यो बिपद्मा सबै हस्पिटलहरुले कोरोना संक्रमण विरामीलाई सहज र सरल उपचार गर्ने हो भने माहामारी भयावह बाट पनि बच्ने सम्भावना छ । तर पैसाकै लोभमा मनपरी उपचार र शुल्कले बिरामी र संक्रमण थप जोखिममा परेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको अगुवाइमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, औषधि व्यवस्था विभाग, स्वास्थ्य सेवा विभाग र प्रहरीसहितको संयुक्त अनुगमनले अस्पतालपिच्छे फरक शुल्क असुल्ने गरेको भेट्टाएको छ । संयुक्त अनुगमन टोलीले सोमबार उपत्यकामा रहेका ५ अस्पताल नर्भिक, सहिद मेमोरियल, ब्लुक्रस, बयोधा र नेपाल नेसनल अस...
चौदण्डीगढीका अग्नि पिडितहरुलाई झण्डै एक लाख आर्थिक संकलन

चौदण्डीगढीका अग्नि पिडितहरुलाई झण्डै एक लाख आर्थिक संकलन

समाचार
पूर्णपुष्टि, बैशाख २९ चौदण्डीगढी नगरपालिका ८ बिरेन्द्र बजारका आगलागि पिडितहरुलाई झण्डै एकलाख बराबरको आर्थिक संकलन भएको छ । त २६ गते भएको आगलागीमा आफ्नो  ज्यान बाहेक सर्वस्व गुमाएका वीरेन्द्र बजारका ७ घर परिवारको निम्ति अहिलेसम्म ९९ हजार ५ सय ८० रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ । छिमेकी उद्धारका लागि गाउँमा स्थानीय सक्रिय युवाहरुले आर्थिक सहयोग संकलन समितिनै बनाएर सहयोग रकमका लागि जुटिरहेको छ । विवस राईको संयोजकत्वमा राहत संकलन समिति निर्माण गरी आर्थिक संकलनका लागि देश विदेश र संघ संस्था तथा व्यक्तिहरु सम्म सहयोगको अनुरोध गरिरहेको समितिले जनाएको छ । समितिका संयोजक तथा समाजसेवी राईले अग्नी पीडितहरुको लागि स्थानीय सामाजिक संघ, संस्था र देश विदेश लगायतका शुभचिन्तकहरुबाट अन्य सहयोगहरु पनि निरन्तर जारी रहेको बताउनुभयो । वडाध्यक्ष स्व. श्यामकुमार स्मृति प्रतिष्ठानले ७ परिवार खाना पका...
अस्पतालमा अक्सिजन सकिएपछि छट्पटिँदै बिरामीहरु

अस्पतालमा अक्सिजन सकिएपछि छट्पटिँदै बिरामीहरु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २९ हस्पिटलहरुमा अक्सिजनको अभावले कोरोना संक्रमित बिरामीहरु तड्पिरहेको छ । भक्तपुरको अधिकांश हस्पिटलहरुमा अक्सिजन नहँदा बिरामी बचाउन र थप बिरामीलाई भर्ना गर्न नसक्ने अवस्था रहेको हस्पिटलले जनाएको छ । जिल्लावासीका एउटै आधार बनेको भक्तपुर अस्पतालमा मङ्गलबार साँझदेखि नै अक्सिजन सकिँदा निकै समस्या परेको छ । अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड–१९ का बिरामी भर्ना लिन छाडेका छन् भने भक्तपुर अस्पताल र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा भर्ना भएका बिरामीलाई बचाउन पनि मुस्किल परेको छ । यता अक्सिजन उपलब्ध गराउने कम्पनीहरुले पनि अक्सिजन नभएको बताईरहेको छ । सगरमाथा अक्सिजन कम्पनीबाट विगतमा अक्सिजन ल्याउने गरेको भक्तपुर अस्पतालले त्यहाँबाट पनि अक्सिजन पाउन छाडे । सिसीएमसीले बल्ल कान्तिपुर अक्सिजन कम्पनीमा जान भने पनि त्यहाँ अक्सिजन नै नभएको भन्दै फर्काएपछि ...
गंगा नदी किनारमा फेरी ७१ शव भेटिए

गंगा नदी किनारमा फेरी ७१ शव भेटिए

समाचार
पूर्णपुष्टि, बैशाख २९ भारतको गंगा नदी किनारमा थप ७१ बेवारिसे शव फेला परेको छ । कोरोना महामारीको बीचमा यति धेरै बेवारिसे शव भेटिनुलाई चिन्ताको विषय मानिएको छ । पछिल्लो पटक भारत बिहारमा अवस्थित गंगा नदी किनारमा बेवारिसे ७१ शव भेटिएका हो । ती शव कसका हुन् र कहाँबाट यति धेरै जम्मा भए भन्ने खुलेको छैन । अहिले वर्षाको बेला नभएको र नदीमा जल सतह घटेकाले बाढीले बगाएर ल्याएको भन्ने अनुमान पनि गर्न नसकिने स्थानीय अधिकारीहरु बताउँछन् । कतिपयले भने कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव जलाउने दाउराको मूल्य महँगो भएकाले निजलाई त्यत्तिकै फ्यालिदिएको हुनसक्ने अनुमानसमेत गरेका छन् । बक्सर जिल्लाका एसपी निरज कुमार सिंहका अनुसार शवहरु सडेका बताएका छन् । शवको अवस्था अत्यन्त खराब भएकाले घाटमै पोष्टमार्टम गरिएको थियो । यसअघि पनि उत्तर प्रदेशको गाजीपुर जिल्ला र बलिया बिहारको सीमामा पर्ने गंगा नदी किन...
नेपाल आयुर्वेदिक औषधी व्यवसायी संघ द्धारा ट्राफिक प्रहरीलाई स्वास्थ्य सामाग्री प्रदान

नेपाल आयुर्वेदिक औषधी व्यवसायी संघ द्धारा ट्राफिक प्रहरीलाई स्वास्थ्य सामाग्री प्रदान

समाचार, स्वास्थ्य
 पूणर्पुष्टि, बैशाख २८ बाहिर कोरोनाको माहामारी छ, कोरोना रोकथाम तथा नियन्त्रण भन्दैमा सबै जना घरमा बस्न भने पाइएको छैन । यो बेला रोग बाट बच्न सबैलाई घरमै बस्न भनिएको छ, तापनि कोहि भने बाध्यताले बाहिर खट्नु पर्ने अवस्था छ । सबै भित्र बसेर मात्रै रोग नियन्त्रण हुदैन् । अरुलाई भित्र बसाउनकै लागि भएपनि कोहि बाहिर बसेर दिनभर काम गर्नु पर्ने भएको छ, कोहि उपचारमा खटिनु पर्ने भएको छ भने कोहि सूचना समचार बाट जनताहरुलाई सचेत गराउनु छ । यतिवेला सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र संञ्चारकर्मीहरुको निकै ठुलो भुमिका देखिन्छ । यसै शिलसिलामा अग्रपंक्तिमा रहेर कोरोना नियन्त्रणमा लागि परेका ट्राफिक प्रहरीलाई नेपाल आयुर्वेदिक औषधी व्यवसायी संघले स्वास्थ्य सामाग्री वितरण गरेको छ । सुरक्षित रहित जनताको सेवामा खटिन मदत पुगोस भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई स्वास्थ्य सामाग्री वितरण गरिएको हो । ...