Sunday, August 9News That Matters

Month: ५ वर्ष अगाडि

“मेरो माया” म्यूजिक भिडियोसहित गायनमा दिपनको उदय

“मेरो माया” म्यूजिक भिडियोसहित गायनमा दिपनको उदय

मनोरञ्जन, समाचार
https://youtu.be/j-6xNM6X7lo?t=238 पूर्णपुष्टि, वैशाख ३० ।  विद्यालय पढ्दादेखि नै गायन भनेपछि मरिमेट्थे दिपन राई । विद्यालयमा शिक्षक, शिक्षिका र साथीहरुले गाउन भन्ने वित्तिकै गाएर सुनाइ हाल्थे । सानैदेखिको मिठो स्वर र गायनशैली राम्रो थियो । गायनकै कारण शिक्षक, शिक्षिकाको प्रिय थिए उनी भने दुईचार जना झुम्मिरहने साथीहरुको खाँचाे हुन्थेन । सुमधुर गायन र मिलनसार स्वभावका कारण थुप्रै साथीहरु हुन्थे । खोटाङ जिल्लामा जन्मिएर उदयपुरको सदरमुकाम गाईघाटमा हुर्के, बढेसंगै पढेका हुन उनी । त्रियुगा माध्यामिक विद्यालयमा पढ्दा उनी विद्यालय मात्र नभई जिल्लामै परिचित थिए । विभिन्न सांगीतिक कार्यक्रमहरुमा गायन प्रस्तुती पस्किहाल्ने गरेकाले उनी धेरैबीच चिनिएका थिए । उनकाे पारिवारिक वातावरणमा पनि सांगितिक माहाैल थियाे । काका किसान राइ लगायत परिवारजन, आफन्त तथा साथीभाइहरूकाे प्रेरणा र हाैसला उनमा छन् ।  ...
लेक लागेर २ को मृत्यु

लेक लागेर २ को मृत्यु

समाचार
पूर्णपुष्टि, बैशाख ३० यार्चा टिप्न गएका २ जनाको लेक लागेर ज्यान गएको छ । डोल्पाका पाटनमा यार्चा टिप्न गएका रामेछापको उमाकुण्ड गाउँपालिका–७ का २७ वर्षीय कुमार खत्रीको लेक लागेर मृत्यु भएको हो । खत्री लेक लागेर सिकिस्त बिरामी परेपछि उपचारका लागि बोकेर काइगाउँ स्वास्थ्यचौकी लगिएको थियो । उनको स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका नायब उपरीक्षक राजु पाण्डेले बताए । उनी आफ्ना बुबा मानबहादुर खत्रीसहित पाँच महिनाअघि काठको काम गर्न जगदुल्ला आइपुगेका थिए । कोरोना संक्रमणका कारण यार्चा टिप्न बन्द गरिएको पाटनमा उनी अवैध रूपमा गएको प्रहरीले जनाएको छ । यस अघि नै अर्का एक जनाको पनि यार्सा टिप्ने क्रममै लेक लागेर मृत्यु भईसकेको छ । यसअघि जुम्लाको गुठीचौर गाउँपालिका–३ का १७ वर्षीय सुमन रावलको लेक लागेर मृत्यु भएको थियो । वैशाख १७ गतेको सर्वदलीय बैठकले जे...
अक्सिजनको अभावमा ८ संक्रमितको ज्यान गयो

अक्सिजनको अभावमा ८ संक्रमितको ज्यान गयो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ३० अक्सिजनको अभावमा कोरोना संक्रमित ८ जनाको रुपन्देही हस्पिटलमा उपचरको क्रममा मृत्यु भएको छ । बिचमै अक्सिजन सकिएर आउनु पर्ने अक्सिजन समेत नआईपुग्दा बिरामीको ज्यान गएको हस्पिटलले जनाएको छ । बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा आईसीयूमा उपचाररत पाँच जना र भीम अस्पतालमा उपचाररत तीन जना संक्रमितको मृत्यु भएको हो । ‘आउनुपर्ने अक्सिजन आउन आधा घण्टा ढिला हुँदा अक्सिजन सप्लाई रोकिएर संक्रमितको मृत्यु हुन पुग्यो’ गएको अस्पतालका प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो । भीम अस्पतालमा लुम्बिनी सांस्कृतिक नगरपालिका–११ का ३९ वर्षीय पुरुष, ओमसतिया गाउँपालिका–२ की ७० वर्षीया महिला र सिद्धार्थनगर नगरपालिका–४ की ४४ वर्षीया महिलाको मृत्यु भएको हो । संक्रमितले प्रयोग गरेका सिलिण्डरमा अक्सिजन सकिएर करिब ८ मिनेटसम्म अक्सिजन सप्लाई हुन नसक्दा उनीहरुले ज्यान गुमाएका हुन...
उदयपुरमा कोरोना संक्रमित २७९ पुग्यो, ७ जनाको मृत्यु

उदयपुरमा कोरोना संक्रमित २७९ पुग्यो, ७ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख २९ । उदयपुरमा आज दुई वडाध्यक्षसहित ३२ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै उदयपुरमा कोरोना संक्रमितको संख्या २७९ पुगेको छ । दुई वडाध्यक्ष त्रियुगा नगरपालिकाका हुन् । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार आज थपिने संक्रमितहरु त्रियुगा नगरपालिकाका १६, कटारी नगरपालिकाका १५ र उदयपुरगढीका १ जना रहेका छन् । कोरोनाका कारण उदयपुरका दुईजनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरुमा त्रियुगा नगरपालिका ५ का ५० वर्षिय महिला रहेकी छिन् । उनको विराटनगरमा उपचारको क्रममा ज्यान गएको हो । त्यसैगरी त्रियुगा नगरपालिकाकै वडा नं. १३ का ३६ वर्षिय युवकले पनि ज्यान गुमाएका छन् । उनको रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । संक्रमित अधिकांशलाई होम आइसोलेशनमा राखिएका छन् । संक्रमित मध्ये २ सय ४३ जना होम आ्इसोलेशनमा छन् भने बाँकीको संस्थागत आइशोलेशनहरुमा उपचार भइरहेको छ ...
उदयपुरमै काेराेनाका जटिल विरामीकाे उपचार कहिलेदेखि हुन्छ ? मेयरसंग प्रश्न | काेराेना खबर अपडेट | २९ वैशाख, २०७८ -भिडियाे संवादसहित

उदयपुरमै काेराेनाका जटिल विरामीकाे उपचार कहिलेदेखि हुन्छ ? मेयरसंग प्रश्न | काेराेना खबर अपडेट | २९ वैशाख, २०७८ -भिडियाे संवादसहित

Breaking News 1, समाचार, स्वास्थ्य
https://youtu.be/2Rdr7Ovm9eE काेराेना खबर अपडेटसंगै अाज २०७८, वैशाख २९ गते चाैदण्डीगढी नगरपािलका, उदयपुरका मेयर खगेन्द्र राइसंग विशेष संवाद गरिएकाे छ । साथै उदयपुर लकडाउनकाे पाँचाैदिन गाइघाटकाे दृष्य तथा मास्क प्रयाेग सम्बन्धी भिडियाे सामाग्री प्रस्तुत छ ।
उदयपुरमा आज थप ३२ जनमा संक्रमण पुष्टि

उदयपुरमा आज थप ३२ जनमा संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २९ उदयपुरमा आज थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार २० पुरुष र १२ महिला गरी ३२ जनामा संक्रण्मा पुष्टि भएको हो । आज थपिका ३२ सहित जिल्लामा कुल संक्रमितको संख्या २७९ पुगेको छ । आज संक्रमित हुनेहरुमा त्रियुगा, कटारी १५  र उदयपुरगढीका रहेको छ । संक्रमण बाट मर्नेको कुल संख्या ७ पुगेको छ भने निको हुनेको संख्या ४ रहेको छ ।  ...
बर्थ–डे पार्टीमा नबोलाएको भन्दै आफ्नै प्रेमिकाको गोली हानी हत्या

बर्थ–डे पार्टीमा नबोलाएको भन्दै आफ्नै प्रेमिकाको गोली हानी हत्या

समाचार
पूर्णपुष्टि, बैशाख २९ अमेरिकामा एउटा अचम्मको घटना घटेको छ । सामान्य कुराले निकै ठुलो क्षती यस घटनाले पुराएको हामि अनुमान गर्न सकिन्छ । अमेरिकाको कोलोराडोमा भएको एक जन्मोत्सव (बर्थडे पार्टी) बन्दुकदारीलाई नबोलाएको निउमा गोलीबारी हुँदा ६ जनाको मृत्यु भएको छ । आफ्नी प्रेमिका सहित प्रेमिकाको ५ जना आफन्तहरुमा गोली चलाई हत्या गरेको हो । २८ वर्षीय टिओडोरो मासियासले आफ्नी २८ वर्षीया प्रेमिका स्यान्ड्रा इबार्रा पेरेज र उनका पाँच आफन्तको गोली हानेर हत्या गरेका हुन् । आफ्नी प्रेमिकासहित ६ जनाको हत्या गरेपछि मासियासले आफैंमाथि पनि गोली चलाएका थिए । प्रहरीका अनुसार बन्दुकधारी व्यक्ति र मृतकको परिवारबीच एक हप्ताअघि विवाद भएको थियो । कोलोराडो प्रहरी प्रमुख भिन्स निस्कीले मंगलबार पत्रकार सम्मेलन गरी ’ती पुरूषलाई पारिवारिक जमघटमा बोलाइएन, त्यसपछि उनले गोली हानेको बताए ।’ प्रहरीका अनुसार स...
अरुणको तेस्रो सुरुङ भित्र ढुङगा लुज खस्दा कामदारको मृत्यु

अरुणको तेस्रो सुरुङ भित्र ढुङगा लुज खस्दा कामदारको मृत्यु

समाचार
पूर्णपुष्टि, बैशाख २९ संखुवासभाको चिचिला गाउँपालिका(३ पुखुवामा निर्माणाधिन अवस्थामा रहेको अरुण तेस्रो जलबिद्युत आयोजनाको म्याट वान पावर हाउसको सुरुङ भित्र ब्लाष्टिङ लोड गर्ने क्रममा माथीबाट ढुङगा लुज खस्दा कामदारको मृत्यु भएको छ । आज बिहान साँढे ८ बजेको समयमा सुरुङ भित्र काम गर्ने क्रममा अचानक ढुङगा९लुज० खस्दा शुक्लाफाँट नगरपालिका(१२ कन्चनपुरका ३७ बर्षीय कृष्ण रानाको घटनास्थलमा नै मृत्यु भएको हो । सोही ढुङगाले लाग्दा अर्का कामदार ५० बर्षीय मिठु राना समेत घाईते भएका छन् । घाईतेलाई उपचारको लागी जिल्ला अस्पताल खाँदवारी पठाईएको तथा घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।    ...
ज्वरोले ११ जनाको मृत्यु भएको जगरनाथपुरको एकै वडामा थप १ सय ७३ जनामा ज्वरो

ज्वरोले ११ जनाको मृत्यु भएको जगरनाथपुरको एकै वडामा थप १ सय ७३ जनामा ज्वरो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख २९ पर्सा, पर्साको जगरनाथपुर गाउँपालिकाको एकै वडामा १ सय ७३ जनामा ज्वरो फैलिएको छ । पालिकामा यो भन्दा पहिले नै १० दिनमा ११ जनाको ज्वरोकै कारण मृत्यु भईसको छ । जगरनाथपुर गाउँपालिकामा पछिल्लो १० दिनमा ११ जनाको मृत्यु भएको गाउँपालिका स्वास्थ्य कार्यालयले जनाएको छ । तीमध्ये ४ जनाले मात्र कोरोना परीक्षण गराएका थिए । मृत्यु हुनेमा ७ जना एउटै टोलका छन् । स्वास्थ्य शाखा प्रमुख प्रभेन्द्रप्रसाद साहले सोही पालिकाको एकै वडा चिलझपटीमा १ सय ७३ जनालाई ज्वरो आएको बताउनुभयो । साहका अनुसार जिल्लाबाट २५ वटा मात्र भीटीएम गएकाले २५ जनाको स्वाब संकलन गरिएको थियो । ११ जना शंकास्पद बिरामीको कोरोना एन्टिजेन परीक्षण गरिएको थियो जसमध्ये ७ जनामा पोजिटिभ देखिएको साहले जनाए । पीसीआर परीक्षणका लागि स्वाब नारायणी अस्पताल ल्याइएको छ । पालिकामा घरैपिच्छे ज्वरो फैलिएपछि मंगलबारदेखि कोरोना परीक...