Sunday, August 9News That Matters

Month: ५ वर्ष अगाडि

प्रदेश १ को उदयपुरसहित पाँच जिल्लामा कोविड उपचार हुने

प्रदेश १ को उदयपुरसहित पाँच जिल्लामा कोविड उपचार हुने

समाचार, स्वास्थ्य
उदयपुर, वैशाख २९ कोरोनाको महामारी बढेसंगै संक्रमितलाई जिल्ला अस्पतालबाटै सेवा दिने व्यवस्था प्रदेश सरकारले गरेको छ । बुधबार बसेको प्रदेशसभा सामाजिक विकास समिति बैठकले उदयपुर, सुनसरी, धनकुटा, पाँचथर र संखुवासभा जिल्ला अस्पतालमा उपचार गर्न सक्ने सबैखाले पूर्वाधार तयार रहेकाले तत्काल कोभिड उपचार सेवा सुरू गर्न निर्देशन दिएको हो । बाँकी जिल्ला अस्पतालमा पनि आवश्यक पूर्वाधार तयार गरी कोविड संक्रमितको उपचार सेवा सुरू गर्न निर्देशन दिएको प्रदेशसभा सामाजिक विकास समितिकी सभापति सरिता थापाले बताउनुभयो । अस्पताल खोज्दाखोज्दै संक्रमितले उपचार नपाएर ज्यान जान थालेपछि जिल्ला अस्पतालमै उपचार सेवाको व्यवस्था गरिने भएको छ । समितिले सबै निजी अस्पतालमा पनि कोविडको उपचार सुरू गर्न निर्देशन दिएको छ । प्रदेश सरकारले गतवर्ष नै स्थापना गरेको कोशी कोभिड अस्पताल हाल बन्द रहेको तथा धरानको विपी स्वास्थ्य विज्ञा...
चौदण्डीगढीमा  वडाअध्यक्ष सहित १३ जनामा संक्रमण पुष्टि

चौदण्डीगढीमा वडाअध्यक्ष सहित १३ जनामा संक्रमण पुष्टि

समाचार
पूर्णपुष्टि, बैशाख ३० चौदण्डीगढी नगरपालिकामा वडाअध्यक्ष सहित १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज (विहिबार) नगरपालिका स्थित २ वडाको २० नागरिकहरुमा गरिएको एन्टिजेन्ट विधिको परीक्षणमा एक वडाध्यक्षसहित १३ जनामा संक्रममण पुष्टि भएको हो । १० नं. वडाको स्वास्थ्य चौकी हडियामा गरिएको परीक्षणमा वडाध्यक्ष सहित १३ जनामा संक्रमण पुष्टि भएको नगर स्वास्थ्य शाखाका उप संयोजक तेजबहादुर पोखरेलले जानकारी दिए । हडियामा संक्रमणको आशंका गरिएका व्यक्तिहरू धेरै हुन सक्ने  अनुमान गरिएको छ । वडाध्यक्षमा सहित संक्रमण पुष्टि भएपछि वडाबाट दिइने सेवाहरू अनिश्चितकालिन बन्द रहने बताइएको छ ।  ...
सगरमाथा आरोहनको क्रममा २ जनाको मृत्यु

सगरमाथा आरोहनको क्रममा २ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, वैशाख ३० सगरमाथा आरोहणको क्रममा दुई आरोहीको बाटोमै मृत्यु भएको छ । स्वीट्रल्याण्डका आरोही अब्दुल वाहेद वारिच, अमेरिकी नागरिक लिउ पुवेईको आज सगरमाथा आरोहणको क्रममा मृत्यु भएको हो । आरोहण पुरा गरि फर्केर साउथ समिटमा बसेका स्वीट्रल्याण्डका आरोही वाहेद वारिचको सोही स्थानमै मृत्यु भएको आधार शिविरबाट पर्यटन बोर्डकी निर्देशक मीरा आचार्यले बताउनुभयो । उनको बसेकै स्थानमा मृत्यु भएको छ । उद्दारका लागि शेर्पा सहयोगी पठाउँदा प्रतिकुल मौसमका कारण जान नसकेको आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेकलाई उधृत गर्दै आचार्यले जानकारी दिनुभयो । त्यसैगरी आज नै अमेरिकी नागरिक पुवेईको समेत क्याम्प ४ मा मृत्यु भएको छ । उनी आरोहणमा जाँदा हिलारी स्टेपमा पुग्दा उनलाई समस्या देखिएको थियो । त्यसपछि चुचुरो नलगी क्याम्प ४ मै फर्काइएको थियो । उनको क्याम्प ४ मा ल्याउँदा बाटोमै ज्यान गएको नि...
जंगली हात्तीको आक्रमणबाट १ जनाको ज्यान गयो

जंगली हात्तीको आक्रमणबाट १ जनाको ज्यान गयो

समाचार
पूर्णपुष्टि, वैशाख ३० झापामा जंगली हात्तीको आक्रमणबाट एकजनाको ज्यान गएको छ । कमल गाउँपालिका–३ का ४४ वर्षीय जित बहादुर लिम्बुको जंगली हात्तीको आक्रमणबाट ज्यान गएको हो । लिम्बुलाई आज बिहान साँढे ५ बजेको समयमा वृक्षारोपन सामुदायीक बन क्षेत्र नजिक  जंगली हात्तीले आक्रमण गर्दा घटनास्थलमा नै ज्यान गएको थियो । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटि गई अनुसन्धान कार्य अगाडी बढाएको छ ।...
नेपालको भयावह कोरोना अवस्था बारे अमेरिकामा छलफल

नेपालको भयावह कोरोना अवस्था बारे अमेरिकामा छलफल

समाचार
पूर्णपुष्टि, बैशाख ३० नेपालमा भएको कोरोना असर बारे अमेरिकामा छलफल भएको छ । अमेरिकी सिनेटअन्तर्गतको वैदेशिक मामिला समितिमा बुधबार नेपालमा कोरोनाको असरबारे छलपल भएको हो । कोभिड–१९ महामारी र अमेरिकाको अन्तर्राष्ट्रिय ‘रेसपोन्स’का बारेमा भएको सुनुवाइ कार्यक्रममा कनेक्टिकट राज्यबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्नुहुने सिनेटर क्रिस मुर्फेले नेपाल लक्षित भएर जिज्ञासा राखेका थिए। उनले नेपालको करिब तीन करोड जनसङ्ख्या कोरोना भाइरसको मारमा परेको भन्दै युएसएआइडीले हालै गरेको सहयोगका बारेमा समेत चर्चा गरे। सिनेटर क्रिसले नेपालमा स्वास्थ्य सामग्रीको निर्यातमा भारतले बन्देज लगाएकाले अवस्था झन नाजुक भएको भन्दै चिन्ता व्यक्त गरे थिए । कोभिड महामारीको लागि युएसएआइडीका लागि वरिष्ठ सल्लाहकार जेरेमी कोन्डयाकले नेपालको अवस्था भयावह भएको उल्लेख गर्दै परीक्षण गरिएका अधिकांशमा कोरोनाको सङ्क्रमण पाइ...
विश्वभर चिनियो नेपाली गीत– फुलबुट्टे सारी

विश्वभर चिनियो नेपाली गीत– फुलबुट्टे सारी

मनोरञ्जन, समाचार
पूर्णपुष्टि, वैशाख ३० नेपालमा अत्यन्तै चलेको एउटा नेपाली गीत फुलबुट्टे सारी विश्वमै चिनिएको छ । यो गीतले देश विदेशका कलाकारहरुलाई समेत लोकप्रिय बनाएको छ । युटुवमा विभिन्न भर्सनमा गायन तथा म्युजिक भिडियो सार्वजनिक भइरहदा सवैले ठुलो मात्रामा भ्युज पाएको छ । यस गीतलाई अफ्रिकन गायिका वियोनसीले गाएपछि विश्वभर फैलिनुका साथै उनी पनि एकाएक चर्चित भइन् । नेपालमा उनले ठुलै सम्मान पाइन भने विदेशी नागरीकहरुले बढो चासोका साथ चिने । साथै उनको स्वरमा सजिएको फुलबुट्टे सारी गीन सुने । उनको गीतको भ्युजले करोड नाघेको छ । यो समाचार तयार पार्दा सम्म १ करोड १ लाख ३१ हजार ९४१ भ्युज रहेको छ । https://youtu.be/2W96nsLFpmI?t=73 नेपाली गाएन भर्सनहरु मध्ये गायिका मिलन नेवारको स्वरको भिडियोले सवै भन्दा बढी भ्युज पाएको छ । ५ करोड ४३ लाख ७ हजार २६१ भ्युज उनको स्वरले सजिएको म्युजिक भिडियोमा रहेको छ ।https://youtu.be/B...
प्रधानमन्त्रीका लागि दावी पेस गर्दै देउवा

प्रधानमन्त्रीका लागि दावी पेस गर्दै देउवा

समाचार
पूर्णपुष्टि, बैशाख ३० बहुमत सहितको नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दावी पेस गर्ने तयारी गरेको छ । ‘बहुमतको सरकारका लागि राष्ट्रपति समक्ष आज दाबी गर्न जाने र त्यसको तयारी भइरहेको काँग्रेस नेता रमेश लेखकले जानकारी दिए । बहुमतको जोडघटाउका लागि विभिन्न तहमा विभिन्न नेताहरुसँग छलफल समेत जारी रहेको लेखकले बताए ।’ देउवाले काँग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निवेदन दिन लागेको लेखकले बताए । देउवाले तीन दलको छलफलमा महामन्त्री पूर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण, नेता ज्ञानेन्द्र कार्की र रमेश लेखकलाई खटाइएको बुझिएको छ ।      ...
बाँकेमा बेलुका देखि बिहान सम्म ९ संक्रमितको मृत्यु

बाँकेमा बेलुका देखि बिहान सम्म ९ संक्रमितको मृत्यु

समाचार
पूर्णपुष्टि, बैशाख ३० बाँकेमा बुधबार बेलुका देखि बिहान ९ बजे सम्म ९ संक्रमितको मृत्यु भएको छ । यो अवस्थामा बाँकेमा संक्रमितको संख्या बत्यादिक ढिरहेको छ । नेपालगन्ज उपमहानगरपालिका–१ की ४३ वर्षीया महिलाको भेरी अस्पतालमामा मृत्यु भएको छ । उनलाई १९ गते अस्पताल भर्ना गरिएको थियो । बर्दिया राजापुर नगरपालिका–६ की ५६ वर्षीया महिलाको भेरी अस्पतालमै मृत्यु भएको छ । उनलाई २९ गते भर्ना गरिएको थियो । गुलरिया नगरपालिका–८ की ३२ वर्षीया महिलाको पनि भेरी अस्पतालमा मृत्यु भएको छ । उनलाई वैशाख १७ गते भर्ना गरिएको थियो । दाङ तुलसीपुर उपमहानगरपालिका–६ का ४३ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । उनलाई २९ गते भर्ना गरिएको थियो । यस्तै बैजनाथ गाउापालिका–६ का ६४ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको छ । उनलाई १९ गते अस्पताल भर्ना गरिएको थियो । दाङ तुलसीपुर उपमहानगरपालिका–५ ...
कोरोना संक्रमित न्यायधीशको निधन

कोरोना संक्रमित न्यायधीशको निधन

समाचार
पूर्णपुष्टि, बैशाख ३० टेकु अस्पताल भेण्डीलेटरमा उपचार भईरहेका कोरोना संक्रमित एक न्यायधीश को निधन भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश बासुदेव लाल श्रेष्ठको कोरोना संक्रमणका कारण निधन भएको हो । ललितपुरको इमाडोल घर भएका उनी दुई हप्तादेखि टेकु अस्पतालमा उपचाररत थिए । कोरोना संक्रमणकै कारण रौतहट जिल्ला अदालतमा नासु पदमा कार्यरत कर्मचारी अनुठा राय यादवको पनि बुधबार नै निधन भएको छ ।  ...
सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गयो

सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गयो

समाचार
पूर्णपुष्टि,वैशाख ३० झापाको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनमा परी दुई जनाको ज्यान गएको छ । कन्काई नगरपालिका–३ मा ट्रकको ठक्करबाट एकजना  पैदलयात्रीको ज्यान गएको छ । पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको मे १ क ४४३ नम्बरको ट्रकले पैदलयात्री कन्काई नगरपालिका–७ की ७१ वर्बाीया कमला माया कामीलाई ठक्कर दिंदा कामीको घटनास्तलमा नै मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यसैैगरी झापाकै मेचीनगर नगरपालिका–१० टिकापुरमा भएको मोटरसाईकल दुर्घटनामा परी चालकको ज्यान गएको छ । बुधवार राती सवा ९ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ६३ प २७९० नम्बरको मोटरसाईकल आफै अनियन्त्रतीत  भई रोडको साईडमा रोकेर राखिएको भारतिय नम्बरको ट्रकमा ठोक्किदा दुर्घटना भएको थियो । सो दुर्घटनामा...