Sunday, August 9News That Matters

Month: ५ वर्ष अगाडि

नेपालमा काेराेना संक्रमित ४ लाख ३१ हजार, पछिल्लाे २४ घण्टामा २ सय १४ जनाकाे मृत्यु

नेपालमा काेराेना संक्रमित ४ लाख ३१ हजार, पछिल्लाे २४ घण्टामा २ सय १४ जनाकाे मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख ३० । देशभर कोरोना संक्रमितको संख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेको छ भने मृत्यु हुनेको संख्या ४ हजार ४सय ३६ पुगेको छ । ८ हजार ९ सय ६० जना थपिएसंगै संक्रमितको संख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेको हो । कोरोनाका कारण पछिल्लो २४ घण्टामा २ सय १४ जनाले ज्यान गुमाएसंगै मृत्यु हुनेको संख्या ४ हजार ४ सय ६६ पुगेको हो । आज ५ हजार ५५ थपिएसंगै देशभर निको हुनेको संख्या ३ लाख २१ हजार ५ सय १८ पुगेको स्वास्थ्य तथा जनसंख्या मञ्त्रालयले जनाएकाे छ। विश्वभर कोरोना संक्रमितको संख्या १६ करोड ११ लाख ३९ हजार २ सय ५५ पुगेको छ । विश्वमा मृत्यु हुनेको संख्या ३३ लाख ४७ हजार ३४ छ भने निको हुनेको संख्या १३ करोड ८९ लाख ६५ हजार ३ सय १६ रहेको छ ।...
विवाहकाे कारण उदयपुरमा बढ्याे संक्रमण, अव देवाली, साकेला पनि राेकिने

विवाहकाे कारण उदयपुरमा बढ्याे संक्रमण, अव देवाली, साकेला पनि राेकिने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख ३० । विवाहका कारण उदयपुरमा कोरोना संक्रमण फैलिएको ठहर भएको छ । जिल्ला कोभिड संकट ब्यवस्थापन समितिले हालसम्मको अवस्थाको विश्लेषण गर्दै यस्तो निश्कर्ष निकालेको हो । समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी सेढाईका अनुसार कन्ट्राक टे«सिङ तथा जिल्लाको विभिन्न पालिकामा गरिएको परिक्षणको आधारमा विवाहका कारण कोरोना संक्रमण फैलिएको निष्कर्ष निकालिएको हो । प्रशासनकाे अध्यायन अनुसार विवाहमा मानिसहरू स्वास्थ्य मापदण्ड नै नअपनाउने गरेकाे पाइएकाे छ । काेराेनाकाे बेला पनि अन्य सामान्य बेला जस्तै विवाहमा जमघट हुने, खानेबस्ने, नाँचगान गर्ने गर्दा नजिक हुने, टाँसिने, एकअर्कामा छुने भएर एक, दुइ संक्रमितबाट धेरैलाइ सरेकाे पाइएकाे छ । अहिलेसम्मकाे एन्टिजेन र पिसिअार परिक्षणमा बढिजसाे विवाहकाे कन्ट्राक ट्रेसिङकालाइ काेराेना पाेजेटिभ देखिएकाे छ । परिक्षणकाे झण्डै पचास प्रतिशत विवाहका कार...
उदयपुरमा थप कडाइसहित लकडाउन थपिने, संक्रमितको संख्या ३ सय नाघ्यो

उदयपुरमा थप कडाइसहित लकडाउन थपिने, संक्रमितको संख्या ३ सय नाघ्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख ३० । उदयपुरमा आज ३५ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै उदयपुरमा कोरोना संक्रमितको संख्या ३१६ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार आज थपिने संक्रमितहरु त्रियुगा नगरपालिकाका २७, चौदण्डीगढी नगरपालिकाका ८ रहेका छन् । त्यसैगरी लिम्चुङबुङ गाउँपालिकाका अनुसार सो पालिकामा २ जना संक्रमित पुष्टि भएका छन् । कोरोनाका कारण उदयपुरका ज्यान गुमाउनेको जम्मा संख्या ७ रहेकोमा आज संख्या थपिएको छैन । संक्रमितहरु मध्ये २ सय २७८ जना होम आ्इसोलेशनमा छन् भने ३६ जनाको संस्थागत आइशोलेशनहरुमा उपचार भइरहेको ‘छ । लिम्चुङबुङका दुई संक्रमित पनि होम आइसोलेशनमै रहेका छन् । उदयपुरमा कोरोना संक्रमितको संख्या त्रियुगा नगरपालिकामा उच्च कायमै छ । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार आज २७ जना थपिएसंगै जम्मा संक्रमित १ सय ७३ जना संख्या पुगेको छ । पछिल्लो २४ घण्टामा चौदण्डीगढी ...
काेराेना खबर अपडेट | ३० वैशाख, २०७८ | उदयपुरमा काेराेना संक्रमित ३०० नाघ्याे, पुन लकडाउन थपिने, काेराेनाबाट बच्ने सशस्त्र प्रहरी उपरिक्षक सुधिर सुवेदीकाे मुलमन्त्र  – भिडियाे संवादसहित

काेराेना खबर अपडेट | ३० वैशाख, २०७८ | उदयपुरमा काेराेना संक्रमित ३०० नाघ्याे, पुन लकडाउन थपिने, काेराेनाबाट बच्ने सशस्त्र प्रहरी उपरिक्षक सुधिर सुवेदीकाे मुलमन्त्र – भिडियाे संवादसहित

समाचार, स्वास्थ्य
https://youtu.be/HoBJ-39h9dg?t=21 यस भिडियाेकाे काेराेना खबर हेडलाईन्स... १. उदयपुरमा कोरोना संक्रमित ३ सय नाघ्यो २. संक्रमितको संख्या त्रियुगा नगरपालिकामा उच्च कायमै, त्रियुगामा मात्र पुग्यो १७३ ३. उदयपुरमा लकडाउन थपिने, थप कडाई गरिने ४. विवाहका कारण उदयपुरमा कोरोना संक्रमण फैलिएको प्रशासनको ठहर ५. सुरक्षा प्रमुखहरुबाट कोरोना अस्पताल बेल्टारको अनुगमन, अक्सिजन सिलिण्डर बृद्धि गर्ने ६. देशभर संक्रमितको संख्या ४ लाख ३१ नाघ्यो, आज पछिल्लो २४ घण्टामा गुमाउनेको संख्या २१४ ७. विश्वमा संक्रमितको संख्या १६ करोड, ११ लाख ३९ हजार, २ सय ५५ र निको हुनेको संख्या १३ करोड ८९ लाख ६५ हजार ८. विशेष संवाद : सशस्त्र प्रहरी बल नेपाल, नं. ५ गण, हेडक्वाटर, त्रियुगा उदयपुरको प्रमुख सशस्त्र प्रहरी उपरिक्षक सुधिर सुवेदी ९. लकडाउनको छैटौ दिन गाईघाट बजारको झलक र एक आयुर्वेदिक बैद्य अनिल क...
सम्राट आयुर्वेध औषाधलयले कोरोना संक्रमितहरुलाई निशुल्क रोग प्रतिरोधात्मक औषाधि वितरण गर्ने

सम्राट आयुर्वेध औषाधलयले कोरोना संक्रमितहरुलाई निशुल्क रोग प्रतिरोधात्मक औषाधि वितरण गर्ने

समाचार
पूर्णपुष्टि, बैशाख ३० सम्राट आयुर्वेध औषाधलय गाईघाटले निशुल्क आयुर्वेध औषधी वितरण गर्दै छ । कोरोना संक्रमित विरामिहरुलाई बिभिन्न किसिमको समिस्रण रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी वितरण गर्न लागेको सम्राट आयुर्वेध औषाधलयका प्रोपाईटर प्रभु कटुवालले बताउनुभयो । कटुवालले आयुर्वेध औषधी सेवनले इम्युनिटि पावर बढाउने हुनाले कोरोना संक्रमितहरु चाँडै निको हुने र बिरामीलाई सहज बनाउने बताउनुभयो । कोरोनाले निकै असहज बनाएको अवस्थामा रोगप्रतिरोधात्मक क्षमता बृद्धि गर्ने हुनाले यो औषधी अहिले महत्वपूर्ण र मानव जिवन रक्षाका लागि अतिआवश्यक रहेको बताउनुभयो । ७ प्रकार भन्दा बढी औषधीहरु समिस्रन गरी बनाइएको औषधीमा कोरोना उपचारको लागि निकै उपयोगी रहेको कटुवालले बनाउनुभो ।  ...
कोरोनाबाट मोरङमा थप ६ जनाको ज्यान गयो

कोरोनाबाट मोरङमा थप ६ जनाको ज्यान गयो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख ३० मोरङका विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमित थप ६ जनाको आज बिहान ज्यान गएको छ । विराटनगरको नोबेल शिक्षण अस्पतालमा ३, कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा २ र मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा १ जनाको ज्यान गएको हो । मृत्यु हुनेमा विराटनगरका २ जना तथा ललितपुर, सप्तरी, सुुनसरी र मोरङको उर्लाबारीका १÷१ जना रहेकाछन् । नोबेल शिक्षण अस्पतालमा मोरङको उर्लाबारी नगरपालिका–२ का ४६ वर्षीय पुरुषको बिहानको राति १ बजेतिर ज्यान गएको छ । अस्पतालकाअनुसार कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि वैशाख २८ गते अस्पताल भर्ना गरिएको थियो । त्यसैगरी सुनसरीको इनरुवा नगरपालिकाकी १८ वर्षीया युवतीको बिहान ४ ः ४० बजेतिर नोबेलमै ज्यान गएको छ । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि २८ गते नै भर्ना गरिएको जानकारी अस्पतालले दिएको छ । सप्तरीको कन्चनपुर–८ का ...
बिहेको भोज गराएको आरोपमा २ बेहुला पक्राउ

बिहेको भोज गराएको आरोपमा २ बेहुला पक्राउ

समाचार
पूर्णपुष्टि, वैशाख ३० कोरोना भाइरस कोभिड–१९ को संक्रमण बढेसंगै निषेधाज्ञा गरेको समयमा बिहे भोजको आयोगना गरेको आरोपमा पर्वतबाट दुईजना बेउला पक्राउ परेका छन् । कोरोनाको हस्पट जलजला गाउँपालिका–२ का २३ वर्षीय प्रदीप परियार र २४ वर्षीय राजकुमार परियार पक्राउ परेका हुन् । मंगलबार बिहे गरेका उनीहरुले बुधबार एकै ठाउँमा भीड गरेर भोज चलाएको सूचना पाएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी पर्वतले जनाएको छ । प्रहरीकाअनुसार उक्त गाउँमा कोरोनाका सक्रिय संक्रमित ७५ जना हरेका छन् । जिल्ला प्रशासन कार्यालयले बिहे तथा काजक्रियामा १० जना मात्रै सहभागी हुने आदेश जारी गरे पनि बिहेभोजमा ३०–४० गाउँले भेला भएको प्रहरीले जनाएको छ । प्रहरी पुगेपछि भोजमा सहभागी भागाभाग भएका थिए । सबै भागेपछि दुईजना बेहुलालाई समातेर आवश्यक कारबाही अगाडी बढाएको प्रहरीले जनाएको छ । स्वास्थ्य मापदण्ड पालना नगरी...
चौदण्डीगढीमा सुत्केरीलाई पोषण सामाग्री वितरण

चौदण्डीगढीमा सुत्केरीलाई पोषण सामाग्री वितरण

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख ३० चौदण्डीगढी नगरपालिकाका सुत्केरी महिलाहरुलाई ‘जनतासंग उप मेयर’ कार्यक्रम अन्तर्गत पोेषण सामाग्री वितरण गरिएको छ । गत आर्थिक वर्ष झै यो चालु आर्थिक वर्षमा पनि पालिकाले प्रत्येक वडाको गाउँ, टोलवस्तिहरुमा रहेका सुत्केरीहरुका लागि पोषण युक्त खाद्य सामग्री वितरण कार्यक्रमलाई निरन्तरता दिएको छ । पालिकाले बहुपोषण क्षत्रीय कार्यक्रम अनुसार पोषण प्याकेज वितरण कार्यत्रक्रमलाई निरन्तरता दिएको हो । जेठी मन्सुली चामल, मुसुरी दाल, तोरीको तेल, डेरी घ्यू, मेथी, जिरा, धनिया साबुन, आयोडीन युक्त नुन, ज्वानो लगायतका पोषण सामग्रीहरु सुत्केरीलाई प्राप्त गरिएको छ । बुधबारमात्रै तीन वटाहरुमध्ये ५ नं. मा १ सय २० जना, ९ नं. मा ४५ जना  र १० नं.मा ३० जना सुत्केरी महिलाहरूलाई कोशेली प्याकेज  वितरण गरिएको नगर स्वास्थ्य शाखाले जनाएको छ । बाँकी वडाहरुमा पनि आलोपालो वितरण गरिने स्वास्थ्य शाखा...
उदयपुरमा आज ३५ जनामा कोरोना संक्रमण

उदयपुरमा आज ३५ जनामा कोरोना संक्रमण

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ३० उदयपुरमा आज थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार १४ महिला र २१ पुरुषमा कोरोना संक्रमण देखिएको हो । आज थप ३५ जना संक्रमित थपिए सँगै जिल्लामा कुल संक्रमितको संख्या ३११ पुगेको छ । आज पनि त्रियुगामा सबै भन्दा बढी संक्रमित २६ जना रहेको छ भने चौदण्डीगढीमा ९ जना संक्रमित थपिएको छ । आज मुत्यु र निको हुनेको संख्या भने बढेको छैन् । हाल निको हुनेको संख्या हिजोकै एथावत ४ रहेको छ भने मृत्युको पनि ७ रहेको छ ।  ...
वर्ल्ड लिंकका संञ्चालक बिजय जलानको कोरोना संक्रमण बाट निधन

वर्ल्ड लिंकका संञ्चालक बिजय जलानको कोरोना संक्रमण बाट निधन

समाचार
पूर्णपुष्टि, बैशाख ३० बहुचर्चित तथा अत्यादिक प्रयोगमा आएको इन्टरनेट सेवा वल्र्ड लिंकका संञ्चालन विजय जलानको कोरोना संक्रमणका कारण निधन भएको छ । ४७ बर्षिय जलानलाई दुई साता अघि कोभिड–१९ को संक्रमणको आशंका गरिको थियो । तत्काल कोरोना परिक्षण गराएका जलानको रिर्पोट पोजेटिभ आएपछि अस्पताल भर्ना भएका थिए । उनको उपचारकै क्रममा बिहिबार विहान मृत्यु भएको हो । वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक तथा निर्देशक र कम्पनीको संस्थापक समेत रहेका जलानको बिहिबार काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।  ...