एकै परिवारका ३ कोरोना संक्रमितको मृत्यु, बिहेको क्रममा संक्रमण फैलिएको आशंका
पूर्णपुष्टि, बैशाख ३१
नेपालमा कोरोना संक्रमण ह्वातै बढेको छ । पहिले ३ जना मर्दा त्रास फैलिरहेको नेपाल आज एकै परिवारको ३ जना मर्दा पनि सहन बाध्य छ । यसै शिलशिलामा बाग्लुङमा एकै परिवारको ३ संक्रमितले ज्यान गुमाएको छ । जिल्लाको बडिगाड गाउँपालिकामा कोभिड संक्रमणबाट ८७ वर्षिय पिताको निधन भएको एक सातापछि दुई छोराको पनि कोरोना संक्रमण पस्चात उपचारकै क्रममा मृत्यु भएको हो ।
मृतकका पिताको यसअघि कोरोना संक्रमण पुष्टि भएर स्वास्थ्य जटिलता भएपछि धौलागिरी अस्पतालमा ८७ वर्षको उमेरमा यही वैशाख २३ गते उपचारका क्रममा मृत्यु भएको थियो ।
धौलागिरी अस्पतालमा उपचारत बडिगाड गाउँपालिका–४ का ४० वर्षको पुरुषको गए राती मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए। बुटवल बस्दै आएका ५२ वर्षीय जेठो छोराको भने गण्डकी अस्पताल पोखरामा उपचारकै क्रममा गए रातीनै मृत्यु भएको हो। उन...








