Sunday, August 9News That Matters

Month: ५ वर्ष अगाडि

उदयपुरमा सबैजसाे क्षेत्रका मानिसमा संक्रमण फैलियाे

उदयपुरमा सबैजसाे क्षेत्रका मानिसमा संक्रमण फैलियाे

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख ३१ । विश्व महामारीको रुपमा फैलिएको नयाँ प्रकारको कोरोनाले उदयपुरको सबै क्षेत्रका मानिसलाई संक्रमित पारेको छ । सर्बसाधारण नागरिकदेखि स्वास्थयकर्मी, राष्टसेवक कर्मचारी, शिक्षक, ब्यवसायी, संचारकर्मी, जनप्रतिनिधि लगायत सबै क्षेत्रमा संक्रमण फैलिएको स्थानीय प्रशासनले जनाएको छ । उदयपुरमा कोरोना समुदायस्तरमा नै तिब्र फैलिएकाले सबै क्षेत्रलाई छोएको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईले बताउनुभयो । समुदायस्तरमै फैलिएकाले कोरोना संकट जिल्लामा देखिएको छ । यसबेला सबै नागरिकले सचेत र सतर्क भई आप्mनो ठाउँबाट नियन्त्रणमा भूमिका खेल्नुपर्ने हुन्छ । प्रशासनले सबै नागरिकलाई यसप्रति अनुरोध गर्दै लापरवाही नगर्न र घरमा बस्न आव्हान गरेको छ । निशेधाज्ञको पूर्ण पालना गर्दै कोरोना विरुद्ध लड्न आव्हान गरेको छ ।...
निशेधाज्ञमा के गर्न पाइने, के नपाइने ? प्रशासनकाे यस्ताे छ निर्देशन -Purnapusti Khabar

निशेधाज्ञमा के गर्न पाइने, के नपाइने ? प्रशासनकाे यस्ताे छ निर्देशन -Purnapusti Khabar

Breaking News 1
पूर्णपुष्टि, वैशाख ३१ । उदयपुरमा कोरोना संक्रमण तिब्र बढ्दै गएपछि निशेधाज्ञ थपिएको छ । भरै राती १२ बजेदेखि लागु हुने गरी ७ दिनका लागि निशेधाज्ञ जारी भएको हो । गत २४ गते जारी भएको निशेधाज्ञ आज सकिए लगत्तै अर्को ७ दिनका लागि जारी भएको हो । जिल्लाभर लागु हुनेगरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६,३ र संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम प्रमुख जिल्ला अधिकारीबाट निशेधाज्ञ जारी भएको हो । निषेधित कार्यहरु प्रशासनले प्रष्ट रुपमा सार्वजनिक गर्दै कडाइ गर्ने जनाएको छ । सार्बजनिक आवागमन, भेला, जमघट, सभा, समारोह निषेध छ । खेलकुद, नाचगान, मेला, जात्रा, भोजभतेर, हाटबजार बन्द गरिएको छ । मन्दिर, गुम्बा, चैत्य, विहार, मस्जिद, चर्च आदिमा भेला हुन रोक छ । सामुहिकरुपमा आश्रय लिइ बस्न र भेला हुन पनि निषेध छ । जुलुस, प्रदर्शन, तालिम, गोष्टी बन्द छ । यसका साथै रंगशाला, कवर्डहल, खेलकुद स्थान, मनोरन्जन स्थान, ज...
काेराेना खबर अपडेट  | ३१ वैशाख, २०७८ | पहाडतिर समुदायमा फैलिएकाे संक्रमणबारे वडाध्यक्षसंग भिडियाे संवादसहित

काेराेना खबर अपडेट | ३१ वैशाख, २०७८ | पहाडतिर समुदायमा फैलिएकाे संक्रमणबारे वडाध्यक्षसंग भिडियाे संवादसहित

समाचार, स्वास्थ्य
https://youtu.be/Uk1sYp559lk १. उदयपुरमा पछिल्लो २४ घण्टामा थप ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये १४ महिला र ३६ पुरुष रहेका छन् । त्रियुगा नगरपालिकामा २१ जनामा संक्रमण पुष्टि भएको छ । चौदण्डीगढी नगरपालिमा ११ जनामा संक्रमण देखिएको छ । त्येसैगरी बेलका नगरपलिकामा ६ जना, लिम्चुङबुङ गाउँपालिकामा ७ जना र उदयपुरगढी गाउँपालिकाका १ जनामा संक्रमण देखिएको हो । यो संगै जिल्लामा संक्रमितको संख्या ३ सय ६१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । जिल्लामा कोरोनाबाट आज कसैको पनि ज्यान गएको छैन र कोरोना जितेर निको हुनेको संख्या पनि थपिएको छैन । स्वास्थ्य कार्यालयको तथ्याङकअनुसार जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ र निको हुनेको संख्या ४ रहेको छ । संक्रमितहरु मध्ये ३ सय २० जना होम आ्इसोलेशनमा छन् भने २३ जनाको संस्थागत आइशोलेशनहरुमा उपचार भइरहेको छ । २. ज...
माटोको ढिस्कोले पुरिदा आमा छोराको ज्यान गयो

माटोको ढिस्कोले पुरिदा आमा छोराको ज्यान गयो

समाचार
पूर्णपुष्टि, बैशाख ३१ माटोको ढिस्कोमा पुरिदा बाग्लुङमा आमा छोराको ज्यान गएको छ । फलाँटेचौरमा घर पोत्ने माटो लिन पुगेका आमाछोराको माटोको ढिस्कोले ज्यान लिएको हो । निसीखोला गाउँपालिका–२ फलाँटेचौर रातमाटाकी ३३ वर्षीया भवी कुवँर र उनका छोरा १४ वर्षका सुरेशको पुरिएर मृत्यु भएको वडाध्यक्ष कुविर विश्वकर्माले जानकारी दिए । घटना शुक्रबार दिउँसो साढे दुई बजे भएको हो । अहिले इलाका प्रहरी कार्यालय झिवाखोलाका प्रहरी प्रमुख जयराम वन्तसहितको टोली घटनास्थलमा पुगेको छ । प्रहरी र स्थानीयवासीको सक्रियतामा माटोले पुरिएका शव निकालिएको प्रहरी निरीक्षक विजय भण्डारीले बताए ।  ...
त्रिनपाको १६ नं वडामा एक शिक्षक र टोल विकासका अध्यक्ष सहित १५ जनामा संक्रमण पुष्टि

त्रिनपाको १६ नं वडामा एक शिक्षक र टोल विकासका अध्यक्ष सहित १५ जनामा संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, बैशाख ३१ त्रियुगा नगरपालिकाको माथिल्लो पहाडी भागमा पनि कोरोना संक्रमण तिव्र देखिएको छ । वडा नं १६ मा हिजो र आज गरी १५ जनामा संक्रमण पुष्टि भएको छ । वडाको बेल्दोभान, जाँते, सरस्वती र तिनतले क्षेत्रमा संक्रमण देखिएको हो । वडा अध्यक्ष मानवहादुर राईका अनुसार त्यस क्षेत्रमा ठुलो संख्यामा ज्वरो आएको खवर पछि हिजो ५ जनाको नमुना परिक्षण गरिएको थियो । नगरपालिकामा बोलाई परिक्षण गरिदा ५ जनामै संक्रमण पुष्टि भएको थियो । लगत्तै वडाले आज स्वास्थ्यकर्मीको टोली आधारभूत विद्यालय बेल्दोवानमा लगी २३ जनाको परिक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको छ । गाउँमा अन्य बिरामीहरु पनि रहेको वडाको अन्य ठाउँहरुबाट पनि ज्वरोको खबर आईरहेकाले वडामा समुदायु भित्र कोरोना संक्रमाण फैलिएको वडाअध्यक्ष राईले बताउनुभयो । वडाको संक्रमित क्षेत्र खासगरी बेल्दोभान र आसपासको ठाउँलाई कोरोना संकट क्षेत्र घोषणा गर्...
उदयपुरमा थप ५० जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ३६१ पुग्यो

उदयपुरमा थप ५० जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ३६१ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, वैशाख ३१  उदयपुरमा आज थप ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा  संक्रमितको संख्या ३ सय ६१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । संक्रमित मध्ये १४ महिला र ३६ पुरुष रहेका छन् । त्रियुगा नगरपालिकामा ४ जना महिला र १७ जना पुरुष गरी जम्मा २१ जनामा संक्रमण पुष्टि भएको छ । चौदण्डीगढी नगरपालिमा ३ जना महिला र ८ जना पुरुषसहित ११ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयको तथ्याङकले देखाएको छ । त्येसैगरी बेलका नगरपलिकामा ३ महिला र ३ पुरुष गरी ६ जनामा संक्रमण पुष्टि भएको छ भने लिम्चुङबुङ गाउँपालिकामा ४ महिला र ३ पुरुषसहित ७ जना संक्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ । रौतामाई गाउँपालिकामा ४ जना पुरुष र उदयपुरगढी गाउँपालिकाका १ जना पुरुषमा संक्रमण देखिएको हो । जिल्लामा कोरोनाबाट आज कसैको पनि ज्यान गएको छैन र कोरोना जितेर निको हुने...
मोरङमा थप ९ कोरोना संक्रमितको ज्यान गयो

मोरङमा थप ९ कोरोना संक्रमितको ज्यान गयो

समाचार
पूर्णपुष्टि, वैशाख ३१ मोरङमा थप ९ जना कोरोना संक्रमितले ज्यान गुमाएको छ । सात जनाको आज बिहान र दुई जनाको हिजोसाँझ ज्यान गएको हो । मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा २, विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ३ र नोबेल शिक्षण अस्पतालमा ४ जनाले ज्यान गुमाएको छ । ज्यान गुुमाउनेमा १ वृद्धा महिला र ३ जना वृद्ध पुरुष रहेका छन् । नोबेल शिक्षण अस्पतालमा आज बिहान ६ः३० बजेतिर विराटनगर महानगरपालिका–१६ की ७४ वर्षीया वृद्धा महिलाको ज्यान गएको छ । पीसीआर परीक्षण गराउँदा वैशाख २७ गते उनको रिपोर्ट पोजिटिभ आएको थियो । कोरोना पुष्टि भए पनि होम आइसोलेसनमै रहेकी उनलाई श्वास फेर्न गाह्रो भएर स्वास्थ्यमा समस्या थपिएपछि बिहान अस्पताल लगिएको हो । उपचारका लागि ल्याएको केही बेरमै चिकित्सकले मृत घोषित गरेको अस्पतालले जनाएको छ । सुनसरीको धरान उपमहानगरपालिका–१ का ३८ वर्षीय पुरुषको पनि नोब...
२ घण्टामा ५ संक्रमितको मृत्यु

२ घण्टामा ५ संक्रमितको मृत्यु

समाचार
पूर्णपुष्टि, बैशाख ३१ बाँकेमा २ घण्टाको अवधिमा ५ संक्रमितले ज्यान गुमाएको छ । दाङको शान्तिनगर गाउँपालिका–५ का ३७ वर्षीय पुरुषको भेरी अस्पतालमा शुक्रबार बिहान १०ः३० बजे मृत्यु भएको हो । उनीमा वैशाख २१ गते संक्रमण पुष्टि भएको थियो । बाँकेको खजुरा गाउँपालिका–२ की ५३ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा बिहान १०ः३० बजे नै मृत्यु भएको हो । उनीमा वैशाख १९ गते संक्रमण पुष्टि भएको थियो । यसैगरी कोहलपुर नगरपालकिा–२ बाँकेकी ५० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बिहान ११ः३० बजे मृत्यु भएको छ । उनीमा वैशाख २० गते संक्रमण पुष्टि भएको थियो । बर्दियाको बासगढी नगरपालिका–५ का ५० वर्षीय पुरुषको भेरी अस्पतालमा बिहान ११ः४५ बजे मृत्यु भएको ओलीले बताए । उनीमा वैशाख १८ गते संक्रमण पुष्टि भएको थियो । सल्यानको सिद्ध कुमाख–४ की ४० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज श...
निषधाज्ञाको समयमा बढ्यो अपाङ्गता महिलामाथि यौन अपराध

निषधाज्ञाको समयमा बढ्यो अपाङ्गता महिलामाथि यौन अपराध

समाचार
पूर्णपुष्टि, वैशाख ३१ कोरोनाको क्रस फैैलिएसंगै संक्रमण फैलन नदिन जारी निषेधाज्ञामा अपांगता भएका महिला, बालिका, किशोरी यौन हिंसा तथा बलात्कारमा पर्ने घटनाहरु बढेको छ । बहुअपांगता, बौद्घिक अपांगता, बहिरा अपांगता, शारीरिक अपांगता भएका बालिका, महिला, किशोरी सहजै भाग्न नसक्ने र आफूमाथि भएको अपराध सहजै भन्न नसक्ने, भने पनि बुझाउन नसक्ने हुँदा अपराधीको शिकार भएका छन् । वैशाख ९ गते बनेपाको भैंसेपाटीमा बौद्धिक अपांगता (डाउन सिन्ड्रोम) भएकी २७ वर्षीया लीला तामाङ (परिवर्तित नाम) बलात्कृत भइन् । काममा गएकी आमा छोरीलाई खाजा खुवाउन डेरा आउँदा छिमेकी ठूलोकान्छा भन्ने देव दोर्जे लामाले बलात्कार गरेको भेटेपछि छिमेकीको सहयोगमा पक्राउ गरी बनेपा प्रहरीमा बुझाएका थिए । पीडक लामा वैशाख ३० गते कारागार चलान भएका छन् । त्यसैगरी वैशाख १६ गते दिउँसो सर्लाही हरिवनकी २८ वर्षीया मुना कार्की (परिवर्तित नाम) बला...
उदयपुरमा थप कडाईका साथ जेठ ७ गते सम्म निषेधाज्ञा थपियो

उदयपुरमा थप कडाईका साथ जेठ ७ गते सम्म निषेधाज्ञा थपियो

समाचार
पूर्णपुष्टि, बैशाख ३१ उदयपुरमा निषेधाज्ञा एक हप्ताको लागि थपिएको छ । कोरोना ंसंक्रमण थपिदै गर्दा निषेधाज्ञा थप्नु परेको हो । निषेधाज्ञालाई थप कडाई गरी लागु गर्ने जिल्ला प्रमुख अधिकारी तुलसीराम सेडाईले बताउनुभयो । बिभिन्न क्षेत्रहरुलाई मध्यनजर गरी आवश्यकीय अनुसार निषेधाज्ञा थप गरिएको सेडाईले बताउनुभयो । निषेधाज्ञामा अत्यावश्यक खाद्य, फलफुल तरकारी जस्ता सामागी्रहरु बाहेक अन्य व्यापार व्यवसायहरुलाई बन्द गरिने जनाएको छ । यस्ता अत्यावश्यक खाद्यन्न तथा फलफुलहरुलाई नेपाल सरकारले तोकेको सुरक्षा तथा स्वास्थ्य मापदण्ड अनुरुप बिहान ६ बजे देदि १० बजे सम्म मात्र संञ्चालन गर्न पाईने छ । अत्यावश्यक एम्वुलेन्स, खानेपानी, इन्धन, औषधी तथा स्वास्थ्य, लुव्रिकेन्ट, खाद्यन्न, तरकारी फलफु, दुग्ध जन्य पदार्थ, मासुजन्य, बस्तु बोकेको सवारी, बैँक बित्तिय, इन्टरनेट दुरसञ्चार,  क्वारेन्टीन, विद्युत, रेडक्र...