उदयपुर काेराेना संकटकाे घेराबन्दीमा | काेराेना खबर अपडेट-उदयपुर | १ जेठ , २०७८ -भिडियाे
https://youtu.be/SZb5hwcfd_8
पूर्णपुष्टि, जेठ १ ।
उदयपुरमा पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा १५ महिला ३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टाको परिक्षणमा महिलाको संख्या बढि आएको हो । योसंगै जिल्लामा संक्रमितको संख्या ३ सय ७९ पुगेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । संक्रमितहरु मध्ये ३ सय ३६ जना होम आ्इसोलेशनमा छन् भने ४३ जनाको संस्थागत आइशोलेशनहरुमा उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना जितेर १० जना निको भएका छन् । यो संगै जिल्लमा कोरोना जितेर निको हुनेको संख्या १४ पुगेको छ । जिल्लामा कोरोनाबाट आज कसैको पनि ज्यान गएको छैन । यसअघि भने ७ जनाको ज्यान गइसकेको छ । जसमा त्रियुगा नगरापलिकाको ४, चौदण्डीगढी नगरपालिकाको २ र कटारी नगरपालिकाको १ जना रहेका छन् ।
जिल्लामा कोरोना संक्रमितलाई उपचारका लागि ५ अस्पतालमा १ सय ३८ वटा बेड रहेका ...









