Sunday, August 9News That Matters

Month: ५ वर्ष अगाडि

बालिका करणीको आरोपमा बिरबहादुर पक्राउ

बालिका करणीको आरोपमा बिरबहादुर पक्राउ

समाचार
 पूर्णपुष्टि, जेष्ठ २ बालिका करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका–५ छालिङबाट ५२ वर्षीय भीमबहादुर बनलाई माहानगरिय परिसर भक्तपुरले पक्राउ गरेको हो । बनलाई १४ बर्षिया बालिका करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । बनले ती बालिकालाई सोही ठाउँको टहरामा करणी गरेको भन्ने खबर प्राप्त भएकाले पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।    ...
बिराटनगरको तिन हस्पिटलमा १३ घण्टामा १२ जना संक्रमितको मृत्यु

बिराटनगरको तिन हस्पिटलमा १३ घण्टामा १२ जना संक्रमितको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ २ बिराटनगरको कोशि अस्पताल, नोबेल मेडिकल कलेज र बिराट मेडिकल कलेजमा १३ घण्टा १२ संक्रमितले ज्यान गुमाएको छ । नोबेलमा ७, कोशीमा ३ र विराट अस्पतालमा २ जनाको मृत्यु भएको हो । शनिबार दिउँसो ३ बजेदेखि आइतबार बिहान ४ बजेसम्म यी संक्रमितहरुको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा १ बिभिन्न जिल्लाहरु उदयपुर, मोरङ, सिराहा, इलामका रहेका छन् । नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार मोरङको पथरीशनिश्चरे नगरपालिका–१ की ६४ वर्षीया वृद्धा महिलाको बिहान १ बजे मृत्यु भएको छ। उनलाई वैशाख २३ गते अस्पताल भर्ना गरिएको थियो । विराटनगर महानगरपालिका–१ का ३५ वर्षीय पुरुषको राति ११ः३० बजे मृत्यु भएको छ । पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएका उनलाई उपचारका लागि शनिबार दिउँसो मात्रै अस्पताल भर्ना गरिएको थियो । उदयपुरको बेलटारका ५६ वर्षीय पुरुषको राति १०ः५६ बजेतिर नोबेलमै मृत...
कोरोना संक्रमणबाट एक पत्रकारको निधन

कोरोना संक्रमणबाट एक पत्रकारको निधन

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ २  कोरोना भाइरस कोभिड–१९ को दोस्रो भेरियन्टको संक्रमणबाट बाँकेका नेपालगञ्जमा कार्यरत एक पत्रकारको निधन भएको छ । नेपालगञ्जबाट प्रकाशित तथा सञ्चालनमा रहेको खबर नेपालगञ्ज दैनिक र खबर नेपालगञ्ज डटकमका सम्पादकसमेत रहेका रईश साईको शनिबार उपचारका क्रममा शिक्षण अस्पताल नेपालगञ्जमा ज्यान गएको हो । नेपालगञ्ज निवासी स्व साईको शनिबार नै इस्लामिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । दोस्रो भेरियन्टको कोरोना कहरबाट जोगिनका लागि पत्रकार महासङ्घ बाँके तथा पत्रकार निकट सङ्घसंस्थाले स्वास्थ्यको पूर्ण पालना गर्दै सञ्चार कर्म गर्न आग्रहसमेत गरेका छन् ।...
बाँकेमा कोरोना संक्रमित थप ८ जनाको मृत्यु

बाँकेमा कोरोना संक्रमित थप ८ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि,जेष्ठ २  बाँकेमा थप ८ जना संक्रमितको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार मृतकमध्ये बाँके र बर्दियाका ३÷३ जना र रोल्पा र कैलालीका एक÷एकजना रहेका छन् । नेपालगन्ज उपमहानगरपालिका–१९ का ६० वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ । वैशाख २८ गते पीसीआर गरिएका उनलाई जेठ १ गते भर्ना गरिएको थियो । भेरी अस्पतालमै कोहलपुर नगरपालिका–१५ का ६७ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख ३१ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । राप्तिसोनारी गाउँपालिका २ बाँकेकी ५२ वर्षीय महिलाको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । जेठ १ गते एन्टिजेन परीक्षण गरिएको उनलाई त्यही दिन कोहलपुरमा भर्ना गरीएको थियो । बर्दिया मधुवन नगरपालिका–९ का ७१ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । वैशाख २५ गते पीसीआर गरिएका उनलाई २९ गते भर्ना गरिएको थियो । बर्दिया बढैयाताल गाउँपालिका...
खोटाङमा भरुवा बन्दुकसहित ४ जना पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित ४ जना पक्राउ

समाचार
पूर्णपुष्टि, जेष्ठ २ खोटाङमा भरुवा बन्दुकसहित चारजना पक्राउ परेका छन् । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी स्थितबाट भरुवा बन्दुक र भरुवा बन्दुक बनाउन प्रयोग गरिने अन्य सामाग्रीसहित प्रहरीले चारजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही स्थानका ४२ वर्षीय डम्बर बहादुर कार्की, ३५ वर्षीय दोर्ण कार्की, २६ वर्षीय रबिन्द्र कार्की र ७४ वर्षीय कृष्ण बि.क. रहेका छन् । गत राती १० बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी निरीक्षकसहितको टोली खटि गई डम्बर, दोर्ण र रबिन्द्रलाई भरुवा बन्दुक ३ थान, मरेको मृगको टाउको, सालकको खपेटा र भरुवा बन्दुकमा प्रयोग हुने सलाई, सोडा, गन्धक, छर्रा लगाएतका पदार्थहरुसहित नियन्त्रणमा लिएको थियो । त्यस्तै बि.क.लाई भरुवा बन्दुकको नाल ५ थान, भरुवा बन्दुकको बट १ थान लगाएत भरुवा बन्दुक बनाउन प्रयोग हुने औजारहरु सहित नियन्त्रणमा लिएको हो । पक...
प्रेस पास लेखेको ज्याकट लगाएर लागुऔषाधमा संलग्न एक युवा पक्राउ

प्रेस पास लेखेको ज्याकट लगाएर लागुऔषाधमा संलग्न एक युवा पक्राउ

समाचार
पूर्णपुष्टि, जेष्ठ २ कञ्चनपुरमा निषेधाज्ञाका बेला प्रेस लेखेको ज्याकेट लगाएर लागुऔषध ओसारपसारमा संलग्न एक युवालाई प्रहरीले पक्राउ गरेको छ । प्रेस पासको दुरुपयोग गरी लागुऔषध ओसार पसार गरेको आरोपमा शुक्लाफाँटा नगरपालिकाका २५ वर्षीय नरेशप्रसाद जोशीलाई प्रहरीले पक्राउ हो । निषेधाज्ञाको समयमा उनलाई सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट भुडा र झिलमिलासँगै भारतीय एसएसबीसहितको संयुक्त गस्ती टोलीले पक्राउ गरेको हो । उनीसँग रहेको ७ ग्राम खैरो हिरोइन, एउटा क्यामेरा, दुईवटा मोबाइल, विभिन्न बैँकका पाँच वटा चेक, एउटा एटीएम कार्ड, एउटा मोटरसाइकल र सुदूर खबरपत्रिकाको परिचयपत्र समेत बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएका सामानसहित जोशीलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ । उनलाई शनिबार सशस्त्र प्रहरी र भारतीय एसएसबीको संयुक्त गस्ती टोलीले बेल्डाँ...
छुरा प्रहार गरि हत्या, हत्यामा संलग्न ३ जना पक्राउ

छुरा प्रहार गरि हत्या, हत्यामा संलग्न ३ जना पक्राउ

समाचार
पूर्णपुष्टि, जेष्ठ २ मोरङ लेटाङ–३ त्रिशुली चोक स्थितमा सोही स्थानका २२ वर्षीय रोमन राईको छुरा प्रहार गरि हत्या भएको छ । हत्यामा संलग्न सोही स्थानका २१ बर्षीय शुसिल दर्जी, २० बर्षीय दिल बहादुर लिम्बु र भुपाल लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो । उनिहरुले शुक्रबार राती पौने ९ बजे पुरानो रिसिईबीको कारण राईलाई पेटमा छुरा प्रहार गरि घाईते बनाई फरार भएका थिए । घाईतेको विराट नर्सिङहोम विराटनगरमा पु¥याउन साथ ज्यान गएको थियो । छुरा प्रहार गरि फरार रहेकाहरुको ईलाका प्रहरी कार्यालय लेटाङबाट प्रहरी टोली खटि गई खोजतलास गरि घटनामा संलग्न तीनै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उपर आवश्यक अनुसन्धान भईरहेको जल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
उदयपुरकै अस्पतालमा संक्रमितकाे मृत्यु -पहिलाे घटना

उदयपुरकै अस्पतालमा संक्रमितकाे मृत्यु -पहिलाे घटना

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २ । उदयपुरकाे चाैदण्डिगढी नगरपालिका स्थित काेराेना अस्पतालमा उपचाररत एक जना संक्रमितकाे मृत्यु भएकाे छ । त्रियुगा नपा - १० का ६३ वर्षिय खगेन्द्र मगरकाे बेल्टार  मृत्यु भएकाे हाे । याे उदयपुरभित्रकै अस्पतालमा संक्रमितकाे मृत्यु भएकाे याे पहिलाे घटना हाे । यसअघि उपचारकाे क्रममा जिल्लाबाहिर अस्पताल गएकाहरुकाे मात्र काेराेनाले मृत्यु भएकाे थियाे । त्यसरी मृत्युहुनेकाे संख्या हिजाेसम्म ७ रहेकाे थियाे । याे घटनाले उदयपुर प्रशासन र जिल्लाबासीलाई झस्काएकाे छ । जिल्लामा काेराेनाकाे गम्भिर स्थिति देखिएकाे छ । आज विहान एक्कासी स्वास्थ्यमा समस्या आई बेल्टार अस्पतालमा मगरकाे मृत्यु भएकाे जनाईएकाे छ । मगर ४ दिनअघि साे अस्पतालमा उपचाररत थिए । उनलाई अक्सिजन कमि हुने गरेकाे र अक्सिजन दिएपछि राम्राे हुने गरेकाे थियाे । तर आज विहान ५ बजेतिर एक्कासी समस्या आएर मृत्यु भएकाे अस्पतालले जनाएका...
आज उदयपुरका ४ जना काेराेनाले मृत्यु

आज उदयपुरका ४ जना काेराेनाले मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २ ।  उदयपुरमा आज काेराेनाले ४ जनाकाे ज्यान गएकाे छ । त्रियुगा नगरपालिका १० का ६३ वर्षिय खगेन्द्र मगरकाे बेल्टार काेराेना अस्पताल उदयपुरमा मृत्यु भएकाे हाे । आज विहान एक्कासी स्वास्थ्यमा समस्या आई मगरकाे मृत्यु भएकाे जनाईएकाे छ । मगर ४ दिनअघि साे अस्पतालमा उपचाररत थिए । उनलाई अक्सिजन कमि हुने गरेकाे र अक्सिजन दिएपछि राम्राे हुने गरेकाे थियाे । तर आज विहान ५ बजेतिर एक्कासी समस्या आएर मृत्यु भएकाे अस्पतालले जनाएकाे छ । उदयपुरकाे अस्पतालमा मत्यु भएकाे याे पहिलाे घटना हाे । सागर डिजिटल फाेटाे स्टुडियाे गाईघाटका सञ्चालक विष्णुदेव चाैधरीकाे पनि मृत्यु भएकाे छ । ४७ वर्षिय चाैधरीकाे उपचारकाे क्रममा विएमसि हस्पिटल बिर्तामाेडमा मृत्यु भएकाे जनाईएकाे छ । चाैदण्डिगढी नगरपालिकाका ५ का ५६ वर्षिय हरिराज काेईरालाकाे पनि ज्यान गएकाे छ । उनकाे नाेवेल हस्पिटल विराटनगरमा मृत्यु भएकाे जनाईएक...
काेराेना खबर विस्तृत : उदयपुरमा ३७९, देशभर ४ लाख ४७ हजार ७०४ संक्रमित

काेराेना खबर विस्तृत : उदयपुरमा ३७९, देशभर ४ लाख ४७ हजार ७०४ संक्रमित

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ १ । उदयपुरमा पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा १५ महिला ३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टाको परिक्षणमा महिलाको संख्या बढि आएको हो । योसंगै जिल्लामा संक्रमितको संख्या ३ सय ७९ पुगेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।  संक्रमितहरु मध्ये ३ सय ३६ जना होम आ्इसोलेशनमा छन् भने ४३ जनाको संस्थागत आइशोलेशनहरुमा उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा कोरोना जितेर १० जना निको भएका छन् ।  यो संगै जिल्लमा कोरोना जितेर निको हुनेको संख्या १४ पुगेको छ । जिल्लामा कोरोनाबाट आज कसैको पनि ज्यान गएको छैन । यसअघि भने ७ जनाको ज्यान गइसकेको छ । जसमा त्रियुगा नगरपालिकाको ४, चौदण्डीगढी नगरपालिकाको २ र कटारी नगरपालिकाको १ जना रहेका छन् । जिल्लामा कोरोना संक्रमितलाई उपचारका लागि ५ अस्पतालमा १ सय ३८ वटा बेड रहेका छन् ।  ३० वटा एम्बुलेन्स सन्चालन...