Sunday, August 9News That Matters

Month: ५ वर्ष अगाडि

एकैदिन उदयपुरमा काेराेनाले चार जनाकाे मृत्यु  | काेराेना खबर अपडेट  | २ जेठ, २०७८ | बरिष्ठ पत्रकार काैशल चेम्जाेङसंग विशेष संवादसिहत – भिडियाे

एकैदिन उदयपुरमा काेराेनाले चार जनाकाे मृत्यु | काेराेना खबर अपडेट | २ जेठ, २०७८ | बरिष्ठ पत्रकार काैशल चेम्जाेङसंग विशेष संवादसिहत – भिडियाे

समाचार, स्वास्थ्य
https://youtu.be/yadHFfvLrSM पूर्णपुष्टि, जेठ २ । उदयपुरमा आज कोरोनाले ४ जनाको ज्यान गएको छ । त्रियुगा नगरपालिका १० का ६३ वर्षिय खगेन्द्र मगरको बेल्टार कोरोना अस्पताल उदयपुरमा मृत्यु भएको हो । आज विहान एक्कासी स्वास्थ्यमा समस्या आई मगरको मृत्यु भएको जनाइएको छ । मगर ४ दिनअघि सो अस्पतालमा उपचाररत थिए । उनलाई अक्सिजन कमि हुने गरेको  र अक्सिजन दिएपछि राम्रो हुने गरेका थियो । तर आज विहान ५ बजेतिर एक्कासी समस्या आएर मृत्यु भएको अस्पतालले जनाएको छ । उदयपुरको अस्पतालमा मत्यु भएको यो पहिलो घटना हो । सागर डिजिटल फाटो स्टुडियो गाईघाटका सञ्चालक विष्णुदेव चौधरीको पनि मृत्यु भएको छ । ४७ वर्षिय चौधरीको उपचारको क्रममा विएमसि हस्पिटल विर्तामोडमा मृत्यु भएको जनाइएको छ । चौदण्डीगढी नगरपालिकाका ५ का ५६ वर्षिय हरिराज कोइरालाको पनि  कोरोनाको कारण ज्यान गएको छ । उनको नोवेल हस्पिटल विराटनगरमा मृत्यु भएको...
उदयपुरमा काेराेनाले थप १ जनाकाे मृत्यु, एकैदिन मृत्यु हुने ५ पुग्याे

उदयपुरमा काेराेनाले थप १ जनाकाे मृत्यु, एकैदिन मृत्यु हुने ५ पुग्याे

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ २ । उदयपुरमा अहिले साँझ थप एकजनाकाे काराेनाकाे कारण मृत्यु भएकाे छ । त्रियुगा नगरपालिका १ जाेगिदहका ३७ वर्षिय एक पुरूषकाे मृत्यु भएकाे हाे । सुरक्षा अधिकारीका अनुसार हाेम आइसाेलेसनमा रहेकाे अवस्थामा एक्कासी स्वास्थ्यमा समस्या भइ उनकाे मृत्यु भएकाे हाे । समस्या देखिनासाथ बेल्टारस्थित काेराेना हस्पिटल लगिए पनि त्यहाँ जटिल अवस्थाका विरामीकाे उपचार नहुने भएपछि जिल्ला अस्पताल उदयपुर ल्याउने क्रममा मृत्यु भएकाे बताइएकाे छ । जटिल अवस्थाका विरामीलाइ भेन्टिलेटर, आइसियुमा राखेर उपचार गर्नुपर्ने हुन्छ । तर, उदयपुरमा याे सुविधा नहुँदा विरामीले यसरी नै ज्यान गुमाउनु पर्ने अवस्था छ । उनीसंगै उदयपुरमा एकैदिन काेराेनाले मृत्यु हुनेकाे संख्या ५ पुगेकाे छ । यसअघि ७ जनाकाे मृत्यु भइसकेकाे थियाे । जिल्लामा जम्मा मृतककाे संख्या १२ पुगेकाे छ ।...
उदयपुरमा एक बृद्ध मृत अवस्थामा फेला

उदयपुरमा एक बृद्ध मृत अवस्थामा फेला

समाचार
पूर्णपुष्टि, जेष्ठ २ उदयपुरमा अन्दाजी ६५ बर्षिय एक बृद्ध मृत अवस्थामा फेला परेको छ । उदयपुरको कटारी नगरपालिका २ गराँसे स्थित हरियो पार्कमा पहिचान नखुलेको एक बृद्धा मृत फेला परेको हो । कटारी नगरपालिका २ का वडा अध्यक्ष प्रेम थापाले गाईबस्तु चराउन गएकाहरुले शब देखेपछि आफुलाई खबर गरेको र आफुले प्रहरीलाई खबर गरेको जानकारी दिए । पहिचान नखुलेकाले को हो भन्ने पत्ता नलागेपछि शबको फोटो चिन्नु हुने जो कोहीरकसैले पनि प्रहरी चौकी कटारीमा सम्पर्क गर्न अनुरोध पनि अध्यक्ष थापाले अनुरोध गरे। प्रहरी चौकी बेलस्रोतका प्रमुख राजकुमार मेहेताले आइतबार बृद्ध मृत अवस्थामा  फेला परेको जानकारी दिएका हुन् । उनले कटारी नगरपालिका २ को उदयपुर र सिन्धुली जिल्लाको सिमाना पर्ने झोलुंगे पुल तथा हरियाली पार्क नजिक साँझ ६ वजे मृत अवस्थामा फेला परिएको बताए । ‘अन्दाजी ६० देखि ६५ वर्षको उमेर भएका, दारी फुलेका व्यक...
उदयपुरमा आज १९ संक्रमित थपियो, मर्नेको संख्या ११

उदयपुरमा आज १९ संक्रमित थपियो, मर्नेको संख्या ११

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ २ उदयपपुरमा आईतबार १९ जना कोरोना संक्रमित थपिएको छ । जिल्ला स्वास्थय कार्यालय उदयपुरका अनुसार जिल्लामा आज थप १९ जनामा संक्रमण पुष्टि भएको हो । आज त्रियुगा नगरपालिका चौदण्डीगढी नगरपालिका र रौतामाई गाउँपालिकामा संक्रमण फेला परहेको हो । कार्यालयका अनुसार त्रियुगामा सबै भन्दा बढी ११ जना, चौदण्डीगढीमा ६ जना र रौतामाईमा २ जना संक्रमित थपिएको हो । आज थपिएको संक्रमितहरु मध्ये ६ महिला र १३ पुरुष रहेको छ । यो सँगै जिल्लामा संक्रमितको संख्या ३८७ पुगेको छ । जिल्लामा आज कोरोना बाट ४ जनाले ज्यान गुमाए सँगै मर्नेको संख्यामामा पनि बृद्धि भएको छ । यो सँगै जिल्लामा आज सम्म मर्नेको संख्या ११ पुगेको छ । केहिदिन स्थीर रहेको मृतकको संख्यामा आज ४ थपिएक सँगै ११ पुगेको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । यसैगरी निको हुनेको संख्या आज सम्म २३ पुगेको छ । जस्मा महिला ७ र पुरुष १६ रहेको स...
नेपालमा थप ७३६८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ७३६८ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ २ वितेको २४ घण्टामा नेपालमा थप ७ हजार ३ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ७ हजार ३ सय १६ र एन्टिजेन विधिबाट ५२ जना गरी जम्मा ७ हजार ३ सय ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकाभित्र भक्तपुरमा २ सय ९२, ललितपुरमा ४ सय ३६ र काठमाडौंमा १ हजार ८ सय ८१ गरी जम्मा २ हजार ६ सय ९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । वितेको २४ घण्टामा संक्रमणका कारण १ सय ४५ जनाको ज्यान गएको छ भने  ६ हजार ६ सय ४८ जना कोरोनामुक्त भएका छन्  । अहिले नेपालमा निको हुने दर ७४ दशमलव ६ प्रतिशत पुगेको छ । मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १ लाख १० हजार १ सय ६३ जना रहेका छन् । जसमध्ये ७ हजार ८ सय ८ जना संस्थागत आइसोलेसनमा र १ लाख २ हजार ४ सय ५५ जना होम आइसोलेसनमा रहेका छन् ।...
विवाह, भोजका कारण संक्रमण दर तीब्र, एउटै वडामा ७० संक्रमित भेटिए

विवाह, भोजका कारण संक्रमण दर तीब्र, एउटै वडामा ७० संक्रमित भेटिए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ २ कोरोनाको समयमा पनि विवाह, भोेज जस्ता कार्यमा सरिक हुने मानिसको संख्या उतिकै छ । जसले गर्दा मकवानपुरको थाहा नगरपालिकामा एउटै वडामा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थाहा–३ मा पिसिआर र एन्टिजेन परीक्षण गर्दा दुई साताभित्र सो संख्यामा कोरोना देखिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्र अहिले कूल संक्रमितको संख्या २ सय रहेको छ । नगरको एउटै वडामा ३५ प्रतिशत कोरोना संक्रमित देखिनुले चुनौती र जोखिम दुवै बढेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिनुभयो । थाहा–३ मा  संक्रमणदर पनि उच्च रहेको छ । यहाँ १ सय २ जनामा परीक्षण गरिएकामा ७०  जनमा संक्रमण पुष्टि भएको र संक्रमणदर ६६ प्रतिशत रहेको नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले जानकारी दिएनुभयो । संक्रमित हुनेमा स्वास्थ्यकर्मीसमेत हरेका छन् । विवाह भोज–भतेरको जमघट र अन्य सामूहिक गतिविधि...
नेपालमा ७५० पत्रकार संक्रमित, १३ जनाको निधन

नेपालमा ७५० पत्रकार संक्रमित, १३ जनाको निधन

समाचार
पूर्णपुष्टि, जेष्ठ २ नेपलमा हालसम्म ७ सय ५० भन्दा बढी पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोनाकै कारण हालसम्म १३ पत्रकारको निधन भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । पछिल्ला केही दिनयता संक्रमको दर उच्च भएको सन्दर्भमा कोरोना संक्रमणको चुनौतीपूर्ण अवस्थामा महासङ्घले सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपिलसमेत गरेको छ ।  ...
काठमाडौंबाट पाँच जुवाडे पक्राउ

काठमाडौंबाट पाँच जुवाडे पक्राउ

समाचार
पूर्णपुष्टि, जेष्ठ २ काठमाडौंमा निषेधाज्ञाको समयमा जुवातास खेल्ने पाँचजना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । नागार्जुनका ५० वर्षीय भाइराजा शाही ठकुरी, ५० वर्षीय मीनबहादुर रिजाल, २६ वर्षीय पर्वत खड्का, ४७ वर्षीय कृष्ण बिडारी र ३७ वर्षीयकुमार लामालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरिको किटानी भञ्ज्याङस्थित न्यू सफल भ्याली रेष्टुरेन्ट एण्ड रिसोर्टको कोठाभित्र जुवातास खेली रहेका उनीहरुलाई प्रहरीले नियन्त्रमा लिएको थिए । प्रहरीले उनीहरूको साथबाट रु. १ लाख ५ हजार ५ सय नगद र तास बरामद गरेको छ । पक्राउ परेका पाँचै जनालाई जुवा ऐनअन्तर्गत म्याद थप गरी कारवाही गरिने प्रहरीले जनाएको छ ।...
एम्बुलेन्स चालकले नै लिए संक्रमितबाट तेब्बर भाडा

एम्बुलेन्स चालकले नै लिए संक्रमितबाट तेब्बर भाडा

समाचार
पूर्णपुष्टि, जेष्ठ २ कोरोना संक्रमितहरुसंग अत्याधिक भाडा असुल गरेको आरोपमा पर्साबाट दुई एम्बुलेन्स चालका पक्राउ परेका छन् । बहुदरमाई नगरपालिका–९ विश्रामपुरका ३५ वर्षीय कमरुद्दिन रायभर र बिन्दवासिनी गाउँपालिका–१ का २२ वर्षीय वीरबल मुखियालाई अत्याधिक भाडा लिएको आरोपमा पक्राउ परेका हुन् । उनीहरूलाई शुक्रबार बेलुका राति नेसनल मेडिकल कलेज अगाडिको सडकबाट पक्राउ गरिएको पर्सा प्रहरी प्रवकता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो । उनीहरूसँगै ना २ च ३२५६ र बा ३ च ८१९९ नम्बरको एम्बुलेन्स पनि बरामद गरिएको खनालले बताउनुभयो । पक्राउ परेकामध्ये ना २ च ३२५६ नम्बरका एम्बुलेन्स चालक कमरुद्दिनले काठमाडौं पु¥याउदा तोकिएको भाडाभन्दा तीन गुणा बढी असुलेको अनुसन्धानबाट पत्ता लागेको छ । उनले १२ हजार रूपैयाँ भाडा लिनुपर्नेमा ४० हजार रूपैयाँ असुलेको जनाइएको छ । त्यसैगरी अर्का बा ३ च ८१९९ नम्ब...
आहारा सहज भएपछि तनहुँमा गिद्धको संख्या बढ्यो

आहारा सहज भएपछि तनहुँमा गिद्धको संख्या बढ्यो

समाचार
पूर्णपुष्टि, जेष्ठ २ तनहुमा गिद्धको संख्या बढेको छ । यहाँ गिद्धको संख्या बढ्नुका कारण भनेको आहाराको व्यवस्था हो । प्राकृतिक कूचिकारको रुपमा चिनिने गिद्ध संरक्षण गर्न तनहुँमा आहाराको व्यवस्था भएपछि गिद्धको संख्या बढेको हो । व्यास नगरपालिका–१०, दुम्सी, सिशुवा भतेरीमा गिद्धको लागि आहाराको व्यवस्था गरिएको छ । सो ठाउँमा रहेको गौसंरक्षण केन्द्रमा मरेका गाई तथा गोरु गिद्धको भोजनको लागि दिइने गरिए पछि गिद्धलाई आहारा सहज बनेको छ । आहाराको व्यवस्थाले सो क्षेत्रमा अहिले गिद्धको संख्या बाक्लो रुपमा देखिन थालेको वडाअध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिनुभयो । छाडा चौपायले सडक अबरुद्ध गर्नुको साथै दुर्घटना समेत हुन थालेपछि व्यास नगरपालिकाको सहयोगमा स्थापना गरिएको गौ संरक्षण केन्द्रमा मरेका गाईबस्तुलाई नगाडी सोही ठाउँ नजिकै मादी नदीको किनारको चौरमा यत्तिकै राखि दिन थालेपछि गिद्धहरु आउन थालेको...