विराटनगरको २ अस्पतालमा ६ संक्रमितको ज्यान गयो
पूर्णपुष्टि, जेष्ठ ३
विराटनगरको दुई अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमितको ज्यान गएको छ । पछिल्लो १० घण्टाभित्र ३ वृद्धसहित ६ जना पुरुषको ज्यान गएको हो । नोबेल शिक्षण अस्पतालमा ५ र कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा १ जना सक्रमितको ज्यान गएको छ ।
नोबेलमा ज्यान गएकामध्ये २ जना प्रदेश २ को सिरहा र सप्तरी तथा ३ जना प्रदेश १ को सुनसरी, उदयपुर र विराटनगरका बासिन्दा रहेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो ।
उनका अनुसार सिरहाका ६५ वर्षीय वृद्ध पुरुषको सोमबार बिहान ५ बजेतिर ज्यान गएको छ । उनलाई उपचारका लागि वैशाख १७ गते अस्पताल भर्ना गरिएको थियो । सप्तरीको कन्चनपुरका ४५ वर्षीय पुरुषको बिहान ८ः ४५ बजेतिर ज्यान गएको प्रबन्धक दाहालले जानकारी दिनुभयो । कोरोना संक्रमण पुष्टि भएका उनलाई उपचारका लागि वैशाख ३१ गते अस्पताल भर्ना गरिएको थियो ।
विराटनगर–४ का ४५ वर्षीय पुरुष...








