Sunday, August 9News That Matters

Month: ५ वर्ष अगाडि

कोरोना संक्रमित वडाअध्यक्षको निधन

कोरोना संक्रमित वडाअध्यक्षको निधन

समाचार
पूणर्पुष्टि, जेष्ठ ३ दाङमा कोरोना संक्रमित एक वडाअध्यक्षको निधन भएको छ । दंगीशरण गाउँपालिका वडा-३ का ३६ बर्षिय वडाध्यक्ष पूणर्बहादुर चौधरीको कोरोना संक्रमणका कारण निधन भएको हो । नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा उनको सोमबार निधन भएको गाउँपालिकाका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिए । यसैगरी कोनाबाट नै बबई गाउँपालिका वडा नं ४ का लक्ष्मण बस्नेतको निधन भएको छ । पत्रकार महासङ्घ दाङका सदस्य समेत रहेका उनको भैरहवा युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा सोमबार अपराह्न निधन भएको हो ।...
उदयपुरमा आज थप ४९ जना  संक्रमित थपियो, ताप्लीमा पहिलो पटक संक्रमित भेटिए

उदयपुरमा आज थप ४९ जना संक्रमित थपियो, ताप्लीमा पहिलो पटक संक्रमित भेटिए

समाचार, स्वास्थ्य
पूणर्पुष्टि, जेष्ठ ३ उदयपुरमा आज थप ४९ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै जिल्लामा कुल संक्रमित संख्या ४ सय ३४ पुगेको छ । आज जिल्लाका बिभिन्न पालिकाहरु त्रियुगा, चौदण्डी, उदयपुरगढी, कटारी र ताप्लीमा संक्रमितहरु थपिएका हुन् । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार आज थपिएका मध्य २९ पुरुष र २० महिला रहेको छ । आज थपिएकाहरु त्रियुगाको २७ जना, कटारी नगरपालिकाको १४, उदयपुरगढीका ५, चौदण्डीका २ र ताप्लीका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । ताप्लीमा आज पहिलो पटक संक्रमण देखिएको छ । जिल्लामा मृत्युको संख्या दिनदिनै बढिरहेको छ । शनिवार सम्म रहेको मृत्युको संख्या आज १४ पुगेको छ । हिजो ५ जना र आज २ जना गरी १४ पुगेको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । यता निको हुनेको संख्या २३ मै स्थितर रहँदा हिजोकै संख्यामा सिमित रहेको छ ।...
२७ वर्षपछि जन्मकैदका फरार प्रतिवादी पक्राउ

२७ वर्षपछि जन्मकैदका फरार प्रतिवादी पक्राउ

समाचार
पूर्णपुष्टि, जेष्ठ ३ हत्या आरोपमा सर्वोच्च अदालतले जन्मकैद सजाय सुनाएको एक फरार प्रतिवादीलाई २७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । सप्तरी अन्निसाइर कृष्ण सवरण गाउँपालिका–४ का कारी सदालाई प्रहरीले पक्राउ गरेको हो । सोही ठाउँका जोगेन्द्र मण्डलको हत्या आरोपमा उनलाई अदालतले जन्मकैद सजाय सुनाएको थियो । २०५१ साल फागुन २० गते भएको सो घटनायता सदा फरार भएका थिए । फरार अभियुक्त खोजीको क्रममा सप्तरी प्रहरीले उनलाई घरमै बसिरहेको अवस्थामा पक्राउ गरेका थिए । पक्राउ परेका सदा पुर्पक्षका लागि कारागार चलान भएका प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार सदालाई २०५७ साल जेठ १६ गते जन्मैकद सजाय ठहर गरेको थियो ।...
सलमान खानको ‘सेल्फी ले ले रे….’ गितबाट जन्माएको सेल्फी विथ डटर अभियान नेपालमा पनि सुरु (फोटो फिचर सहित)

सलमान खानको ‘सेल्फी ले ले रे….’ गितबाट जन्माएको सेल्फी विथ डटर अभियान नेपालमा पनि सुरु (फोटो फिचर सहित)

मनोरञ्जन, समाचार
पूर्णपुष्टि, जेष्ठ ३ सेल्फी विथ डटर अभियानको सोच सलमान खानको ‘सेल्फी ले ले रे....’ भन्ने गीतबाट आएको हो । सुनिल जागलानको अनुसार एक दिन उनको छोरी उनको मोबाइलमा सेल्फी खिच्दै थिइन् र उता टिभिमा पनि सलमान खानको ‘सेल्फी ले ले रे....’ भन्ने गीत आईरहेको थियो । त्यतिखेरै उनले सेल्फीले प्रधानमंत्री देखि युवा पिढी सबैमा असर पारिरहेको कुरा बहन गरे र यही सोचलाई छोरीसँग जोडेर उनले सेल्फी विथ डटर अभियानको थालनी गरे । त्यसपश्चात उनले जुन ९, २०१५ मा आफ्नी छोरीसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा हालिदिए र एक प्रतिस्पर्धा पनि सुरु गरिदिए । आ आफ्नो छोरीसँग खिचेको तीन ओटा राम्रो  सेल्फीलाई पुरस्कृत गर्ने भनेपछि त उनको यो अभियान भाईरल हुन पुग्यो । सुनिल जागलानको अनुसार हरेक एक अभियानको पछाडि कुनै ठूलो कारण र प्रोत्साहन जोडिएको हुन्छ । जब उनको छोरी सन् २०१२ मा जन्मिन त्यति खेर उनले नर्सहरुको अनुहारको...
भारतले बनाएको कारोनाको औषधी रक्षामन्त्रीद्धारा सार्वजानिक

भारतले बनाएको कारोनाको औषधी रक्षामन्त्रीद्धारा सार्वजानिक

समाचार, स्वास्थ्य
पूणर्पुष्टि, जेष्ठ ३ भारतले कोरोनाको औषधी आज सार्वजानिक गरेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री हर्ष बर्द्धनले २-डिजी नामको औषधि सार्वजनिक गरेका हुन् । रक्षामन्त्री सिंहले कोरोना भाइरस विरुद्धको औषधि तयार पारेको दाबी गर्दै यो औषधि कोरोना संक्रमित विरामीका लागि प्रभावकारी सिद्ध हुने विश्वास व्यक्त गर्नुभयो । यो औषधि पाउडरको रूपमा तयार पारिएको छ । यसलाई सबैभन्दा पहिले डीआरडीओ कोभिड अस्पतालमा भर्ती भएका बिरामीलाई दिइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । डीआरडीओका अधिकारीहरूका अनुसार देशभरका २७ अस्पतालमा यसको अन्तिम परीक्षण गरिएको थियो । मन्त्रालयका अनुसार रक्षा मन्त्री राजनाथ सिंहले सोमबार २-डीजी नामक औषधि सार्वजनिक गर्ने भएको हो । यसलाई भारतमा कोविड १९ संक्रमित बिरामीको लागि तयार पारिएको पहिलो औषधि भनिएको छ । यो औषधिले कोभिड १९ का बिरामीहरूलाई अक्सिजनको सम...
निषेधाज्ञामा गाडी रोकेर लुटपाट गरेको आरोपमा हतियार सहित २ पक्राउ

निषेधाज्ञामा गाडी रोकेर लुटपाट गरेको आरोपमा हतियार सहित २ पक्राउ

समाचार
पूणर्पुष्टि, जेष्ठ, ३ निषेधाज्ञामा सवारी रोकेर लुटपाट गरेको आरोपमा प्रहरीले हत्यार सहित दुई जनालाई पक्राउ गरेको छ । निषेधाज्ञाको समयमा गुड्ने सवारीसाधनलाई रोकेर लुटपाट गरेको भन्दै दुईजनालाई सर्लाहीबाट प्रहरीले हतियारसहित पक्राउ गरेको हो । वैशाख २६ गते राति ईश्वरपुर नगरपालिका-४ स्थित पूर्व-पश्चिम राजमार्गमा दुईवटा ट्रकका चालक र एउटा पिकअप गाडीको सहचालकलाई लुटपाट गरेको आरोपमा उनिहरु पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका-५ बस्ने ३३ वर्षीय रामकरण महतो र २० वर्षीय सुरेन्द्र सदा छन् । बीआर ३० यू ७७७३ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई एक थान नलकटुवा पेस्तोल, त्यसमा प्रयोग हुने दुई राउण्ड गोली, एक थान सुनको हनुमानी र टल्किने ज्याकेटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता मदन कुँवरले जानकारी दिए । चालक र सहचालकसँग नगद ३७ हजार रुपैयाँ...
उदयपुरका थप एक पुरुषको कोरोना संक्रमण बाट मृत्यु

उदयपुरका थप एक पुरुषको कोरोना संक्रमण बाट मृत्यु

समाचार, स्वास्थ्य
पूणर्पुष्टि, जेष्ठ ३ उदयपुरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कटारी नगरपालिका ४ का ६३ बर्षिय पुरुषको बिराटनगर स्थित नोवेल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । यो सहित जिल्लामा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या १४ पुगको  जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । आज बिहान मात्रै त्रियुगा नगरपालिका ३ की ५० बर्षिय एक महिलाको पनि धरान स्थित बिपि कोईराला प्रतिष्ठान घोपामा ज्यान गएको थियो । जिल्लामा हिजो मात्रै ५ जना संक्रमितले ज्यान गुमाएका थिए । बिहान ४ जना र बेलुका साँझ एक जना गरी ५ जनाले ज्यान गुमाएकोमा आज पनि २ जना संक्रमितले ज्यान गुमाएको छ ।...
नेपालमा पनि अरब सागरको चक्रवातबाट मौसमा बदली हुने

नेपालमा पनि अरब सागरको चक्रवातबाट मौसमा बदली हुने

समाचार
पूर्णपुष्टि, जेष्ठ ३ अरब सागरको चक्रवातबाट नेपालको मौसमा पनि बदली हुने छ । हाल पूर्वी मध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ । चक्रवातको प्रत्यक्ष प्रभाव नेपालमा नपरे तापनि अप्रत्यक्ष असर देखिने मौसम जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवात अझ विकसित हुने क्रममा रहेको र हाल उत्तर–उत्तरपश्चिमतिर बढ्ने क्रममा रहेको छ । बुधबार बेलुकादेखि शुक्रबारसम्म कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ भने प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । नेपालमा चक्रवातको अप्रत्यक्ष प्रभाव मात्र रहने तथा ठूलो वर्षा र हावाहुरीको सम्भावना नरहे...
यी तीन बाहेक सबै जिल्लामा निषेधाज्ञा

यी तीन बाहेक सबै जिल्लामा निषेधाज्ञा

समाचार
पूर्णपुष्टि, जेष्ठ ३ कोरोना संक्रमण दर वृद्धी भएसंगै तीन जिल्ला बाहेकका सबै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयकाअनुसार मनाङ, खोटाङ र तेह्रथुमबाहेक अरु ७४ जिल्लामा निषेधाज्ञा जारी गरिएको हो  । ७० जिल्लामा पूर्ण र ४ जिल्लामा आंशिक निषेधाज्ञा रहेको छ भने मुस्ताङ, सप्तरी, धनकुटा र ताप्लेजुङमा आंशिक तथा अरु जिल्लामा पूर्ण निषेधाज्ञा लागू भएको छ । यसअघि दुई राजमार्ग र मुख्य सडक खण्डको दायाँ बाँया र बजार क्षेत्रमा मात्रै लागू हुने गरी निषेधाज्ञा गरिएकोमा आजदेखि जिल्लाभरि नै लागू भएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनुभयो । निषेधाज्ञाका कारण संक्रमण दर क्रमशः घट्दो क्रममा रहेको र निको हुने दर वृद्धि भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...
भारतले बनाएको कोरोना औषधी आज सार्वजानिक गर्ने

भारतले बनाएको कोरोना औषधी आज सार्वजानिक गर्ने

समाचार, स्वास्थ्य
पूणर्पुष्टि, जेष्ठ ३ भारतले आफुले तयार पारेको कोरोना औषधी आज सार्वजानिक गर्ने जनाएको छ । कोरोना भाइरस विरुद्धको औषधि तयार पारेको दाबी गर्दै यसको सर्वाजानिक प्रक्रिया अन्गर्तत सोमवार सार्वजानिक गर्ने भारतको केन्द्र सरकारको रक्षा मन्त्रालयले जनाएको छ । यो औषधि पाउडरको रूपमा तयार पारिएको छ । यसलाई सबैभन्दा पहिले डीआरडीओ कोभिड अस्पतालमा भर्ती भएका बिरामीलाई दिइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । डीआरडीओका अधिकारीहरूका अनुसार देशभरका २७ अस्पतालमा यसको अन्तिम परीक्षण गरिएको थियो । मन्त्रालयका अनुसार रक्षा मन्त्री राजनाथ सिंहले सोमबार २-डीजी नामक औषधि सार्वजनिक गर्ने भएको हो । यसलाई भारतमा कोविड १९ संक्रमित बिरामीको लागि तयार पारिएको पहिलो औषधि भनिएको छ । यो औषधिले कोभिड १९ का बिरामीहरूलाई अक्सिजनको समस्याबाट जोगाउन मद्दत गर्ने भारतीय अधिकारीहरूको दाबी छ । भारतमा कोरोनाको दोस्...