Saturday, August 8News That Matters

Month: ५ वर्ष अगाडि

ट्रकमा १ क्विन्टल गाँजा फेला, ३ पक्राउ

ट्रकमा १ क्विन्टल गाँजा फेला, ३ पक्राउ

समाचार
पूर्णपुष्टि, जेष्ठ ४ ट्रकमा एक क्विन्टल गाँजा फेला परेको छ । मकवानपुर प्रहरीले ट्रकमा लोड गरिएको एक क्विन्टल गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१ स्थित सडकखण्डमा ना २ ख ९८६२ नम्बरको ट्रकलाई रोकेर चेक गर्दा गाँजा बरामद भएको भएको हो । ट्रक चालक काभ्रेको महाभारत गाउँपालिका–५ बस्ने ४९ वर्षीय आइते बहादुर ठाडामगर भिमफेदी गाउँपालिका–९ बस्ने ४१ वर्षीय ऐक्ला भन्ने राज कुमार तामाङ र कैलाश गाउँपालिका–१० बस्ने ३६ वर्षीय सविन भन्ने सुबिन रुम्बालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ परेका तीनैजना माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
जंगली हात्तिको आक्रमणबाट एक जनाको मृत्यु

जंगली हात्तिको आक्रमणबाट एक जनाको मृत्यु

समाचार
पुर्णपुष्टि, जेठ ४ झापामा जंगली हात्तिको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मेचिनगर नगरपालिका–९ का ४५ वर्षीय श्याम राईको हात्तिको आक्रमणबाट मृत्यु भएको हो । सोमबार रातिको साढेँ ९ बजेको समयमा मागुरमाणी सामुदायिक वनबाट एउटा जंगली हात्ति गाउँ पस्दा खेदाउने क्रममा स्थानिय राई हात्तिको आक्रमण बाट घाईते भएका थिए । राईको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा सोही राती सँवा २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  ...
मोटरसाईकलको ठक्करबाट एकको मृत्यु

मोटरसाईकलको ठक्करबाट एकको मृत्यु

समाचार
पुर्णपुष्टि, जेठ ४ मोरङमा मोटरसाईकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । बुढीगंगा गाउँपालिका–३ गोकुवा चोक स्थित कोशी लोकमार्गमा मोटरसाईकलले ठक्करदिँदा स्थानिय ५० वर्षीय बाल कुमार बस्नेतको मृत्यु भएको हो । सोमबार बेलुका पौने ८ बजे उत्तरबाट दक्षिण तर्फ जादैँ गरेको प्र १–०२–०४५ प ६०८७ नम्बरको मोटरसाईकलले ठक्कर दिई घाईते भएका बस्नेतको बिराट मेडिकल कलेज गंगा चौकमा उपचारको क्रममा सोही राती ९ बजे मृत्यु भएको  ईलाका प्रहरी कार्यालय नेमुवाले जनाएको छ । मोटरसाईकल चालक सुनसरी ईटहरी–७ का २५ वर्षीय समराज्य चौधरी पनि घाईते भएकोले उनलाई सोही अस्पतालमा उपचार गराईरहेको र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको छ ।...
एकै परिवारमा १० संक्रमित, बाबु छोराको मृत्यु

एकै परिवारमा १० संक्रमित, बाबु छोराको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ ४ झापाको भद्रपुर नगरपलिका ४ महेशपुर स्थित एक परिवार भित्र १० संक्रमित फेला परेको छ । संक्रमित परिवारमध्ये बाबु छोरको भने मृत्यु भैसकेको छ । परिवारका ७६ बर्षिय बाबु र ४८ बर्षिय छोराको कोरोना संक्रमण बाट मृत्यु भएको हो । संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका ४८ छोरालाई गत वैशाख २८ गते श्वासप्रश्वासमा समस्या भएको थियो । तत्कालै नगरपालिकाको एम्बुलेन्समा हालेर अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको थियो । नगरपालिकाको एम्बुलेन्समा अक्सिजन सिलिन्डरको व्यवस्था थिएन । श्वासप्रश्वासमा निकै समस्या भएका उनको बाटोमै मृत्यु भएको थियो । संक्रमितमध्ये बुबाको पनि मंगलबार बिहान ४ बजे होम आइसोलेसनमै मृत्यु भएको स्थानीयले जनाएको छ । ४८ बर्षिय छोराको मृत्य पश्चात तीन दिनपछि गत शुक्रबार परिवारका १३ जनाको पीसीआर परीक्षण गरिएको थियो । उनीहरुमध्ये मृतक अनुपका दुई जना छोरा र छोरीब...
चौदण्डीगढीमा एन्टिजेन्ट  किट अभाब

चौदण्डीगढीमा एन्टिजेन्ट किट अभाब

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ ४ उदयपुरमा कोरोनाको संक्रमण दर तीव्र गतिमा फैलिहरेको बेलामा चौदण्डीगढीमा एन्टिजेन्ट किट सकिएको छ । किट सकिएसंगै परिक्षण कार्यलाई पनि स्थगित गरिएको छ । पालिकाले शुरुमै ५ सय किट खरिद गर्ने भनेपनि कतै नपाएपछि १ सय ५० थान मात्र खरिद गरेको नगर स्वास्थ्य शाखाले जनाएको छ । पिसिआर किट पनि २ सय थानमा अब १ सय थानमात्र बाँकी रहेको नगर स्वास्थ्य शाखाका उप संयोजक तेजबहादुर पोखरेलले जानकारी दिनुभयो  ।...
२ बालकको घाँटी रेटि हत्या गरेको अवस्थामा शव फेला

२ बालकको घाँटी रेटि हत्या गरेको अवस्थामा शव फेला

समाचार
पूर्णपुष्टि, जेष्ठ ४ बाराको कलैयामा २ बालकको घाँटी रेटी हत्या भएको छ । सदरमुकाम कलैयाँमा धारीलो हतियार प्रयोग गरी बालकको हत्या भएको प्रहरीले जनाएको छ । धारिलो हतियारले घाँटी रेटेर हत्या भएको अवस्थामा गफारका छोराहरु ९ वर्षीय उसमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव फेला परेको हो । कलैया उपमहानगरपालिका–७ रंगपुर निवासी गफार मियाँका छोराहरुको घाँटी रेटेर हत्या गरिएको हो । आज बिहान सोही ठाउँमा निर्माणाधीन मदरसाको कोठाभित्र बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले बताएका छन् । हिजो साँझ ८ बजे घरबाट बाहिर खेल्न गएका दुवैजना बालक सोही समयदेखि  वेपत्ता थिए । गफार मियाका दुवैजना छोराको शव हेरेर आज बिहान स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको थप अनुसन्धानको लागि तालिमप्राप्त कुकुरमार्फत  घटनास्थलको थप अनुसन्धान गर्ने डिएसपी गौतमले जानकारी दिएका छन् ।  ...
गर्भवती समेत रहेकी सप्तरीकी उपमेयरको कोरोना संक्रमण बाट निधन

गर्भवती समेत रहेकी सप्तरीकी उपमेयरको कोरोना संक्रमण बाट निधन

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ ४ गर्भवती समेत रहेकी सप्तकोशी नगरपालिकाकी उपमेयरको कोरोना संक्रमण बाट निधन भएको छ । गर्भवती अवस्थामा कोरोना संक्रमणले थप असहज बनाएकी उनीको मृत्यु भएको हो । दुई हप्ताअघि ज्वरो, रुघाखोकी तथा स्वासप्रश्वासमा समस्या देखिएपछि एन्टिजेन परीक्षण गर्दा ४० वर्षीया उपमेयरमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित उपमेयर आशा चौधरीको उपचारका क्रममा मंगलबार बिहान विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । गर्भवती समेत रहेकी उनलाई थप असहज भएपछि फत्तेपुर मोडल पोलिक्लिनिकमा सामान्य उपचारपछि विराटनगर लगिएको थियो । त्यहाँ १० दिनअघि अस्पताल भर्ना भएकी उनको आईसियुमा राखेर उपचार भइरहेको थियो । उनको गर्भबाट यसअघि नै मृत बच्चा निकालिएको थियो । थप असहज भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको क्रममा उनको मृत्यु भएको हो । मृतक उपमेयरका चौधरीका श्...
दरबन्दीका डाक्टरहरू नहुदा उदयपुर जिल्ला अस्पतालकाे सेवा प्रभावित

दरबन्दीका डाक्टरहरू नहुदा उदयपुर जिल्ला अस्पतालकाे सेवा प्रभावित

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ३ । जिल्ला अस्पताल उदयपुरमा दरबन्दी अनुसारको जनशक्ती नहुदा कोरोना महामारीको बेला काम गर्न असहज भएको छ । अस्पतालका प्रमुख डाक्टर निमित्त मेडिकल सुपरिटेनडेन्ट जीवनारायण मण्डलका अनुसार मुख्य गरी १४ जना डाक्टरको दरबन्दी रहेको अस्पतालमा दरबन्दी अनुसारको डाक्टर छैनन् । १० जना एमडी डाक्टरको दरबन्दी रहेपनि दरबन्दीमा कोही छैनन्, २ जना करारका डाक्टर राखिएका छन् । ४ जना एमबीबीएस डाक्टरको दरबन्दी रहेकोमा १ जनामात्र स्थायी दरबन्दीका छन् भने अन्य ५ जना करारमा राखिएका छन् । त्यसभन्दा तलका पदहरुमा पनि दरबन्दीका जनशक्ती नभई काम चलाउन करारमा नियुक्ती गर्नु परेको छ ।  हाल कोरोना महामारीको अवस्थामा जनशक्तिको अति आवश्यक परेको मेसु मण्डलले बताउनुभयो । जनशक्तिहरु भएको खण्डमा नयाँ अप्रेशन थिएटर बनाउने, मेसिनहरु जोड्ने गर्न सकिन्थ्यो । तर त्यस्तो गर्न नसकिदा जनताको गुनासो आउने गरेको छ । ५...
काेराेना खबर अपडेट : बिस्तृत खबर | जेठ ३, २०७८ – Purnaputi Khabar

काेराेना खबर अपडेट : बिस्तृत खबर | जेठ ३, २०७८ – Purnaputi Khabar

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेठ ३ । उदयपुरमा कोरोना संक्रमण तिब्ररुपमा बढेको छ । जिल्लामा संक्रमितको संख्याले चारसय नाघेको छ । पछिल्लो २४ घण्टामा ४९ जना थपिएका छन् । यो जिल्लामा ठूलो संख्यामा थपिएको संक्रमण हो । त्रियुगा नगरपालिकाका २७, कटारी नगरपालिकाका १३, चौदण्डीगढी नगरपालिकाका २ जना, उदयपुरगढी गाउँपालिकाका ५ र ताप्ली गाउँपालिकाको १ जनामा संक्रमण पुष्टि भएको हो । १ सय १४ जनाको परिक्षण गरिदा २० महिला र २९ पुरुष गरी ४९ जना संक्रमित भेटिएका हुन् । परिक्षण एन्टिजेनबाट ५९ जना र पिसिआरबाट ५५ जनाको परिक्षण भएको जनाइएको छ । जिल्ला स्वास्थय कार्यालय उदयपुरका अनुसार ४९ जना संक्रमित थपिएसंगै जिल्लामा संक्रमितको संख्या ४ सय ३४ पुगेको छ । जसमा १ सय ८७ महिला र २ सय ४७ जना पुरुष रहेका छन् । संक्रमितहरु मध्ये ३ सय ९३ जनाको होम आइसोलेशनमा उपचार भईरहको छ भने ४१ जनाको संस्थागत आइसोलेशनमा उपचार भइरहेको छ । संक्रमित...
उदयपुरमा मृतकका संख्या १३ पुग्याे । काेराेना खबर अपडेट – उदयपुर | ३ जेठ, २०७८ | त्रियुगा नपाका मेयर बलदेव चाैधरीसंग विशेष संवाद – भिडियाेसहित

उदयपुरमा मृतकका संख्या १३ पुग्याे । काेराेना खबर अपडेट – उदयपुर | ३ जेठ, २०७८ | त्रियुगा नपाका मेयर बलदेव चाैधरीसंग विशेष संवाद – भिडियाेसहित

समाचार, स्वास्थ्य
https://youtu.be/fultpkgBmIw पूर्णपुष्टि, जेठ ३ । उदयपुरमा कोरोना संक्रमण तिब्ररुपमा बढेको छ । जिल्लामा संक्रमितको संख्याले चारसय नाघेको छ । पछिल्लो २४ घण्टामा ४९ जना थपिएका छन् । यो जिल्लामा ठूलो संख्यामा थपिएको संक्रमण हो । त्रियुगा नगरपालिकाका २७, कटारी नगरपालिकाका १३, चौदण्डीगढी नगरपालिकाका २ जना, उदयपुरगढी गाउँपालिकाका ५ र ताप्ली गाउँपालिकाको १ जनामा संक्रमण पुष्टि भएको हो । १ सय १४ जनाको परिक्षण गरिदा २० महिला र २९ पुरुष गरी ४९ जना संक्रमित भेटिएका हुन् । परिक्षण एन्टिजेनबाट ५९ जना र पिसिआरबाट ५५ जनाको परिक्षण भएको जनाइएको छ । जिल्ला स्वास्थय कार्यालय उदयपुरका अनुसार ४९ जना संक्रमित थपिएसंगै जिल्लामा संक्रमितको संख्या ४ सय ३४ पुगेको छ । जसमा १ सय ८७ महिला र २ सय ४७ जना पुरुष रहेका छन् । संक्रमितहरु मध्ये ३ सय ९३ जनाको होम आइसोलेशनमा उपचार भईरहको छ भने ४१ जनाको संस्थागत आइसोल...