Saturday, August 8News That Matters

Month: ५ वर्ष अगाडि

४० अक्सिजन सिलिन्डर रिफिलिङका लागि उदयपुर जेसिजको आर्थिक सहयोग

४० अक्सिजन सिलिन्डर रिफिलिङका लागि उदयपुर जेसिजको आर्थिक सहयोग

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ ४ उदयपुर जेसिजले कोरोना माहामारीमा अतिआवश्यकीय साधनको रुपमा प्रयोग भईरहेको अक्सिजन सिलिन्डर रिफिलिङ गर्न उदयपुरका २ कोरोन हस्पिटललाई आर्थिक सहयोग गरेको छ । जिल्ला अस्पताल उदयपुर र उदयपुर कोभिड अस्पताल चौदण्डीगढीलाई आर्थिक सहयोग गरेको हो । जेसिजले करिब ४० ओटा अक्सिजन सिलिन्डर रिफिलिङ गर्ने आर्थिक उपलब्ध गराएको जेसिज उदयपुरकी अध्यक्ष शबु थापाले बताईन् । उनिहरुले उदयपुर कोभिड हस्पिटलका व्यवस्थापन समितिका संयोजक तथा नगर प्रमुख खगेन्द्र राईको टोली र जिल्ला हस्पिटल उदयपुरका प्रमुख डा. जिव नारायण मन्डललाई हस्पिटलमा पुगेर आर्थिक सहयोग गरेको हो । “मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो” भन्दै बिभिन्न सहयोगी हातहरु प्रति आभार व्यक्त गर्दै माहामारीमा सबै क्षेत्र व्यक्तिहरु बाट थप सहयोगका अपेक्षा सहित कोरोना मुक्त व्यक्ति, परिवार, समाज र राष्ट्रको लागि सुरक्षित हुने चृतनाक...
बेलकामा ६० लाख बराबरको अक्सिजन प्लान्ट र चौदण्डीमा पिसिआर मेशिन राख्ने उदयपुर बिकास बोर्डको निर्णय

बेलकामा ६० लाख बराबरको अक्सिजन प्लान्ट र चौदण्डीमा पिसिआर मेशिन राख्ने उदयपुर बिकास बोर्डको निर्णय

समाचार
पूर्णपुष्टि, जेष्ठ ४ उदयपुर सरकार प्रमुखहरुको समिति उदयपुर बिकास बोर्डले आज गरेको छलफलमा बिभिन्न ४ बिषयमा निर्णय गरेको छ । बोर्डका अध्यक्ष बलदेव चौधरीको अध्यक्षतामा बसेको भर्चुअल छलफलमा महत्वपूर्ण ४ बुदा सहित छलफल भएको हो । छलफलमा कोरोना माहामारीको अवस्थालाई ध्यान गरी उदयपुरे जनताहरुको सुरक्षालाई मध्यनजर गर्दै बेलकामा अक्सिजन प्लान्ट राख्ने छलफल भएको छ । अक्सिजन प्लान्टको लागि नगरपालिकाहरुले १० लाखको दरले बजेट तयार गर्ने र गाउँपालिकाहरु बाट ५ लाखको दरले बजेट बिनियोज गर्ने भएको छ । साथै उक्त निर्णयले चौदण्डीगढीमा रहेको उदयपुर कोरोना अस्पतालमा पिसिआर मेशिन राख्ने बारे पनि छलफल गरेको छ । मेशिन खरिदका लागि समितिले सेभ द चिल्ड्रेन उदयपुर र सम्पूर्ण पालिकाहरुलाई सहयोग अनुरोध गर्ने भएको छ । यसैगरी बोर्डले अर्को पनि महत्वपूर्ण बिषयमा छलफल गरेको छ । आगामी आर्थिक बर्षको पुर्बधार तर्फको बजेट...
त्रिनपा १६ सुकौरामा २६ जनाको एन्टिजेन्ट परिक्षण, १५ जनामा संक्रमण पुष्टि

त्रिनपा १६ सुकौरामा २६ जनाको एन्टिजेन्ट परिक्षण, १५ जनामा संक्रमण पुष्टि

समाचार
पूर्णपुष्टि, जेष्ठ ४ त्रियुगा नगरपालिका १६ सुकौरा स्थित आधारभूत स्वास्थ्य केन्द्रमा आज गरिएको एन्टिजेन्ट परिक्षणले १५ जनामा कोरोना पुष्टि देखाएको छ । वडामा केहि दिन अघि १५ जनामा संक्रमण पुष्टि भएपछि वडाले परिक्षको दायरा बढाएर गरेको परिक्षण बाट थप १५ जनामा संक्रमण पुष्टि भएको हो । गाउँमा उच्च ज्वरोको खबर पाएपछि १६ न वडाका वडा अध्यक्ष मानबहादुर राईले यस पहिले पनि वडाको बिभिन्न ठाउँ जाँते, बेल्दोभान, सरस्वती र तिनतले लगायतका स्थानहरुमा कोरोना परिक्षणको कार्य अघि बढाएका थिए । सो परिक्षण बाट १५ जना संक्रमितहरु फेला परेका थिए ।अध्यक्ष राईले आफ्नो वडामा ठुलो संख्यामा संक्रमण फैलिएपछि तत्कालै सम्यनता अपनाउँदै सम्बन्धित क्षेत्रहरुमा आवश्यक सहयोग बारे सल्लाह मागेका थिए । राईले अरु पनि वडामा ज्वरोको संकेत भएका धेरै मानिसहरु रहेको भन्दै सम्बन्धित ठाउँहरुलाई सिल गर्ने र परिक्षणको दायरा बढाउन माग ...
१३ वर्षीया बालिका करणी आरोपमा २ जना पक्राउ

१३ वर्षीया बालिका करणी आरोपमा २ जना पक्राउ

समाचार
पूर्णपुष्टि, जेष्ठ ४ १३ वर्षीया बालिका करणी गरेको आरोपमा कपिलवस्तुबाट दुईजना पुरुष पक्राउ परेका छन् । सामूहिक करणी गरेको आरोपमा शिवराज नगरपालिका–६ कुदरबेटवा बस्ने २६ वर्षीय इलियस मुसलमान र २१ वर्षीय चिनका मुसलमान उर्फ सलमान पक्राउ परेका हुन् । गएराती ९ बजेतिर गोठबाट घर जाँदै गरेकी १३ वर्षीय बालिकालाई उनीहरुले करणी गरेको आरोप छ । आरोपीहरुलाई वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले पक्राउ गरेको हो । बालिकालाई माटरसाइकलमा राखेर उनीहरुले आँपको बगैँचामा लगेर करणी गरेको पीडितले प्रहरीलाई बताएका छन् । आरोपीहरुमाथि करणी मुद्दामा अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।...
कोरोना कहर निषेधाज्ञाको असर ः त्रिनपाको एक कृषि फर्ममा दुई सय कुइटल बढी टमाटर नष्ट, चार लाख क्षती

कोरोना कहर निषेधाज्ञाको असर ः त्रिनपाको एक कृषि फर्ममा दुई सय कुइटल बढी टमाटर नष्ट, चार लाख क्षती

समाचार
पूर्णपुष्टि, जेष्ठ २ गत बर्ष बाट सुरु गरेको त्रियुगाकाको एक कृषि फर्ममा टमाटर लगायत उत्पादित बिभिन्न तरकारीहरु नष्ट हुँदा चार लाख बराबरको आम्दानी गुमेको छ । दोस्रो चरणको कोरोनामा गरिएको निषेधाज्ञाको असरले टमाटर मात्रै दुई सय कुईटल बढी नष्ट भएको छ । टमाटर सँगै अन्य तरकारीहरु पनि नष्ट हुँदा झन्डै चार लाख बराबरको आम्दानी गुमेको हो । टमाटर लगायत अन्य तरकारीहरु ठिक्क बेच्ने बेला भएको थियो । र्फम सुरु गरेदेखि यहि बर्ष पहिलो पटक उत्पादन बेच्ने फर्मको तयारी थियो । यतिबेलै निषेधाज्ञा सुरु भयो । कोरोना कहर निषेधाज्ञाको असरले बेच्न बेलाको कृषि उत्पादन सबै कुहियर नष्ट भयो । बन्दकै कारण करिब २ सय कुइटल बढी टमाटर मात्रै नष्ट भएपछि फर्म संञ्चालकहरु निकै हतोत्साहित हुन पुग्यो ।  त्रियुगा नगरपालिका ९ गैरुको रुपान्तर कृषि सहकारी संस्था द्धारा संञ्चाली पशुपन्छी तथा कृषि नमूना र्फमले निकै ठुलो कृषि उत्प...
लाठी र चिर्पट हानाहान हुँदा एकको ज्यान गयो

लाठी र चिर्पट हानाहान हुँदा एकको ज्यान गयो

समाचार
पूर्णपुष्टि, जेष्ठ ४ शौचालय निर्माण सम्बन्धी कार्यमा विवाद आउदा दुई पक्षबीच लाठी र चिर्पट हानाहान हुँदा महोत्तरीमा एकजनाको ज्यान गएको छ । मटिहानी नगरपालिका–३ बरदाहामा विवाद हुँदा स्थानिय मुस्लिम राइनको छोरा २६ वर्षीय जाविर राइन रहेको ज्यान गएको हो । नातामा मामाभान्जा रहेका स्थानीयवासी मोस्लिम राइन र मोतालिभ राइन दुवै जनाको जग्गाको बीचमा आज शौचालय निर्माणसम्बन्धी विवाद हुँदा दुवै पक्षबाट बाँसको लाठी र चिर्पट हानाहान भएको थियो । लाठी र चिर्पट हानाहान भइरहेकै बेला मोतालिभले मोस्लिमका छोरा जाविरको टाउको बाँसको ठूलो भाटा प्रहार गर्दा उनको टाउको काटिएर गम्भीर घाइते भई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएकामा उनको सोही अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । सोही घटनामा परी मोतालिम राइन, छोटन राइन, हजरत राइन र मीना खातुन गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिगए...
अर्थोपेडिक विशेषज्ञ लाहानका एक चिकित्सकको कोरोना संक्रमण बाट निधन

अर्थोपेडिक विशेषज्ञ लाहानका एक चिकित्सकको कोरोना संक्रमण बाट निधन

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ ४ कोरोना संक्रमित लाहानका एक चिकित्सकको सोमबार निधन भएको छ । लहान नगरपालिका वडा–६ घर भएका अर्थोपेडिक विशेषज्ञ डा. मुकेश चौधरीको कोरोना संक्रमणका कारण मृत्यु भएको लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवले जानकारी दिए । उनका अनुसार डा. चौधरी कोरोना संक्रमित भइ ९ दिनदेखि होम आइसोलेसनमा बस्दै आएका थिए । सोमबार साँझ उपचारका लागि विराटनगरस्थित विराट नर्सिंङ लगेको केही बेरमै उनको मृत्यु भएको यादवले बताए । ३५ वर्षीय डा. चौधरी लहानमा डाइनोष्टिक सेन्टर सञ्चालन गर्दै आएका थिए । उनी सोही सेन्टरमा सेवा दिने क्रममा संक्रमित भएका थिए ।  ...
विराट शिक्षण अस्पतालका डाक्टर तथा स्वास्थ्यकर्मीमाथि नै कुटपिट

विराट शिक्षण अस्पतालका डाक्टर तथा स्वास्थ्यकर्मीमाथि नै कुटपिट

समाचार
पूर्णपुष्टि, जेष्ठ ४ विराटनगरको विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत डाक्टर तथा स्वास्थ्यकर्मीमाथि अज्ञात समूहले कुटपिट गरेको छ । आकस्मिक कक्षमा भर्ना भएका विरामिहरुको उपचारमा खटिएका चिकित्सक डा. सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेतमाथि हिजो राति आक्रमण भएको हो । सडक दुर्घटनामा घाइने भएका दुईजनाको उपचार गरिरहेको अवस्थामा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको अस्पतालका कोभिड–१९ फोकल पर्शन सुनील देवले बताए । आक्रमणबाट डा. रेग्मी र बस्नेतको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ । मोरङ प्र्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार बूढीगङ्गा–२ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठसहितको समूहले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको हो । उनले आरोपीलाई पक्राउ गरिएको बताए । उपचारका लागि भर्ना भएकी वृद्धाको उपचार गर्न ढिलो गरेको भन्दै सो समूहले आक्रमण...
उदयपुरमा निषेधज्ञा बारे जिल्ला प्रशासन कार्यालयको अर्को निर्णय, कटारी बजारलाई पूर्ण ठप्प गरिने

उदयपुरमा निषेधज्ञा बारे जिल्ला प्रशासन कार्यालयको अर्को निर्णय, कटारी बजारलाई पूर्ण ठप्प गरिने

समाचार
 पूर्णपुष्टि, जेष्ठ ४ पछिल्लो समय अत्यादिक जिल्लामा बढ्दै गएको संक्रमितको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले थप नयाँ निर्णयमा छलफल गरेको छ । सोमवार जिल्ला प्रमुख अधिकारी तुलसी राम सेडाईको अध्यक्षमा बिभिन्न सम्बन्धित निकायहरु सँगको उपस्थितिमा जिल्ला कोरोना संकट व्यवस्थापन समितिले थप नयाँ निर्णयमा निषेधाज्ञा प्रवावभकारी बनाई संकटलाई सामन्य बनाउने बिषयमा छलफल गरेको हो । छलफलले थप कडाईका साथ निषेधाज्ञा लागु गर्ने बिषयमा प्रस्तावहरु तयार गरेको छ । यसका लागि तत्काल कटारी बजारलाई सबै क्षेत्रमा बन्द गरी पूर्ण रुपले ठप्प पार्ने जनाएको छ । कटारी बजार हुँदै बिभिन्न जिल्लाहरुमा खाद्यन्न तथा निर्माण सामाग्रीहरु तिव्र रुपले ओसार पसार भईरहेको अवस्थामा अत्यादिक भिँडभाँड भई संक्रमण बढ्दै गएको भन्दै तत्कालका लागि सबै क्षेत्रहरुलाई ठप्प पार्ने निर्णयमा उल्लेख गरिएको छ । ३१ गते ...
गर्भवती उपमेयर चौधरीको कोरोनाबाट निधन

गर्भवती उपमेयर चौधरीको कोरोनाबाट निधन

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, जेष्ठ ४ कोरोना संक्रमणका कारण सप्तरीका एक गर्भवती उपमेयरको ज्यान गएको छ । कोरोना संक्रमित सप्तकोशी नगरपालिकाकी ४० वर्षीया उपमेयर आशा चौधरीको उपचारका क्रममा आज बिहान विराटनगरस्थित नोबेल अस्पतालमा ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । उनमा दुई हप्ताअघि ज्वरो, रुघाखोकी तथा स्वासप्रश्वासमा समस्या देखिएपछि एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । गर्भवती समेत रहेकी उनलाई थप असहज भएपछि फत्तेपुर मोडल पोलिक्लिनिकमा सामान्य उपचारपछि विराटनगर लगिएको थियो । त्यहाँ १० दिनअघि अस्पताल भर्ना भएकी उनको आईसियुमा राखेर उपचार भइरहेको थियो । उनको गर्भबाट यसअघि नै मृत बच्चा निकालिएको थियो । थप असहज भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको क्रममा उनको ज्यान गएको हो ।...