Saturday, August 8News That Matters

Month: ४ वर्ष अगाडि

चीनमा बेपत्ता विमानको ब्ल्याकबक्स भेटियो

चीनमा बेपत्ता विमानको ब्ल्याकबक्स भेटियो

Breaking News 3, समाचार
काठमाडौँ, चैत ९ । चीनमा गत सोमबारदेखि बेपत्ता भएको विमानको ब्ल्याक बक्स बुधबार मात्रै भेटिएको छ । एक सय तेत्तीस यात्रु बोकेको यात्रु वाहक विमान दक्षिणपश्चिम चीनमा गत सोमबार दुर्घटनाग्रस्त भएको थियो । बोइङ ७३७ विमान चीनको गुआङ्सी क्षेत्रको वुझाउ शहर नजिकैको ग्रामीण इलाकामा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटना लगत्तै उद्धार टोलीहरू घटनास्थलमा पुगेर खोजी तथा उद्धारको प्रयास गरेका थिए । उद्धारकर्ताहरुले बुधबार मात्रै विमानको ब्ल्याक बक्स फेला पारेका छन् । विमान बेपत्ता हुनुमा मौसम सम्वन्धी कारण नभएको पनि सरकारी अधिकारीहरुले स्पष्ट पारेका छन् । घटनास्थलमा पुगेको उद्धारकर्ताहरुले पनि औपचारिक र आधिकारीक रुपमा घटनाका बारेमा विस्तृत जानकारी दिएका छैनन । रासस...
अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने निर्णय रद्ध

अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने निर्णय रद्ध

Breaking News 3, समाचार, संसार
काठमाडौँ, चैत ९ । अफगानिस्तानमा छात्रालाई विद्यालय जान दिने निर्णय रद्ध भएको छ ।सर्वत्र दवावपछि अफगानिस्तानको तालिवान सरकारले बुधबारदेखि छात्रालाई विद्यालय जान दिने निर्णय गरेको थियो । तर विद्यालय जान दिने निर्णय कार्यान्वयन हुने केही घण्टा अगाडि निर्णय नै रद्ध भएको छ । छात्रालाई विद्यालय जान दिने निर्णय कार्यान्वयन नहुने भएको सरकारी अधिकारीहरुले पनि पुष्टि गरेका छन् । तर किन निर्णय रद्ध गरियो भन्ने बारेमा भने उनीहरुले केही बताएका छैनन । छात्रालाई विद्यालय जान दिने निर्णयबाट खुशी भएकाहरु अहिले निर्णय कार्यान्वयन नहुने भएपछि दुखि भएका छन् । छात्रालाई विद्यालय जान दिने निर्णय तत्काल कार्यान्वयन नहुने हो रु भन्ने पत्रकारहरुको प्रश्नमा तालिवान प्रवक्ता इनामुल्लाह सामाङ्गानीले भन्नुभयो, “हो, त्यो सत्य हो ।” सरकारले निर्णय कार्यान्वयन नगर्ने भएपछि विद्यालय जाने तयारीमा रहेका छात्रा घरमै ब...
ताइवानमा ६.६ म्याग्निच्युडको भूकम्प

ताइवानमा ६.६ म्याग्निच्युडको भूकम्प

Breaking News 3, समाचार, संसार
काठमाडौँ, चैत ९ । ताइवानको ताइतुङ काउन्टीमा बुधबार बिहान १ः४१ मा ६।६ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प सञ्जाल केन्द्र ९सीईएनसी० ले जनाएको छ ।२० किलोमिटर गहिराइमा रहेको उक्त केन्द्रबिन्दु २३.४५ डिग्री उत्तर अक्षांश र १२१.५५ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको सीईएनसीले जनाएको छ । ताइवानको मौसम विज्ञान एजेन्सीका अनुसार बुधबार बिहान पूर्वी ताइवानमा भूकम्पको शृंखलाका कारण टापुभरि भूकम्पको धक्का महसुस गरिएको थियो ।हालसम्म यस भूकम्पको ताइतुङ काउन्टीमा एक जना सामान्य घाइते भएका मात्र समाचार प्राप्त भएको छ ।भूकम्पका धक्काहरुका कारण विद्युत अवरुद्ध भएको जनाइएको छ । प्रभावित क्षेत्रहरू, र हुआलिन काउन्टीमा एउटा पुल भत्किएको ताइवानका स्थानीय अग्नि नियन्त्रक अधिकारीहरुले जनाएका छन् । रासस...
यातायात कार्यालयले प्रदान गर्ने सबै सेवा ५ बजेदेखि अनिश्चितकालका लागि बन्द

यातायात कार्यालयले प्रदान गर्ने सबै सेवा ५ बजेदेखि अनिश्चितकालका लागि बन्द

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत ९ । देशभरमा यातायात कार्यालयले प्रदान गर्ने सबै सेवा अनिश्चितकाल सम्मका लागि बन्द गरिएको छ । सर्भरहरुमा विद्युतीय समस्या देखिएको भन्दै विभागले बुधबार अपरान्ह ५ बजेदेखि सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । विद्युतीय समस्या समाधान नभएसम्मका लागि यातायान कार्यालयले प्रदान गर्ने सबै सेवा अवरुद्ध गरिएको विभागका प्रवक्ता लोकनाथ भुसालले बताउनुभयो । यसअघि विभागले लाइसेन्सका लागि नयाँ आवेदन लिन बन्द गरेको थियो । अब सवारी दर्ता, नामसारी, नवीकरण र कर भुक्तानीसहितका सबै सेवा अनिश्चतकालका लागि बन्द हुने भएको छ ।...
पाँचपोखरीको प्राथमिकता पर्यटन, शिक्षा र स्वास्थ्यमा

पाँचपोखरीको प्राथमिकता पर्यटन, शिक्षा र स्वास्थ्यमा

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत ९ भ्रमण वर्ष मनाउन छानिएका १०० पर्यटकीय गन्तव्यमध्ये पाँचपोखरी पनि एक हो । समुद्र सतहबाट करिब चार हजार १५० मिटर उचाइमा अवस्थित पाँचपोखरीको प्राकृतिक सौन्दर्य मनमोहक छ । काठमाडौँबाट नजिकको सुन्दर गन्तव्य हो पाँचपोखरी । सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्रका रूपमा पाँचपोखरी थाङ्पाल गाउँपालिका परिचित छ । पाँचपोखरी नै चर्चित र रमणीय पर्यटकीय क्षेत्र भएकाले यो विशेष छ । यसैका नामबाट गाउँपालिकाको नाम राखिएको हो । जति सम्भावना छ, त्यति विकास भने हुनसकेको छैन । जिल्लाका १२ स्थानीय तहमध्येको पाँचपोखरी थाङ्पाल गाउँपालिका उच्च हिमाली दूरदराजमा पर्ने गाउँपालिका हो । यो गाउँपालिकामा २०७२ सालको भूकम्पले धेरै क्षति पु¥यायो । त्यो अवस्थाबाट जिम्मेवारी वहन गर्नुपरेकाले चुनौती रहेको गाउँपालिका अध्यक्ष टासी लामा बताउनुहुन्छ । दोस्रो चुनौती स्थानीय तहमा जनशक्तिको अभाव हो । सबै ऐन, कानुनको अ...
आचारसंहिता पूर्ण पालना गर्नुपर्छ : प्रमुख आयुक्त थपलिया

आचारसंहिता पूर्ण पालना गर्नुपर्छ : प्रमुख आयुक्त थपलिया

Breaking News 2, समाचार
काठमाडौँ, चैत ९ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ र मर्यादित वनाउन राजनीतिक दलले आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने बताउनुभएको छ । निर्वाचन आयोग र नेपाल कानुन समाजद्वारा आज यहाँ आयोजित स्थानीय तह निर्वाचन–२०७९ निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा उहाँले यसपटकको निर्वाचनलाई खर्चिलो र भड्किलो हुन नदिन आचारसंहिता पालनाको विषय कडाइका साथ कार्यान्वयन गरिने धारणा राख्नुभयो । प्रमुख आयुक्त थपलियाले निर्वाचनमा हुने आचारसंहिता उल्लङ्घन गर्ने प्रवृत्तिलाई निस्तेज पार्न राजनीतिक दल एवं नागरिक समाजको सहयोग आवश्यक रहेको छ भन्नुभयो । उहाँले आयोगले प्रत्येक स्थानीय तहमा आचारसंंहिता कार्यान्वयनका लागि समिति गठन गरेर अनुगमन गरिने व्यवस्था मिलाउन लागेको जानकारी दिनुभयो । उहाँले लोकतन्त्रको रक्षा गर्दै शासकीय पद्धतिको ...
बुढेसकालमा सहाराविहीन ९६ वर्षीय थापा दम्पती

बुढेसकालमा सहाराविहीन ९६ वर्षीय थापा दम्पती

Breaking News 3, समाचार
काठमाडौँ, चैत ९ । बेनी नगरपालिका–२ बगरफाँटका ९६ वर्षीय खड्गबहादुर थापा र उहाँकी श्रीमती खिरकुमारी थापा साहारा विहीन बन्नुभएको छ । ९६ वसन्त पार गरे पनि जीवनमा कहिल्यै सुखको महसुस गर्न नसक्नुभएका खड्गबहादुरले विरक्तिएर पटकपटक आत्महत्या गर्ने सोच बनाए पनि श्रीमती खिरकुमारीले नमानेपछि अहिलेसम्म बाँचेको सुनाउनुभयो । “बुढेसकालमा सहाराविहीन भएर बाँच्नु पर्दा निकै ठूलो पीडा हुँदोरहेछ,” उहाँले भन्नुभयो, “यही पीडा सहन नसकेर पटकपटक म्याग्दी खोलामा हेलिएर दुवैजना मरौँ भनेर श्रीमतीलाई भनेँ तर उनी मान्दैमानिनन् र अहिलेसम्म बाँचिएको छ ।” बाहिर देख्दा स्वस्थ शरीर र हँसिलो अनुहारमा देखिने ९६ वर्षीय थापाको मनभित्र पीडा र दुःखको खहरे नै गड्गडाइरहेको महसुस गर्न सकिन्छ । लट्ठीको सहाराले गाउँ घुम्ने र इष्टमित्रले दिएका अन्न, तरकारी, दूध, दही ल्याएर खाने गर्नुभएका थापाको निधारमा चन्दन त कहिल्यै छुट्दैन् त...
नाली निर्माण गर्दा घर भत्कियो

नाली निर्माण गर्दा घर भत्कियो

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत ९ । पाँचथरको फिदिम बजारको आहालगैरीस्थित मेची राजमार्गको नाली निर्माण गर्ने क्रममा एउटा घर भत्किएको छ । नाली निर्माणका लागि जग खन्ने क्रममा स्थानीय देवीप्रसाद अधिकारीको घर भत्किएको हो । अधिकारीको घरमा दुईवटा होटल सञ्चालन गरिएको थियो । घर भत्कदा एकजना सामान्य घाइते समेत भएका छन् । उक्त स्थानमा सञ्जीब निर्माण सेवा निर्माण कम्पनीले सडकमा विस्तारको काम गरिएको छ ।...
शिविरमा एघार सयको स्वास्थ्य जाँच

शिविरमा एघार सयको स्वास्थ्य जाँच

Breaking News 3, समाचार
काठमाडौँ, चैत ९ । इलाम नगरपालिका–७ ले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार एक सय दुईजनाले सेवा लिएका छन् । सोमबार र मङ्गलबार सञ्चालित दुईदिने शिविरमा जिल्लाका विभिन्न क्षेत्रमा बासिन्दाले सेवा लिनुभएको हो । इलाम अस्पतालमा सञ्चालित शिविरमा जिल्लाभरिबाट सेवा लिन आएको बताइएको छ । शिविरको पहिलो दिन ५८७ जनाले सेवा लिएका थिए भने दोस्रो दिन ५१५ जनाले सेवा लिएका छन् । त्यसमा सबैभन्दा बढी हाडजोर्नीका ३७७ बिरामीले सेवा लिएका छन् । त्यस्तै छालाका २८७ बिरामीले सेवा लिएको इलाम अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले जानकारी दिनुभयो । दुई दिनमा नाक, कान र घाँटीका मात्र दुई सय बिरामीले सेवा लिएको विशेषज्ञ डाक्टर शिव पण्डितले जानकारी दिनुभयो । शिविरमा हाडजोर्नी विशेषज्ञसहित मुटुरोग, नाक, कान घाँटी, छाला, फिजिसियन एवम् रेडियोलोजी विशेषज्ञको सेवासमेत उपलब्ध गराइएको थियो । इलाम–७ ले गएको व...
घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

Breaking News 3, समाचार
काठमाडौँ, चैत ९ । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु ९९ हजार २०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख ३०० मा कारोबार भएको सुन आज प्रतितोला रु एक हजार १०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार ७०० छ । यसको मूल्य मङ्गलबार प्रतितोला रु ९९ हजार ८०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ ले घटेर एक हजार ३७० मा आएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९२१ डलर आसपास कारोबार भइरहेको छ । रासस...