Saturday, August 8News That Matters

Month: ४ वर्ष अगाडि

दक्षिण कोरियामा एकै दिनमा तीन लाख ९५ हजारभन्दा बढी कोरोना सङ्क्रमित

दक्षिण कोरियामा एकै दिनमा तीन लाख ९५ हजारभन्दा बढी कोरोना सङ्क्रमित

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, चैत १० दक्षिण कोरियामा एकै दिनमा तीन लाखभन्दा धेरै कोरोनाभाइरसका सङ्क्रमित भेटिएका बिहीबार प्राप्त समाचारमा बताइएको छ । प्राप्त समाचारअनुसार यहाँ बुधबार गएको २४ घण्टा यतामात्र तीन लाख ९५ हजारभन्दा बढी कोरोना सङ्क्रमित पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । यहाँका अधिकारीहरुले पछिल्ला केही दिनमा यहाँ कोरोना भाइरसका सङ्क्रमितहरुको संख्यामा केही कमी आएको तर उल्लेख्य मात्रामा भने घट्न नसकेको बताएका हुन् । यहाँ बुधबार तीन लाख ९५ हजार ७०० जनाजति सङ्क्रमित पाइएको उनीहरुले बताएका छन् । दक्षिण कोरियाको रोग नियन्त्रण तथा निवारण एजेन्सीले सो कुराको जानकारी दिएको हो । सो एजेन्सीका अनुसार यहाँ गएको २४ घण्टा यता त्यो भन्दा अघिल्लो दिनका तुलनामा भने केही कमी आएको बताइएको छ । अघिल्लो दिनमात्र यहाँ ४ लाख ९० हजार जनाको हाराहारीमा संक्रमितहरु भेटिएका थिए । सो निकायका अ...
चुनावसम्म गठबन्धन कायम रहन्छ ः कांग्रेस नेतृ डा देउवा

चुनावसम्म गठबन्धन कायम रहन्छ ः कांग्रेस नेतृ डा देउवा

Breaking News 3, राजनीति, समाचार
काठमाण्डौँ, चैत १० नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले अहिलेका सत्ता गठबन्धनका राजनीतिक दलहरु आमागी निर्वाचनमा पनि मिलेर जाने बताउनुभएको छ । उहाँले अहिलेकै सत्ता गठबन्धनको जनादेश मिलेर जाँदा देशलाई अघि बढाउन सकिन्छ भन्ने कुरा प्रमाणित भइसकेकोले यही जनादेशको गठबन्धन निर्वाचनमा पनि कायम गरेर जाँदा राम्रो हुने बताउनुभयो । नेतृ डा राणाले स्थानीय चुनाव तोकिएकै समयमा हुनेमा ढुक्क रहन सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “संविधानको प्रावधानअनुसार नै निर्वाचन हुन्छ, निर्वाचन नहुने भन्ने कुरा खाली हल्लामात्रै हो, हामीहरु सबै अब निर्वाचनको तयारीमा लाग्नुपर्छ ।” नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको कार्यक्रममा नेपाली कांंग्रेसका केन्द्रीय सदस्यसमेत रहेकी डा देउवाले एक प्रसङ्गमा आगामी निर्वाचनमा कांग्रेसले जनताले रुचाएको व्यक्तिलाई नै टिकट दिने बताउनुभयो । उहाँल...
झापामा लागुऔषध सहित आमा छोरा पक्राउ

झापामा लागुऔषध सहित आमा छोरा पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत १० झापाको मेचिनगर नगरपालिका–१० बाट लागुऔषध सहित आमा छोरा पक्राउ परेका छन । पक्राउ पर्नेमा सोहि स्थानकी ४५ बर्षीया मैनी खातुन र छोरा २५ बर्षीय मेबुव आलम रहेका छन । बिषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारी र लागु औषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले खातुनको घरमा चेक जाँच गर्दा ९ ग्राम ३२ मिलिग्राम ब्राउनसुगर, २४ ग्राम गाँजा, डिजिटल तराजु १ थान, नगद ९ हजार ५ सय साठी रुपैया र बिभिन्न कम्पनीका मोवायल ९ थान बरामद गरेको हो । प्रतिवन्धित लागुऔषध सहित पक्राउ परेका आमा छोराको इलाका प्रहरी कार्यालय धुलाबारीबाट थप अनुसन्धान भईरहेको छ ।...
बिहान उठ्दा श्रीमती मृत फेला परेपछि श्रीमान पक्राउ

बिहान उठ्दा श्रीमती मृत फेला परेपछि श्रीमान पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत १० । संगै सुतेकी श्रीमती बिहान उठ्दा मृत अवस्थामा फेला परेकापछि श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोलुखुम्बु नेचा सल्यान गाउँपालिका–२ सल्यानकी २५ वर्षीया लिलामाया राई मृत फेला परेकी थिइन् । बेलुकीको खाना खाएर आफ्नै घरमा सुतेकी लिलामाया बुधवार बिहान मृत फेला परेपछि उनका ३५ वर्षीय श्रीमान गुणराजलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक कवित कटवालका अनुसार खाना खाएर लिलामायासँगै सुतेका उनका श्रीमान गुणराजले श्रीमतीको मृत्यु भएको बिहान मात्र थाहा पाएका थिए । श्रीमती मृत अवस्थामा फेला परेपछि गुणराजले छिमेकीलाई खबर गरेका थिए । मृतकको शरीरमा चोट देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । घटनामा शंकास्पद भएकाले गुणराजलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक कटवालले जानकारी दिए । शव पोष्टमार्टमका लागि जिल्ला अस्प...
चन्द्रागिरिमा स्वास्थ्य बीमा

चन्द्रागिरिमा स्वास्थ्य बीमा

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत १० चन्द्रागिरि नगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, बीमा बोर्डको उच्च प्राथमिकता प्राप्त सो कार्यक्रम कार्यान्वयन गर्ने चन्द्रागिरि काठमाडौँ उपत्यकाभित्र दोस्रो नगरपालिका भएको छ । हाल नगरपालिकाले १५ शय्याको थानकोट नगर अस्पताल, एक सहरी स्वास्थ्य केन्द्र तथा १० स्वास्थ्यचौकीमार्फत नगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिराखेका छ । यी स्वास्थ्य सस्थामा सरकारको मापदण्डअनुसारका प्रयोगशालाको पनि सुविधा छ । यसैगरी चन्द्रागिरि–४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न जर्मन विकास बैंक ९केएफडब्लु० रु एक अर्ब बराबरको आर्थिक एवं प्राविधिक सहयोगमा अत्याधुनिक अस्पताल निर्माण हुन लागेको छ । नगर प्रमुख घनश्याम गिरी र बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले संयुक्तरुपमा बुधबार आयोजित कार्यक...
चीनबाट २३२ मेट्रिक टन रासायनिक मल भित्रियो

चीनबाट २३२ मेट्रिक टन रासायनिक मल भित्रियो

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत १० चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ ।तातोपानी नाका भएर बुधबार २३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले बताउनुभयो । शिल्क मार्केटलाई चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी दिइएको थियो । भन्सार विभागबाट आज रिपोर्ट आउनासाथ मल राजधानी पठाइने गौतमले बताउनुभयो । बोलपत्र पाएपछि छ महिनाअघि शिल्कले पहिलो खेपमा एक हजार ५०० मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ । रासायनिक मलको चर्को अभाव झेल्दै आएका नेपाली किसानलाई यसले राहत दिने बताइएको छ । बाँकी आठ हजार ५०० मेट्रिक टन मल ल्याउन थालिएको शिल्क मार्केटले जनाएको छ । (रासस)...
हेटौँडामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

हेटौँडामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत १० हेटौँडा उपमहानगरपालिका–१९ मा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । चालक राक्सिराङ गाउँपालिका–८ बस्ने २८ वर्षीय सागर स्याङ्तानको मृत्यु भएको हो । बिहान २ बजे भुन्द्रुङबाट बस्तीपुर हाईवेतर्फ आउँदै गरेको ना६त १८४५ नम्बरको खाली ट्र्याक्टर राप्तिखोलास्थित काठको पुलबाट पार गर्ने क्रममा अचाक पुल भाचिँदा दुर्घटना भएको हो । उनको शव पानीमुनि ट्र्याक्टरले चापिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताउनुभयो । (रासस)...
लिम्चुङबुङमा भएको ट्याक्टर दुर्घटनामा चालकको ज्यान गयो

लिम्चुङबुङमा भएको ट्याक्टर दुर्घटनामा चालकको ज्यान गयो

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत्र १० उदयपुरको पहाडी पालिका लिम्चुङबुङमा ट्याक्टर दुर्घटना भएको छ । दुर्घटना सँगै चालकको ज्यान गएको छ । बुधबार अन्दाजी १ बजेको समयमापालिकाको ३ नं वडा स्थित हात्ती अड्के भन्ने ठाउँमा ना ६ त ९६५० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रहरीका अनुसार सडकबाट अन्दाजि ३०० मिटर तल ट्याक्टर खसी दुर्घटना हुँदा उक्त ट्याक्टर चालक मकवानपुर हेटौडाका अन्दाजि वर्ष २८ को राजेन्द्र प्रजाको ज्यान गएको हो । दुर्घटनामा परेका चालक प्रजालाई ईप्रका लिमचुङबुङबाट खटिएको प्रहरी सहायक निरिक्षकको टोलिले उद्दार गरी उपचारको लागि जिल्ला अस्पताल गाईघाट पठाए पनि प्रजाको उपचारकै क्रममा ज्यान गएको थियो ।...
उदयपुरको मदन भण्डारी आखाँ अस्पतालको उद्घाटन् भोली केपी शर्मा ओलीले गर्ने

उदयपुरको मदन भण्डारी आखाँ अस्पतालको उद्घाटन् भोली केपी शर्मा ओलीले गर्ने

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत्र १० उदयपुर गाईघाट स्थित बाँसवारीमा रहेको मदन भण्डारी आँखा अस्पतालको उद्घाटन् शुक्रबार हुने भएको छ । उक्त भवनको उद्घाटन एमाले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएको छ । नवनिर्मित भवन करिब २ बर्ष अघिनै तयारी भएको भएपनि कोभिडका कारण समयमै उद्घाटन गरी संञ्चालनमा ल्याउन नसकिएको नेपाल नेत्रज्योति संघ उदयपुरका अध्यक्ष भागवत राउतले जनाए । बिभिन्न भवन निर्माणको कार्य र उपकरण तथा बाटाघाटो निर्माण सहित ४ करोड बढी लगानीमा निर्माण भएको भवनको औपचारिक रुपमा शुक्रबार केपी शर्मा ओलीले गर्ने गरी कार्यक्रम तयार पारिएको राउतले जनाए । उदयपुरमा धेरै पहिला स्थापना भएको नेपाल नेत्र ज्योति संघले करिब १३ बर्ष पछि आफ्नै भवन पाएको छ । भवन नहुँदा भाडामा संघले बिरामीलाई सेवा दिईरहेको अवस्थामा अब आफ्नै भवन बाट सेवा सुरु गर्ने राउतले जनाए । भवन निर्माण सँगै आँखा उपचार...
रासस आलेख ः ठेकी निर्माता ‘चुँदारा’ सङ्कटमा

रासस आलेख ः ठेकी निर्माता ‘चुँदारा’ सङ्कटमा

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत ९ ‘कालो ठेकी नारान कालो काठको रातो ठेकी दारको दिन आउँछ रिम्दै घुम्दै जोवन एक बारको हजुर कर्मै रिसाउने’(कालो ठेकी उस्ताद साहिँला) परम्परागत रुपमा गरिँदै आएको काठको ठेकी बनाउने पेसा सङ्कटमा पर्न थालेको छ । विगत वर्षमा धेरैले सो काम गर्दै आए पनि अहिले हराउन लागेको छ । संरक्षणको अभाव तथा पुस्तान्तरण नहँुदा पेसा सङ्कटमा पर्दै गएको यस क्षेत्रमा आबद्ध मानिस बताउँछन् । धेरै मेहनतका साथ खोलाखोल्सीको चिसोमा बसेर काम गर्दा पनि राम्रो आर्थिक उपार्जन नहुने भएपछि मानिसले पेसा छाड्दै गएको ५० वर्षभन्दा बढी समयदेखि चँुदारा पेसा गर्दै आउनुभएका टेम्केमैयुुङ गाउँपालिका –८ गोगनेका रत्नबहादुर विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो,‘‘ मेहनत धेरै गर्नुपर्छ । कामअनुसारको आम्दानी हुँदैन । धेरै दुःख गर्नुपर्ने भएकाले नयाँ पुस्ताले चासो दिँदैनन् । खोलाखोल्सीमा चिसोमा बस्नुपर्ने हुँदा स्वास...