Thursday, August 6News That Matters

Month: ४ वर्ष अगाडि

आखाँ अस्पताल उद्घाटनका लागि भोली केपी ओली गाईघाट आउदैँ

आखाँ अस्पताल उद्घाटनका लागि भोली केपी ओली गाईघाट आउदैँ

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, चैत १० । उदयपुरमा मदन भण्डारी आँखा अस्पताल उद्घाटनका लागि भोली नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली उदयपुर आउने भएको छ । नेपाल नेत्र ज्योति संघ उदयपुरले पत्रकार सम्मेलन गरि आँखा अस्पताल उद्घाटनका सबै प्रक्रिया पुरा भएको हुँदा ओली गाईघाट आउने भएको जनाकारी दिएको हो । आज बिहिबार बिहान ९बजे अस्पतालकै परिसरमा पत्रकार सम्मेलन गरि भौतिक पूर्वाधारसहित मेजर आँखा उपचार सेवा भोलिबाट नियमित हुने नेत्र ज्योति संघ उदयपुरको अध्यक्ष भागवत राउतले बताउनुभयो । जिल्लामा २०६० सालमा स्थापना गरेको नेत्र ज्योति संघले २०६५ सालबाट आँखा उपचार सेवा प्रदान गर्दै आएको छ । नेत्र ज्याति संघ र सगरमाथा चौधरी आँखा अस्पतालको प्राबिधिक सहयोगमा भाँडाको भबनबाट हालसम्म जिल्लाबाट १ लाख ७० हजार पाँच सय २८ जनाले सेवा लिईसकेको जनाएको छ । जसमध्ये ९२ हजार ९ सय ९९ जना महिला र ७७ हजार ५ सय २९ जना महि...
त्रिविमा देखिएका समस्या तत्काल समाधान हुनुपर्छ ः मन्त्री भुसाल

त्रिविमा देखिएका समस्या तत्काल समाधान हुनुपर्छ ः मन्त्री भुसाल

Breaking News 3, राजनीति, समाचार
काठमाण्डौँ, चैत १० ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऐतिहासिक विरासत बोकेको त्रिभुवन विश्वविद्यालयमा चुनौती चुलिँदै गएको बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, त्रिभुवन विश्वविद्यालय केन्द्रीय समितिको चौथो राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै उहाँले विश्वविद्यालयसम्बद्ध पक्षले गहन समीक्षा गरेर उत्पन्न चुनौतीलाई व्यवस्थापन गर्नेतर्फ लाग्न आग्रह गर्नुभयो । व्यक्तिले खोलेका शिक्षण संस्थाले नाफा कमाउने र त्यहाँ विद्यार्थीको भीड हुने तर त्रिभुवन विश्वविद्यालयका कुनै संकायमा विद्यार्थीभन्दा शिक्षक बढी हुने अवस्था कसरी आयो भन्दै मन्त्री भुसालले व्यवस्थापन, प्रशासन र प्राध्यापन तीनै क्षेत्रले जवाफ दिने अवस्था आएकोे बताउनुभयो । उहाँले भन्नुभयो, “एकले अर्कोलाई देखाउनेभन्दा पनि समस्या समाधान कसरी गर्ने भन्ने विषयमा विशेष ध्यान जानुपर्छ ।” जनताको कर र जनताका छोराछोरीले तिरेको ‘...
गठबन्धनलाई बचाउनु अहिलेको आवश्यकता हो ः प्रधानमन्त्री

गठबन्धनलाई बचाउनु अहिलेको आवश्यकता हो ः प्रधानमन्त्री

Breaking News 3, राजनीति, समाचार
काठमाण्डौँ, चैत १० प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान पाँच दलीय गठबन्धनलाई चुनावसम्म बचाएर लैजानुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । नेपाली काङ्ग्रेस तनहुँले आज पार्टी कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र बचाउनका लागि पनि गठबन्धन आवश्यक रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले लोकतन्त्र र प्रजातन्त्र बचाउनका लागि गठबन्धनका दलको योगदान रहेको उल्लेख गर्र्दै भन्नुभयो, “स्थानीय चुनावमा मात्र नभई प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसम्म नै गठबन्धनलाई लैजानुपर्छ । उहाँहरुलाई पनि उचित स्थान दिनुपर्छ ।” प्रधानमन्त्री देउवाले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीलाई जिताउन एकढिक्का भएर लाग्न आग्रह गर्नुभयो । तनहुँ आदिकवि भानुभक्तको जिल्ला भएकाले यसको छुट्टै महत्व रहेको बताउँदै काङ्ग्रेसका लागि पनि तनहुँ उर्वरभूमि...
नेपाल आउन लागेको सलमानले झण्डै ५ करोड पारिश्रमिक लिने

नेपाल आउन लागेको सलमानले झण्डै ५ करोड पारिश्रमिक लिने

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत १० । नेपाल आउने तरखरमा रहेका बलिउड अभिनेता सलमान खानले झण्डै ५ करोड पारिश्रमिक लिने भएको छ । आयोजकका अनुसार सलमानले ४ करोड ८० लाख पारिश्रमिक दिने जनाएको छ । ओडीसीका प्रबन्ध निर्देशक सीमान्त गुरुङले सलमानसहित भारतबाट आउने कलाकारले मात्र पारिश्रमिकवापत ९ करोड ६० लाख रुपैयाँ लैजाने छन् । जसमध्येबाट सलमानले ४ करोड ८० लाख रुपैयाँ हिस्सा लिनेछन् । सलमानसहित ज्याकलिन फर्नान्डेज, सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पौल, गुरु रान्धावा र आयुष शर्मा लगायत नेपाल आउनेछन् । नेपालमा रहँदा सलमानलाई सगरमाथा क्षेत्र र लुम्बिनीको भ्रमण गराउने तयारी छ । सलमानका भाइ सोहेल खानको जेए इभेन्ट म्यानेजमेन्ट कम्पनी र ओडीसीको सहकार्यमा हुने कार्यक्रमका लागि सलमानसहितको टिम नेपालमा तीन दिन रहनेछ ।...
श्रमिको हितका लागि गरिएका समझदारी कार्यान्वयन गर्न आग्रह

श्रमिको हितका लागि गरिएका समझदारी कार्यान्वयन गर्न आग्रह

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत १० नेपाल ट्रेड युनियन कांग्रेस (एनटियुसी)ले नेपाली श्रमिकहरूको बहृत्तर हितका लागि विगतमा गरिएका समझदारी कार्यान्वयन गर्न नेपाली कांग्रेससँग आग्रह गरेको छ । एनटियुसी र कांग्रेसबीच भएको सात बुँदे समझदारी कार्यान्वयन भए मात्र आमश्रमिकको जीवनस्तर उकास्न सकिने भएकाले सो समझदारीलाई पूर्णरूपमा कार्यान्वयन लैजान आग्रह गरिएको हो । एनटियुसीले अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनले लिएको श्रमनीति, आइएलओ अभिसन्धि ८७, नेपालको संविधान, श्रम ऐन तथा ट्रेड युनियन ऐनले निर्दिष्ट गरेका अधिकार कार्यान्वयन गराउन समझदारी गरेको थियो । समझदारीपत्रमा श्रमिक वर्गको जीवनस्तर उकास्न निःशुल्क शिक्षा, स्वास्थ्य र अनिवार्य रोजगारीलगायत विषयलाई आधारभूत अधिकारका रूपमा सुनिश्चित गर्न र राज्यको स्रोत तथा साधनमा श्रमिकका स्वामित्व सुनिश्चित गराउनुपर्ने उल्लेख छ । यस्तै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमि...
निर्वाचनका लागि एकीकृत सुरक्षा नीति पारित

निर्वाचनका लागि एकीकृत सुरक्षा नीति पारित

Breaking News 3, राजनीति, समाचार
काठमाण्डौँ, चैत १० सरकारले स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहितरूपमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ ल्याएकोे छ ।गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षता आज बसेको सुरक्षा समितिको बैठकले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको हो । “ बैठकले निर्वाचनका लागि आवश्यक पर्ने एकीकृत सुरक्षा नीति पारित गरेको छ”, गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भन्नुभयो, “अब स्थानीय तह निर्वाचन र अन्य निर्वाचन पनि त्यही सुरक्षा नीतिअनुरुप सम्पन्न गर्न सजिलो हुन्छ । निर्वाचन निष्पक्ष र भयरहितरूपमा सम्पन्न गर्न यो नीतिले सहयोग पु¥याउँछ ।” बैठकमा सुरक्षा निकायका प्रमुखहरूले वर्तमान सुरक्षा अवस्था र निर्वाचनमा सम्पन्न गर्न गर्नुपर्ने कार्यबारे आ–आफ्ना धारणा व्यक्त गर्नुुभएको थियो । उहाँका अनुसार आगामी सुरक्षा चुनौती र ती चुनौतीलाई सम्बोधन गर्न अपनाउनुपर्ने रणनीतिबारे प...
हिंसा न्यूनीकरण गर्न माग

हिंसा न्यूनीकरण गर्न माग

Breaking News 3, समाचार
झापा, चैत १० । कार्यस्थलमा हुने हिंसालाई पत्रकारहरूले खुलेर प्रतिवाद गर्ने जनाएका छन् । मिडिया एड्भोकेसी गु्रप र सोलिडारिटी सेन्टरद्वारा संयुक्त रुपमा बुधबार विर्तामोडमा आयोजित कार्यक्रमका सहभागी पत्रकारहरूले कार्यस्थलमा हुने विभिन्न प्रकारका हिंसा भोग्दै आएको र अब यसलाई प्रतिवाद गर्ने बताएका हुन् । नारी सञ्चारगृह झापाका अध्यक्ष भीमा शिवाकोटीले हिंसामा पुरुष पत्रकारको तुलनामा महिला पत्रकार बढी पर्ने गरेकोे बताउनुभयो । “हिंसा महसुस हुनसाथ डटेर प्रतिवाद गर्नुपर्छ”, उहाँले भन्नुभयो, “स्वयं व्यक्तिले नै आँट र आत्मविश्वास बढाउनुपर्छ, खुलेर विरोध गर्न सक्नुपर्छ अनि मात्र हिंसाबाट बच्न सकिन्छ ।” पत्रकार सन्तोष न्यौपाने, शिशिर चम्लागार्इँ, नरेन्द्र ढकाल र पुष्प खड्काले सरकारको उपल्लो तहमा रहेका व्यक्तिहरूबाट महिला पत्रकारले मात्र नभएर पुरुष पत्रकारले समेत हिंसा भोग्नु परिरहेको बताउनुभयो । उ...
गाईघाटमा रजत महोत्सव हुने, लोप हुँदै गएको पुराना तथा पराम्परागत खेलहरु खेलाईने

गाईघाटमा रजत महोत्सव हुने, लोप हुँदै गएको पुराना तथा पराम्परागत खेलहरु खेलाईने

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि, चैत्र १० गाईघाटमा यहि चैत्र १२ गते रजत महोत्सव हुने भएको छ । त्रियुगा नगरपालिकाको खेलकुद शाखा तथा नगर युवा खेलकुद विकास समितिको आयोजनामा रजत महोत्सव हुन लागेको जनार्ईको छ । पुराना राष्ट्रिय महत्वका खेलहरुलाई उजागर गर्ने उदेश्यले रजत महोत्सव गर्न लागिएको आयोजकको भनाई छ । पुराना तर निकै महत्व बोकेका खेलहरु डोरी तनाई, डण्डी बियो, हण्डी फोड, म्युजिकल चियर, तातो आलु र भाले समाई जस्ता खेलहरु महोत्सवमा खेलाईने भएको छ । डोरी तनाई र डण्डी वियो सामुहिक खेलाईने छ भने बाँकी अन्य खेलहरु भने एक्कल प्रतियोगिता गराईने जनाईएको छ । खेलमा सहभागी इच्छुकहरुले चैत्र ११ गते शुक्रबार सम्म सम्बन्धित ठाउँमा दर्ता गरिसक्नु पर्ने आयोजक समितिका अध्यक्ष प्रदिप श्रेष्ठले जनाएको छ । खेलका लागि टिम दर्ता शुल्क निशुल्क रहेको छ । खेलमा विजयी प्राप्त गर्नेहरुलाई नगद पुरस्कारको व्यवस्था रहेको छ । खेल ...
स्थानीय सरकार जनउत्तरदायी भएर जनताको मन जित्नुपर्छ ः प्रधानमन्त्री देउवा

स्थानीय सरकार जनउत्तरदायी भएर जनताको मन जित्नुपर्छ ः प्रधानमन्त्री देउवा

Breaking News 3, राजनीति, समाचार
काठमाण्डौँ, चैत १० प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकार पारदर्शी र जनउत्तरदायी भएर जनताको मन जित्ने गरी अगाडि बढ्नुपर्ने बताउनुभएको छ । स्याङ्जाको चापाकोट नगरपालिका–९ सुन्तलीटारमा नवनिर्मित चापाकोट नगरपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने भएकाले यसका काम कारबाहीलाई पारदर्शी बनाई जनउत्तरदायी सरकारको रूपमा अगाडि बढाउनुपर्ने बताउनुभएको हो । “स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोडिने सरकार भएकाले यसका काम कारबाही पारदर्शी र जनउत्तरदायी हुनुपर्छ”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “स्थानीय सरकारले जनताको मन जित्ने गरी काम गर्नु अहिलेको आवश्यकता पनि हो ।” वर्तमान सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेर अघि बढीसकेको तथा निर्वाचन तोकिएकै समयमा निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने प्रधामन्त्री देउवाले...
विपक्षी दलका भ्रमलाई कांग्रेसले चिर्नुपर्छ ः वरिष्ठ नेता पौडेल

विपक्षी दलका भ्रमलाई कांग्रेसले चिर्नुपर्छ ः वरिष्ठ नेता पौडेल

Breaking News 3, राजनीति, समाचार
काठमाण्डौँ, चैत १० नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले गरेका कामका बारेमा जनतालाई जानकारी गराएर आगामी निर्वाचनमा मत माग्नुपर्ने बताउनुभएको छ । कांग्रेस व्यास नगरपालिका–२ ले आज दमौलीमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उहाँले कांग्रेसले सरकारको नेतृत्व गर्दा गरेका कामका बारेमा जनतालाई जानकारी गराउनुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो “विपक्षी दलहरुले जनतालाई भ्रममा पार्ने कोसिस गरिरहेको छन् । त्यस्ता भ्रमलाई कांग्रेसले चिर्नसक्नुपर्छ ।” कांग्रेसका बारेमा जनतालाई बुझाउन हरेक नेता तथा कार्यकर्ताले अध्ययन, चिन्तन र मनन गर्नुपर्ने वरिष्ठ नेता पौडेलको भनाइ थियो । फरक प्रसङ्गमा उहाँले व्यास नगरपालिकालाई प्रकृतिमैत्री बनाउने चुनौती थपिएको बताउनुभयो । नगरपालिकाभित्र बनेका संरचनाले नगर क्षेत्र साँघुरिँदै गएकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो । कांग्रेसका केन्द्रीय सदस्य मधु...