Thursday, August 6News That Matters

Month: ४ वर्ष अगाडि

मालीमा ८८६ नागरिक मारिए, घाइते वा अपहृत भए

मालीमा ८८६ नागरिक मारिए, घाइते वा अपहृत भए

Breaking News 3, समाचार
काठमाडौँ, चैैत ११ । गत वर्षको दोस्रो छ महिनामा मालीमा कम्तिमा ८८६ नागरिक मारिएको, घाइते भएको वा बेपत्ता भएको मालीस्थित संयुक्त राष्ट्रसंघ बहुआयामिक एकीकृत स्थिरता मिसन (मिनुसमा) ले प्रकाशित नोटमा जनाइएको छ। पीडित मध्ये ४० बालबालिका र ६५ जना महिला रहेको मिनुस्माले जनाएको छ। दस्तावेजका अनुसार गत वर्षको पहिलो छ महिनाको तुलनामा हिंसाबाट प्रभावित सर्वसाधारणको संख्या ७ प्रतिशतले घटेको देखिएको छ । समूह फर द सपोर्ट अफ इस्लाम एन्ड मुस्लिम जस्ता समूहहरूबाट हुने मानवअधिकार उल्लङ्घनमा भने अघिल्लो अवधिको तुलनामा २१ प्रतिशतले वृद्धि भएको छ। रासस नोटमा भनिएको छ हिंसा देशको केन्द्रमा विशेष गरी बन्दियागारा, डुएन्जा, मोप्ती र सेगोउ क्षेत्रहरूमा किन्द्रित थियो । सन् २०१२ देखि मालीले सुरक्षा, राजनीतिक र आर्थिक स्तरमा गहिरो बहुआयामिक सङ्कटको सामना गरिरहेको छ। स्वतन्त्रता विद्रोह, जिहादी आक्रमण र अन्तर(साम...
झापाकी एक वृद्धा १२ दिनदेखि बेपत्ता

झापाकी एक वृद्धा १२ दिनदेखि बेपत्ता

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत ११ । झापाको मेचीनगर नगरपालिका–५ की ७० वर्षीया लीलामाया कार्की १२ दिनदेखि बेपत्ता भएकी छिन् । आमा हराएको १२ दिन बितिसक्दा समेत प्रहरीले खोजीकार्यमा कुनै चासो नदेखाएको भन्दै परिवार र स्थानीयवासीले गुनासो गरेका छन् । ०७८ फागुन २९ गते घरबाट हिँडेकी लीलामाया हालसम्म नफर्किएपछि परिवार र आफन्त उनको खोजीमा दिनरात भौँतारिरहेका छन् । उनी ठूली छोरीकामा जान्छु भनेर घरबाट हिँडे पनि भोलिपल्टसम्म नपुगेपछि चौतर्फी खोजी गर्दासमेत फेला पार्न नसकेको उनका छोरा प्रेमकुमार कार्कीले बताए । ‘हामीले आफन्तकामा खोजी सकिऊ, कुनै अप्रिय घटना पो भयो कि भनेर वनजङ्गल, खोलानाला सबै चाहरीसक्यौँ तर आमालाई भेट्न सकेनौँ,’ उनले भने । लीलामायाका जेठा ज्वाइँ यामप्रसाद मैनालीले आमा २९ गते अपराह्न २ः५५ बजे काँकडभिट्टाबाट सूर्याेदय यातायात चढेर पश्चिमतर्फ लागेको सिसीक्यामेराको फुटेज भेटिएको बताए । चैत १ गते नै...
भाउजुको हत्या गरेको अभियोगमा देवर पक्राउ

भाउजुको हत्या गरेको अभियोगमा देवर पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत ११ । आफ्नै भाउजुको हत्या गरेको अभियोगमा प्रहरीले देवरलाई पक्राउ गरेको छ । ४० वर्षीया भाउजु रमकुम्री देवीको हत्या गरेको अभियोगमा फतुवा विजयपुर नगरपालिका–२ शितलपुर बस्ने ३५ वर्षीय बिन्दा महतोलाई बिहीवार बिहान प्रहरीले पक्राउ गरेको हो । पुरानो रिसिवीको कारण चैत ४ गते राती बिन्दाले बाँसको लाठीले हिर्काउदा गम्भीर घाइते भएकी उनको ट्रोसिटी अस्पताल वीरगञ्जमा उपचारको क्रममा हिजो मृत्यु भएको ईलाका प्रहरी कार्यालय सन्तपुरले जनाएको छ । पक्राउ परेका महतोमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
भारतीय साइकलयात्री दमकमा

भारतीय साइकलयात्री दमकमा

Breaking News 3, समाचार
काठमाण्डौँ, , चैत ११ महिला हिंसाको अन्त्य तथा पर्यावरणमा सचेतना दिने उद्देश्यले भारतको आसाम, गुवाटी खेत्रीका २० वर्षीय साइकलयात्री पवन शर्मा लुईटेल दमकमा । उन्नसाइ दिन लगाएर उहाँले आसामदेखि नेपालको काठमाडौँ सम्मको ९७६ किलोमिटर पूरा गर्ने लक्ष्यमा हुनुहुन्छ । उहाँलाई दमकमा शुक्रबार नेपाल–भारत मैत्री सङ्घले बिदाई कार्यक्रम गरेको छ । (रासस)...
उदयपुरको त्रियुगा खोलामा डुबी ५ वर्षीय बालकको मृत्यु

उदयपुरको त्रियुगा खोलामा डुबी ५ वर्षीय बालकको मृत्यु

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत ११ । उदयपुरको त्रियुगा खोलामा डुबी एक ५ वर्षीय बालकको ज्यान गएको छ । झापाको हल्दीवारी घर भई त्रियुगा नगरपालिका–७ स्थितमा बस्दै आएका गौर बहादुर मगरको छोरा निस्पल मगरको खोलामा डुबी ज्यान गएको हो । बिहिवार साँझ ६ बजे खेल्ने क्रममा घर नजिकै रहेको त्रियुगा खोलामा डुबी रहेको अवस्थामा आमाले फेला पारी उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगेकोमा उपचारको क्रममा मगरको बालकको ज्यान गएको अस्पतालले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
साईकलिङ सँगै आजबाट त्रियुगा रजत महोत्सव सुरु

साईकलिङ सँगै आजबाट त्रियुगा रजत महोत्सव सुरु

Breaking News 1
पूर्णपुष्टि, चैत्र ११ त्रियुगा नगरपालिका २५ औँ बर्ष पुगेको अवसरमा गाईघाटमा भव्य रजत महोत्सव सुरु भएको छ । शुक्रबार जिल्ला साईकलिङ संघ उदयपुरको आयोजनामा साईकलिङ सहित रजत महोत्सव सुरु भएको हो । त्रियुगा नगरपालिका स्थित नगर प्रमुख वलदेभ चौधरीले साईकलिङ टोलीहरुलाई खादाले सम्मान गर्दै कार्यक्रमको सुभारम्भ गरेको हो । साईकलिङ टोलीले बजार परिक्रमा सँगै बिभिन्न ठाउँहरुमा आफ्नो गन्तव्य तय गरेका थिए । उक्त महोत्सवमा १२ गते बिभिन्न कार्यक्रमहरु राखिएको छ । पुराना लोप हुँदै गएका खेलहरु डोरी तनाई, डण्डीवियो, हण्डीफोर, तातो आलु, म्युजिकल चियर लगायत खेलहरुको महोत्सवमा राखिएको छ ।...
कक्षा ११ र १२ आवेदन फाराम बुझाउने म्याद पुनः थप

कक्षा ११ र १२ आवेदन फाराम बुझाउने म्याद पुनः थप

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत १० । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को विद्यार्थीको रजिष्ट्रेशनन तथा परीक्षा आवेदन फाराम बुझाउने म्याद पुनःथप गरेको छ । यसअघि बोर्डले गत माघ ७ गतेसम्म म्याद राखेकोमा छुट भएकालाई माघ मसान्तसम्म म्याद थप गरेको थियो । बोर्डले दोस्रो पटक म्याद थप गर्दै चैत १६ भित्र दोब्बर शुल्कमा रजिष्ट्रेशनन तथा परीक्षा आवेदन फाराम बुझाउन सक्ने जनाएको छ । बोर्डका अनुसार २०७८ सालमा कक्षा ११ मा भर्ना भई अध्ययनरत विद्यार्थीको रजिष्ट्रेशनन आवेदन फाराम र २०७९ सालमा सञ्चालन हुने कक्षा १२ (नियमित तथा आंशिक–ग्रेडवृद्धि) कक्षा ११ को (आंशिक–ग्रेडवृद्धि मात्र) को वार्षिक परीक्षाको आवेदन फाराम वापत प्रति विद्यार्थी १ हजार दुई सय र रजिष्ट्रेशन आवेदन फाराम वापत प्रति विद्यार्थी ८ सय बुझाई सम्बन्धित विद्यालय मार्फत बोर्डका कार्यलमा फाराम बुझाउन सक्नेछन् ।...
करणी मुद्दाका फरारर प्रतिवादी इनरुवाबाट पक्राउ

करणी मुद्दाका फरारर प्रतिवादी इनरुवाबाट पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत १० । जबरजस्ती करणी मुद्दामा ७ वर्ष सजाय सुनाएका फरार प्रतिवादी पक्राउ परेको छ । सुनसरीको बराह नगरपालिका–१० बस्ने ३६ वर्षीय अर्जुन आचार्य भन्ने चूडामणि आचार्यलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले इनरुवाबाट पक्राउ गरेको हो । उनलाई उच्च अदालत पाटनले २०७७ साल माघ २६ गते करणी गरेको कसुरमा ७ वर्ष कैद सजाय सुनाएको थियो । पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत सुनसरीमा पेश गरिएको प्रहरीले जनाएको छ । आचार्यले काठमाडौं महानगरपालिका–१८ ताम्सिपाखामा पीडित महिलालाई विवाह गर्ने भन्दै अनुचित प्रभाव र डर, त्रास देखाएर जबरजस्ती करणी गरेको प्रहरीको दाबी छ ।...
प्लाष्टिकमा बेरेको अवस्थामा शव फेला

प्लाष्टिकमा बेरेको अवस्थामा शव फेला

Breaking News 3, समाचार
काठमाडौँ, चैत १० । नेपालगञ्ज विमानस्थल नजिकै प्लाष्टिकमा बेरेको अवस्थामा आज एक युवकको शव फेला परेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२० राँझास्थित नेपालगञ्ज विमानस्थल परिसरको पूर्वी कम्पाउण्ड बाहिर ती युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुर्खेतका ३० वर्षीय बालकृष्ण ओलीको शव प्लाष्टिकले बेरेको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान भइरहेको र उनका आफन्त अझै सम्पर्कमा नआएकाले शव भेरी अस्पतालमा राखिएको उहाँको भनाइ थियो । रासस...
तनहुँ जलविद्युत् आयोजनाको काम समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

तनहुँ जलविद्युत् आयोजनाको काम समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

Breaking News 3, राजनीति, समाचार
काठमाण्डौँ, चैत १० प्रधानमन्त्री शेरबहादुर देउवाले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गरी आयोजना समयमै सम्पन्न गरिसक्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री देउवाले आज आयोजनाको बाँधस्थल, विद्युत्गृहलगायतको निरीक्षणपछि समयमै काम सम्पन्न गर्नेतर्फ ध्यान दिन निर्देशन दिनुभएको हो । सो क्रममा प्रधानमन्त्री देउवाले आयोजनाको हालसम्म भएका कामको प्रगतिबारे जानकारी लिनुभएकोे थियो । प्रधानमन्त्री देउवाले आयोजना निर्माणका लागि सरकारको तर्फबाट आवश्यक सबै सहयोग रहने प्रतिबद्धता पनि त्यस अवसरमा व्यक्त गर्नुभयो । आज तनहुँका केही कार्यक्रममा सहभागी हुन आउनुभएका प्रधानमन्त्री देउवाले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको जलविद्युत् आयोजनाको निरीक्षण गर्नुभएको हो । आयोजनाको प्रवद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध...