युक्रेनमा रुसको हवाई, जमिन र समुद्रबाट आक्रमण
काठमाण्डौँ, फागुन २३
रुसी सेनाले सोमबार युक्रेनी सहरहरूलाई हवाइ, जमिन र समुद्रबाट आक्रमण गरेका छन् । उनीहरूले राजधानी किभमा आक्रमणको तयारी गरिरहेको चेतावनी दिएका छन् । यसबाट आतंकित नागरिकहरू घेरामा परेको मारियुपोलमा फसेका छन् ।
निरन्तर जारी रहेको आक्रमणको कारण युक्रेनको सिमानामा १५ लाख भन्दा बढी मानिस शरणार्थीका रूपमा बाहिएका छन् । यद्यपी, अरु धेरै आन्तरिक रूपमा विस्थापित भएका छन् वा रुसी बमबारीले भग्नावशेषमा परेका शहरहरूमा फसेका छन् । उता मस्कोलाई दण्डित गर्ने उद्देश्यले रुसलाई अन्तर्राष्ट्रिय प्रतिबन्धहरू लगाइएका भए पनि आक्रमणलाई कम गर्न भने सहयोग पुगेको छैन । वाशिंगटनले अब युरोपसँग रूसी तेल आयातमा प्रतिबन्ध लगाउने बारेमा छलफल गरिरहेको बताएको छ ।
टोकियो र हङकङका बजारहरू ओरालो लागेको यस अवस्थामा ब्रेन्ट कच्चा तेलको मूल्य १४ वर्षकै उच्च बिन्दुमा पुगेको छ । राजधानी किभलगायत देशभरका...









