Friday, August 7News That Matters

Month: ४ वर्ष अगाडि

१५ वर्षीया किशोरी बलात्कार गरेको अभियोगमा शिक्षक पक्राउ

१५ वर्षीया किशोरी बलात्कार गरेको अभियोगमा शिक्षक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २३ । एक १५ वर्षीया किशोरी जबरजस्ती करणी गरेको अभियोगमा अर्घाखाँचीका १५ वर्षीय शिक्षक पक्राउ परेको छ । मालारानी गाउँपालिकाको एक माध्यमिक विद्ययालका २७ वर्षीय शिक्षकले सोही विद्यालयमा अध्ययनरत छात्रालाई करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको हो । ती शिक्षकले छात्रालाई गत वैशाख १९ गते घर नजिकै जंगलमा र त्यसपछि पटकपटक करणी गरी गर्भपतनसमेत गराएको जाहेरी परेपछि नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी अमर थापाले जानकारी दिए । प्रारम्भिक अनुसन्धानपछि जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको डीएसपी थापाले बताए ।...
करेन्ट लागेर एक युवकको मृत्यु

करेन्ट लागेर एक युवकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २३ सुनसरीको धरान उपमहानगरपालिका १५ कृष्णापथमा करेन्टलागी १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुष्पाञ्जली मार्गका ३५ बर्षीय मौसम प्रधान रहेका छन् । हिजो बेलुका ६ बजे पदम बहादुर गुरुङको घरमा ट्रस लगाउने क्रममा अचानक करेण्ट लागी छतबाट भुइँमा लडी घाँइते भएका उनको उपचारको लागि घोपा अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनाको जानकारी पाएलगतै घटनास्थल पुगेको वडा प्रहरी कार्यालय धरानले घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाएको छ ।...
वायुसेवालाई साउदी अरेबियाको उडान अनुमति

वायुसेवालाई साउदी अरेबियाको उडान अनुमति

Breaking News 1, समाचार
काठमाण्डौँ, फागुन २३ नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको रियाद, दमाम र जेद्दा उडानको अनुमति प्रदान गरिएको छ । नेपाल वायुसेवा निगमलाई साउदी अरेबियाको नागरिक उड्डयन कार्यालय जेनरल अथोरीटी अफ सिभिल एभिएसन्स् रियादले त्यहाँका तीनवटा सहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको पहलमा सो उडान अनुमति प्राप्त भएको हो । यसका लागि मन्त्री आलेको निर्देशनमा केही समयअघिदेखि पत्राचार एवं सम्पर्क भएको थियो । उक्त क्षेत्रको उडान अनुमति लिनका लागि निगमका कार्यकारी अध्यक्षसहितका कर्मचारीहरु साउदी अरेबिया पुगेर उडान अनुमतिको प्रक्रियाको थालनी गर्नुभएको थियो । निगमले चैतदेखि पहिलो चरणमा काठमाडौँ–रियाद–काठमाडौँ सातामा तीन दिन उडान गर्ने जानकारी गराएको छ ...
नक्चुङ सामुदायिक वनमा आगलागी

नक्चुङ सामुदायिक वनमा आगलागी

Breaking News 2, समाचार
काठमाण्डौँ, फागुन २३ तेन्जिङ हिलारी विमानस्थल लुक्ला नजिकैको नक्चुङ सामुदायिक वनमा गए रातिदेखि भिषण आगलागी भइरहेको छ । आगो लागेको क्षेत्र भिर भएकाले नियन्त्रण गर्न कठिन भएको स्थानीयवासीले जनाएका छन् । खुम्बुपासाङ ल्हामु गाउँपालिका कार्यवाहक अध्यक्ष टासी ल्हमु शेर्पाले अत्यधिक भिर भएकाले मानिस गएर आगो नियन्त्रण गर्न सक्नेअवस्था नभएपछि हेलिकप्टर झिकाइएकोे जानकारी दिनुभयो । आगो नियन्त्रण गर्नको लागि अहिले काठमाडौँबाट हेलिकप्टर उडिसकेको बताइएको छ । आगोको धुवाँका कारण आज बिहान करिब एक घण्टा विमानस्थल नै बन्द भएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारिका अछामीले जानकारी दिनुभयो । अहिले विमानस्थल सञ्चालनमा आइसकेको जनाइएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ मा पर्ने उक्त जङ्गलमा लागेको आगो फैलँदो अवस्थामा रहेको स्थानीयवासी रामे तामाङले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय स...
पानीमा डुबी एक युवकको मृत्यु

पानीमा डुबी एक युवकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २३ मोरङको जहदा गाउँपालिका ४ लोहन्द्रा खोलामा डुबी १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका सम्भु यादवको छोरा १८ बर्षीय उपेन्द्र यादव रहेका छन् । आईतबार दिउसो २ बजे माछा मार्न गएका यादव पानीमा डुबेको स्थानीयले देखि कोशी अस्पताल लगिएकोमा उपचारको क्रममा ३ बजे मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
स्वास्थ्यकर्मी माथी हात पात भएको भन्दै बन्द गरिएको जिल्ला अस्पताल उदयपुर सुचारु

स्वास्थ्यकर्मी माथी हात पात भएको भन्दै बन्द गरिएको जिल्ला अस्पताल उदयपुर सुचारु

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन २३ उदयपुरमा गर्भवती महिलाकोे मृत्युृको कारण तनाव सिर्जना भएको जिल्ला हस्पिटल उदयपुर पुन संञ्चालनमा आएको छ । चार दिन देखी बन्द सो अस्पताल संञ्चालनमा आएको जनाईएको छ । हस्पिटलले विज्ञाप्ती जारी गर्दै स्वास्थ्यकर्मी माथी हातपात भएको भन्दै बन्द गरिएको अस्पताल संञ्चालनमा आएको उल्लेख गरेको छ । बिज्ञाप्तीमा दोषिलाई कार्वाहीको माग समेत गरिएको छ । दोषिलाई कार्वाही नभए सम्म अन्य हिसाव बाट आफुहरुको आन्दोलन जारी राख्ने भन्दै जनताको सेवा र विरामीको उपचारनै आफ्नो मुल कर्म रहेकाले अस्पताल सेवा सुचारु गरेको डा. मुकेश कुमार झा हस्ताक्षर विज्ञाप्तीमा उल्लेख छ । गत शुक्रबार राती उदयपुरगढी गाउँपालिका ७ नेपालटारकी ३२ बर्षिया गर्भवति सिता कार्कीको उपचारको क्रममा मृत्यु भएपछि आक्रोशित समुहले स्वास्थ्यकर्मी माथि हातपात र अस्पतालमा तोडेफोड गरेका थिए । अस्पताल परिषरभित्र डिउटीमा रहेका स्व...
लिम्चुङबुङमा उद्यम व्यवसायीक सीप विकास केन्द्र निर्माणको डिपिआर सम्पन्न

लिम्चुङबुङमा उद्यम व्यवसायीक सीप विकास केन्द्र निर्माणको डिपिआर सम्पन्न

Breaking News 1, लिम्चुङबुङ डायरी, समाचार
पूर्णपुष्टि, फागुन २३ लिम्चुङबुङ गाउँपालिकाले पछिल्लो समय विकासे कामहरुलाई तिव्र बनाएको छ । जनताहरुलाई पालिकामै आवश्यकीय वस्तु तथा सेवाको सुविधा गराउन तथा शहरी वातावरणमै काम सहज गराउन पालिकाले बिभिन्न जनताको मागहरु सँग सम्बन्धित रहेको विकासे योजनालाई अगाडी बढाएको हो । पालिकाले पर्यटकीय, कृषि, मनोरञ्जन, खेलकुद, पशुपालन लगायत बिभिन्न क्षेत्रहरुलाई समेट्दै त्यसको व्यस्थित संरक्षण र उत्पादनलाई ध्यानमा राखेर निर्माण योजना तथा संरक्षणको कार्यको लागि डिपिआर तयार गरेको छ । पालिकाले जनता धनी बनाउने उदेश्यले ऐतिहासीक गौरबको योजना अगाडी बढाउदै बाराहाको सिम्लेमा अवस्थीत नर्कटी पोखरी संरक्षण साथै कृषी उद्यम तथा व्यवसायीक सिप विकास प्रशिक्षण केन्द्र निर्माण हुने गरी डिपीआर सम्पन्न गराएको जनाए । यस अन्तर्गत बाराहा पोखरी नर्कटीको पोखरी लाई बदेल आक्रितीमा निर्माण गर्ने, पुरानो मन्दिरलाई २ तल...
धरानकी महिला उद्यमी तथा संञ्चारकर्मी सुनिता मृत भटीईन्

धरानकी महिला उद्यमी तथा संञ्चारकर्मी सुनिता मृत भटीईन्

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २२ धरानमा एक महिला उद्यमी तथा संञ्चारकर्मी मृत भेटिएकी छिन् । उनि आईतबार आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरले बताए । ४२ वर्षीया सुनिता केसी (राई) करिब डेढ दशकदेखि धरानको विजयपुर मिडिया ग्रुप प्रालीद्वारा संचालित विजयपुर एफएमको सदस्य र समाचार विभागका कार्यरत हुँदै पछिल्लो समयमा क्लिक धरान मिडिया प्रालिका प्रबन्ध निर्देशक रहेकी थिइन् । उनी नेपाल पत्रकार महासंघ सुनसरीको सदस्य र पेट्रोलियम डिलर एसोसिएसनकी केन्द्रीय सदस्य तथा महिला सञ्जाल धरानको नगर सदस्यसमेत रहेकी थिइन् । प्रहरीकाअनुसार उनको मृत्युको कारण भने खुल्न सकेको छैन । केही दिन अघि उनी स्कुटी दुर्घट्नामा परेपछि घरमै आराम गरिरहेकी थिइन । आइतबार बिहान उनका छोराहरु विद्यालय गएका थिए भने उनका श्रीमान् वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा...
सरकारले ल्यायो युट्युव च्यानलाई पनि अनिवार्य दर्ताको दायरामा, दर्ता शुल्क कति ?

सरकारले ल्यायो युट्युव च्यानलाई पनि अनिवार्य दर्ताको दायरामा, दर्ता शुल्क कति ?

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २२ अब युट्युव च्यानल लगायत विद्युतिय प्रशारलाई पनि अनिवार्य रुपमा दर्ता गर्नु पर्ने सरकारले निति बनाएको छ । सरकारले नियामवली सहित दर्ता प्रक्रिया अगाडी बढाउने निती तय गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रशारण नियमावलीमा एघारौं संशोधन गर्दै इन्टरनेटको माध्यमबाट हुने प्रशारणको नियमन गर्ने व्यवस्था गरेको हो । नियमावलीअनुसार अब आफैंले उत्पादन गरी प्रशारण गर्ने अनलाइन टेलिभिजन सञ्चालनको इजाजतपत्र लिनका लागि ५ लाख रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तो सामाग्री प्रकाशन गर्दा उपभोक्ताको उमेर अनुसार त्यसको वर्गीकरण गर्नुपर्नेछ । बालबालिका र सबै उमेर समूहका लागि उपयुक्त हुने कार्यक्रमलाई ुयूु रेटिङ, दश वर्षदेखि अठार वर्षसम्मको उमेर समूहका लागि उपयुक्त हुने कार्यक्रमलाई ुआरु रेटिङ र अठार वर्षभन्दा माथिका उमेर समूहका लागि उपयुक्त हुने कार्यक्रमकालागि एु रेटिङ दि...
किराँत राई चाम्लीङ खाम्वातिमहरुको पाँचौ राष्ट्रि सम्मेलन धरानमा भव्य हुँदै

किराँत राई चाम्लीङ खाम्वातिमहरुको पाँचौ राष्ट्रि सम्मेलन धरानमा भव्य हुँदै

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, फागुन २२ किराँत राई चाम्लीङ खाम्वातिमहरुको पाँचौ राष्ट्रिय सम्मेलन धरानमा भव्य रुपमा हुने भएको छ । बिभिन्न सांस्कृतिक कार्यक्रमहरु सहित यहि फागुन २८÷२९ र ३० गते धरानामा कार्यक्रम गर्न लागिएको किरात राई चाम्लीङ खाम्वातिम केत्द्रीय सम्मेलन आयोजक समितका सदस्य रामकुमार राईले बताए । राईका अनुसार कार्यक्रममा करिब ५ हजार चाम्लीङ राईहरुको सहभागी रहने जनाएको छ । देश विदेशमा रहेको सम्पूर्ण चाम्लीङ राई समुदायहरुको उपस्थितिमा कार्यक्रम गर्न लागिएको पनि राईको भनाई छ । प्रदेश नं १ को मुत्यमन्त्री राजेन्द्र कुमार राईको प्रमुख आथित्यतामा सम्मेलन हुन लागेको आयोजक समितिले जनाए । कार्यक्रममा राईहरुको बिषेश झाँकी प्रदर्शन समेत गरिने जनाईएको छ । उक्त कार्यक्रमको अवसरमा किराँत चाम्लीङ समुदायमा आधारित चर्चित कितावहरुको किन बेच तथा बिमोचन समेत गर्न लागिएको आयोजकले जनाए । प्रसिद्ध किताहरु मुन्ध...