गाईघाटमा पाँच दिने आधारभूत पत्रकारीता तालिम सम्पन्न
पूर्णपुष्टि, फागुन २२ ।
पत्रकार महासंघ उदयपुरको आयोजनामा सञ्चालित पाँच दिने आधारभूत पत्रकारीता तालिम उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ । पत्रकारिता प्रति चासो र चिन्ता राख्ने युवाहरुलाई लक्षित गरी महासंघले आयोजना गरेको तालिम शुक्रबार सम्पन्न भएको हो ।
१६ गतेबाट सुरु भएको तालिममा सहभागी भएका ५० जनालाई प्रमाणपत्र वितरण गरी समापन भएको महासंघमा अध्यक्ष भरत खड्काले बताए । जिल्लाको सबै पालिकाबाट सहभागीहरु आएका खड्काले बताए । तालिम लिसकेपछी सहभागीले यसलाई ब्यावसायीक रुपपा व्यावहारमा उतार्न उनले आग्रह गरे। तालीमबाट सर्वौत्कृष्ट छानिएका १० जनालाई एड्भान्स तालिमको आयोजना गरीले खड्काको भनाई रहेको छ । महासंघका सचिव विश्वराज तामाङका अनुसार तालिममा त्रियुगा नगरपालिका, चौदण्डिगढी नगरपालिका, रौतामाई गाउँपालिका, ताप्लि गाउँपालिका र लिम्चुवुङ गाउँपालिकासँगै छिमेकी जिल्ला खोटाङबाट समेत सहभागी रहे...









