Thursday, August 6News That Matters

Month: ४ वर्ष अगाडि

१ नम्बर प्रदेशको नाम कोसी राख्न ओलीको सुझाव

१ नम्बर प्रदेशको नाम कोसी राख्न ओलीको सुझाव

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि, फागुन २२ । १ नम्बर प्रदेशको नाम अझै पनि नामाकरण भएको छैन । प्रदेशको नाम अन्योलमै भएकोले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १ नम्बर प्रदेशको नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएको छन् । प्रेस चौतारी नेपाल प्रदेश नं १ को शनिबार विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश नं १ को नाम ‘कोसी प्रदेश’ राख्दा उपयुक्त हुने सुझाव दिएका हो । ‘कोसीले पुरानो सभ्यता र परम्परा बोकेको छ । यहाँका धर्म, ज्ञान, संस्कृति, सभ्यता र परम्परा योसँग जोडिएका छन् । जातजातिपछि आएका हुन् । जातीय पहिचानको आधारभन्दा सभ्यताको पहिचान नै उपयुक्त र साझा हुन्छ, त्यसैले कुनै भ्रममा नपरी प्रदेशको नामाकरण कोसी गर्दा हुन्छ’ ओलीले बताउनु भयो ।...
प्रहरीलाई विद्युतिय अटो हस्तान्तरण

प्रहरीलाई विद्युतिय अटो हस्तान्तरण

Breaking News 3, समाचार
पूर्णपुष्टि, फागुन २२ । सुनसरीको इटहरी उप महानगरपालिका–६ स्थित रहेको अटो सिटि बजाज सोरुमले प्रहरीलाई विद्युतिय अटो हस्तान्तरण गरेको छ । कार्यक्रमको आयोजना गरी समुदाय प्रहरी साझेदारी कार्यक्रमको अवधारणा अनुरुप सोरुमका प्रवन्धक प्रदिप सन्थालियाले ९ सिट क्षमता भएको १ थान विद्युतिय अटो १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सीलाई हस्तान्तरण गर्नु भएको हो । उक्त इलेक्ट्रोनिक अटो इलाका प्रहरी कार्यलय इटहरीले प्रहरी गस्ति पेट्रोलिङ बढाई अपराधिक गतिविधि निस्तेज पारी समाजमा शान्ति सुरक्षा कायम राख्नको निमित्त प्रयोग गर्ने छ । कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक संजय सिंह थापा, १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बासुदेव खतिवडा, बिभिन्न संघ संस्थाका प्...
त्रिनपा १५ रानीवासमा ल्याव सहितको स्वास्थ्य चौकी भवन उद्घाटन

त्रिनपा १५ रानीवासमा ल्याव सहितको स्वास्थ्य चौकी भवन उद्घाटन

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन २२ त्रियुगा नगरपालिका वडा नं १५ मा शनिवार स्वास्थ्य चौकी भवनको उद्घाटन भएको छ । उक्त भवनको उद्घाट त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरीले गर्नुभयो । नगरवासीहरुलाई स्वास्थ्य क्षेत्रमा पहुँच पुराउने उदेश्यले प्रत्येक वडाहरुमा आधारभूत स्वास्थ्य चौकी निर्माण सँगै सामान्य प्राथामिक सेवा उपलब्ध गराउने भन्दै १६ ओटै वडाहरुमा स्वास्थ्य चौकी भवन निर्माणको कामहरु सकिँदै आएको छ । सामान्य उपचारको लागि पनि वडावासीहरुले धेरै खर्चेर बाहिर जानु पर्ने अवस्थालाई समधान गर्न १५ नं वडामा ल्याव सहितको स्वास्थ्य सेवा संञ्चालनमा आएको वडा अध्यक्ष निर बहादुर मगरले जनाए । मेयर चौधरीले भवन उद्घाटन कार्यक्रममा नगरवासीहरुले स्वास्थ्यको पहुँचलाई नजिक बाट सेवा लिन पाएको जनाए । जनताहरुले अब आफ्नै ठाउँमा कम खर्च धेरै सेवा सुविधाका साथ स्वास्थ्य सेवा लिन पाउने जनाए । उक्त कार्यक्रममा त्रियुगा नगरपाल...
कटारीमा पनि बन्यो आकर्षक साकेला पार्क

कटारीमा पनि बन्यो आकर्षक साकेला पार्क

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, फागुन २२ उदयपुरको सदरमुकाम गाईघाट पछिको दोस्रो ठुलो सहर कटारीमा पनि साकेला पार्क निर्माण भएको छ । दोस्रो ठुला नगरपालिका समेत रहेको कटारीमा निकै आकार्षक साकेला पार्क निर्माण भएको किरात राई यायोक्खा कटारी नगरपालिकाका नगर अध्यक्ष पदम राईले बताए । किराती सामुदायको संस्कार संकृतिमा आधारित पार्क निर्माण पछि सो स्थानमा स्थानीय पर्यटनहरु अन्य पर्यटनहरु बढेको राईले जनाए । संस्कार संस्कृति सँग पर्यटनहरु निकै नजिक रहने हुँदा कटारी नगरको लागि यो पार्क निकै महत्व र आकर्षक बन्न सक्ने समितिका सचिव दिपक राईले जनाए । यी यस्ता पार्क र पुख्र्यौली स्तम्भहरु निर्माण गर्ने कार्य पछिल्लो अवस्थामा निकै प्रतिस्पर्धा जस्तै भएको किरात राई यायोक्खाका उदयपुर जिल्लाका अध्यक्ष नवीन राईले बताए । संघीय संसद सुरेशकुमार राई (हिमाल) को संसदीय विकास कोषबाट कूल २० लाख ३० हजार रुपैयाँ बजेट विनियोजन भएपछि सो...
रूसद्धारा युक्रेनका दुई सहरमा अस्थायी युद्ध विराम घोषणा

रूसद्धारा युक्रेनका दुई सहरमा अस्थायी युद्ध विराम घोषणा

Breaking News 3, समाचार
काठमाण्डौ, फागुन एएफपी /युक्रेनका दुई सहरमा रुसले शनिबार अस्थायी युद्ध विरामको घोषणा गरेको छ । रुसको रक्षा मन्त्रालयले मारीओपोल र भोल्नोभाखा सहरमा अस्थायी युद्ध विराम घोषणा गरिएको जनाएको हो । ती सहरमा रहेकालाई सहर छोडेर जाने मौका दिनका लागि अस्थायी युद्ध विराम गरिएको मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ । रक्षा मन्त्रालयले युद्ध विराम घोषणा गरेसँगै रुसी सेनाले ती सहरमा सबै कारबाही रोकेको अधिकारीहरूले जनाएका छन् । युक्रेनलाई आफ्नो नियन्त्रणमा लिनका लागि आक्रमण गरिरहेको रुसले धेरै मानवीय क्षति हुन नदिनका लागि यस्तो रणनीति लिएको देखिएको छ । “आज मार्च ५ तारिखको बिहान १० बजेदेखि युद्ध विराम लागु हुने छ, ती सहरमा रहेकाहरूलाई सहर छोड्न अनुरोध गर्दछौँ, मानवीय क्षति कम होस भन्ने उद्देश्यले अस्थायी युद्ध विराम गरिएको हो,” मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ । रुसी सेनाले गत फ...
कोही नभएकाको सहारा बन्दै कोसी गाउँपालिका

कोही नभएकाको सहारा बन्दै कोसी गाउँपालिका

Breaking News 2, समाचार
काठमाण्डौँ, फागुन २१ सुनसरीको कोसी गाउँपालिका–२ का २१ वर्षीया सम्झना कुमारी मण्डलको आमाबुबा छैन् । नौ वर्ष अगाडि बुबा र चार वर्ष अगाडि आमाको मृत्यु भएको सम्झानको आर्थिक अवस्थासमेत दयनीय रहेको छ । आमाबुबा नभएपछि सम्झना काकाको शरणमा बस्दै आएकी थिइन । दिदीबहिनी गरेर पाँच छन् । परिवारको सबै सदस्यको आर्थिक अवस्था कमजोर भएका कारणले सम्झनाको बिहे गर्ने उमेर हँुदा पनि कसरी विवाह गर्ने भने चिन्ताले सबैलाई सताइरहेको थियो । तर कोसी गाउँपालिकाको कार्यालयले सम्झनाको विवाहमा सबै खर्च दिएपछि मण्डल परिवार खुसीे भएका छन् । आर्थिक अवस्था कमजोर भएका परिवारलाई पछिल्लो समय कोसी गाउँपालिकाले निःशुल्क विवाह गरिदिएपछि अहिले त्यस क्षेत्रका गरिब, अति विपन्न र न्यून आय भएका परिवारले छोरीको कसरी विवाह गर्ने भने चिन्ताबाटमुक्त हँुदै गएको छ । गाउँपालिकाको कार्यालयले आर्थिक वर्ष २०७६÷७७ सालदेखि ‘सामूहिक विवाह कार...
‘प्रमुख पदमा महिलाले दाबी गरौँ’

‘प्रमुख पदमा महिलाले दाबी गरौँ’

Breaking News 2, समाचार
काठमाण्डौँ, फागुन २१ आगामी स्थानीय तहको निर्वाचनमा महिलाले ५० प्रतिशत पदमा दाबी गर्नुपर्ने सरोकारवालाले बताएका छन् । उनीहरुले उपप्रमुख वा उपाध्यक्ष पद मात्र नभनी मुख्य पदमा प्रतिस्पर्धी बन्नुपर्ने धारणासमेत राखेका छन् । नारी जागरण अभियान गण्डकी प्रदेशले बागलुङ नगरपालिकाको सहकार्यमा शुक्रबार बागलुङमा आयोजना गरेको एक कार्यक्रममा सहभागीले महिलालाई हराउन पुरुषसमेत उम्मेदवार बन्ने गरेको आरोप लगाएका छन् । कानूनले दिएको पदमा पनि गठबन्धन वा दुई दलको फरकफरक उम्मेदवार भन्ने नाम पारेर महिला हराउने काम भएको उनीहरुले बताए । ‘सम्झौतामा होइन नारीलाई सम्मान गरौँ, विभेदको अन्त्य गर्दै समृद्ध समाज निर्माणमा जुटौँ’ भन्ने नाराका साथ आयोजित प्रवचन कार्यक्रममा सहभागीले आर्थिक सामाजिक र राजनीतिकरुपमा सशक्तीकरण गर्ने कार्यक्रम चाहिएको बताए । उक्त अवसरमा गण्डकी प्रदेशकी उपसभामुख सिर्जना शर्माले महिला दोस्...
१६ नं वडा सुकौरामा खानेपानी मर्मत कार्य सम्पन्न, तिन सय घरधुरीलार्ई स्वच्छ पिउने पानीको व्यवस्था

१६ नं वडा सुकौरामा खानेपानी मर्मत कार्य सम्पन्न, तिन सय घरधुरीलार्ई स्वच्छ पिउने पानीको व्यवस्था

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन २१ त्रियुगा नगरपालिका १६ नं वडामा करिब ३ सय घरधुरीलाई स्वच्छ सफा पानी पिउने व्यवस्था सहित खानेपानी मर्मत सम्भार कार्य सम्पन्न भएको छ । वडाअध्यक्ष मान वहादुर राईका अनुसार उक्त कार्यक्रम तथा योजना वडाको आर्थिक बर्ष २०७८÷०७९ को वडागत बजेट अन्तरगत भएको हो । वडाका २ लाख अनुदान बजेट र ६० हजार स्थानीयको बजेट बाट खानेपानी मर्मतले बढी भन्दा बढी घरपरिवारलाई स्वच्छ खानेपानीको सुविधा भएको अध्यक्ष राईले बताए । शनिवार अध्यक्ष राई सहितको उपस्थितिमै खानेपानी मर्मत सम्भारको काम भएको हो । एक घर एक धारा, पुर्ण सरसफाइ हाम्रो अभिभारा भन्ने वडाको अभियान अन्तर्गत खानेपानी मर्मत सम्भार समिति सुकौराले जनाए । कार्यक्रममा समितीको योजना वजेट खर्चको सार्वजनिक परिक्षण समेत भएको छ । गत आर्थिक बर्ष निर्माण कार्य सम्पन्न भएको २० हजार लि. क्षमता बराबरको ट्याङ्किबाट पानी वितरण कार्य समेत भएको...
के तपाईलाई गाडीमा चड्दा वान्तावा हुन्छ ? यसरी गर्नुस रोकथाम

के तपाईलाई गाडीमा चड्दा वान्तावा हुन्छ ? यसरी गर्नुस रोकथाम

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, फागुन २१ सामान्यतया कतिपय मानिसहरुलाई गाडी चड्दा वान्तावा हुने गर्छन् । वान्तावा हुने डरले धेरै यात्रुहरु गाडी देखेर त्रसित नै हुन्छ । तर पनि गन्तव्य सफल बनाउन र छिटो छरितोको लागि गाडी चड्न बाध्य नै हुन्छ । गाडी चड्दा स्वभाविक रुपमा वान्तावा भएपनि यसले मानिसलाई निकै कम्जोर बनाउने बनाउने गर्छ । अझै धेरैजसोलाई त गाडीमा यात्रा गर्दा अत्यधिक वान्ता भएर शरीर शिथिल बन्छ। यो आममानिसको साझा समस्या हो। यो समस्यलाई पूर्ण रूपमा रोक्न सकिदैन तर कम गर्न सकिने डाक्टरहरुको भनाई छ । कसैलाई थोरै हुने कसैलाई धेरै हुने अनि कसैलाई यात्रा गरेको भोलिपल्ट समेत हुन्छ। अब यसलाई कम गर्न के गर्ने त ? अल्का अस्पताल जावलाखेलमा कार्यरत डा. निमेश पौडेल दिनु भएको सुझाव अनुसार गाडीमा वान्ता हुनेले यात्रा गर्नुभन्दा पहिलानै होसियारी अपनाउनुपर्छ। लामो यात्रा गर्नुछ भने राती मजाले सुत्नुपर्छ त्यस्तै रक...
गर्भवती मृत्यु घटना : पिडित पक्षले राखेका यी तिन माग पुरा नभए सम्म लाश नउठाउने

गर्भवती मृत्यु घटना : पिडित पक्षले राखेका यी तिन माग पुरा नभए सम्म लाश नउठाउने

Breaking News 1, समाचार
पूर्णपुष्टि, फागुन २१ जिल्ला अस्पताल उदयपुरमा उपचारमा लयाईएका एक गर्भवतीको मृत्यु भएपछि पिडित पक्षले लापर्वाही गरेको भन्दै आक्रोस पोखेका छन् । उनिहरुले ३ दिन सम्म हस्पिटलले उपचारमा राख्दा पनि गर्भवतीको मृत्यु हुनु लापार्वाहीको कारण जनाए । उदयपुरगढी गाउँपालिका ६ नेपालटारकी ३२ वर्षिय गर्भवती सीता राउत कार्कीको मृत्यु उपचारको क्रममा भएको थियो । पीडित पक्षको आन्दोलनका अगुवासँग जिल्ला अस्पताल र जिल्ला प्रशासन कार्यालयको टोलीले शुक्रबार दिनभर वार्ता भयो तर त्यो बार्ता निष्कर्षमा पुग्न नसकेको भन्दै आफुहरुले राखेको तिन ओटा माग पुरा नभए सम्म लाश नउठाउने जनाएको छ । गर्भवतीको मृत्यु नहुनु थियो भयो त्यो दुखद हो तर उचित क्षती पुर्ति हस्पिटलले व्यवस्था गर्नु पर्ने भन्दै पिडित पक्षले ३ ओटा माग राखेको छ । उनिहरुले बिषेशगरी गर्भवती मृत्यु महिलाको दुई ओटा वच्चालाई सामान्य शिक्षा स्वास्थ्यको व्यवस्था, कि...