Thursday, August 6News That Matters

Month: ४ वर्ष अगाडि

एमसीसीलाई राष्ट्रघाती सम्झौताको संज्ञा : उदयपुरमा ९ दलले  अन्तरक्रिया गर्ने

एमसीसीलाई राष्ट्रघाती सम्झौताको संज्ञा : उदयपुरमा ९ दलले अन्तरक्रिया गर्ने

Breaking News 2, समाचार
पूर्णपुष्टि, फागुन २० ठुला दलहरुले एमसीसी पास गर्न सकारलाई सघाएकै भरमा नेपालमा एमसीसी पास भैसके पनि साना दलहरुले भने यसको निरन्तर बिरोध नै गरिरहेको छ ।एमसीसी विफल बनाउन आफूहरु सफल नभएपनि यसको कार्यान्वन नितीलाई फितलो बनाउने उदेश्यले लगतार यसको विरोधमै उत्रिरहेको छ ।उनिहरुले एमसीसी नेपाली र नेपाली जनताहरुको हितमा नरहेका कारण निरन्तर विरोधमै आफुहरु रहेको जनाए । उदयपुरमा ९ दलले एमसीसी राष्ट्रघातीको संज्ञा दिँदै आईतबार राष्ट्रिय स्वाधिनताको प्रशन बिषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । उक्त कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा ११ बजे देखि गरिने आयोजकले जनाए । बिभिन्न ६ राजनैतिक दल र २ मोर्चाको संयुक्त आयोजना कार्यक्रम गर्न लागिएको हो । नेपाल कम्युनिष्ट पार्टी उदयपुर, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) उदयपुर, बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल उदयपु, नेकपा मसाल...
गर्भवतीको मृत्युपछि उदयपुर अस्पताल दिनभर तनावग्रस्त

गर्भवतीको मृत्युपछि उदयपुर अस्पताल दिनभर तनावग्रस्त

Breaking News 1, समाचार, स्वास्थ्य
Exclusive भिडियो : https://youtu.be/KNJPXt0cA8s पूर्णपुष्टि, फागुन २० । उदयपुर अस्पतालमा गएराती एक गर्भवती महिलाको मृत्यु भएपछि आज दिनभरजसो अस्पताल तनावपूर्ण स्थितिबाट गुज्रेको छ । उदयपुरगढी गाउँपालिका –६ की ३२ वर्षिया गर्भवती सिता राउत कार्की प्रसुतीको लागि तीनदिन अघि भर्ना भएकोमा गएराती मृत्यु भएको थियो । सेवा लिने क्रममा गर्भवतीको मृत्यु भएपछि मृतकको परिवारजन तथा आफन्तहरुले लापरवाही भएको भन्दै आक्रोस पोखेका हुन् । उनीहरुले अस्पतालको केही संरचनामा तोडफोडसमेत गरेका छन् । उनीहरु आक्रोसमा उत्रिएपछि तनावपूर्ण स्थितिको सिर्जना भएको हो । अस्पतालको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै अस्पतालको केही संरचनामा तोडफोडसमेत भएको छ । चिकित्सकसमेतलाई हातपात भएपछि सुरक्षा ब्यवस्था कडा पारिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो सुरक्षाटोली अस्पतालभित्र र आसपासमा खटिएका छन् । आक्रोसित भिडबाट...
शेर्पाहरुको ग्याल्पो ल्होसारको अवसरमा लिम्चुङबुङमा बौधमुर्ती स्थापना

शेर्पाहरुको ग्याल्पो ल्होसारको अवसरमा लिम्चुङबुङमा बौधमुर्ती स्थापना

Breaking News 1, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, फागुन १९ उदयपुर, फागुन १९ गते । ग्याल्पो ल्होसारको अवसरमा आज उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा बुद्धको मुर्ती स्थापनागरी अनावरण भएको छ । सबै जाती, धर्म र समुदायको धार्मिक आस्थाको सम्मान राख्दै आएको पालिकाले बौध धर्मावलम्बीको सम्मानमा शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा बुद्धमुर्ती स्थापना गरी अनावरणसमेत गरेको हो । शेर्पा समुदायको बाहुल्य बस्ती रहेको पालिकाको वडा नं. ३ नगरे गाउँमा करिब पाँचफिट ठूलो बुद्धमुर्ती स्तम्भमा राखेर अनावरण गरिएको पालिकाका लेखा अधिकृत ताराकिरण राईले जानकारी दिनुभयो । ल्होसारको विशेष कार्यक्रमसंगै पालिका अध्यक्ष मेजरकुमार राईले बुद्धमुर्तीको अनावरण गर्नुभयो । लिम्चुङबुङले सबै समुदायको भावनालाई सम्मान गर्दै यस्ता कामहरु गर्दै आएको अध्यक्ष राईले बताउनुभयो । कृषि र पर्यटनमा जोड दिदै आएको पालिकालाई नगरेमा स्थापना बुद्धमुर्तीले पर्यटन प्रवद्र्धनम...
युद्धपछि १० लाख शरणार्थीले युक्रेन छोडे

युद्धपछि १० लाख शरणार्थीले युक्रेन छोडे

Breaking News 1, समाचार
काठमाण्डौ, फागुन १९ युक्रेनमा रुसको सैन्य कारबाही शुरु भएदेखि सात दिनमा करिब १० लाख शरणार्थीले युक्रेन छोडेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सी ९ग्ल्ज्ऋच्० ले बिहीबार जनाएको छ । आफ्नो ट्विटर ह्यान्डलमा ग्ल्ज्ऋच् उच्चायुक्त फिलिपो ग्रान्डीले लेखेका छन् “केवल सात दिनमा हामीले युक्रेनबाट छिमेकी देशहरूमा १० लाख शरणार्थीहरू पलायन भएको देख्यौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाही गर्न आदेश दिएको आठ दिन बितिसकेको छ। उनले युक्रेनका टुक्रिएका क्षेत्रहरू ( डोनेट्स्क र लुहान्स्कको स्वतन्त्रतालाई मान्यता दिएपछि तनाब युद्धमा परिणत भएको छ । यसैबीच, संयुक्त राष्ट्र संघको महासभामा बुधबार भएको मतदानमा १४१ राष्ट्रले युक्रेनमा रुसको आक्रमणको निन्दा गरेका छन् भने पाँच राष्ट्रले समर्थन गरेका छन् । रासस...
अन्तरराष्ट्रिय फौजदारी अदालतद्वारा युक्रेनमा रुसी गतिविधिबारे अनुसन्धान शुरु

अन्तरराष्ट्रिय फौजदारी अदालतद्वारा युक्रेनमा रुसी गतिविधिबारे अनुसन्धान शुरु

Breaking News 2, समाचार
काठमाण्डौँ, फागुन १९ अन्तरराष्ट्रिय फौजदारी अदालत ९आईसीसी० ले युक्रेनमा रूसी गतिविधिहरूको बारेमा अनुसन्धान शुरु गरेको आईसीसी अभियोजक करीम खानले जानकारी दिनुभएको छ । ूसक्रिय अनुसन्धानको साथ तुरुन्तै अगाडि बढ्ने मेरो निर्णयको केही क्षण अघि आईसीसी अध्यक्षलाई सूचित गरेको छु। प्रमाण सङ्कलनमा हाम्रो काम अब शुरु भएको छु । खानले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ। आईसीसीले संगठनको मुख्य उद्देश्यमा ध्यान केन्द्रित गर्नेछस् अदालतको क्षेत्राधिकार अन्तर्गत अपराधहरूको लागि जवाफदेहिता सुनिश्चित गर्नेछ। गत हप्ता, डोनेट्स्क र लुहान्स्कका अलगिएका गणतन्त्रहरूले युक्रेनी सेनाद्वारा जारी आक्रमणबाट आफूलाई बचाउन सहयोगको अनुरोध गरेपछि रुसले विशेष अपरेशन शुरु गरेको जनाएको छ । यसै बीच पश्चिमी देशहरूले रुसी सैन्य कारबाहीको कडा निन्दा गरेका छन् र मस्कोमाथि प्रतिबन्धको दबाब बढाएका छन्। रासस...
सात सरकारी विद्यालयलाई स्कुल बस

सात सरकारी विद्यालयलाई स्कुल बस

Breaking News 1, समाचार
काठमाण्डौ, फागुन १९ भरतपुर महानगरपालिकाले सात सरकारी विद्यालयलाई स्कुल बस उपलब्ध गराएको छ । गत वर्ष पाँच विद्यालयलाई बस खरिदका लागि बजेट उपलब्ध गराइएको र चालु आर्थिक वर्षमा दुई विद्यालयसँग बस खरिदका लागि सम्झौता गरिएको छ । महानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख महेन्द्र पौडेलका अनुसार यस वर्ष साझापुर मावि मेघौली र श्री मावि ढड्डाघारीलाई बस खरिदका लागि बजेट उपलब्ध गराउन सम्झौता गरिएको छ । ती दुई विद्यालयलाई रु १७ लाख ५० हजारका दरले बजेट उपलब्ध गराइँदै छ । ती विद्यालय र महानगरपालिकाबीच बस खरिदका लागि सम्झौता गरिएको छ । गत आर्थिक वर्षमा नारायणी मावि, भीमनगर मावि, कविलास मावि, प्रभात मावि र लक्ष्मी माविलाई बस खरिदका लागि बजेट उपलब्ध गराइएको थियो । ती विद्यालयलाई रु १६ लाख ५० हजारका दरले रकम उपलब्ध गराइएको र बाँकी केही रकम निकासा दिन बाँकी रहेको पौडेलले जानकारी दिनुभयो । महानग...
नौ वर्षीय बालक उपचार अभावमा साङ्लोमा बाँधिए

नौ वर्षीय बालक उपचार अभावमा साङ्लोमा बाँधिए

Breaking News 1, समाचार
काठमाण्डौँ, फागुन १९ झापाको अर्जुनधारा नगरपालिका–५ मा नौ वर्षीय बालक आकाश चौधरीलाई साङ्लोले बाँधेर राखिएको छ । केही महिना अघिदेखि शारीरिकरुपमा अस्वभाविक परिर्वतन आएसँगै उनलाई फलामको साङ्लोले बाँधेर राखिएको हो । उनका बुबा सेवुलालका अनुसार आकाश घर छाडेर जतासुकै हिँड्ने, जे भेट्यो त्यही खाने र मानसिक सन्तुलन गुमाएको जस्तो व्यवहार देखाउन थाले पनि आकाशलाई साङ्लोले बाधेर राखिएको हो । आफ्नो आर्थिक अवस्था ज्यादै कमजोर भएपछि उपचारका लागि छोरालाई अस्पतालसम्म लैजान नसकेको सेवुलालको भनाइ छ । दुई छोरामध्ये कान्छा छोरा हुन् आकाश । सेबुलालले भन्नुभयो, “यसको आमा पनि छैन, सानैदेखि दुई छोराको लालनपालन गरिरहेको छु, मजदुर गरेर जसोतसो घर चलाउँदै थिए, अब चाँहि मुस्किल भयो ।” छोराले मानसिक सन्तुलन गुमाएजस्तै गरी जता गयो उतै हराउन थालेपछि केही समयअघिदेखि उनलाई घरमै साङ्लोले बाँधेर राखिएको आकाशका बुबा...
बिहीबार सार्वजनिक बिदा

बिहीबार सार्वजनिक बिदा

Breaking News 1, समाचार
काठमाण्डौँ, फागुन १८ सरकारले ग्याल्पो ल्होसारका उपलक्ष्यमा मुलुकभर बिहीबार सार्वजनिक बिदा दिएको छ । यही फागुन १६ गते बसेको मन्त्रिपरिषद्को निर्णयानुसार बिदा दिइएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ । “फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ÷संस्थाहरुमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय भएको हुँदा सबैमा जानकारीका लागि सूचना प्रकाशित गरिएको छ”, मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ । (रासस)...
अत्याधुनिक हतियारसहित तीन पक्राउ

अत्याधुनिक हतियारसहित तीन पक्राउ

Breaking News 1, समाचार
काठमाण्डौँ, फागुन १८ बाँके प्रहरीले डुडुवा गाउँपालिकाबाट अत्याधुनिक हतियारसहित तीन जनालाई पक्राउ गरेको छ । अटोमेटिक पेस्तोल, नौ राउण्ड गोली र खुँडासहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउपर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१२ निवासी दीपेन्द्र अधिकारी, वडा नं १८ निवासी सुशान्त केसी र कैलालीका द्वारिका उपाध्यायलाई मेड इन यूएसए लेखेको अटोमेटिक पेस्तोल, त्यसमा प्रयोग हुने नौ राउण्ड गोली र खुँडासहित डुडुवाबाट नियन्त्रणमा लिइएको हो । डुडुवास्थित राप्ती पुल नजिक गोली चलेको आवाज आएपछि इलाका प्रहरी कार्यालय वनकट्टी (क)बाट गएको प्रहरी टोलीले सुशान्त केसीले चलाएको बागमती प्रदेश ०१–०२५ च ३०९७ नं को गाडी रोकेर जाँच गर्दा पेस्तोल, गोली र खुँडा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब ...
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, फागुन १८ काठमाडौँ महानगरपालिका–६ सरस्वतीनगरमा बा६४प १३९६ नं को मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मत्यु भएको छ । मोटरसाइकल आफैँ अनियन्त्रित भई पैदलयात्रीलाईसमेत ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक आरुबारी बस्ने ओखलढुङ्गा घर भएका ३० वर्षीय शिवराज कार्की र पैदलयात्री गोपीकृष्ण बस्ने ओखलढुङ्गा हर्कपुर गाउँपालिकाका दुर्गाबहादुर कार्कीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गएराति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका शिवराजको हेल्पिङ ह्याण्ड अस्पताल चावहिलमा र दुर्गाबहादुरको ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । (रासस)...