काठमाडौँ, चैत १४ ।
बागलुङको गलकोट नगरपालिका–३ चिसापानीमा रहेको दरमखोला रेम्बो ट्राउट एग्रो फार्म । फार्ममा रेम्बो ट्राउटसँगै स्थानीय असला माछाको व्यावसायिकपालन गरिएको छ । तस्वीर : रासस
काठमाडौँ, चैत १४ ।
इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ ।
प्रधानमन्त्रीको कार्यालयले सोमबार दिएको जानकारी अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकनसँगको भेटवार्ता भएलगत्तै उहाँलाई सङ्क्रमण पुष्टि भएको हो ।
“हिस्टोरिक समिट” का क्रममा उहाँहरूका बीचमा आइतबार साइडलाइन भेटवार्ता भएको अधिकारीहरूले जनाएका छन् । समिति इजरायलको जेरुसेलममै भएको थियो ।
उहाँले अस्वस्थ महसुस गरेपछि एकान्तवास मै रहेर आफ्ना काम गरिरहनु भएको र तत्काल अरुसँग भौतिक सम्पर्कमा नरहने निर्णय गर्नु भएको जनाइएको छ ।
उहाँ त्यसअघि इजरायलकै उत्तरी सहर हाडेराको भ्रमणमा पनि जानु भएको थियो । त्यहाँ इस्लामी स्टेटका लडाकुहरूको आक्रमणमा परी दुई प्रहरी मारिएका थिए ।
घटनाका बारेमा उहाँले आइतबार राती रक्षा तथा सार्वजनिक सुरक्षा मन्त्री, सेना प्रमुख र अन्य उच्च सरकारी अधिकारीहरूसँग पनि छलफल...
कामाडौँ, चैत १४ ।
गाउँको पुछारबाट पहिरो जान थालेपछि बेनी नगरपालिका–१० पात्लेखेत गाउँका स्थानीयवासी उठीबासको त्रासमा छन् । वर्षौंदेखि जान थालेको बान्द्रेखाल्टी पहिरो र दुई वर्षअघिदेखि जान थालेको पाखेपहिरोले सिंगो गाउँ नै पहिरोको जोखिमा परेको छ ।
धाँजा फाटेर पहिरो बस्तीतर्फ आउन थालेपछि पात्लेखेतको अधिकांश बस्ती पहिरोको जोखिममा परेका छन् । पहिरोले ७०० रोपनी बढी खेतीयोग्य जमिन बगाएको र आठ हेक्टर बढी वन क्षेत्र सखाप पारेको स्थानीयवासी केदार सुवेदीले जानकारी दिनुभयो । “रघुगङ्गा सामुदायिक वन ७५ प्रतिशत क्षेत्र क्षतविक्षत भएको छ, खेतबारी पहिरोले सखाप पार्दै बस्ती नजिक आइसकेको छ, तर पहिरो नियन्त्रणको प्रभाबकारी कदम चालिएको छैन”, उहाँले भन्नुभयो ।
उहाँका अनुसार, पहिरोले गत वर्ष चार घर पूर्णरुपमा विस्थापित भइसकको छन् । यामबहादुर राम्जाली, हरि गर्बुजा, खम्मी गर्बुजा, इन्द्रबहादुर रावतसँगै सुकुम...
खोटाङ, चैत १४ ।
हलेसी तुवाचुङ नगरपालिकाले सुरु गरेको ‘बालिका बचत’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कार्यक्रम सुरु भएयता हालसम्म नगरपालिकाभरिका १२९ बालिकाको नाममा बचत गर्ने काम भइसकेको छ ।
कार्यक्रमअन्तर्गत हालसम्म ४६ बालिकाको नाममा खोलिएको बचत खातामा दोस्रो किस्ता र ८३ जनाको खातामा पहिलो किस्ताबापतको रकम जम्मा भएको नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख इरन राईले जानकारी दिनुभयो । उहाँका अनुसार खाता खोलेको दश वर्षपछि नवीकरण गर्नुपर्नेछ ।
नगरपालिकाले वार्षिकरुपमा रु चार हजारका दरले तीन वर्षमा रु १२ हजार रकम जम्मा गरिदिने र त्यसमा घरपरिवारले पनि सकेको रकम जम्मा गर्ने गरेका छन् । यसबाट छोरीहरुको भविष्य उज्वल बन्ने आमाहरुको विश्वास छ ।
नगरपालिकाले छोरीको सम्मान र प्रोत्साहनका लागि सुरु गरेको सो कार्यक्रमअन्तर्गत खाता खोलिएका बालिकाको नाममा नगरपालिकाले जम्मा गरिदिएको भौचर सम्ब...
काठमाडौँ, चैत १४ ।
ताप्लेजुङमा ब्रोइलर कुखुराको मासुको मूल्य वृद्धि भएको छ । सदरमुकाम फुङ्लिङ बजारमा केही सातायता मासुको मूल्य प्रतिकिलोग्राम रु १०० ले वृद्धि भएको हो ।
फुङ्लिङ बजारमा ब्रोइलरको मासु प्रतिकिलोग्राम अहिले रु ४८० पु¥याइएको छ । सहज रूपमा ब्रोइलर कुखुरा उपलब्ध हुन छाडेकाले मासुको मूल्य वृद्धि हुँदै गएको स्थानीय व्यवसायी बताउँछन् । जिल्लाभित्र ब्रोइलर कुखुरा पाउन छोडेपछि अहिले इलाम र झापादेखि आयात गरेर मासु बिक्री गर्दै आएको उनीहरुको भनाइ छ ।
फुङ्लिङ बजारका मासु व्यवसायी चन्द्र पौडेलले इलामबाट ब्रोइलर कुखुरा ल्याएर मासु बिक्री गर्दै आएको जानकारी दिनुभयो । हाल वृद्धि भएको मूल्यमा पनि उपभोक्ताको मागअनुसार ब्रोइलरको मासु उपलब्ध गराउन नसकेको उहाँले बताउनुभयो ।
फुङ्लिङ बजारकै व्यवसायी नरेन्द्र बस्नेतले पनि ब्रोइलर कुखुरा पाउन छोडिएकोले मासुको मूल्य महँगो भएको र । झापादेखि क...
पूर्णपुष्टि, चैत्र १३
उदयपुरमा भएको आगलागीमा ठुलो क्षती हुन पुगेको छ । उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं १ शिखरपुरमा आईतबार करिब ४ बजको समयमा लागेको आगोले ७ घर जलेर नष्ट हुनुका साथै १ जनाको ज्यान समेत गएको छ । आगलागीमा परी ५५ ओटा पशुचौपाय समेत जलेर नष्ट भएको छ ।
शिखरपुरका गौर बहादुर मगरको घरमा बिद्युत सर्ट भई आगलागी सुरु भएको प्रहरीले जनाएको छ । मगरको ढुंगा र माटोले बनेको फुसको छानो भएको घरमा सर्ट भई आगलागी हुँदा निजकै श्रीमती ६६ बर्षिया शिवमाया मगरको ज्यान गएको हो । शिवमाया अपङ्गता थिईन् । मगरको सहित सोहि ठाउँको भैरब मगर, यम्वर मगर, मनमाया मगर, कोपदम बहादुर मगर, दिप बहादुर मगर र धनमाया मगरको घर जलेर नष्ट भएको हो । ७० बर्षिय गौर बहादुर मगरको जनमा समेत क्षती पुग्नुका साथै घरमा रहेको लत्ता कपडा, खाद्यन्न, भाडा बर्तन र ८ ओटा बाख्राको पाठा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले ...
पूर्णपुष्टि, चैत्र १३
त्रियुगा रजत महोत्सवको अवसरमा त्रियुगा नगरपालिकाको प्रथम मेयर स्व. लालशेर राईप्रति उच्च सम्मान तथा सम्झना व्यक्त गरिएको छ । त्रियुगा नगरपालिका २५ औँ बर्ष पार गरेको भन्दै उक्त स्थापनाको जन्मजयन्तीको अवसरमा स्व. लालशेर राईलाई सम्मान गरिएको हो ।
महोत्सवमा त्रियुगा नगरपालिकाका मेयर बलदेब चौधरीले नगरपालिका प्रति उहाँको संघर्ष, विकास र योगदानको कदर गरेका थिए । आज त्यो बेलाको नगरपालिका २५ बर्षपछि जनताको ठुलो सेवाको आस्था बन्न सफल भएको भन्दै लालशेर राई प्रति उच्च सम्मान व्यक्त गरिएको हो ।
महोत्सवको समापन कार्यक्रमको बक्ताहरु, मान वहादुर राई, प्रकाश खड्का, देवी कुमारी चौधरी, गिता खड्का लगायत अन्य वक्ताहरुले स्व. लालशेर राईको नगरपालिका र नगरवासीहरुमा पुराएको योगदान बारे चर्चा गरेका थिए । त्रियुगा नगरपालिका २५ औँ बर्षको अवसरमा सजत महोत्वले स्व. लालशेर राईलाई मरोपरान्त...
पूर्णपुष्टि, चैत्र १३
त्रियुगा नगर रजत महोत्सवको अवसरमा आफ्नो प्रस्तुती दिन उदयपुर आएका कमेडी च्याम्पीयन सिजन २ का विजेता भरतमणी पौडेलले दर्शकलाई भव्य मनोरन्जन दिए । उनले कमेडी मार्फत देश जनता नेपालको स्थिति बारे आफुलाई प्रस्तुत गराएका थिए । उनले करिब आधा घण्टा बढी स्टेजबाट उपस्थित त्रियुगा नगरवासीहरुलाई हँसाए ।
उनको प्रस्तुतीले दर्शकलाई निकैबेर मनोरञ्जन गराए । उनले बिभिन्न नेताहरु शेर बहादुर देउवा, प्रचण्ड, योगेश भट्टराई, गोकुल बास्कोटा सँगै पारस साहा र पुन्य गौतमको समेत नक्कल गरेर दर्शक हँसाए । पौडेल सहित अर्का लोक गायक कुमार पौडेले समेत सांगितक कार्यक्रम मार्फत दर्शलाई कार्यक्रममा झुमाए । उनिहरु दुवैजना रजत महोत्सवमा प्रस्तुती दिन सहभागी भएका थिए ।...
पूर्णपुष्टि, चैत्र १३
उदयपुर स्थित गाईघाटमा शुक्रबार बाट संञ्चालन भएको त्रियुगा रजत महोत्सव आईतबार भव्य सम्पन्न भएको छ । उक्त कार्यक्रम त्रियुगा नगरपालिका स्थापनाको २५ औँ बर्ष पार गरेको अवसरमा गाईघाटमा बिभिन्न कार्यक्रमको आयोजना सहित संञ्चालन गरिएको थियो ।
समापन कार्यक्रममा जेष्ठ नागरिक, खेलाडी, कलकार साहित्यकार उद्यमी, पूर्व प्रध्यानाध्यापक, लेखक, कृषक तथा सर्जकहरुलाई सम्मान र बिभिन्न सांस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको थियो । महोत्सवको अवसरमा त्रियुगा नगरपालिकाले खेलकुद, निशुल्क स्वास्थ्य सिविर, सम्मान कार्यक्रम सांस्कृतिक कार्यक्र र प्रभातफेरी र्याली लगायतको कार्यक्रमहरु आयोजना गरेका थिए ।
महोत्सवमा बिभिन्न परम्परागतका तथा लोपन्मुख खेलहरु डोरी तनाई, डण्डीवियो, म्युजिकल चियर, हण्डीफोर, भाले समाई र तातो आलु जस्ता ६ खेलहरु समेत खेलाइएका थिए । सोही खलेमा बिजेता खेलाडीहरुलाई सम...