Thursday, August 6News That Matters

Month: ४ वर्ष अगाडि

उदयपुरमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाईते

उदयपुरमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाईते

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत १३ उदयपुरमा सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । मृत्यु हुनेमा बेल्टार–६ बस्ने अन्दाजी ६५ वर्षीय डण्डीराम तिम्सिना रहेका छन् । जिल्लाको चौदण्डीगढी नगरपालीका–१० स्थितमदनभण्डारी स्मृती लोक राजमार्गमा गाईघाट बाट बेल्टार तर्फ जादैँ गरेको स १ ह ३१९२ नम्बरको अटोलाई बिपरीत दिशा बाट आउँदै गरेको सवारी साधनले ठक्कर दिएको हो । ठक्करबाट अटोमा सवार चालक सहित तिनै जना गम्भिर घाईते भएका थिए । तिम्सिनाको उपचारको क्रममा नगर अस्पताल बेल्टारमा दिउँसो २ः२० बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । बेल्टार–७ बस्ने ३४ वर्षीय बिनोद कार्की र अटो चालक चौदण्डीगढी नगरापलीका–२ झोडापाट बस्ने ४८ वर्षीय शिवराज कट्वालको उपचारको लागी न्युरो बिटारनगर पठाएको छ । उक्त दुर्घटना गराएको हुन सक्ने आशंखामा दुईवटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा ...
उदयपुरमा सवारी दुर्घटना हुँदा १४ जना घाईते, दुईको अवस्था गम्भिर

उदयपुरमा सवारी दुर्घटना हुँदा १४ जना घाईते, दुईको अवस्था गम्भिर

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत १३ उदयपुरमा सवारी दुर्घटना हुँदा १४ जना घाईते भएको छ । जिल्लाको कटारी नगरपालिका– ११ हर्देनी स्थित सिद्धिचरण राजमार्गमा ओखलढुङगाबाट कटारीतर्फ आउदै गरेको प्रदेश १–०७–००१ ज ००११ नम्बरको फोर्स गाडी आफै अनियन्त्रित भई सडकबाट ५ मिटर तल खस्दा उक्त गाडीमा सवार १४ जना घाईते भएको हो । घाईतेहरुलाई उपचारको लागी कटारी अस्पताल पठाईएको छ । घाईते १४ जना मध्ये २ जनाको अबस्था गम्भिर रहेको छ भने १२ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको  छ ।...
उदयपुरका विशालसहित चाँदीका गर–गहना लुटपाटमा संग्लग्न ४ पक्राउ, १ अझै फरार

उदयपुरका विशालसहित चाँदीका गर–गहना लुटपाटमा संग्लग्न ४ पक्राउ, १ अझै फरार

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत १३ । मोरङको बेलवारी नगरपालिका–४ को बेतना सिमसार क्षेत्रमा गत ८ गते चाँदीका गर–गहना लुटपाट भएको घटनामा संग्लग्न उदयपुरका एक युवकसहित चार जना पक्राउ परेका छन् । रौतामाई गाउँपालिका–६ का २४ वर्षीय बिशाल बि.क., दमक नगरपालिका–३ का २५ वर्षीय सबिन बिश्वकर्मा, ईटहरी–५ का २४ वर्षीय बादल बि.क. र बर्दिबास नगरपालिका–१ का ३४ वर्षीय मनोज ठाकुर पक्राउ परेका हुन् । पक्राउ परेको यो समुहले चैत्र ८ गते बिहान पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्स दमकका कर्मचारीले दमकबाट बर्दिबास लैजाँदै गरेको १३ केजी चाँदीका गर–गहना लुटपाट गरेको थियो । यसरी दमकबाट बर्दिबास लैजाँदै गरेको चाँदीका गहना लुटपाट भएको सूचना प्राप्त भएसंगै खोजतलासमा खटिएको ईलाका प्रहरी कार्यालय बेलवारीको प्रहरी टोलीले लुटपाटमा संग्लग्न मध्ये चार जनालाई चाँदीका गहना सहित नियन्त्रणमा लिएको हो । घटनामा संग्लग्न अर्का एक जना फरार रहेको र उनको...
३ किलो अफिमसहित एक युवती नियन्त्रणमा

३ किलो अफिमसहित एक युवती नियन्त्रणमा

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत १३ । तीन किलो अफिमसहित सशस्त्र प्रहरीले पर्साबाट एक युवतीलाई नियन्त्रणमा लिएको छ । शनिबार बिहान प्रहरीले वीरगञ्ज महानगरपालिका–१५ भेडियाहीबाट बारा जितपुर सिमरा उपमहानगरपालिका–७ की ४० वर्षीय रिनादेवी रामलाई प्रहरीले नियन्त्रमा लिएको हो । नेपालबाट भारततर्फ जाँदै गरेकी रामको साथबाट प्रहरीले ६ पोका अफिम बरामद गरेको छ । सशस्त्र प्रहरी बल १३ नम्बर हेडक्वार्टर पर्साबाट खटिएको प्रहरीले रामलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको बताइएको छ ।...
बैसठ्ठी पक्की घरको नम्डोललिङ नमूना एकीकृत बस्ती हस्तान्तरण

बैसठ्ठी पक्की घरको नम्डोललिङ नमूना एकीकृत बस्ती हस्तान्तरण

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत १३ भूकम्पबाट घर गुमाएका मेलम्ची १२ गिरान्चौरका ६२ घर धुरीलाई पक्की घर हस्तान्तरण गरिएको छ । राष्ट्रिय पुनःनिमार्ण प्राधिकरण, चौधरी फाउण्डेशन, मेलम्ची नगरपालिका र बस्ती निमार्ण समितिद्वारा सोही स्थानमा निर्मित नम्डोललिङ नमूना एकीकृत बस्ती आज समुदायलाई हस्तान्तरण गरिएको हो । ती भवन हस्तान्तरण समारोहमा फाउण्डेशनका अध्यक्ष विनोध चौधरीले बस्तीसँगै अब आयआर्जन गर्नका लागि यहाँका समुदायले चासो दिनुपर्ने बताउनुभयो । उहाँले डिजिटिल शिक्षा, स्वास्थ्य, स्वस्च्छ खानेपानीका लागि पनि फाउण्डेशनले सहयोग गरेकामा आगामी दिन आवश्यक सहयोगसमेत गरिने जानकारी दिनुभयो ।जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले भूकम्पले ध्वस्त बनाएको बस्ती पुनःनिमार्णमा सहयोग गर्ने संस्थाप्रति आभार व्यक्त गर्दै आगामी दिन थप सहयोगको अपेक्षा गर्नुभयो । राष्ट्रिय पुनःनिमार्ण प्राधिकरणको रु तीन लाख, चौधरी फाउण्...
चिनियाँ विदेशमन्त्री वाङ स्वदेश प्रस्थान

चिनियाँ विदेशमन्त्री वाङ स्वदेश प्रस्थान

Breaking News 3, समाचार, संसार
काठमाण्डौँ, चैत १३ चीनका राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी नेपालको त्रिदिवसीय भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । चिनियाँ विशिष्ट अतिथि वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी, परराष्ट्र मन्त्रालय र यहाँस्थित चिनियाँ दूतावासका उच्च अधिकारीले बिदाई गर्नुभयो । परराष्ट्रमन्त्री डा नारायण खड्काको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका विदेशमन्त्री वाङ १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार यहाँ आइपुग्नुभएको थियो । नेपाल भ्रमणका क्रममा चीनका विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बेग्लाबेग्लै भेट्नुभएको थियो । भ्रमणका क्रममा नेपाल र ची...
झापामा शिक्षकबाट विद्यार्थीमाथि बलात्कार प्रयास

झापामा शिक्षकबाट विद्यार्थीमाथि बलात्कार प्रयास

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत १३ । झापामा एक शिक्षकबाटै विद्यार्थीमाथि जबरजस्ती करणीको प्रयास भएको छ । जिल्लाको हल्दिबारी गाउँपालिका–१ स्थित चिल्ड्रेन गार्डेन एकेडेमीका शिक्षकले आफ्नै १३ वर्षीया छात्रामाथि करणीको प्रयास गरेको हो । विद्यालयमा पढाउने शिक्षक श्रीप्रसाद शिवाकोटीले कक्षा ७ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेका छन् । प्रहरीले शिवाकोटीलाई पक्राउ गरेर झापा जिल्ला प्रहरी कार्यालयमा रोखेको बताइएको छ । अंग्रेजी र सामाजिक अध्यापन गराउने ति शिक्षकले छात्रामाथि शारीरिक र मानसिक यातना समेत दिएका हुन् । उनले छात्रालाई एकान्त स्थानमा बोलाएर गोप्य अंगमा छुने प्रयास गरेका थिए । छात्राले आफ्ना अभिभावकलाई घटनाबारे सुनाएपछि घटना बाहिर आएको हो । स्थानीय अभिभावक, जनप्रतिनिधिहरुले शिक्षकमाथि कडा कारावाहीको माग गरेका छन् ।...
१ नम्बर प्रदेशको हिउँदे अधिवेशा अन्त्य गरिने निर्णय

१ नम्बर प्रदेशको हिउँदे अधिवेशा अन्त्य गरिने निर्णय

Breaking News 3, समाचार
पूर्णपुष्टि, चैत १३ । प्रदेश नम्बर १ को मन्त्रिपरिषद्का आज बसेको बैठकले प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले आज राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकका निर्णय बारे जानकारी दिदै यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाउने निर्णय भएको बताए । प्रदेश नं.१ मन्त्रिपरिषद्को सिफारिसबमोजिम प्रदेश प्रमुख परशुराम खापुङ्गले नेपालको संविधानको धारा १८३ को उपधारा(२) बमोजिम आज राति १२ बजेदेखि प्रदेश सभाको नवौं तथा चालू हिउँदे अधिवेशन अन्त्य गरेका छन् ।...
सर्लाहीमा बस दुर्घटना हुँदा चारको मृत्यु, तिस जना घाईते

सर्लाहीमा बस दुर्घटना हुँदा चारको मृत्यु, तिस जना घाईते

Breaking News 3, समाचार
काठमाण्डौँ, चैत १३ पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीस्थित फुलजोर खोलाको पुलबाट बस तल खस्दा चारको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । वीरगन्जदेखि जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नं को बस आज मध्यान्ह सर्लाहीको लालबन्दी र ईश्वरपुर नगरपालिकाको सीमामा पर्ने फूलजोर खोलास्थित पुलबाट तल खसेर दुर्घटना भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । बसको अगाडीको चक्का पड्किएर अनियन्त्रित भई पुलबाट तल खसेको बताइए पनि अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । घाइतेको लालबन्दी, नवलपुर र हरिवनमा उपचार भइहरको छ । गम्भीर घाइतेलाई लालबन्दीबाट अन्यत्र बाहिर पठाउने क्रम चलिरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा बसका चालकसमेत घाइते भएका छन् । मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्ताल मलङ्गवमा ल्याइएको छ भने मृतक तथा घाइतेहरुको पहिचानको काम भइर...
लहानमा श्रीमतीलाई तेल खन्याएर आगो लगाएको अभियोगमा चौधरी पक्राउ

लहानमा श्रीमतीलाई तेल खन्याएर आगो लगाएको अभियोगमा चौधरी पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत १३ । श्रीमतीलाई तारपिनको तेल खन्याएर आगो लगाएको अभियोगमा लहानबाट एक जना पक्राउ परको छ । सिरहा लहान नगरपालिका–७ का ४२ वर्षीय प्रवीन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । सुतिरहेको अवस्थामा चौधरीले ३० वर्षीया श्रीमतीलाई तारपिनको तेल खन्याएर आगो लगाएको महानगरीय प्रभाग कपनले जनाएको छ । घाइते भएकी महिलाको साँखुस्थित पुष्पा मेमोरियल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।...