Wednesday, August 5News That Matters

Month: ४ वर्ष अगाडि

एकै परिवारका ४ जनाको शव फेला : बाबु झुन्डिएको र अरूको शरीरमा घाउ, चोटपटक

एकै परिवारका ४ जनाको शव फेला : बाबु झुन्डिएको र अरूको शरीरमा घाउ, चोटपटक

Breaking News 2, समाचार
पूर्णपुष्टि, साउन १६ गते । एकै परिवारका चारजनाको शव फेला परेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–२ मा बाबु, आमा, छोरा र छोरी मृत अवस्थामा फेला परेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले केशव पाण्डे र सुनितासहित दुईजना छोराछोरीको शव फेला परेको जानकारी दिए । पाण्डे झुन्डिएको अवस्थामा फेला परेको र अरूको शरीरमा घाउ, चोटपटक लागेको देखिएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक, प्रहरी वृत्त बालाजु र काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोली घटनास्थलमा पुगेको छ । सोमबार बिहान स्कुल जाने बेलामा एकजना बच्चाले झ्यालबाट देखेर प्रहरी र स्थानीयवासीलाई खबर गरेपछि घटना सार्वजनिक भएको हो । भित्रबाट ढोकाको चुकुल लगाएर शव निकालेकाले सबैले आत्महत्या गरेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । यद्यपि मृतकका शरीरमा च...
नक्कली नागरिकता प्रकरण : छानबिन सुरु

नक्कली नागरिकता प्रकरण : छानबिन सुरु

Breaking News 3, समाचार
काठमाडौँ, साउन १६ गते । नक्कली कागजपत्र तयार गरेर बाराको पर्सास्थित इलाका प्रशासन कार्यालयबाट एक भारतीय महिलाले नागरिकता प्राप्त गरेको घटना बाहिर आएपछि सोको छानबिन थालिएको छ । वडा कार्यालयको सिफारिसमा इलाका प्रशासन कार्यालय सिमराबाट भारतको दार्जिलिङ्गी निवासी २१ वर्षीय राजनी राईले गत साउन ३१ गते बाराको निजगढ नगरपालिका–१२ रामथली बसोबास देखाइ रजनी गोले नामबाट ३३ ÷०२÷०७९÷००५१३ नंको नागरिकता लिएको देखिएको छ । सो घटनाबारे छानबिन थालिएको छ । उक्त नागरिकता बदर गर्ने प्रक्रिया अघि बढाइने र सो कार्यमा संलग्न दोषीलाई नियमानुसार कारबाही प्रक्रिया अघि बढाइने इलाका प्रशासन कार्यालय सिमराका प्रमुख मोहनप्रसाद अर्यालले जानकारी दिनुभयो । राईको जन्म मिति २०५८÷११÷१५ गते दर्ता रहेको वडा कार्यालयको रेकर्डबाट देखिएको छ । यो जन्मदर्ता २०७९÷०२÷२३ गते वडा कार्यालयबाट बनाइएको हो । कीर्ते जालसाजी गरी अभिभावक...
नक्कली नागरिकता प्रकरण : छानबिन सुरु

नक्कली नागरिकता प्रकरण : छानबिन सुरु

Breaking News 2, समाचार
काठमाण्डौँ, साउन १६ नक्कली कागजपत्र तयार गरेर बाराको पर्सास्थित इलाका प्रशासन कार्यालयबाट एक भारतीय महिलाले नागरिकता प्राप्त गरेको घटना बाहिर आएपछि सोको छानबिन थालिएको छ ।वडा कार्यालयको सिफारिसमा इलाका प्रशासन कार्यालय सिमराबाट भारतको दार्जिलिङ्गी निवासी २१ वर्षीय राजनी राईले गत साउन ३१ गते बाराको निजगढ नगरपालिका–१२ रामथली बसोबास देखाइ रजनी गोले नामबाट ३३ ÷०२÷०७९÷००५१३ नंको नागरिकता लिएको देखिएको छ । सो घटनाबारे छानबिन थालिएको छ । उक्त नागरिकता बदर गर्ने प्रक्रिया अघि बढाइने र सो कार्यमा संलग्न दोषीलाई नियमानुसार कारबाही प्रक्रिया अघि बढाइने इलाका प्रशासन कार्यालय सिमराका प्रमुख मोहनप्रसाद अर्यालले जानकारी दिनुभयो । राईको जन्म मिति २०५८÷११÷१५ गते दर्ता रहेको वडा कार्यालयको रेकर्डबाट देखिएको छ । यो जन्मदर्ता २०७९÷०२÷२३ गते वडा कार्यालयबाट बनाइएको हो । कीर्ते जालसाजी गरी अभिभावकमा ब...
मोटरसाइकल एकापसमा ठोक्किदा दुर्घटना, दुबै चालकको मृत्यु

मोटरसाइकल एकापसमा ठोक्किदा दुर्घटना, दुबै चालकको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन १६ महोत्तरीको बर्दिबास–सम्सी सडकखण्डमा गत साउन ४ गते दुई मोटरसाइकल एकापसमा ठोक्किँदा गम्भीर घाइते दुवै चालकको मृत्यु भएको छ । घटना भएका दिन एउटा मोटरसाइकल चालकको मृत्यु भएको थियो भने अर्का मोटरसाइकल चालकको आज मृत्यु भएको छ ।आज मृत्यु हुनेमा जिल्लाको गौशाला नगरपालिका– ४ बस्ने श्याम यादवका छोरा २५ वर्षीय कृष्णा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो । यसअघि घटना भएका दिन एउटा मोटरसाइकलका चालक जिल्लाको औरही नगरपालिका– २ बस्ने विनेश यादवका छोरा २४ वर्षीय विवेकको मृत्यु भएको थियो । प्रदेश २–०२–००१प ८६७९ नं को मोटरसाइकलमा चढेर बर्दिबासबाट सम्सी जाँदै गरेका विवेकलाई विपरित दिशाबाट प्रदेश २–०२–००३प ७७३८ नम्बरको मोटरसाइकलमा चढेर आउँदै गरेका कृष्णाले गौशाला नगरपालिका–२ स्थित सडकमा आमनेसामुने ठक्कर दिएका थिए ।   सो ठक्करमा गम्भीर...
पोखरामा पहिराले घर पुरिँदा भाईको मृत्यु, दिदि घाइते

पोखरामा पहिराले घर पुरिँदा भाईको मृत्यु, दिदि घाइते

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन १६ पोखरा महानगरपालिका–६ डिहिकोपाटन पँधेरोमा आज बिहान पहिराले घर पुरिँदा एक जनाको मृत्यु भएको भने एक जना घाइते भएका छन् ।अविरल वर्षापछि घर माथिबाट आएको पहिराले स्थानीय लक्ष्मी खड्का क्षेत्रीको ब्लकको गारो र टिनको छानो भएको एक तलाको कच्ची घरको कोठा भत्किँदा कोठा भाडामा बस्ने वर्ष २६ का सन्तोष सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो ।उहाँका अनुसार घटनामा घाइते सुनारलाई बिहान उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् । घटनामा कास्कीको माछापुच्छ«े गाउँपालिका–१ भुर्जुङखोला घर भई सोही घरमा बस्ने सन्तोषकी दिदी २७ वर्षीया सुनिता सुनार घाइते हुनुभएको छ । उहाँको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको बाहिरी चोट नदेखिएको र अवस्था मध्यम रहेक...
गाडी किनेको पैसा नतिर्ने नियतले साथीको हत्या

गाडी किनेको पैसा नतिर्ने नियतले साथीको हत्या

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन १६ गाडी किनेको पैसा दिने बहानामा फकाइफुलाइ अर्घाखाँची पु¥याएर जिल्लाका एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन् । बुटवलको मैनाबगरमा गाडी किनबेचको काम गर्दै आएका दीपक भनिने कुलचन्द्र गौतमले गाडी चालक आफ्नै साथी विष्णुबहादुर पाण्डेको योजनाबद्ध हत्या गरेका हुन् । अर्घाखाँचीको मालारानी गाउँपालिका–२ घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलवास बस्ने ४४ वर्षीय पाण्डेको शनिबार शव भेटिएपछि हत्या भएको पुष्टि भएको हो । घटनापछि फरार रहेका गौतमलाई नेपाल भारत सिमाना बेलहियाबाट आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिनुभयो । गौतमलाई बिक्री गरेको लु१ख ७७८१ नंको ट्रक पास गर्न भनी हिँडे पनि सोही दिनदेखि पाण्डे सम्पर्कमा नआएपछि छोरी शीलाले प्रहरीमा उजुरी गर्नुभएको थियो । यही साउन ११ गते...