बिसनपुर खैजनपुर २ र १२ नं वडा जोड्ने झोलुङ्गे पुलको सिल्यान्यास
पूर्णपुष्टि, भदौ १५
त्रियुगा नगरपालिका १२ विसनपुर स्थित हरित पार्क नजिकै निर्माण हुने झोलुङगे पुलको सिल्यान्यास भएको छ । बुधबार नेपाल सरकारको पराराष्ट्र मन्त्री डा. नारायण खड्का र प्रदेश १ भौतिक पूर्वधार तथा शहरी विकास मन्त्री हिमाल कार्कीले पुलको संयुक्त सिल्यान्यास गनुर्भभयो । यस पुलले २ र १२ नं वडालाई जोड्ने जनाईएको छ । उक्त पुललाई शहरी विकास मन्त्रालय स्थानीय पूर्वाधार बिभाग सस्पेन्सन बृज डिभिजन पुल्चोकले निर्माण गर्ने जनाईएको छ ।
पुल उद्घाटन गर्दै मन्त्री खड्काले उदयपुरमा अरु दलका नेताहले भन्दा आफुले धेरै काम गरेको जनाउनुभयो । आफु सांसद हुदाको अवस्थामा होस या मन्त्री हुँदाको अवस्थामा होस यस जिल्लामा ८ अर्ब बजेट बिनियोजन गरी उदयपुरलाई विकास गर्न सहयोग पुराएको कार्यक्रममा बताउनुभयो । मन्त्री खड्काले एमालेले बिरोध नगरेको भए उदयपुरमा एयरर्पाट समेत समयमै बनिसक्ने बताउनुभयो । एमालेकै का...









