Wednesday, August 5News That Matters

Month: ४ वर्ष अगाडि

पौडी खेल्ने क्रममा मेची नदिले बगाएर युवकको मृत्यु

पौडी खेल्ने क्रममा मेची नदिले बगाएर युवकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ १४ झापाको भद्रपुर नगरपालिका–४ स्थित मेची नदीमा पौडी खेल्ने क्रममा नदिले बगाई एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–३ का भुपाल भुजेलको १८ बर्षीय छोरा सामुएल भुजेल रहेका छन् ।हिजो अपरान्ह साढे ४ बजे पौडी खेल्ने क्रममा भुजेललाई नदीले बगाएको थियो । नदिले बगाएको भन्ने जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भद्रपुर र प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीसहित स्थानियहरुको समेत सहयोगमा खोजतलासको क्रममा आज बिहान पौने ९ बजे बगाएको स्थान देखि ७ किलोमिटर दक्षिण नदी किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।    ...
बोक्सेमा फुटवल प्रतियोगिता सुरु, पहिलो खेलमा फ्युजन र सिसुवारीको जित

बोक्सेमा फुटवल प्रतियोगिता सुरु, पहिलो खेलमा फ्युजन र सिसुवारीको जित

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ १४ बोक्सेमा सोमवार बाट ओपन ७A नकआउट फुटवल प्रतियोगिता सुरु भएको छ । बोक्से स्थित खसी बजारमा दिउँसो २ बेजे खेलको उद्घाटन भएको हो । खेलको पहिलो दिन २ खेल खेलाईएको छ ।उक्त खेलमा फ्युजन क्लव बोक्से र सिसुवारी विजयी बनेका छन् । फ्युजनले राजावासलाई ७÷१ को फराकिलो अन्तरले पराजित गर्दै बिजयी बनेका छन् भने सिसुवारीले रौतामाई स्पोर्ट क्लवलाई ५÷० को अन्तरले पराजित गरेको छ ।दाजुभाई समूह दोहा कतारको आयोजनामा जारी उक्त खेलको बिजेताले २० हजार नगद सहित अन्य पुरस्कारहरु पाउने छन् भने उपविजेताले १० हजार पाउने जनाईएको छ । मंगलबारको खेलमा पनि दुई खेल खेलाईने छ । जसमध्ये ११ स्टार फुटवल क्लव र गाईघाट फुटवल क्लवले खेल्ने छ ।  ...
प्रतिवन्धित लागुऔषध सहित तिनजना पक्राउ

प्रतिवन्धित लागुऔषध सहित तिनजना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ १३ मोरङको बेलबारी नगरपालिका–१ स्थितबाट प्रतिवन्धित लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी–१ का सुरज गुरुङ, बेलबारी ४ का ३८ वर्षीय ईन्द्र गुरुङ र ४१ वर्षीय बिनोद राई रहेका छन् ।हिजो बेलुका साढे ५ बजे लागुऔषध खरिद बिक्री भईरहेको भन्ने बिशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले सुरज गुरुङको घर कोठा खान तलासी गर्दा १ ग्राम २२० मिलिग्राम ब्राउन सुगर बरामद गरेको र सोही स्थानमा संकास्पद अबस्थामा रहेका ईन्द्र गुरुङ र बिनोद राईको साथबाट NITRABET-४२ चक्की र DIALEX-DC-३ बोतल सहित तिनै जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका तिनै जनाको इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।...
विराटनगरमा विश्वचर्चित गेम पब्जी प्रतियोगिता हुने

विराटनगरमा विश्वचर्चित गेम पब्जी प्रतियोगिता हुने

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ १३ गते । विराटनगरमा विश्वचर्चित मोबाइल भिडियो गेम पब्जी ई–स्पोर्ट्स प्रतियोगिता हुने भएको छ । भदौ १८ गते ‘रेजरयाक्ट ई–स्पोर्ट्स’ ग्रुपको आयोजनामा विराटनगरको पाञ्चालीस्थित सगरमाथा पार्टी प्यालेसमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा नेपालभरबाट १८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगितामा काठमाडौं, बुटवल, नेपालगन्ज, बिर्तामोड, पोखरा, दमक र विराटनगरका टोलीको सहभागिता रहने छ । एक टोलीमा चार जना खेलाडी रहने आयोजक समितिका सदस्य अनुराग क्षत्रीले जानकारी दिए । ‘एकदिवसीय प्रतियोगिता आयोजना गर्न लागिएको हो । यसमा आठ वटा खेल हुन्छ । एउटा खेल २५ मिनेटको हुन्छ’, उनले भने, ‘सबै टोली एकैठाउँमा बसेर स्क्वाड खेल खेल्छन् ।’ सहभागीमध्ये सर्वाधिक अंक ल्याउने टोलीले उपाधि जित्ने छ । प्रतियोगिताका विजेताले ५० हजार र उपविजेताले २० हजार नगद पुरस्कार पाउने छन् । ...
लागुऔषध ब्राउन सुगरमा संलग्न महिला सहित ६ जना पक्राउ

लागुऔषध ब्राउन सुगरमा संलग्न महिला सहित ६ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ १३ मोरङको बिराटनगर महानगरपालिका –१४ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामधुनी नगरपालिका–८ घर भई बिराटनगर–१४ मुण्डा पोखरी स्थितमा डेरा गरी बसेकी २७ बर्षीया सरस्वती गुरुङ, सिन्धुपाल्चोक चौताराका २६ बर्षीय बिकाश थापा, बिरानगर–१५ का २४ बर्षीय बरुण साह, बिराटनगर–३ का ३० बर्षीय आशिस हमाल, बिराटगर–१३ का ३० बर्षीय सुलभ रिजाल र धरान–२० का २३ बर्षीय रोशन लिम्वु रहेका छन् ।गत शुक्रवार बेलुका लागुऔषध बिक्रि बितरण भईरहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले सरस्वती गुरुङको कोठा खानतलासी गर्ने क्रममा १४ ग्राम ६१ मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजु सहित ६ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरुको सम्मानित मोरङ जिल्ला अदालतबाट लागुऔषध कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहर...
फेसबुक मार्फत मेयर र उपमेयर विरुद्ध गलत भ्रम फैलाउने एक युवक झापाबाट पक्राउ

फेसबुक मार्फत मेयर र उपमेयर विरुद्ध गलत भ्रम फैलाउने एक युवक झापाबाट पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ १३ गते । सामाजिक सञ्जाल फेसबूक मार्फत मेयर र उपमेयरविरुद्ध गलत भ्रम फैलाएको अभियोगमा झापाबाट एक युवक पक्राउ परेको छ । इलाका प्रहरी कार्यालय अनारमनिको टोलीले बिर्तामोड नगरपालिका–४ निवासी २२ वर्षीय राजु बिमलीलाई नियन्त्रणमा लिएको डीएसपी रुगमबहादुर कुँवरले जानकारी दिए । बिमलीलाई आइतबार दिउँसो उनकै घरबाटै नियन्त्रणमा लिएको हो । बिमलीले शनिबार राति बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईँ र उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाको तस्बिर राखेर मेयर र उपमेयर हराएको सूचना भन्दै भ्रमपूर्ण सन्देश पोष्ट गरेका थिए । दमकमा आइटी अध्ययन गर्दै आएका उनले सामाजिक सञ्जालमार्फत गलत सूचना फैलाएको आरोपमा नियन्त्रणमा लिएको डीएसपी कुँवरले बताए । उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको छ ।...
बुवाको हत्या अभियोगमा २७ वर्षीय छोरा पक्राउ

बुवाको हत्या अभियोगमा २७ वर्षीय छोरा पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ १३ गते । बुवाको हत्या गरेको अभियोगमा रुपन्देहीबाट २७ वर्षीय दीपक पुन पक्राउ परेका छन् । जिल्लाको देवदह नगरपालिा–१० दलदले बस्ने ५१ वर्षीय बुवा प्रेमप्रसादको हत्या गरेको आपसी झगडामा दीपकले आँगनबाट धकेल्दा प्रेम प्रसादको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । हत्या गरेको खबरपछि वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।...
दरसँगै आजबाट सुरु हुँदै ४ दिने तीज

दरसँगै आजबाट सुरु हुँदै ४ दिने तीज

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ १३ गते । हरितालिका (तीज) व्रतको तयारी स्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजबाट सुरु हुँदैछ । तीजको पहिलो दिन आज हिन्दु धर्मालम्वी महिलाहरुले भोलीको ब्रतका लागि दर खाने छन् । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ । जसले ब्रतका दिन आडिलो बनाउँछ । तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि मीठा मीठा एवं आडिलो परिकार दरका रुपमा खाई मङ्गलबारको व्रतका लागि पूर्वतयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाईले छोरी, चेली, दिदी बहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् । महिलाहरुले वर्षदिनभर आफूला...
श्रोत नखुलेको साढेँ ४ लाख भन्दा बढी रकमसहित एकजना पक्राउ

श्रोत नखुलेको साढेँ ४ लाख भन्दा बढी रकमसहित एकजना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ १३ मोरङको बिराटनगर महानगरपालिका–१५ स्थितबाट श्रोत नखुलेको रकम सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा साँघुरीगढी गाउँपालिका–३ धनकुटाका ६४ बर्षीय कर्ण बहादुर राई रहेका छन् ।हिजो अपरान्ह ३ बजे बिरानगर रानी भन्सारको २ नम्वर ढाटमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको राईलाई संकालागि चेक जाँच गर्दा उनको साथबाट श्रोत नखुलेको नेपाली रुपैया ४ लाख ५१ हजार ९ सय बरामद भएको हो । पक्राउ परेका राईको आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाईएको छ प्रहरीले जनाएको छ ।...
चितुवाले आक्रमण गर्दा आमा छोरा घाइते

चितुवाले आक्रमण गर्दा आमा छोरा घाइते

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ १३ गते । चितुवाको आक्रमणबाट आमा तहुँमा छोरा घाइते भएका छन् । जिल्लाको व्यास नगरपालिका–११ पातीघारी बस्ने ४९ वर्षीय दिलमाया गुरुङ र उनका ९ वर्षीय छोरा शंकर गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहँले जनाएको छ । गएराति घरभित्र कोठामा आमाछोरा विस्तारामा सुतिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले जानकारी दिए । नयाँ बन्दै गरेको आफ्नै घरमा आमाछोरा एउदै काठामा सुतिरहेका थिए । चितुवा कोठामा छिरेर सुतिरहेको छोरालाई आक्रमण गरेको थियो । छोरालाई बचाउने क्रममा चितुवा लखेट्न खोज्दा आमालाई पनि घाइते बनाएको प्रहरीले जनाएको छ ।...