Wednesday, August 5News That Matters

Month: ४ वर्ष अगाडि

टिफरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

टिफरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ १२ मोरङमा टिफरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको सुन्दरहरैचा नगरपालिका–४ का २९ बर्षीय कुमार राई रहेका छन् ।आज दिउँसो सवा १ बजे प्रदेश १–०२–००१ ख ८३३२ नम्बरको टिफरले बिपरित दिशाबाट आउदै गरेको को.३८ प ५९५० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा राई घाईते भएका थिए । घाईतेलाई उपचारको लागी धरान घोपा लगिएकोमा अस्पताल पुर्‍याउन साथ डाक्टरले मृत घोषणा गरेको हो । ठक्कर दिने टिफर र चालक ईटहरी १ का राज कुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।...
थुनामा रहेकाको परिवारबाट छुटाई दिने भन्दै ५० हजार लिएको आरोपमा युवक पक्राउ

थुनामा रहेकाको परिवारबाट छुटाई दिने भन्दै ५० हजार लिएको आरोपमा युवक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ १२ थुनुवामा रहेका व्यक्तिलाई छुटाईदिने भन्दै ५० हजार लिएको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका– ८ निवासी २० वर्षीय प्रतिक बस्नेत रहेका छन् । बस्नेत आफै ८ हजार धरौटीमा छुटेको व्यक्ति रहेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय दाङको थुनुवा कक्षमा रहदा बस्नेतले अन्य तीन जनासँग चिनजान गरेर परिवारका सदस्यको नम्बर लिई उनीहरुलाई छुटाउने भन्दै ५० हजार रुपैयाँ लिएका थिए । तर थुनुवाहरु नछुटेपछि परिवारले प्रहरीलाई जानकारी दिएका थिए । अनुसन्धानको क्रममा बस्नेतले नै रकम लिएको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजनकुमार गौतमले बताए । बस्नेतलाई प्युठानबाट शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका बस्नेतको सम्बन्धमा थप अनुसन्धान भइरहेको गौतमले बताए ।...
बुबाको हत्या आरोपमा छोरा पक्राउ

बुबाको हत्या आरोपमा छोरा पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ १२ पाल्पामा बुबाको हत्या आरोपमा छोरा पक्राउ परेका छन् । पाल्पाको माथागढी गाउँपालिका–४ नेटाका १४ वर्षीय छोराले ४५ वर्षीय तिलबहादुर दिसाको हत्या गरेको प्रहरीले जनाएको छ ।पारिवारिक झगडा भएपछि शनिबार राति ८ बजे छोराले टाउकोमा चिर्पट दाउराले हान्दा तिलबहादुरको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी वीरेन्द्र थापाले जानकारी दिए । घटनाबारे स्थानीयले आइतबार बिहान खबर गरेपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो । प्रहरी टोलीले तिलबहादुरका छोरालाई नियन्त्रणमा लिएर शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको प्रवक्ता थापाले बताए ।...
बोक्से खसि बजारमा फुटवल प्रतियोगिता हुने

बोक्से खसि बजारमा फुटवल प्रतियोगिता हुने

Breaking News 1
पूर्णपुष्टि, भदौ १२ बोक्से खसी बजारमा सोमवार ओपन ७ब् नकआउट फुटवल प्रतियोगिता हुँदैछ । दाजुभाई समूह दोहा कतारको आयोजना तथा फ्युजन क्लव बोक्सेको समन्वयमा प्रतियोगिता हुन लागेको हो । खेल सहित समूहले ५ जना गरिब, असाहय, अपाङग वालवालिकाहरुलाई शैक्षिक सामाग्री समेत प्रदान गर्नेछ । फुटवल प्रतियोगिताका सहभागी बिजयी टिमले २० हजार र दोसो हुनेले १० हजार प्राप्त गर्नेछ । खेलमा सहभागीका लागि रु २ हजार एन्ट्री फी बुझाउनु पर्नेछ । दाजुभाई समूहले लामो समयदेखी समाज सेवामा काम गर्दै आएका छन् । उदयपुरबाट विदेशीएका युवाहरुको समू मिलेर निर्माण गरिएको दाजुभाई समूहले विपदमा परेकाहरुलाई पनि थुप्रै सहयोग गरिसकेका छन् ।...
राष्ट्रिय युवा संघ नेपाल त्रियुगा नगरको अध्यक्षमा मन कुमार मगर

राष्ट्रिय युवा संघ नेपाल त्रियुगा नगरको अध्यक्षमा मन कुमार मगर

Breaking News 1
पूर्णपुष्टि, भदौ १२ राष्ट्रिय युवा संघ नेपाल त्रियुगा नगरपालिकाको अध्यक्षमा मन कुमार मगर चयन भएका छन् । एमाले निकट युवा संगठन अन्तरगत राष्ट्रिय युवा संघ नेपाल त्रियुगा नगरको पहिलो अधिवेशनले मगरलाई अध्यक्षमा चयन गरेको हो । शनिवार गाईघाट स्थित प्रदेशसभा सदस्य बिमल कार्कीको प्रमुख आथित्यमा अधिवेशन गरेको थियो । अधिवेशनमा पदाधीकारीहरु टुंगो लगाएको छ । उपाध्यक्षमा प्रकाश रेग्मी, सविमा सन्तोष बुढाथोकी, सहसचिवमा संगम गुरागाई, सह सचिवमा राम अवतार राजधामी, कोषाध्यक्षमा नानुमाया मगर रहेका छन् । यता युथ प्रमुखमा मनिल बुढाथोकी छन भने साईबर सर्कल प्रमुखमा भुवन बुढाथोकी रहेको छन् ।  ...
उदयपुरमा मोटसाईकल दुर्घटना : श्रीमानको मृत्यु, श्रीमती घाईते

उदयपुरमा मोटसाईकल दुर्घटना : श्रीमानको मृत्यु, श्रीमती घाईते

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ १२ उदयपुरमा मोटरसाईकल दुर्घटनामा परी श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाईते भएकी छिन् । मृत्यु हुनेमा कटारी नगरपालिका–४ का २४ बर्षीय अभिषेक खड्का रहेका छन् । घाईते हुनेमा मृतककै श्रीमती २० वर्षीया संगीता खड्का रहेकी छिन् ।घुमफिरका लागि गएका श्रीमान श्रीमती इटहरीबाट कटारीतर्फ आउँँदै गर्दा दुर्घटनामा परेको हो । प्र १–००५–००१ प ७४८५ नं. को मोटरसाईकल मदन भण्डारी लोकमार्ग अन्तर्गत गाईघाट–बेलटार सडक खण्डको इकराहा खैराहामा शनिबार दुर्घटना भएको थियो । चौदण्डीगढी नगरपालिका ९ इकराहा स्थित घुम्ती मोडमा आफै अनियन्त्रित भई सडक किनारको रेलिङमा ठोक्किदा खड्काको मृत्यु भएको थियो । घाइते श्रीमतीको भने उपचारपछि डिस्चार्ज भईसकेको प्रहरीले जनाएको छ । मृतकको शव उदयपुृर जिल्ला अस्पतालमा पोष्टमार्टम गरी आफन्तको जिम्मा दिइएको छ । मृतक नेकपा माओवादी केन्द्र कटारी नगरपालिका ४ का पार्टी अध्...
सरस्वती सामुदायिक वनको दर कार्यक्रम

सरस्वती सामुदायिक वनको दर कार्यक्रम

Breaking News 2, पर्यटन, समाचार
पूर्णपुष्टि, भदौ ११ त्रीयुगा नगरपालिका–५ मा रहेको सरस्वती सामुदायिक वनले आफ्नो उपभोक्ताको लागी दर कार्यक्रम आयोजना गरेको छ । दर कार्यक्रम अघि महिला सशक्तिकरणका लागि सामुदायिक वनको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम समेत गरेको थियो ।दर कार्यक्रममा सामुदायिक वनमा आवद्ध महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।सो कार्यक्रम सामुदायिक वनले विकास गरेको मयुरवनमा गरेको थियो । सरस्वती सामुदायिक वनले आफ्नो वनक्षेत्रमा पर्यटकीय क्षेत्र ‘मयुरवन’ निर्माण गरेको छ । मयुर वनमा हिन्दु तथा किरात धर्मसम्बन्धी सामाग्री निर्माण गरेको छ । साथै वृक्षारोपण समेत गरी वनसंरक्षण गर्दै आएको छ ।सो कार्यक्रममा प्रमुख अतिथी त्रीयुगा नगरपालिकाकी उपमेयर महेश्वरी राईले सामुदायिक वनले महिला नेतृत्व बिकासमा महत्वपूर्ण भुमिका खेलेको बताएकी थिईन । सो कार्यक्रमको सभापति सरस्वती सामुदायिक वनका अध्यक्ष दिपक बान्तवा राई रहेको थिए ...
उदयपुरमा एकै दिन दुई झोलुङ्गेपुलको उदघाटन

उदयपुरमा एकै दिन दुई झोलुङ्गेपुलको उदघाटन

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ १० उदयपुरको उदयपुरगढी गाउँपालिका र रौतामाई गाउँपालिकामा शुक्रबार एकै दिन दुई वटा झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । उदयपुर निर्बाचन क्षेत्र नम्बर दुई ९क० का प्रदेश सांसद नारायण बुर्जा मगरले दुई झोलुङ्गे पुलको उद्घाटन गरेका हुन् । सांसद मगरले आफ्नो निर्बाचन क्षेत्र अन्र्तगत दुई गाउँपालिकामा निर्माण झोलुङ्गे पुलले विशेषगरी वर्षातमा ज्यान जोखिम मोलेर बाढीमा खोला तर्नुपर्ने समस्या टरेको छ । स्थानीयलाई आवतजावतमा सहज तुल्याएको छ भने बालबालिकालाई विद्यालय धाउन सजिलो भएको छ । उदयपुगढी गाउँपालिका ७ अधेरीखोलाको झोलुङ्गे पुल कुल लागत ४५ लाख ६२ लाख ५३७ रुपैँयाको लागतमा निर्माण सम्पन्न भएको हो । त्यस्तै अर्को पुल रौतामाई गाउँपालिका वडा नम्बर ७ मुर्कुची बजार नजिक रहेको पुँवारेखोलाको झोलुङ्गे पुल ६१ लाख ५५ हजार ७४३ रुपैया लागतमा निर्माण सम्पन्न भएको उपभोक्ता समितिले जनाएको छ । ६२ म...
कटारीको पहाडी भेगमा जोखिम मोलेर यात्रा, ट्राफिक प्रहरी र चालकको लापर्वाही

कटारीको पहाडी भेगमा जोखिम मोलेर यात्रा, ट्राफिक प्रहरी र चालकको लापर्वाही

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ ११ कटारी बाट पहाडी भेगमा चल्ने बुलेरोहरुमा यात्रा जोखिम बन्दै गएको छ । ट्राफिक प्रहरी र सवारी चालकहरुको लापर्वाहीका कारण यात्रा जोखिम बन्दै गएको हो । कटारी बाट पहाडी भेगमा चल्ले बोलेरोहरुले क्षमता भन्दा बढी यात्रुहरु हालेर जोखिम यात्रा गराईरहेको अवस्था छ । कटारीबाट रूपाटार, मयान्खु, सोरुङ छबिसे, हर्देनी , रिस्कु, बर्रे, उदयपुर गढी लगायत ठाउँमा चल्ने बोलोरेहरुमा यात्रुहरु अत्यादिक हालेर लैजाने गरेको स्थानीयहरुले जनाए । यसले कुनै पनि बेला दुर्घटना निम्त्याउने र ठुलो धनजनको क्षती हुनेमा सम्बन्धित निकायहरुले चासो नदेखाएको स्थानीयहरुको भनाई छ । मनपरी यात्रु चढाउने सिटमा बाहेक हुटमा समेत यात्रुहरु चढाएर लैजाने गरे पनि ट्राफिक प्रहरी भने अनुगमन र कार्वाहीमा मौन छ । सिट क्षमता भन्दा हुटमा र अत्यादिक चापमा यात्रुहरु चढाउन नपाईने भएता पनि त्यस भेगमा भने मनपरी छ । गाडी साहु र...
श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ

श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ११ झापामा श्रीमतीको हत्या गरी फरार रहेका एक व्यक्तिलार्ई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गाउँपालिका–६ स्थित चन्द्रबस्तीका ४० बर्षीय नाईके हास्दा रहेका छन् ।उनले आफ्नै ३५ वर्षीय श्रीमती तालामाईको शुक्रबार राती १०:१० बजेको समयमा कोखमा हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । हत्या गरी फरार भएका उनलाई आज बिहान ८ बजे नेपाल–भारत सीमा नजिकै कचनकवल–१ बाट पक्राउ गरेको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । पक्राउ परेका नाईकेको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...