Thursday, August 6News That Matters

Month: ४ वर्ष अगाडि

माछालाई थापेको जालमा अजिङ्गर परेपछि…

माछालाई थापेको जालमा अजिङ्गर परेपछि…

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ ११ झापा गाउँपालिका–७ स्थित सानो माई खोलामा स्थानियले माछा मार्न थापेको जालमा अजिङ्गर परेको छ । अन्दाजी २० केजी तौलको अजिङ्गर फेला परेको हो।स्थानिय सोम मुर्मु, सोम हेमरम, आसिक मुर्मु, लुखिराम मुर्मु र सुनिल मुर्मुले खोलामा माछा मार्न थापेको जालमा बिहिबार बेलुका ९ बजे अजिङ्गर परेको थियो । उनिहरुले सो अजिङ्गरलाई जालमै पोको पारेर घर ल्याएका थिए । स्थानीयलेहरुले शुक्रबार बिहान पन्थापाडा प्रहरी चौकीलाई खबर गरी स्थानीय रानी सामुदायिक वन उपभोक्ता समितिलाई अजिङ्गर जिम्मा लगाएको छ । रानी वनले उक्त अजिङ्गरको संरक्षण गर्ने जनाएको छ। यसअघि पनि रानी सामुदायिक वनले आफ्नो परिसर भित्रको खोरमा दुईवटा अजिङ्गर राखेको थियो । तर, दुवै अजिङ्गर खोरबाट फुत्केर भागेको स्थानीयले बताए ।...
उदयपुरमा सांसद नारायण बुर्जा मगरद्धारा दुई झोलुङ्गे पुलको उद्घाटन

उदयपुरमा सांसद नारायण बुर्जा मगरद्धारा दुई झोलुङ्गे पुलको उद्घाटन

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ १० उदयपुरमा दुई झोलुङ्गे पुल हालै निर्माण सम्पन्न भएको छ । दुई पालिकामा निर्माण झोलुङ्गेपुलले विशेषगरी वर्षातमा ज्यान जोखिम मोलेर बाढी तर्नुपर्ने समस्या टरेको छ । स्थानीयलाई आवतजावतमा सहज तुल्याएको छ भने बालबालिकालाई विद्यालय धाउन सजिलो भएको छ ।४५ लाख ६२ लाख ५३७ रुपैँयाको लागतमा अँधेरीखोला झोलुङ्गेपुल र ६१ लाख ५५ हजार ७४३ रुपैया लागतमा पुवारेधाप झोलुङ्गेपुल निर्माण सम्पन्न भएको हो । ६२ मिटर लम्बाई र १ दशमलब ६ मिटर चौडाइको अँधेरीखोला झोलुङ्गेपुल रौतामाई गाउँपालिका–७ र ७० मिटर लम्बाई र १ दशमलब ६ मिटर चौडाईको पुवारेधाप झोलुङ्गेपुल उदयपुरगढी गाउँपालिका–७ मा निर्माण भएको हो ।दुबै पुल १ नं. प्रदेश सरकारको लगानीमा उपभोक्ता समिति मार्फत बनेको हो । दुवै पुलको उद्घाटन प्रदेश नं. १ का सांसद नारायण बुर्जा मगरले गरे ।...
मानव तस्करी अभियोगमा केकी र आर्यनको नाम मुछिएपछि छानबिनको माग गर्दै  पुगे सीआईबी

मानव तस्करी अभियोगमा केकी र आर्यनको नाम मुछिएपछि छानबिनको माग गर्दै पुगे सीआईबी

Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, भदौ १० गते । विदेशमा मानव तस्करी प्रकरणमा अभिनेता आर्यन सिग्देल, अभिनेत्री केकी अधिकारी र निर्देहशक दीपक आचार्यको नाम मुछिएपछि उनीहरु प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पुगेका छन् । आफ्नो नाम र कागजपत्रको दुरुपयोग भएको भन्दै त्यसमा संलग्न दोषीलाई कानुनी कारवाहीको माग गर्दै उनीहरु कार्यालयमा आएको सीआईबीका प्रवक्ता एसपी कमल थापाले जानकारी दिए । फिल्म ‘तिम्रो नजर’ छायांकनका लागि केकी र आर्यनसहित १४ जनालाई नर्वे लैजाने भन्दै रोशन पराजुली नामका व्यक्तिले दिल्लीस्थित नर्वेजियन दूतावासमा भिसाका लागि आवेदन दिएका थिए । दूतावासले काठमाडौंस्थित पर्यटन बोर्डमा टेलिफोन गरेर बुझेपछि यो प्रकरणको खुलासा भएको थियो । लगत्तै केकी, आर्यन र दीपकले फेसबुकमार्फत आफूहरुको संलग्नता नरहेको बताएका थिए । आजै बेलुकासम्म ब्युरोमा निवेदन दिने तयारीमा आफूहरु रहेको आर्यनले जानकारी दिए । आर्यनसहितक...
धरान पुगेर प्रचण्डले भने”, हर्क साम्पाङबाट प्रेरणा लिऔँ, धेरै कुरा सिकौँ

धरान पुगेर प्रचण्डले भने”, हर्क साम्पाङबाट प्रेरणा लिऔँ, धेरै कुरा सिकौँ

Breaking News 1
पूर्णपुष्टि, भदौ १० माओवादी अध्यक्ष पुष्प कमल दाहल (प्रचण्ड) ले धरानका मेयर हर्क साम्पाङले कम्युनिष्टको काम गरिरहेको जनाएको छ । उनले हिजो कम्युष्टिहरुको उदेश्य र माओवादीले उठाएको बिषेश ऐजेण्डाहरु हर्क साम्पाङले गरिरहेको काम सँग चुस्त दुरुस्त रहेका कारण हर्कबाट पार्टीले नै केहि कुराहरु सिक्न सकिने जनाए । जनवादी गायक जेबी टुहुरेको स्मृतिमा धरान पुगेका प्रचण्डले वृक्षारोपणमा समेत सहभागी भएर यस्तो बताएका हुन् । उनले हर्कले जस्तै सँधै जनताहरु सँग नजिक रहेर काम गर्न अन्य जनप्रतिनिधिहरुलाई संकेत गरेको छ । जनप्रतिनिधी र जनताविचको सुमधुर सम्बन्धले नै देश विकास हुने हुँदा हर्क बाट थप प्रेरणा लिन सकिने उनले सुझाएको छ ।...
क्यान्टिनको खाजा खाएर फुड पोइजन हुँदा ३४ विद्यार्थी बिरामी

क्यान्टिनको खाजा खाएर फुड पोइजन हुँदा ३४ विद्यार्थी बिरामी

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, भदौ १० गते । क्यान्टिनको खाजा खाएर फुड पोइजन हुँदा झापाको मेचीनगर नगरपालिका–६ स्थित काँकडभिट्टा माध्यमिक विद्यालय अध्ययनरत ३४ जना विद्यार्थी एकै साथ बिरामी भकएका छज् । उनीहरूको मेची अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । काँकडभिट्टा माविभित्र सञ्चालित क्यानटिन (चमेना गृह) मा खाजा खाएको आधा घण्टापछि विद्यार्थी एकाएक बिरामी पर्न थालेको विद्यालयका प्रधानाध्यापक हरि न्यौपानेले जानकारी दिए । विद्यार्थी बिरामी पर्न थालेपछि उनीहरूलाई तत्काल स्थानीय मेडिकलमा उपचारका लागि लगिएको र थप स्वास्थ्यमा समस्या देखिएपछि मेची अस्पताल ल्याएको प्रधानाध्यापक न्यौपानेले बताए । कक्षा १ देखि ६ सम्मका विद्यार्थीमा फुड पोइजनको लक्षण देखिएको बताउँदै प्रधानाध्यापक न्यौपानेले भने, ‘विद्यार्थीले क्यानटिनमा गएर छोला र मुरै खाएका थिए, टिफिन टाइममा खाजा खाएको केही समयपछि विद्यार्थीको पेट दुख्न थाल्यो ।’ एकैपट...
सवारी दुर्घटनामा दुई महिलाको मृत्यु

सवारी दुर्घटनामा दुई महिलाको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ १० मोरङ र सुनसरीको छुट्टा छुट्टै दुई स्थानमा सवारी दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । मोरङमा अटो टेम्पोको ठक्करबाट एक वृद्धाको मृत्यु छ । मृत्यु हुनेमा मोरङको बिराटनगर–१२ कि ७७ बर्षीया हिमा निरौला रहेकी छिन् ।आज बिहान साढे ८ बजे मोरङको बिराटनगर महानगरपालिका–३ स्थित राजमार्गमा प्रदेश १–००२ ह ३९२ नम्वरको अटो टेम्पोले पैदल यात्री निरौलालाई ठक्कर दिदा घाईते भएकि थिईन् । निरौलाको विराट टिचिङ अस्पताल गंगा चोकमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने टेम्पो र चालक ईटहरी १० का ३८ बर्षीय गौरव गुरुम्बाङलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ । यसै गरी दिउँसो १ बजे रामधुनी नगरपालिका–१ स्थित राजमार्गमा प्रदेश १–०४००१ त ००८४ नम्वरको ट्रयाक्टरले साईकल यात्री स्थानिय ३४ बर्षीया मंजु चौधरीलाई ठक्कर दिंदा घाईते भएकि चौधरीको उपचा...
संघ र प्रदेशको निर्वाचनलाई निष्पक्ष बनाउन उदयपुरले बढायो सक्रियाता

संघ र प्रदेशको निर्वाचनलाई निष्पक्ष बनाउन उदयपुरले बढायो सक्रियाता

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, भदौ १० गते । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई निष्पक्ष बनाउन जिल्ला निर्वाचन कार्यालय उदयपुरले निर्वाचन सम्बन्धी गतिबिधिलाई सुरु गरेको छ । कार्यालयले मतदाता नामावलीमा भएका त्रुटीलाई सुधार गर्न दाबीविरोध अद्यावधिक कार्य सुरु गर्न जिल्लास्थित राजनीतिक दल र सरोकारवाला निकायसँग छलफल गरेको हो । खासगरी बसाइसराइ र विवाह गरी अन्यत्र गएकाहरूको दोहोरो मतदाता नामावली हुन सक्ने अवस्थालाई मध्यनजर गरी कार्यालयले एक व्यक्ति एक ठाउँ मतदाता नामावली कार्यक्रमलाई अघि सारेको हो । त्यसैगरी, मतदाता नामावली सच्याउने, हटाउने, दावी विरोध, उजुरीलगायतका कार्यलाई पनि समयसीमा तोकेको छ । आयोगले देशैभरी भाद्र १२ गतेदेखि १९ गतेसम्म मतदाता नामावलीमा भएका त्रुटी सच्याउने, नाम हटाउने, उजुरी दिनेलगायतका अभियान सञ्चालन गर्ने जिल्ला निर्वाचन अधिकृत खेमराज कोइरालाले जानकारी...
कपडा फ्याक्ट्रीमा मेशिन चलाउने क्रममा करेन्ट लाग्दा एकको मृत्यु

कपडा फ्याक्ट्रीमा मेशिन चलाउने क्रममा करेन्ट लाग्दा एकको मृत्यु

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ १० मोरङको कपडा फ्याक्ट्रीमा एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको बिराटनगर महानगरपालिका–१ का ५५ बर्षीय लालबिहारी कामत रहेका छन् ।बिहिवार बिहान बिराटनगर महानगरपालिका–११ मा रहेको कपडा फ्याक्ट्रीमा मेशिन चलाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका थिए । कामतलाई उपचारको लागी कोशी अस्पताल बिराटनगर लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
सासुलाई खुकुरी प्रहार गरी घाईते बनाउने रम्तेलले गरे आत्महत्या

सासुलाई खुकुरी प्रहार गरी घाईते बनाउने रम्तेलले गरे आत्महत्या

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ १० आफ्नै घाटीमा खुकुरी प्रहार गरी एक पुरुषले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा भोजपुर सानोदुम्बा–५ घर भई धरान–१३ बस्दै आएका ४१ बर्षीय राम बहादुर रम्तेल रहेका छन् ।बिहिवार बेलुका रम्तेलले ७१ बर्षीय सासु नरमाया भुजेललाई अचानक टाउकोमा खुकुरी प्रहार गरी घाईते बनाएको र आफैले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेको थियो । घटनाको खबर प्राप्त भएपछी ईलाका प्रहरी कार्यालय धरानबाट प्रहरी टोली खटि गई घाईते भुजेललाई उपचारको लागी बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा पठाएको प्रहरीले जनाएको छ । घटना र मृतकको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।...
उदयपुरमा भिरबाट लडेर एक पुरुषको मृत्यु

उदयपुरमा भिरबाट लडेर एक पुरुषको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ९ उदयपुरमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटारी नगरपालिका वडा नं–१० सोता स्थितमा बस्ने ६० बर्षीय फौद बहादुर श्रेष्ठ रहेका छन् ।बुधबार राती ९ बजेको समयमा श्रेष्ठ घर नजिकै रहेको गोदाममा किराना पसलको सामान राखी घर फर्कने क्रममा अचानक भिरबाट लडी घटनास्थल मै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीको प्रहरी नायब उपरिक्षक (डिएसपी) राकेश कुमार पोदारले जनाए । घटना स्थलमा कटारीबाट खटिएको प्रहरीे टोलीले सम्पुर्ण कानुनी प्रक्रिया पुरा गरी लास पोष्टमार्टमको लागी कटारी अस्पताल पठाएको जनाएको छ ।...