Thursday, August 6News That Matters

Month: ४ वर्ष अगाडि

सासु कुटेको अभियोगमा २ बुहारी पक्राउ

सासु कुटेको अभियोगमा २ बुहारी पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ९ गते । सासु कुटपिट गरेको अभियोगमा अछामबाट दुई जना बुहारी पक्राउ परेका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–६ की अन्दाजी ५० वर्षीया जैसरा न्यौपानेमाथि अभद्र व्यवहार गरेका दुई जना बुहारी पक्राउ परेका हुन् । न्यौपानेमाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएपछि घटनाको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टले फेसबुकमा भिडियो सार्वजनिक भएपछि अनुसन्धानका लागि कुटपिटमा संलग्न न्यौपानेकी दुई बुहारीहरुलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीका अनुसार सासुमाथि कुटपिट गर्ने बुहारीहरुको नाम भने खुलेको छैन । सार्वजनिक भएको भिडियोमा दुई महिलाले न्यौपानेलाई यातना दिदै लछारपछार गरेको देखिन्छ भने उनले ‘ओ मेरा बाबै’ भन्दै चिच्याएको सुनिन्छ । स्थानीयका अनुसार मानसिक सन्तुलन ठीक नभएकी न्यौपाने...
हुरेण्डेकद्धारा सञ्चालित ५७ दिने सिपमूलक तालिम सम्पन्न

हुरेण्डेकद्धारा सञ्चालित ५७ दिने सिपमूलक तालिम सम्पन्न

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ ९ गते । वल्र्डभिजन इन्टरनेशनल नेपाल र हुरेण्डेक उदयपुरको साझेदारीमा सञ्चालित ५७ दिने तालिम बुधवार सम्पन्न भएको छ । उदयपुर जिल्लाको ४ पालिकामा हाउसवाईरिङ र सिलाईकटाइ सम्बन्धि सिपमुलक तालिम सम्पन्न भएको हो । सीपमुलक तालिममार्फत आन्मनिर्भर बनाउन संस्थाले हाउसवाईरिङ र सिलाईकटाई तालिम असार १३ गतेदेखि सुरु भएको थियो । सीप सिकेर स्थानीय स्तरमै जिविकोपार्जन सहज बनाउन जिल्लाको उदयपुरगढी गाउँपालिका, कटारी नगरपालिका, ताप्ली गाउँपालिका साथै रौतामाई गाउँपालिका गरी चारवटा स्थानीय तहका ६५ जनाले तालिम लिएका थिए । हुरेण्डेकका अध्यक्ष शंकर बहादुर थापाका अनुसार असार १३ गतेदेखि सुरु भएको तालिम भदौ ७ गतेसम्म सञ्चालन भएको थियो । रौतामाई २ स्थित भुट्टारमा ३९० घण्टे तालिमस्थलमा सिलाईकटाईका लागि २२ जना महिला र हाउसवाईरिङमा ९ जना पुरुष यस्तैे ताप्लीको वडा नम्बर ५ रुपाटाँर तालिम केन्द्रमा हाउसवाई...
प्रदेश खारेजीको हल्ला प्रति मन्त्री कार्की असन्तुष्ट

प्रदेश खारेजीको हल्ला प्रति मन्त्री कार्की असन्तुष्ट

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ९ प्रदेश १ का भौतिक पूर्वाधार मन्त्री हिमाल कार्कीले पछिल्लो समय संघियता प्र्रति वितृष्णा फैलदै जादा प्रदेश खारेज गर्नुपर्ने माग बढ्दै गएको प्रति असन्तुष्टी जनाएका छन् । उनले प्रदेश सरकारले जनताको पक्षमा काम गरिरहेको समेत दावि गरेका छन् ।उदयपुरको देउरीमा आज पुल उद्घाटन गर्दै मन्त्री कार्कीले प्रदेश संरचना आवश्यक रहेको बताएका छन् । उनले भने प्रदेशका मन्त्रीले गाडी चढे होलान, तलब भत्ता खाए होलान तर प्रदेश आवश्यक छैन भन्नु चै गलत छ । “उनले थपे’ प्रदेश सरकार थिएन भने यी विकासका काम हुने थिएनन् । सथै उनले प्रदेशले संघ र स्थानिय तहका सरकारसँग समन्वय गरी विकासमा लागिरहेको बताए ।...
भौतिक पूर्वधार मन्त्रीद्धारा देउरी पुल उद्घाटन

भौतिक पूर्वधार मन्त्रीद्धारा देउरी पुल उद्घाटन

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ ९ प्रदेश १ का भौतिक पूर्वधार मन्त्रीे हिमाल कार्कीले देउरी खोला आर.सि.सि. पुलको उद्घाटन गरेका छन् । प्रदेश सरकारको चार करोड, चौतिस लाख, चौसठ्ठी हजार, दुई सय बाउन्न रुपैया तेह्र पैसामा बनेको सोे पुल पवित्र निर्माण सेवाले निर्माणको ठेक्का पाएको थियो ।७१ मिटर लम्बाई भएको पुलको चौडाई १० मिटर रहेको छ भने स्पान ३ वटा रहेका छन् । २०७७ जेष्ठ १ गते सम्झैता भई २०६८÷१२÷२१ गते निर्माण सम्पन्न भएको थियो । उदयपुरको त्रियुगा नगरपालिका–५ नम्बरमा रहेको सो पुलले श्रीपुर, दमौटी लगाएतका स्थानका बासिन्दालाई सदरमुकाम सम्म आउजाउ गर्न सहज हुनेछ । पुल निर्माणसँगै नदिको दुवैतर्फ २०० मिटर नदि नियन्त्रण कार्यसमेत गरिएको छ ।भौतिक पूर्वाधार मन्त्री कार्कीले प्रदेश संरचनाको विरोध भई काम नभएको भन्दै संघियताको विरोध हुनेगरेपनि प्रदेश सरकारले जनताका विकासका चाहाना पूरा गर्दै गएको बताएका छन् ।  ...
लागुऔषधसहित १ जना पक्राउ

लागुऔषधसहित १ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ ९ गते । झापाको भद्रपुर नगरपालिका–५ स्थितबाट लागु औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको अर्जुनधार नगरपालिका–११ झापाका २४ वर्षीय आकाश गिरीलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो । हजो बेलुका ६ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा प्रदेश ३–०२–०१३ प ४७४३ नम्वरको मोटरसाईकलमा सवार रहेका गिरीको साथबाट १ ग्राम २२० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । प्रतिबन्धित ब्राउन सुगर सहित पक्राउ परेका गिरीको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।...
सप्तकोशी नदीमा डुवी बालकको मृत्यु

सप्तकोशी नदीमा डुवी बालकको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ९ गते । सुनसरीका बराहक्षेत्र नगरपालिका–९ स्थित सप्तकोशी नदीको भंगालोमा डुवी बालकको मृत्यु भएको छ । हिजो दिउँसो पौने २ बजे सरस्वति मा.बि. राजाबासमा कक्षा ६ मा अध्ययनरत बराहक्षेत्र–९ राजाबासका राज कुमार माझीको १२ बर्षीय छोरा अमर माझीको नदीमा डुबी मृत्यु भएको हो । बालिकाले बिद्यालयमा टिफिनको समयमा सप्तकोशी नदीको भंगालोमा पौडी खेल्ने क्रममा पानीमा डुवेको अबस्थामा स्थानियले फेला पारेको र उद्दार गरी उपचारको लागि नगर अस्पताल चक्रघट्टी लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको छ ।...
चोरी भएको दुर्गाको मूर्ति अमेरीकाबाट काठमाडौँ ल्याइदै

चोरी भएको दुर्गाको मूर्ति अमेरीकाबाट काठमाडौँ ल्याइदै

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ९ गते । चोरी भएको दुर्गाको मूर्ति अमेरीकाबाट नेपाल ल्याइने भएको छ । न्यूयोर्कस्थित नेपालको महावाणिज्य दूतावास र न्यूयोर्कस्थित म्यानहट्टन जिल्ला न्यायाधिवक्तको कार्यालयले संयुक्त रुपमा नेपाली पुरातात्विक वस्तू नेपाल फिर्ता गर्ने घोषणा गरेका छन् । म्यानहट्टन जिल्ला सरकारी वकिलको कार्यालयमा आयोजित एक समारोहमा कार्यवाहक महावाणिज्यदूत विष्णु गौतमले म्यानहट्टन जिल्ला न्यायधिवक्ता एल्भिन एल ब्राग जुनियरबाट नेपालबाट चोरी भएर अमेरिका पुगेको पुरातात्विक वस्तु ग्रहण गरेका थिए । एल ब्राग जुनियरले पुरानो नेपाली देवी दुर्गाको मूर्ति गौतमलाई हस्तान्तरण गरेका थिए । उक्त मूर्ति लगभग १४औं शताब्दीदेखि १८ औं शताब्दीको बीचमा काठमाडौंमा बनेको अनुमान गरिएको छ । मूर्ति सन् १९६० मा हराएको थियो । उक्त मूर्तिलाई गत मार्चमा एउटा लिलामी घरले लिलामीमा राखेको थियो । लिलामीमा मूर्तिको मूल्य १२ हजारदे...
चितुवाको मुखबाट छोरा खोस्ने साहसी आमा

चितुवाको मुखबाट छोरा खोस्ने साहसी आमा

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ ९ तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाटारमा बुधबार साँझ सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी सख्त घाइते बनाएको छ।साँझ करिब ५ बजेको समयमा सोही ठाउँका हेमबहादुर रानाको खसीलाई चितुवाले आक्रमण गरेर घाइते बनाएपछि बालक परियारलाई समेत चितुवाले आक्रमण गरेको थियो। रानाले होहल्ला गरेपछि भागेको चितुवाले पुनः गाउँमा पसेर परियारलाई आक्रमण गरेको थियो। साँझ करिब ६ बजेको समयमा घरको पिँढीमा खेलीरहेका उनलाई चितुवाले तानेर लगेको जानकारी पाएको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले बताए। परियारलाई लैजान थालेपछि उनकी आमा पनि चितुवाको पछि९पछि कुदेकी थिइन्। करिब ५० मिटर टाढा पुगेर छोरालाई खोसेर ल्याउन सफल भएकी स्थानीय प्रत्यक्षदर्शी वासु पन्थले जानकारी दिए। घाइते परियारको बन्दीपुर गाउँपालिका–४ डुम्रेस्थित मोती हेल्थ क्लिनिकमा प्राथमिक उपचार गरिएको थियो। उनल...
गोर्खा वेल्फेयरद्वारा बेलकामा दोस्रो चरणको राहत वितरण

गोर्खा वेल्फेयरद्वारा बेलकामा दोस्रो चरणको राहत वितरण

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ८ गोर्खा वेल्फेयर ट्रष्ट नेपालले बेलकाका सप्तकोशी पिडितहरुलाई दोस्रो चरणमा आज राहत वितरण गरेको छ । वेल्फेयरको उत्थानशील खानेपानी सरसफाई तथा विपद तयारी कार्यक्रमको सहयोगमा ९८ घर परिवारलाई विभिन्न साम्रग्री वितरण गरेको हो । राहत प्याकेज अन्तर्गत आत्म सम्मान÷स्वच्छता सामग्र, सरसफाई सामग्री, भाँडाकुडा÷किचन सेट, खाद्यान्न सामग्री र बन्दोबस्तीको सामग्री ९८\९८ सेट उपलब्ध गराएको हो । १५ लाख ७० हजार २५४ रुपैया बराबरको राहत सामग्री वितरण गरेको वेल्फेयरले जनाएको छ ।एक परिवारलाई आवश्यक पर्ने खाद्यन्नदेखि प्रयोगका सामग्रीहरु सम्मिलत राहत प्याकेज वितरण भएको र यसले पिडितहरुलाई फाइदा पुग्ने बेलका नगरपालिकाकी उपप्रमुख जिरा राईले बताउनुभयो । विपद् तथा विभिन्न कारणले समस्यामा परेकाहरुलाई वेल्फेयरले सहयोग गर्ने गरेको सिनियर एरिया वेल्फेयर सेन्टर धरानका प्रमुख पूर्णप्रसाद लिम्बुले बताउनुभयो...
उदयपुरमा मतदाता नामावली अध्यावधिक सम्बन्धी अन्तरक्रिया

उदयपुरमा मतदाता नामावली अध्यावधिक सम्बन्धी अन्तरक्रिया

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, भदौ ८ गते । उदयपुरमा आगामी संघ प्रदेश निर्वाचनको लागि मतदाता नामावली अध्यावधिक सम्बन्धी अन्तरक्रिया गरिएको छ । निर्वाचन कार्यालय उदयपुरले आयोजना गरेको सो कार्यक्रममा मतदाता नामावली सच्याउने, हटाउने, दाबी विरोध, उजुरी लगायतका वियषयमा जानकारी गराइएको थियो । अन्तरक्रियामा सहभागगिले मतदानको दुई स्थानमा नाम रहेकोले त्यस्तो हटाउन तर्फ निर्वाचन कार्यालयको ध्यानाकर्षण गराएका थिए । जिल्ला न्यायधिश कृषण प्रसाद सुवेदीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला विरेन्द्र यादवले गरेका थिए । कर्मचारी मिलन केन्द्रको सभाहल बोक्सेमा सम्पन्न भएको कार्यक्रममा विभिन्न राजनीतिक दल, संघसंस्था तथा सरकारी कार्यलयका प्रतिनिधी सहभागि भएका थिए । प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवले राजनीतिक दललाई मतदाता नामावली अध्यावधिकका लागि मतदातालाई जागरुक बनाउन भूमिका खेल्नुपर्ने धारणा रा...