Thursday, August 6News That Matters

Month: ४ वर्ष अगाडि

श्रीमतीको हत्या गरी फरार रहेका खत्वे ४ बर्ष पछी पक्राउ

श्रीमतीको हत्या गरी फरार रहेका खत्वे ४ बर्ष पछी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ ८ आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान ४ बर्ष पछी पक्राउ परेको छ । पक्राउ पर्नेमा सुनसरीको ईनरुवा नगरपालिका–४ को ३५ बर्षीय बिनोद कुमार खत्वे रहेका छन् ।२०७४ साल जेष्ठ ४ गते राती २३ बर्षीय श्रिमतीको हत्या गरी घटनास्थलबाट नै फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले गत सोमबार साँझ खत्वेलाई पक्राउ गरेको हो । पक्राउ परेका खत्वेको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
बलात्कार प्रयास गर्न खोज्ने भारतीय नागरिक पक्राउ

बलात्कार प्रयास गर्न खोज्ने भारतीय नागरिक पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ ८ गते । नेपाल प्रवेश गरेर महिलालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा प्रहरीले मोरङको जहदाबाट एक जना भारतीय नागरिकलाई मंगलबार साँझ पक्राउ गरेको छ । घरभित्र छिरेर जहदा गाउँपालिका–५ की २५ वर्षीया महिलालाई करणी गर्न खोजेको आरोपमा भारत अररिया घर भएका २३ वर्षीय मोहमद हजमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनका अनुसार महिला घरमा कोही पनि नभएको र एक्लै भएको मौकामा घरभित्रै पसेर हजमले बलात्कारको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आफूमाथि बलात्कार प्रयास भएपछि महिलाले होहल्ला गरेकी थिइन् । परिवारले घटनाका बारेमा जानकारी दिएपछि पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरीले हजमविरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दा चलाउने तयारी गरेको छ ।...
बीपी प्रतिष्ठानमा ३० आईसीयु बेड थपियो

बीपी प्रतिष्ठानमा ३० आईसीयु बेड थपियो

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ८ गते । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आवश्यक उपकरणसहित ३० वटा आईसीयु बेड थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १८ करोड आर्थिक सहयोगमा प्रतिष्ठानले ३० आइसीयू बेड खरिद गरि जडान गरेको हो । प्रतिष्ठानमा दैनिक ३ हजार बढी बिरामी उपचारका लागि आउने गरेका छन् । प्रतिष्ठानमा आईसीयू बेड अभावका कारण बिरामीले सास्ती भोग्दै आएका छन् । प्रतिष्ठानमा ३० बेड आईसीयू थपिएपछि बिरामीको उपचारमा सहज हुने भएको छ । प्रतिष्ठानमा आउने बिरामीहरुले दैनिक आईसीयू बेड नपाएका कारण महंगो शुल्क तिरेर विराटनगर, विर्तामोड र काठमाडौंका महंगा अस्पताल गएर उपचार गराउन बाध्य भएका थिए । सरकारले प्रतिष्ठानमा ३० बेड साईसीयू थप गरेपछि बिरामीको उपचारमा धेरै जहज हुने प्रतिष्ठानको आकस्मिक विभाग प्रमुख डा. ज्ञानेन्द्र मल्लले बताए । अति सिकिस्त भएर आउने बिरामीलाई आईसीयू बेड नभएका कारण अन्य अ...
१७ बर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

१७ बर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ ८ झापामा १७ वर्षीय किशोरीलाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेको छ । पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका–१ बस्ने ३२ वर्षीय उज्वल खुलाल रहेका छन् ।खुलालले किशोरीलाई २०७८ माघ १० गते राती बुद्धशान्ति गाउँपालिका–१ पुलचोकस्थित होटल र पुनः इलाम हर्कटेस्थित होटलमा लगि बलात्कार गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको छ ।...
पौडी खेल्ने क्रममा बेपत्ता भएको शिक्षकको शव फेला

पौडी खेल्ने क्रममा बेपत्ता भएको शिक्षकको शव फेला

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ८ गते । पौडी खेल्ने क्रममा बेपत्ता भएका शिक्षकको शव आज फेला परेको छ । काठमाडौँको मध्यनेपाल नगरपालिकास्थित माडी नदीमा मंगलबार दिउँसो पौडी खेल्ने क्रममा बेपत्ता भएका पोखरा महानगरपालिका–३२ बस्ने ४५ वर्षीय बाबुराम अधिकारीको शव आज बिहान पेला परेको हो । मध्यनेपाल बहरेको मालिका आधारभूत विद्यालयमा शिक्षण पेसा गर्दै आएका अधिकारी तनहुँको व्यास नगरपालिका–१० बैरेनीस्थित धारापानीमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक (इन्सपेक्टर) जगदीश रेग्मीले बताए । प्रहरी निरीक्षक रेग्मीका अनुसार उक्त शवको तनहुँ प्रहरीले मुचुल्का उठाउने र दमौली अस्पतालमै शव परीक्षण गरी आफन्तलाई बुझाइएको छ ।...
तीजको दर खाएर १ सय भन्दा बढी बिरामी

तीजको दर खाएर १ सय भन्दा बढी बिरामी

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ८ गते । एउटै गाउँका एक सय भन्दा बढी मानिस तिजको दर खाएर बिरामी परेका छन् । गोरखा नगरपालिका–७ मान्द्रेढुङ्गाका महिला तथा पुरुष तीजको भोज खाएपछि बिरामी परेका हुन् । वडाध्यक्ष विष्णु श्रेष्ठका अनुसार भोज खाएका अधिकांश बिरामी परेका छन् । “कृष्ण जन्माष्टमीका दिन स्थानीय महिला तथा पुरुष मिलेर तीजको दर खाएका थिए । सोही साँझदेखि नै भोज खाएका सबै बिरामी परेका हुन्”, उनले भने, “बिरामी परेको थाहा पाएपछि स्वास्थ्यकर्मी लगेर उपचार सुरु गरिएको छ ।” स्वास्थ्यकर्मीको टोलीले ४० जनाभन्दा बढीको स्वास्थ्य जाँच गराएको श्रेष्ठले बताए । बिरामीको घरघरमा स्वास्थ्यकर्मीको टोली पठाएर आवश्यक औषधोपचार गरिएको उनले बताए । बिरामी परेकाहरू अहिले विस्तारै निको हुँदै गएका छन् । केहीलाई अझै घरमै स्लाइन पानी दिएर राखिएको अहेव भूमिका श्रेष्ठले जानकारी दिए । बिरामीमा शनिबार साँझदेखि नै पेट दुख्ने, वान्ता हुन...
लागुऔषध कारोबारमा संग्लग्न १ भारतीय नागरिकसहित ३ जना पक्राउ

लागुऔषध कारोबारमा संग्लग्न १ भारतीय नागरिकसहित ३ जना पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ ८ गते । लागुऔषध कारोबारमा संग्लग्न एक जना भारतीय नागरिकसहित झापाबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । विशेस सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरु तीनै जनालाई पक्राउ गरेको हो । हल्दिवारी गाउँपालिका–४ का ३५ वर्षीय जेमिल महमदलाई सोमबार राती जलथलबाट लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो भने महमदको बयानको आधारमा बिर्तामोड नगरपालिका–५ का २५ वर्षीय अर्जुन राजवंशी र भारत किसनगञ्जका २८ वर्षीय जम्सेद आलमालाई मंगलबार बिहान पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले ७ ग्राम ९२० मिलिग्राम लागुऔषध ब्राउनसुगर र नगद ७९ हजार बरामद गरेको छ । लागुऔषध र नगदसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।...
विराटनगरमा दुई पक्षीय झडप, १० जना घाइते

विराटनगरमा दुई पक्षीय झडप, १० जना घाइते

Breaking News 2, समाचार
पूर्णपुष्टि, भदौ ८ गते । विराटगरमा दुई पक्षबीच ग्याङ फाइट हुँदा १० जना घाइते भएका छन् । मंगलबार साँझ विराटनगर महानगरपालिका–१२ मल्हन्वा टोलमा गोपाल राजवंशी र राजकुमार कामतको समूहबीच झडप भएको प्रहरीले जनाएको छ । सो झडपमा परि घाइते भएका १० मध्ये १ जनाको अवस्था गम्भीर रहेको छ । पुरानो रिसिइबीका कारण दोहोरो झडप हुँदा राजकुमार गम्भीर घाइते भएका हुन् । उनको न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । अन्यको कोसी अस्पतालमा उपचार भइरहेको छ । कुटाकुट हुँदा अजय राजवंशी, सञ्जीव राजवंशी, मन्जित राजवंशी, गणेश राजवंशी र धनपथ राजवंशी घाइते भएका हुन् । उनीहरू राजवंशीको समूहका हुन् । कामततर्फका राजकुमारसहित दिनेश कामत, राजु कामत, सञ्जय कामत र काली कामत घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले घटनाको अनुसन्धान भइरहेको बताए ।...
उदयपुरको सुपाडेमा बम फेला

उदयपुरको सुपाडेमा बम फेला

Breaking News 1, समाचार
पूर्णपुष्टि, भदौ ७ उदयपुरको बेलका नगरपालिका देउराली स्थीत मदन भण्डारी राजमार्गको छेउमा बम फेला परेको छ । बम कस्ले र किन राख्यो भन्ने खुलेको छैन । आज विप्लव समुहले नेपाल बन्द घोषणा गरेको छ । बम राखिएको स्थललाई प्रहरीले घेरेर राखेको छ । सेतो काटुनमा बम राखिएको छ ।
मोटरसाइकलको ट्यांकीमा फल्स बटम बनाएर लागुऔषध तस्करी

मोटरसाइकलको ट्यांकीमा फल्स बटम बनाएर लागुऔषध तस्करी

Breaking News 3, समाचार
पूर्णपुष्टि, भदौ ७ गते । लागुऔषध तस्करी गर्ने तस्करले नयाँ नयाँ प्रकृतिको तरीका अपनाएर कारोबार गर्न थालेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले हालै गरेको एउटा कारबाहीमा मोटरसाइकलको तेलको ट्याङ्कीमा लुकाएर वीरगञ्जदेखि काठमाडौंसम्म लागूऔषध ल्याउने गरेको भेटिएको हो । ब्यूरोका एसपी योगेन्द्र खड्काका अनुसार काठमाडौं महानगरपालिका–३० कालोपुलबाट पक्राउ परेका सिभिल इञ्जिनियर ध्रुव लिम्बुमाथि अनुसन्धान गर्ने क्रममा उनको होस्टलमा बस्ने अर्का व्यक्तिले लागूऔषध ल्याउने गरेको भेटिएको थियो । विन्दवासिनी गाउँपालिका–४ घर भएका जमुना साह तेली नामक ती व्यक्तिले रक्सौल नाकाबाट औषधिजन्य लागूऔषध खरिद गरेर आफूले प्रयोग गर्ने ना ४३ प ६६९३ नम्बरको मोटरसाइकलको तेलको ट्यांकीमा लुकाएर ल्याएको खुलेको हो ।...